प्यालेस्टाइन राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निर्देशाङ्कहरू: ३२°००′उ॰ ३५°१५′पू॰ / ३२.०००°N ३५.२५०°E / 32.000; 35.250

प्यालेस्टाइन राज्य[i]
अरबी: دولة فلسطين
दवलत फिलिस्तिन
प्यालेस्टाइनको झन्डा
झन्डा
प्यालेस्टाइनको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "فدائي"
"फिदाई"[१]
"फिदाइयुन योद्धा"
प्यालेस्टाइनले दावी गरेको क्षेत्र (हरियो)[२] इजरायलले पनि दावी गरेको (हलुका हरियो)
प्यालेस्टाइनले दावी गरेको क्षेत्र (हरियो)[२]
इजरायलले पनि दावी गरेको (हलुका हरियो)
वस्तु-स्थितिआंशिक रूपमा मान्यता प्राप्त राज्य, संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक राष्ट्र
१३८ संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले मान्यता दिएको
  • घोषित राजधानी
  • प्रशासनिक
    केन्द्र
सबैभन्दा ठुलो सहरगाजा सहर
आधिकारिक भाषाहरूअरबी
रैथाने(हरू)प्यालेस्टिनी
सरकारएकात्मक अर्ध-राष्ट्रपतीय गणतन्त्र[५]
महमुद अब्बासa
मोहम्मद शतिह
सलिम जनुन
व्यवस्थापिकाप्यालेस्टिनी राष्ट्रिय सभा
स्थापना
• स्वतन्त्र घोषणा
१५ नोभेम्बर १९८८
२९ नोभेम्बर २०१२
• इजरायलका साथ सार्वभौमता विवाद
जारीb[इ][६][७]
क्षेत्रफल
• जम्मा
६,०२० किमी (२,३२० वर्ग माइल)[८] (१६३औँ)
• पानी (%)
३.५[९]
५,६५५ किलोमिटर2
३६५ किलोमिटर2[१०]
जनसङ्ख्या
• सन् २०२० अनुमानित
५१,५९,०७६[११] (१२१औँ)
• घनत्व
७३१ /किमी2 (१,८९३.३ /वर्ग माइल)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१८ लगत
• जम्मा
$२६.४७९ अर्ब[१२] ()
• प्रति व्यक्ति
$५,७९५[१३] ()
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१८ लगत
• जम्मा
$१४.६१६ अर्ब[१४] ()
• प्रति व्यक्ति
$३,१९९[१५] ()
गिनी (सन् २००९)३५.५[१६]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)वृद्धि ०.७०८[१७]
उच्च · ११५औँ
मुद्रा
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (प्यालेस्टाइन मानक समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (प्यालेस्टाइन ग्रीष्मकालिन समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९७०
आइएसओ ३१६६ सङ्केतPS
इन्टरनेट डोमेन.ps
  1. राज्य सरकारको प्रमुख समेत।[ई]
  2. इजरायलद्वारा कब्जा गरिएको क्षेत्र।
  3. प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणको प्रशासनिक केन्द्र रामल्ला हो।[१९]

प्यालेस्टाइन संयुक्त राष्ट्र सङ्घ तथा अन्य संस्थाहरूद्वारा आधिकारिक रूपमा प्यालेस्टाइन राज्यको रूपमा मान्यता प्राप्त पश्चिम एसियामा अवस्थित एक सार्वभौम सम्पन्न राज्य हो। प्यालेस्टाइनले जेरुसेलमको साथ तोकिएको राजधानीको रूपमा पश्चिमी तट र गाजा पट्टी दावी गर्दछ। अभ्यासमा यसले पश्चिम तट र गाजा पट्टीको भित्री भागका १६७ टापुहरूमा आंशिक प्रशासननिक नियन्त्रण राख्दछ। यसको प्रशासनिक केन्द्र हाल रामल्लामा अवस्थित छ। प्यालेस्टाइन राज्यले दावी गरेको सम्पूर्ण भूभाग सन् १९४८ मिस्र र जोर्डनद्वारा र त्यसपछि १९६७ मा छ दिने युद्ध पछि इजरायलद्वारा कब्जा गरिएको छ। सन् २०२० को फेब्रुअरीसम्म प्यालेस्टाइन राज्यको जनसङ्ख्या ५,०५१,९५३ रहेको छ। यो जनसङ्ख्याको आधारमा विश्वको १२१ औँ स्थानमा रहेको छ।

दोस्रो विश्वयुद्ध पछि, सन् १९४७ मा, संयुक्त राष्ट्रले प्यालेस्टाइनको लागि विभाजन योजना अपनाएको थियो जसले स्वतन्त्र अरब र यहूदी राज्य र अन्तर्राष्ट्रियकरण गरिएको जेरूसलमको स्थापनाको सिफारिस गरेको थियो। यो विभाजन योजनालाई यहूदीहरूले स्वीकार गरेता पनि अरबीहरूले अस्वीकार गरेका थिए। १४ मे १९४८ मा इजरायल भूमिमा यहूदी राज्यको स्थापना भएको भोलिपल्ट, छिमेकी अरब सेनाले पूर्व बेलायती शासित क्षेत्रमा आक्रमण गर्दै इजरायली सेनाहरूसँग लडेका थिए। पछि, गाजामा मिस्रीहरूले नियन्त्रण गरेका थिए र २२ सेप्टेम्बर १९४८ मा अरब लिगले अखिल प्यालेस्टाइन सरकार स्थापना गरेको थियो। यसलाई छिट्टै जोर्डन बाहेक सबै अरब लिग सदस्यहरूले मान्यता दिएका थिए।यद्यपि सरकारको क्षेत्राधिकार पूरै पूर्व बेलायत शासित प्यालेस्टाइन समक्ष घोषणा गरिएको थियो तर यसको प्रभावकारी क्षेत्र गाजा पट्टीमा मात्र सीमित थियो। इजरायलले पछि गाजा पट्टी र सिनाई प्रायद्वीपलाई मिस्रबाट, पश्चिमी तट (पूर्वी जेरुसेलम सहित) जोर्डनबाट, र गोलान उच्चसमस्थली सिरियाबाट जुन १९६७ को छ दिने युद्धमा कब्जा गर्न सफल भएको थियो।

सन् १५ नोभेम्बर १९८८ मा अल्जेरियाको राजधानी अल्जियर्समा प्यालेस्टाइन मुक्ति सङ्गठनका अध्यक्ष यासर अराफातले प्यालेस्टाइन राज्य स्थापना को घोषणा गरेका थिए। सन् १९९३ मा ओस्लो सम्झौतामा हस्ताक्षर गरेको एक वर्षपछि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण को गठन पश्चिम तटको क र ख क्षेत्रलाई नियन्त्रण गर्न गरिएको थियो जसमा १६५ "द्वीप" र गाजा पट्टी रहेका छन्। गाजाबाट इजरायलीहरू हटाइएको दुई वर्षपछि सन् २००७ मा गाजालाई पछि कट्टरपन्थी सङ्गठन हमासद्वारा शासित गरिएको थियो।

प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र सङ्घका १९३ सदस्यहरू मध्ये १३८ जनाले मान्यता दिएका छन् (इजरायललाई १६४ जनाले मान्यता दिएका छन्) र सन् २०१२ देखि यो संयुक्त राष्ट्रसङ्घमा गैर-सदस्य पर्यवेक्षक राज्यको दर्जामा रहेको छ। प्यालेस्टाइन अरब लिग, इस्लामी सहयोग सङ्गठन, जी७७, अन्तर्राष्ट्रिय ओलम्पिक समिति र अन्य अन्तर्राष्ट्रिय निकायको सदस्य राष्ट्र समेत हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "فلسطين" (includes audio), nationalanthems.info, मूलबाट ३१ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named only1967
  3. Bissio, Robert Remo, सम्पादक (१९९५), The World: A Third World Guide 1995–96, Montevideo: Instituto del Tercer Mundo, पृ: ४४३, आइएसबिएन 978-0-85598-291-1 
  4. {{cite web |first1=Ruth |last1=Lapidoth |author1-link=Ruth Lapidoth |title=Jerusalem: Some Legal Issues |date=2011 |access-date=5 June 2014 |website=The Jerusalem Institute for Israel Studies |url=http://www.jiis.org/.upload/lapidoth-jerusalem.pdf |archive-url=https://web.archive.org/web/20140605013337/http://www.jiis.org/.upload/lapidoth-jerusalem.pdf |archive-date=5 June 2014 |url-status=dead |page=26
  5. "Declaration of Independence (1988) (UN Doc)", State of Palestine Permanent Observer Mission to the United Nations, United Nations, १८ नोभेम्बर १९८८, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४ 
  6. Miskin, Maayana (५ डिसेम्बर २०१२), "PA Weighs 'State of Palestine' Passport", israelnationalnews.com, Arutz Sheva, मूलबाट ७ डिसेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४ 
  7. "State of Palestine name change shows limitations", AP, १७ जनवरी २०१३, मूलबाट १० जनवरी २०१३-मा सङ्ग्रहित। 
  8. "Table 3, Population by sex, annual rate of population increase, surface area and density", Demographic Yearbook, संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क विभाग, २०१२, मूलबाट १५ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जनवरी २०१८ 
  9. "The World Factbook: Middle East: West Bank", cia.gov, Central Intelligence Agency, ७ अप्रिल २०१४, अन्तिम पहुँच ८ जुन २०१४ 
  10. "The World Factbook: Middle East: Gaza Strip", cia.gov, Central Intelligence Agency, १२ मे २०१४, अन्तिम पहुँच ८ जुन २०१४ 
  11. "State of Palestine Population", Worldometers, Worldometers, अन्तिम पहुँच १९ डिसेम्बर २०२० 
  12. "World Bank, International Comparison Program database: GDP, PPP (current international $)", Data World Bank, अन्तिम पहुँच २९ जुलाई २०२० 
  13. "GDP per capita, PPP (current international $) – West Bank and Gaza | Data", data.worldbank.org, अन्तिम पहुँच २९ जुलाई २०२० 
  14. "GDP (current US$) – West Bank and Gaza | Data", data.worldbank.org, अन्तिम पहुँच २९ जुलाई २०२० 
  15. "GDP per capita (current US$) – West Bank and Gaza | Data", data.worldbank.org, अन्तिम पहुँच २९ जुलाई २०२० 
  16. "GINI Index: West Bank and Gaza", The World Bank: Data, मूलबाट ८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१४ 
  17. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  18. According to Article 4 of the 1994 Paris Protocol वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१६ मिति। प्रशासनले प्यालेस्टाइनका अधिकारीलाई बहुमुल्य मुद्राहरू लागू गर्न अनुमति दिन्छ। पश्चिमी तटमा, इजरायली नयाँ सेकेल र जोर्डनी दीनार व्यापक रूपमा स्वीकार्य छन् भने गाजा पट्टीमा, इजरायली नयाँ सेकेल र मिस्री पाउन्ड व्यापक रूपमा स्वीकार्य छन्।
  19. Eqeiq, Amal (१ मे २०१९), [/jps/article/48/3/26/55117/From-Haifa-to-Ramallah-and-Back-New-Old "From Haifa to Ramallah (and Back): New/Old Palestinian Literary Topography"] |url= योजना जाँच गर्ने (सहायता), Journal of Palestine Studies 48 (3): 26–42, आइएसएसएन 0377-919X, डिओआई:10.1525/jps.2019.48.3.26, अन्तिम पहुँच २२ नोभेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]