हमास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हमास
حركة المقاومة الاسلامية
प्रवक्ताफावजी बर्होयम
प्रमुखइस्माइल हनिया
उप-प्रमुखमौसा अबु मार्जुकMatthew Levitt,
स्थापना मिति:१९८७ (१९८७)
Preceded byप्यालेस्टिनी मुस्लिम ब्रदरहुड
मुख्यालय :गाजा पट्टी
आदर्श
क्षेत्रीय:सुन्नी इस्लाम
अन्तर्राष्ट्रिय संलग्नता :मुस्लिम ब्रदरहुड
रङ्गहरूहरियो
Legislative Council (2006)
७४ / १३२
वेबसाइट
hamas.ps/en
पार्टी झण्डा
Flag of Hamas.svg

हमास (अरबी: حماس Ḥamās, an संक्षिप्त حركة المقاومة الاسلامية Ḥarakat al-Muqāwamah al-ʾIslāmiyyah )  प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी संघठन हो । यो संग यसको समाज सेवा बिभाग दवाह र सैन्य बिभाग इज दिन अल कास्सम ब्रिगेड रहेको छ।  यो गाजा पट्टीलाई २००७ मा कब्जा गरे देखि त्यस क्षेत्रको अघोषित शासकीय निकाय रहेको छ । यो अबधिमा यसले इजरायल संग धेरै युद्ध लड्यो ।[१] यो संघठनलाई कयौं राष्ट्र तथा अन्तरास्ट्रिय संगठनले ,मुख्यतः इजरायल ,संयुक्त राज्य अमेरिका,र युरोपेली संघ,  पूर्ण वा आंशिक आतंकबादी संगठन मान्छ । रूस , चीन र टर्की यो नमान्ने केहि देशहरु हुन् ।[२][३][४][५]

हमासको स्थापना इजेप्टेली संगठन मुस्लिम ब्रदरहूडको शाखाको रुपमा १९८७ मा भएको थियो । यो सुरु देखि नै इजरायल प्रति शत्रुतापूर्ण , प्रतिरोधी र प्यालेस्टिनी मुक्ति संगठन पि.एल.ओ. बिरोधि रहेको थियो । सह-संथापक शेख अहमद यासिनको भनाइ १९८७ अनुसार र हमासको बडापत्र १९८८ को अनुसार हमासको स्थापना इजरायली अधिनस्थबाट  प्यालेस्टाइनको मुक्ति र हालको इजरायल, पश्चिमी तट र गाजा पट्टीमा इस्लामिक राज्यको निर्माणको लागि भएको थियो ।

हमासको सैन्य बिभागले आफ्ना उच्च नेताको हत्याको बदला लिनको लागि इजरायली नागरिक र सैनिकमाथि आक्रमण शृंखला चलाएको थियो । यसको रणनीतिमा आत्मघाती बम बिस्फोट र , २००१ देखि रकेट आक्रमणहरु समावेश छन् । हमासको रकेट शस्त्रशालामा विशेषगरि छोटो दुरीको रकेटहरु छन् र लामो दुरीको रकेट पनि रहेका छन् जुन मुख्य इजरायली शहर तेल अबिब र हैफालाई निसाना बनाउन सक्छ । नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ । २०१७ मा प्यालेस्टिनी भूभागमा गरिएको गरिएको एक सर्वेक्षण अनुसार हमासको हिंसा अलोकप्रिय छ ।[६] नागरिक माथि गरिएका आक्रमणलाई मानव अधिकार समुह जस्तै ह्युमन राइट वाचले युद्ध अपराध र मानवता विरुद्धको अपराधको रुपमा लिने गरेको छ ।

२००६ को जनवरीमा भएको प्यालेस्टिनी संसदीय निर्वाचनमा, हमासले प्यालेस्टिनी संसदमा पि.एल.ओ सम्बद्ध फताह पार्टीलाई पराजित गर्दै बहुमत हासिल गर्यो ।[७] उक्त निर्वाचन पछी , चौकडी ( अमेरिका , रसिया , संयुक्त राष्ट्र संघ र युरोपेली संघ ) ले अहिंसा, इजरायललाई मान्यता दिने र पुर्व सम्झौताको पालाना गर्ने भावी सरकारको प्रतिबद्धता सर्तमा बैदेशिक सहायता गर्ने प्रस्ताव गरेको थियो । हमासले उक्त प्रस्ताव अस्विकार गरे पछी चौकडीले बैदेशिक सहायता बन्द गर्यो र इजरायलले हमास नेतृत्वको प्रशासन माथि आर्थिक प्रतिबन्ध लगायो । २००७ मार्च मा , हमासको प्रधानमन्त्री इस्माइल हनियेह नेतृत्वको राष्ट्रिय एकताको सरकार बन्यो , तर अन्तर्राष्ट्रिय सहयोग जुटाउन असफल रह्यो । प्यालेस्टिनी सुरक्षा बलको नियन्त्रणको बिषयलाई लिएर तनाब उत्पन भयो र २००७ मा गाजाको लडाई भयो ।  त्यसपछि गाजाको नियन्त्रण हमासको हातमा आयो । इजरायल र इजिप्टले त्यसपछि गाजापट्टीमा आर्थिक नाकाबन्दी गरे । [८]२०११ मा, हमास र फताहले गठबन्धन गर्ने सम्झौता गरे र त्यो बाट संयुक्त कामचलाउ प्यालेस्टिनी सरकार गठन भयो ।

शब्द-व्युपत्ति[सम्पादन गर्ने]

हमास  ( अरबी भाषा حركة المقاومة الاسلامية or Harakat al-Muqāwama al-Islāmiyya,) को आर्थ "इस्लामिक प्रतिरोधी आन्दोलन" हुन्छ . अरबिक शब्द "हमास" (حماس) को अर्थ " साहस" हुन्छ । [९] [१०][११]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "गाजा सङ्घर्ष: इजरायल र प्यालेस्टिनियनहरू युद्ध केही हप्ताका लागि रोक्न सहमत भएका छन्", द गार्जियन, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  2. रमानि, सामुएल (२६ जुलाई २०१६), "किन प्यालेस्टाइनले दक्षिण चीन सागरमा चीनलाई समर्थन गर्याे", द डिप्लोम्याट, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  3. "युरोपेली सङ्गठनले हमासलमई आतंकवादी सूचीमा राखेकाे छ", युराएक्टिभ, २७ मार्च २०१५, अन्तिम पहुँच १५ जुन २०१५ 
  4. "आतंकवादमा देशको प्रतिवेदन", स्टेट डट जिअाेभी, अप्रिल २००६। 
  5. फिसर, म्याक्स (२१ नाेभेम्बर २०१२), "इजरायल-गाजाको बारेमा तपाईंहरूले सोध्ने ९ प्रश्न", अन्तिम पहुँच जनवरी ६, २०१८ 
  6. "गाजा बाट हमासकाे रकेटहरू, लक्ष्य हाइफा उत्तरी इजरायलमा पुगेका छन्", वासिङ्टन फ्रि बाेकन, अन्तिम पहुँच जुलाई १७, २०१५ 
  7. "हामास काे हुन्?", लन्डन: बिबिसी समाचार, २६ जनवरी २००६। 
  8. "यदि नाकाबन्दी जारी रही रहयाे भने गाजाले आर्थिक आपदाको सामना गर्न सक्छ", युएसए टुडे, एसाेसिएटेड प्रेस, २९ मार्च २००९, अन्तिम पहुँच ९ अक्टोबर २०१३ 
  9. मार्था क्रेनस, जाेन पिम्लाेट. अातङ्कवादकाे अन्तर्राष्ट्रिय विश्वकाेश. २०१५ पृष्ठ ४१५
  10. जेनिफर जेफ्रिस. हमास: अातङ्कवाद, प्रशासन, र मध्य पूर्व राजनीतिमा यसको भविष्य. एबिसि-क्लियाे. २०१६ पृष्ठ ११९.
  11. "इस्लामिक प्रतिरोध आन्दोलनको सम्झौता(हमास)", मिडल इस्ट वेब, १८ अगस्ट १९९८।