सामग्रीमा जानुहोस्

फ्रान्सको राष्ट्रपति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्सेली गणतन्त्रको राष्ट्रपति
Président de la République française
फ्रान्सेली गणतन्त्रको प्रतीक चिन्ह[]
फ्रान्सेको राष्ट्रपतिको मानक चिन्ह
बहालवाला
एमानुएल माक्रोँ
१४ मे २०१७ देखि
फ्रान्सेली सरकारको कार्यकारी शाखा
सम्बोधन
  • राष्ट्रपति महोदय (अनौपचारिक)
  • महामहिम (कूटनीतिक)
स्थिति
सदस्य
निवासलेलिजे दरबार
आसनपेरिस,  फ्रान्स
नियुक्तिकर्ताप्रत्येक्ष निर्वाचन
अवधि५ वर्ष,
एकपटक नवीकरण गर्न मिल्ने []
गठन साधनफ्रान्सको संविधान (सन् १९५८)
प्रथम पदाधिकारीनेपोलियन तृतीय
गठन
उपफ्रान्सेली सिनेटको राष्ट्रपति (राष्ट्रपतिको उत्तराधिकारको क्रममा)
तलब€१८२,००० प्रतिवर्ष[]
वेबसाइटwww.elysee.fr Edit this at Wikidata

फ्रान्सको राष्ट्रपति (फ्रान्सेली: Président de la République française) वा आधिकारिक रूपमा फ्रान्सेली गणतन्त्रको राष्ट्रपति, फ्रान्सको कार्यकारी राष्ट्रप्रमुख र फ्रान्सेली सशस्त्र बलको सेनापति हुन्। राष्ट्रपति पद देशको सर्वोच्च पद हो। दोस्रो गणतन्त्रदेखि यता जारी भएका विभिन्न संवैधानिक दस्तावेजहरू अनुसार, फ्रान्सका अघिल्ला राष्ट्रपतीय पदहरूको अधिकार, कार्य तथा जिम्मेवारीहरू साथै प्रधानमन्त्री र सरकारसँगको सम्बन्ध समयक्रमसँगै फरक–फरक हुँदै आएका छन्। फ्रँस्वा ओलँदको उत्तराधिकारी बनेका एमानुएल माक्रोँ फ्रान्सेली गणतन्त्रका वर्तमान राष्ट्रपति सन् जसले सन् २०१७ मे १४ का दिनदेखि राष्ट्रपति पद सम्हाल्दै आएका छन्।

राष्ट्रपतिलाई पहिले निर्वाचक मण्डलबाट निर्वाचित गरिने व्यवस्था रहेको भएतापनि सन् १९६२ को राष्ट्रपतीय जनमत सङ्ग्रह पछि राष्ट्रपतिलाई प्रत्यक्ष रूपमा बालिग मताधिकारद्वारा चुनिने गरिएको छ। सन् २००० को जनमत सङ्ग्रहपछि राष्ट्रपतिको कार्यकाल सात वर्षबाट घटाएर पाँच वर्षमा पुर्‍याइएको थियो भने छोटो अवधिका लागि पहिलो राष्ट्रपतीय निर्वाचन सन् २००२ मा सम्पन्न भएको थियो।

  • राष्ट्रपतिसँग कानुन जारी गर्ने अधिकार रहन्छ।
    • राष्ट्रपतिसँग निलम्बनकारी भिटो अधिकार हुन्छ जसमार्फत संसदले पारित गरेको कुनै कानुन राष्ट्रपति समक्ष प्रस्तुत गरिँदा, राष्ट्रपतिले त्यस कानुनलाई तुरुन्त प्रमाणीकरण नगरी संसदमा पुनः एकपटक छलफलका (पुनर्वाचन/पुनःवाचन) लागि फिर्ता पठाउन सक्नेछन्। राष्ट्रपतिले यो अधिकार प्रत्येक कानुनका लागि एकपटक मात्र प्रयोग गर्न पाउनेछन्।
    • राष्ट्रपतिले ऐन/ कानुन जारी गर्नु अघि संशोधनको लागि संवैधानिक परिषद्मा पठाउन सक्नेछन्।
  • राष्ट्रपतिले फ्रान्सेली राष्ट्रिय सभा भङ्ग गर्न सक्नेछन्।
  • राष्ट्रपतिले निश्चित शर्तहरूमा (ती मध्ये प्रधानमन्त्री वा संसदको सहमति) सन्धि वा केही प्रकारका कानूनहरूको लागि जनमत सङ्ग्रहको घोषणा गर्न सक्नेछन्।
  • राष्ट्रपति सशस्त्र बलका प्रमुख रहन्छन्।
  • राष्ट्रपतिले आणविक हतियार प्रयोग गर्न आदेश दिन सक्नेछन्।
  • राष्ट्रपतिले प्रधानमन्त्रीलाई नियुक्त गर्न सक्ने भएतापनि सैद्धान्तिक रूपमा प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा बर्खास्त गर्न भने सक्दैनन्। राष्ट्रपतिले प्रधानमन्त्रीको सल्लाहमा अन्य मन्त्रीहरूलाई नियुक्त र बर्खास्त गर्न पनि सक्दछन्।
  • मन्त्रिपरिषद्को स्वीकृतिमा राष्ट्रपतिले अधिकांश अधिकारीहरूको नियक्त गर्न सक्नेछन्।
  • राष्ट्रपतिले संवैधानिक परिषद्का केही सदस्यहरूलाई नियुक्ति दिन सक्छन् भने यस परिषद्मा पूर्व राष्ट्रपतिहरू पनि हुन्छन्।
  • राष्ट्रपतिले विदेशी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दछन्।
  • राष्ट्रपतिले सजाय पाएका अपराधीहरूलाई क्षमा (तर आममाफी होइन) प्रदान गर्न सक्नेछन्; राष्ट्रपतिले आपराधिक सजाय घटाउन वा दबाउन पनि सक्दछन्। फ्रान्सले अझै पनि मृत्युदण्डको सजाय सञ्चालन गर्दा यो आएकोमा मृत्युदण्डको सजाय पाएका अपराधीहरूले सामान्यतया राष्ट्रपतिलाई आफ्नो सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न अनुरोध गर्ने सक्नेछन्।

उत्तराधिकार र असक्षमता

[सम्पादन गर्नुहोस्]

पदमा रहँदै गर्दा राष्ट्रपतिको मृत्यु भएको खण्डमा, बर्खास्त हुँदा वा राजीनामा दिँदा पद रिक्त हुन जान्छ। राष्ट्रपतिको पद रिक्त हुँदा सिनेटको अध्यक्षले कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्दछन्। [] आलाँ पोअरले सन् १९६९ मा चार्ल्स डे गाउलको राजीनामा पछि र दोस्रो पटक सन् १९७४ मा जर्ज पोँपिदुको मृत्यु हुँदा दुईपटकसम्म कार्यवाहक राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए भने कार्यवाहक राष्ट्रपति बन्ने उनी एक मात्र व्यक्ति हुन्।

यस अवस्थामा, सिनेटको अध्यक्ष गणतन्त्रको कार्यवाहक राष्ट्रपति बन्छन्। सिनेट अध्यक्ष निर्वाचित राष्ट्रपति जस्तो गणतन्त्रको नयाँ राष्ट्रपति बन्न नसक्ने भएतापनि अध्यक्षको रूपमा आफ्नो पदबाट राजीनामा दिन भने पर्दैन।

पाँचौँ गणतन्त्र (सन् १९५८–हाल)

[सम्पादन गर्नुहोस्]

राष्ट्रपतिहरू

[सम्पादन गर्नुहोस्]

राजनीति दल

  केन्द्र-बाम समाजवादी पार्टी (२)
  केन्द्रपन्थी रेनेसँस (१)
  केन्द्रीय-दक्षिणपन्थी (गके; स्वतन्त्र गणतान्त्रिक; गपा; फ्रालोस) (१)
  गोलवादी (नगलास; गलागस) (२)
  नव-गोलवादी (गलार; जआलास; लेरे) (२)
क्रम सङ्ख्या चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल;
चुनावी जनादेश
कार्यकाल म्याद राजनीतिक दल
१८ चार्ल्स द गोल[]
(सन् १८९०–१९७०)
८ जनवरी १९५९ २८ अप्रिल १९६९ १० वर्ष, ११० दिन नयाँ गणराज्यका लागि सङ्घ
( १९६७ मा यस दलको नाम पाँचौँ गणराज्यका लागि लोकतान्त्रिकहरूको सङ्घ राखिएको थियो।)
सन् १९५८, सन् १९६५
फ्रान्स लिब्रेका नेता, सन् १९४०–१९४४। उनले सन् १९४४ देखि १९४६ सम्म अस्थायी सरकारको राष्ट्रपतिको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। उनले सन् १९५८ को फ्रान्सेली संवैधानिक जनमत सङ्ग्रहद्वारा समर्थन प्राप्त गरि सन् १९५८ मे महिनामा अल्जेलियाली युद्धबाट निम्तिएको सङ्कट समाधान गर्न रेने कोतीद्वारा परिषद्को अध्यक्ष रूपमा उनलाई नियुक्त गरिएको थियो जसकारण उनले फ्रान्सको नयाँ संविधान अपनाउँदै पाँचौँ गणराज्यको स्थापना गरेका थिए। सन् १९५८ को राष्ट्रपतीय निर्वाचनमा निर्वाचक मण्डलद्वारा राष्ट्रपति निर्वाचित भएका उनले त्यसको अर्को महिनामा पदभार ग्रहण गरेका थिए। सन् १९६२ को जनमत सङ्ग्रहपछि राष्ट्रपति निर्वाचन प्रक्रियामा परिमार्जन गरी उनी सन् १९६५ को निर्वाचनमा सर्वसाधारण मतदाताद्वारा राष्ट्रपतिमा पुनः निर्वाचित भएका थिए। सन् १९६६ मा उनले फ्रान्सलाई नाटोको एकीकृत सैन्य आदेशबाट बाहिर निकाली फ्रान्सेली भूमिमा रहेका अमेरिकी सैनिकहरूलाई देश फिर्ता पठाएका थिए। उनले कुबेकको स्वतन्त्रताको समर्थन गरेका थिए। मे ६८ द्वारा चिनिने एक नागरिक असन्तुष्टिको सामना गरेका उनले सन् १९६९ को क्षेत्रीयकरण सम्बन्धी जनमत सङ्ग्रह असफल भएसँगै राजीनामा दिएका थिए।
आलाँ पोअर[]
कार्यकारी
(सन् १९०९–१९६६)
२८ अप्रिल १९६९ २० जुन १९६९ ५३ दिन गणतान्त्रिक केन्द्र
उनी सेनेटको अध्यक्षको रूपमा फ्रान्सका अन्तरिम राष्ट्रपति थिए। उनले सन् १९६९ को राष्ट्रपतीय निर्वाचनमा जर्ज पोँपिदु विरुद्ध उम्मेदवारी दिएतापनि दोस्रो चरणमा पराजित भएका थिए।
१९ जर्ज पोँपिदु[]
(सन् १९११–१९७४)
२० जुन १९६९ ०२ अप्रिल १९७४  वर्ष, २८६ दिन गणराज्यका लागि गणतान्त्रिकहरूको सङ्घ
सन् १९६९
चार्ल्स द गोलको अधीनमा सन् १९६२ देखि १९६८ सम्म फ्रान्सका प्रधानमन्त्री। उनी सन् १९६९ को निर्वाचनमा मध्यपन्थी राजनीतिका नेता आँला पोअरलाई पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले युरोपेली एकीकरणको पक्षमा आवाज उठाएका थिए। विशेषगरी उच्च-गतिको रेल परियोजनामार्फत उनले आर्थिक आधुनिकीकरणका साथै औद्योगिकीकरणलाई पनि समर्थन दिएका थिए। सन् १९७३ को तेल सङ्कटको सामना गरेका उनको कार्यकाल अन्त्य हुन दुई वर्ष अघि नै पदमा रहँदै गर्दाको अवस्थामा निधन भएको थियो।
आलाँ पोअर[]
कार्यवाहक
(सन् १९०९–१९९६)
२ अप्रिल १९७४ २७ मे १९७४ ५५ दिन गणतान्त्रिक केन्द्र
सन् १९७४ को राष्ट्रपतीय निर्वाचनमा भाग नलिएका उनी सिनेटको राष्ट्रपतिको रूपमा फ्रान्सका अन्तरिम राष्ट्रपति थिए।
२० भालेरी जिस्कार देस्ताँ[]
(सन् १९२६–२०२०)
२७ मे १९७४ २१ मे १९८१  वर्ष, ३५९ दिन स्वतन्त्र गणतान्त्रिक (सन् १९७७ मा यस दलको नाम परिवर्तन गरि गणतान्त्रिक पार्टी (फ्रान्स) राखिएको थियो)
सन् १९७८ देखि फ्रान्सेली गणतान्त्रिक सङ्घमा
सन् १९७४
गोदवादी सरकारहरूसँग सहकार्य गरेका उनी स्वतन्त्र गणतान्त्रिकका संस्थापक थिए। मध्य-दक्षिणपन्थी एकताका लागि गरिएको प्रयासका लागि परिचित उनी फ्रान्सेली गणतान्त्रिक सङ्घका पनि संस्थापक थिए। सन् १९७४ को राष्ट्रतीय निर्वाचनमा झिनो मतान्तरले निर्वाचित भएपछि उनले थुप्रै सुधारका पहलहरू गरेका थिए जसमा नागरिकको वयस्क उमेर २१ बाट घटाएर १८ वर्षमा पुर्‍याउने र गर्भपतनको वैधता सुनिश्चित गर्ने जस्ता कार्यहरू समावेश छन्। राष्ट्रपती बनेको केही समयमै उनले विश्वव्यापी आर्थिक सङ्कट र बढ्दो बेरोजगारीको सामना गर्नुपरेको थियो। आंशिक रूपमा दक्षिणपन्थीहरूको एकता अभावका कारण उनी सन् १९८१ को राष्ट्रपतीय निर्वाचनमा फ्रँस्वा मितेरँसँग पराजित भएका थिए। राष्ट्रपतीयको रूपमा एक कार्यकाल बिताइसकेका उनी पछिसम्म पनि राजनीतिमा सक्रिय रहिरहेका थिए।
२१ फ्रँस्वा मितेरँ[]
(सन् १९१६–१९९६)
२१ मे १९८१ १७ मे १९९५ १३ वर्ष, ३६१ दिन समाजवादी पार्टी
सन् १९८१, सन् १९८८
उनी सन् १९६५ को राष्ट्रपतीय निर्वाचनमा संयुक्त वामपन्थी उम्मेदवार बनेका उनले सन् १९७१ मा समाजवादी पार्टीको स्थापना गरेका थिए। सन् १९७४ को राष्ट्रपतीय निर्वाचनमा झिनो मतान्तरले पराजित भएपछि उनी अन्ततः सन् १९८१ मा निर्वाचित निर्वाचित भएका थिए। मितेरँले उनका थुप्रै महत्त्वपूर्ण निर्माण योजनाहरूको सुपरिवेक्षण गरेका थिए जसमा सबैभन्दा प्रसिद्ध लुभ्यर पिरामिड हो। उनले मृत्युदण्डको अन्त्यका पहल गरेका थिए। सन् १९८६ को कानूनसभाको निर्वाचनमा दक्षिणपन्थी विजय भएपछि, उनले जाक सिराकलाई प्रधानमन्त्री नियुक्त गरे जसकारण पहिलोपटक राजनीतिक सहअवस्थाको थालनी भएको थियो। सन् १९८८ को निर्वाचनमा सिराकसँग प्रतिस्पर्धा गर्दै पुनः निर्वाचित बनेका थिए। आफ्नो दोस्रो कार्यकालको समाप्तिपछि सन् १९९५ मा उनले राजनीतिबाट अवकाशको घोषणा गरेका थिए। उनी पाँचौँ फ्रान्सेली गणतन्त्रका प्रथम वामपन्थी राष्ट्रपति थिए। उनको राष्ट्रपतीय कार्यकाल फ्रान्सेली गणतन्त्रमा सबैभन्दा लामो बनेको थियो।
२२ जाक सिराक[]
(सन् १९३२–२०१९)
१७ मे १९९५ १६ मे २००७ ११ वर्ष, ३६४ दिन गणराज्यको लागि र्‍याली (सन् २००२ सम्म)
जनप्रिय आन्दोलनका लागि सङ्घ (सन् २००२ बाट)
सन् १९९५, सन् २००२
सन् १९७४ देखि सन् १९७६ सम्म प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालेका उनी गणराज्यका लागि र्‍याली नामक एक राजनीतिक दलका संस्थापक थिए। प्रधानमन्त्रीको रूपमा उनको दोस्रो कार्यकाल सन् १९८६ देखि सन् १९८८ सम्म थियो। सन् १९८८ को राष्ट्रपतीय निर्वाचनमा पराजित भएका उनले सन् १९९५ को राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए। सामाज सुधारमा सक्रिय रहेका उनले सन् १९९७ मा अनिवार्य सैन्य सेवालाई अन्त्य गरेका थिए। सन् १९९७ मा उनले राष्ट्रिय सभा विघटन गरेका थिए। सन् १९९७ को संसदीय निर्वाचनमा वामपन्थीहरूले विजय हासिल गरेपछि पाँच वर्ष सहअस्तित्वका लागि लियोनेल जोस्पँलाई प्रधानमन्त्री नियुक्त गर्न बाध्य बनेका थिए। राष्ट्रपतिको कार्यकाल कतिवर्षको हुने भनि गरिएको जनमत सङ्ग्रहबाट कार्यकाललाई सात वर्षबाट घटाएर पाँच वर्ष बनाइएको थियो। सन् २००२ मा उनले जँ-मारी ल पेनलाई सजिलै पराजित गरि पुनः निर्वाचित भएका थिए। उनले अफगानिस्तानमा सेना पठाएतापनि इराक युद्धको भने विरोध गरेका थिए। सन् २००७ मा तेस्रो कार्यकालको लागि उम्मेदवारी दिन अस्वीकार गरेका उनले त्यसपछि राजनीतिक जीवनबाट सन्यास लिएका थिए।
२३ निकोलस सारकोजी[१०]
(सन् १९५५ मा जन्म)
१६ मे २००७ १५ मे २०१२  वर्ष, ३६५ दिन जनप्रिय आन्दोलनका लागि सङ्घ
सन् २००७
सन् १९९३ देखि १९९५ र सन् २००२ देखि २००७ सम्म विभिन्न मन्त्रीस्तरीय पद सम्हालेका उनी सन् २००४ मा लोकप्रिय आन्दोलनका लागि सङ्घको नेतृत्वमा सजिलै निर्वाचित भएका थिए। सन् २००७ को राष्ट्रपतीय निर्वाचनमा समाजवादी पार्टीकी उम्मेदवार सेगोलेन रोयललाई पराजीत गर्दै राष्ट्रपतीमा निर्वाचित भएका थिए। पद सम्हाले पछि छिट्टै उनले आर्थिक सुधारका अवसर र अवैध आप्रवासन तथा दोहोरिने अपराध रोक्न अन्य कानूनहरू भित्र्याई सार्वजनिक स्थानमा अनुहार ढाक्न प्रतिबन्ध गरेका थिए। सन् २००८ मा युरोपेली परिषद्को राष्ट्रपतिका रूपमा उनले लिस्बन सन्धिको बचाउ गरि रुस-जर्जिया युद्धमा मध्यस्थताको भूमिका निर्वाह गरेका थिए। उनले फ्रान्सलाई पुन: नाटोको एकीकृत सैन्य आदेशमा समावेश गरेका थिए। सन् २००८ को संवैधानिक सुधारले राष्ट्रपतिहरूको कार्यकालमा सीमा ल्याउँदा उनी नेपोलियन तृतीय पछि सन् २००९ जुन २२ का दिन भर्साय सम्मेलनमा सम्बोधन गर्ने पहिलो राष्ट्रपति बनेका थिए। शिक्षा र निवृत्तिभरणमा सुधार ल्याएका थिए। सन् २०११ मा लिबियाको गृहयुद्धमा सैनिक पठाएका उनी सन् २०१२ को राष्ट्रपतीय निर्वाचनमा सानो मतान्तरले पराजित भएका थिए।
२४ फ्रँस्वा ओलँद[११]
(सन् १९५४ मा जन्म)
१५ मे २०१२ १४ मे २०१७  वर्ष, ३६४ दिन समाजवादी पार्टी
सन् २०१२
उनले सन् १९९७ देखि सन् २००८ सम्म समाजवादी पार्टीको पहिलो सचिवको रूपमा काम गरि सन् २००८ देखि सन् २०१२ सम्म कोरेज परिषद्को अध्यक्ष बनेका थिए। सन् २०१२ को राष्ट्रपतीय निर्वाचितमा निकोलस सारकोजीलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनले समयौनिक विवाहलाई कानूनी मान्यता दिएका थिए। सैन्य कारबाहीको रूपमा माली, मध्य अफ्रिकी गणतन्त्र र इराक तथा सिरियामा हस्तक्षेप गरेका थिए। उनले सन् २०१५ को संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनको आयोजना गरेका थिए।
२५ एमानुएल माक्रोँ[१२]
(सन् १९७७ मा जन्म)
१४ मे २०१७ बहालवाला[]  वर्ष, ३०६ दिन ला रेपुब्लिक अँ मार्स!
(सन् २०२२ मा पार्टीको नाम परिवर्तन गरि रेनेसँस राखिएको थियो)
सन् २०१७, सन् २०२२
उनले सन् २०१२ देखि सन् २०१४ सम्म लेलिजे दरबारका उपसचिवको रूपमा र सन् २०१४ देखि सन् २०१६ सम्म अर्थ, उद्योग र डिजिटल मामिला मन्त्रीको रूपमा काम गरेका थिए। उनले २०१७ को राष्ट्रपतीय निर्वाचनमा केन्द्रपन्थी राजनीतिज्ञको रूपमा प्रतिस्पर्धा गरि मरिन ले पेनलाई सजिलै पराजित गरेका थिए। उनी फ्रान्सको इतिहासमा सबैभन्दा कम उमेर राष्ट्रपति बन्न सफल बनेका थिए। सन् २०१८ देखि आफ्नो नीतिगत दिशानिर्देश र शासन शैलीका कारण ठूला प्रदर्शन तथा आन्दोलनहरूको सामना गर्दै आएका छन् जसमा पहेँलो ज्याकेट आन्दोलन उल्लेखनीय छ। सन् २०१९ को जि७ सम्मेलनको आयोजना गरेका थिए। कोभिड-१९ महामारीको सामना गर्नु परेको थियो। सन् २०२२ मा ले पेन विरुद्ध बहुमतसहित पुनः निर्वाचित भएतापनि राष्ट्रिय सभामा बहुमत गुमाएका थिए।
  1. Its status as the emblem of France is de facto and disputed as the French Constitution does not name the symbol as such.
  2. उनको कार्यकाल सन् २०२७ मे १३ मा समाप्त हुनेछ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. यो सीमा स्थायी होइन; दुई कार्यकाल पूरा गरेका पूर्व राष्ट्रपतिहरूको कम्तिमा एक कार्यकाल पुरा भएपछि राष्ट्रपतिको रूपमा पुनः एकपटक उम्मेदवारी दिन सक्नेछन्।
  2. Président de la République: 14 910 € bruts par mois, Le Journal Du Net
  3. The exact title is "President of the Senate, exercising provisionally the functions of the President of the Republic"; see how Alain Poher is referred to on signing statutes into law, e.g. law 69-412 अभिलेखिकरण २८ जुलाई २०२० वेब्याक मेसिन
  4. "Charles de Gaulle (1890–1970)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, १५ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  5. 1 2 "Alain Poher (1909–1996)" (फ्रान्सेलीमा), Official website of the French Presidency, १४ जनवरी २०१९, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  6. "Georges Pompidou (1911–1974)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, १५ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  7. "Valéry Giscard d'Estaing (1926)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, १५ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  8. "François Mitterrand (1916–1996)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, १५ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  9. "Jacques Chirac (1932)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, १५ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  10. "Nicolas Sarkozy (1955)" (अङ्ग्रेजीमा), Official website of the French Presidency, २१ जनवरी २०१९, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  11. "Biographie officielle de François Hollande" [Official biography of François Hollande] (अङ्ग्रेजीमा), Official website of the French Presidency, २२ नोभेम्बर २०१८, अन्तिम पहुँच ५ अक्टोबर २०२२
  12. "Biographie officielle de Emmanuel Macron" [Official biography of Emmanuel Macron] (अङ्ग्रेजीमा), Official website of the French Presidency, २२ नोभेम्बर २०१८, अन्तिम पहुँच ७ अक्टोबर २०२२

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]