फ्रान्सको क्रान्ति (१८४८)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रान्सको क्रान्ति (१८४८)
को भाग
Lamartine in front of the Town Hall of Paris rejects the red flag on 25 February 1848 by Henri Félix Emmanuel Philippoteaux
मिति२२ फेब्रुअरी-२ डिसेम्बर १८४८
स्थानफ्रान्स
यो नामले पनि चिनिन्छफेब्रुअरी क्रान्ति
सहभागीफ्रेन्च नागरिक
परिणाम
  • लुई फिलिपको पतन
  • दोश्रो फ्रेन्च गणतन्त्रको स्थापना

सन १८४८ मा पुरै यूरोप मा क्रान्तिको तरङ्गको लहर छाएको थियो । १८४८ को फ्रान्सको क्रान्ति को फलस्वरूप ओर्लियन राजतन्त्र (१८३०-४८) को अन्त भयो तथा द्वितीय फ्रान्सेली गणतन्त्रको स्थापना भयो।

क्रान्तिको कारण[सम्पादन गर्नुहोस्]

उच्च बुर्जआ वर्गको प्रधानता[सम्पादन गर्नुहोस्]

लुई फिलिपले सिंहासनमा बस्दा जनतालाई एक उदार संविधान दिएका थिए। तर पनि यसबाट जनताको अधिक भलाई भएन। मतको आधार धन हुने कारण प्रतिनिधि सभामा सदैव बुर्जुआ वर्गको मानिसको प्रधानता बनी रह्यो, सर्वसाधारणको पहुँच थिएन। अतः बुर्जुआ वर्गको मानिशहरू आफ्नो हितलाई ध्यान राख्दै कानुन बनाउथ्थे। यस प्रकार लुई फिलिपको शासनबाट जनतालाई कुनै  लाभ भएन। वस्तुतः १८३० को क्रान्तिबाट उनीहरूलाई कुनै लाभ भएन्न। यसबाट उनीहरू लुई फिलिपलाई घृणाको दृष्टिले हेर्न थाले। जेक्स ड्रोजको अनुसार "१८४८ को सामाजिक संघर्ष एक त्रिपक्षीय वर्ग संघर्ष थियो जसमा मध्यम वर्गको  दुई भाग उच्च बुर्जुआ र निम्न बुर्जुआ एवं निम्न वर्ग सहभागी थिए "।

समाजवादी विचारधारा[सम्पादन गर्नुहोस्]

फ्रैडरिक बास्तियात, त्यस समयको सबैभन्दा लोकप्रिय राजनैतिक लेखकमा उनको गन्ती हुन्थ्यो। उनले क्रान्तिमा भाग लिएका थिए।
लुई ब्लाङ्क - द्वितीय रिपब्लिकमा श्रमिकको दुई प्रतिनिधि मध्ये एक थिए।

सन् १८४८को फ्रान्सेली क्रान्तिको पृष्ठभूमि समाजवादिहरूले तयार गरे। लुई ब्लाङ्क जस्ता समाजवादी विचारकहरूले मजदूरको हित, हक अधिकारको प्रतिपादन गरे। उनीहरूले सरकारको आर्थिक नीतिको आलोचना गरे। फिलिप सरकारलाई पूंजीपतिहरूको सरकार घोषित गरे। उनीहरूले एक महत्वपूर्ण सिद्धान्तको प्रतिपादन गरे कि प्रत्येक व्यक्तिलाई काम पाउने अधिकार हुन्छ र उनीहरूलाई काम दिनु राज्यको कर्तव्य हो। यसप्रकार लुई ब्याङ्कको समाजवादी विचारले जनतालाई लुई फिलिपको शासन उखेलेर फाल्न प्रेरणा दियो।

लुई फिलिपको विदेश नीति[सम्पादन गर्नुहोस्]

लुई फिलिप,फ्रान्सका अन्तिम राजा

लुई फिलिपको विदेश नीति दुर्बल थियो। बेल्जियम तथा पूर्वी समस्याको मामिलामा उनी इङ्ल्यान्डबाट पराजित हुनु पर्यो। यसबाट फ्रान्सको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आघात पुग्यो। फ्रान्सका जनता यी असफलताबाट असन्तुष्ट थिए।

गीजो मन्त्रिमण्डलको प्रतिक्रियावादी नीति[सम्पादन गर्नुहोस्]

गीजो मन्त्रीमण्डल (१८४०-४८) ले १८४८ को क्रान्ति ल्याउन महत्त्वपूर्ण भूमिका निभायो। यसले श्रमिकको अवस्थामा सुधार ल्याउने नीतिको बिरोध गर्यो र उनीहरूको लागि कानून बनाउन इच्छुक थिएन। यसले राजालाई कुनै पनि परिवर्तन नगर्न सल्लाह दियो। परिणामस्वरूप जनतामा असन्तोष व्याप्त भयो। अन्ततः जनताले २४ फेब्रुअरी १८४८ मा गिजो एवं लुई फिलिप विरुद्ध विद्रोह गरे।

यूरोपमा १९४८ की क्रान्तिको लहर[सम्पादन गर्नुहोस्]

१८४८ को फ्रान्सेली क्रान्तिको प्रभाव फ्रान्समा मात्र सिमित थिएन। यो क्रान्तिको प्रभाव पुरै युरोपमा पर्यो। १८४८ मा युरोपमा जम्माजम्मी १७ क्रान्ती भए। फ्रान्स पछि भियना, हङ्गेरी, बोहेमिया, इटाली, जर्मनी, प्रशा, स्वीट्जरल्यान्ड, हल्यान्ड आदि देशहरूमा विद्रोह भए। १८३० को फ्रान्सेली क्रान्तिको तुलनामा १८४८ को क्रान्तिको प्रभाव धेरै व्यापक र प्रभावशाली थियो। विशेष रूपमा मध्य यूरोप यति धेरै प्रभावित भयो कि भियना कंग्रेसले खडा गरेको प्रतिक्रियावादी राजनीतिक ढांचाको जगमा धक्का पुग्यो।

अष्ट्रियाको क्रान्ति[सम्पादन गर्नुहोस्]

फ्रान्सको १८४८ को क्रान्तिबाट प्रभावित भएर अष्ट्रियाका देशभक्त निकै प्रभावित भए। विद्यार्थी, मजदूर, अध्यापकले जुलुस निकाले र मेटरनिकको आवास घेरे। शहरमा अनेक स्थानमा मोर्चाबन्दी भयो, जनता र सरकारमा झडप भयो। यस्तो परिस्थितिमा मेटरनिकले राजिनामा दिए र इङ्ल्यान्ड भागे। मेटरनिकको पलायन क्रान्तिको धेरै ठूलो विजय थियो। अष्ट्रियाका सम्राट फर्डिनान्ड प्रथमले देशभक्तहरूको माग स्वीकार गरे। प्रेस, भाषण र लेख माथि लगाइएको प्र्तिबन्ध हटाइयो तर क्रान्तिकारीहरू बीचको मतभेदको कारण राजाले क्रान्तिकारीहरूको दमन गरेर अष्ट्रियामा फेरि निरङ्कुश शासन स्थापना गरे।

बोहेमियाको क्रान्ति[सम्पादन गर्नुहोस्]

आन्दोलनकारीहरूले अष्ट्रियाको अधिनतामा बोहेमियाको लागि स्वतन्त्र शासनको माग गरे तर कठोरतापूर्वक दमन गरि क्रान्तिलाई दबाइयो।

हंगेरीको क्रान्ति[सम्पादन गर्नुहोस्]

भियना क्रान्तिबाट उत्साहित भएर हङ्गेरीका देशभक्तहरूले विद्रोह गरे। त्यस समय हङ्गेरी अष्ट्रियाको अधिनमा थियो। हङ्गेरीमा सामन्तहरूको हालीमुहाली थियो। उनीहरूको अत्याचारले जनता आक्रोशित थिए। अन्ततः फ्रान्सेली क्रान्ती र भियना क्रान्तिबाट उत्साहित भएर जनताले लोकप्रिय नेता कोसूथ तथा डीकको नेतृत्वमा उदारवादी सुधारको साथ हङ्गेरीको लागि पूर्ण स्वशासनको माग गरे। हङ्गेरीवासी आफ्नो माग पूरा गर्न कठिबद्ध भए। त्यसमा सम्राटले शासन सुधारको माग स्वीकार गरेर प्रेस स्वतन्त्रता, कुलिनको विशेषाधिकारको अन्त्य र धार्मिक स्वतन्त्रताको घोषणा गरे। यस प्रकार हङ्गेरी अर्द्धस्वतन्त्र भयो तर हङ्गेरीमा विभिन्न भाषा-भाषी जातिहरूले आफ्नो स्वतन्त्रताको लागि आरम्भ गरे। अतः अष्ट्रियाले यस फुटको लाभ उठायो र रूस सँग मिलेर हङ्गेरी विरूद्ध कार्यवाही गर्यो र फेरि हङ्गेरी अष्ट्रियाको अधिनिस्थ राज्य बन्यो।

प्रशाको क्रान्ति[सम्पादन गर्नुहोस्]

मेटरनिखको पतन पछि बर्लिनमा खुसीयाली मनाइयो। प्रशा जर्मनीको सबैभन्दा ठूलो राज्य थियो। क्रान्तिको लहर प्रशा पुगे सँगै उत्साहित भएर जनताले जुलूस निकाले र प्रशाको राजाको दरबार घेरे। राजाले भीडमाथि गोली चलाउने आदेश दिए। र विद्रोहले भयंकर रुप धारण गर्यो। अन्तमा राजालाई देशभक्तको माग मान्नु पर्यो। जर्मन देशभक्तहरूले फ्रेङ्कफर्टमा सार्वभौमिक मताधिकारद्वारा सम्पूर्ण जर्मनीमा चुनाव गराएर राष्ट्रिय संसदको स्थापना गरे। संसदले एक संविधान बनाएर सम्पूर्ण जर्मनीको लागी प्रशाको राजालाई राजा बनाइयो। तर प्रशाको राजाले यस प्रस्तावलाई अस्वीकार गरे र क्रान्तिकारीहरू विरुद्ध कडा कदम उठाढएर आन्दोलनको दमन गरे।

इटलीको क्रान्ति[सम्पादन गर्नुहोस्]

१८४८ क्रान्तिको असफलताको कारण[सम्पादन गर्नुहोस्]

१८४८ को फ्रान्सको क्रान्तिले सम्पूर्ण यूरोपमा हलचल पैदा गर्यो । यूरोपको लगभग सबै देश यसबाट प्रभावित भए र विशेषाधिकार र शासनलाई जबर्दस्त चोट पर्यो तर पनि क्रान्ति अन्तमा उद्देश्यमा सफल हुन सकेन । लगभग सबै देशमा असफलताको सामना गर्नु पर्यो। यस असफलता निम्नलिखित कारण थिए-

  1. क्रान्तिकारीहरूको विभिन्न क्षेत्रमा भिन्न भिन्न उद्देश्य थियो। क्रान्तिकारी नेताहरूको आपसमा नै एकताको अभाव थियो। हङ्गेरीमा उदारवादी र राष्ट्रवादी हरू एक आपसमा लडिरहे। मेजिनी इटलीमा गणतन्त्र स्थापना गर्न चाहन्थे भने अन्य देशभक्तहरू अनेक अनेक राजाको नेतृत्वमा एकीकरणको नारा लगाइरहेका थिए। उद्देश्यमा भिन्नताको कारण क्रान्तिकारीहरू पुरै तरिकाले सफल हुन सकेनन् ।
  2. क्रान्तिकारी हरूले राष्ट्रवादको सिद्धान्त लाई स्वीकार गर्‍ तर प्रत्येक देशमा उनीहरूको यो नारा सफल भएन।
  3. क्रान्तिकारी हरूका अधिकांश नेता केवल आदर्शवादी थिए, व्यवहारिक थिएनन्। उनीहरू क्रान्तिको आदर्शमाथि व्याख्या वर्णन त गर्थे तर क्रान्ति सञ्चालन गर्ने क्षमता उनीहरूमा थिएन।
  4. क्रान्ती सहरी क्षेत्रमा मात्र सिमित भयो, उनीहरूले ग्रामीण जीवनलाई प्रभाव पार्न सकेनन्। ग्रामीणवासीहरू पहिले कै जसरी जमिनदार , पादरी र राजकीय कर्मचारिहरूको आज्ञा पालन गरिरहे। उनीहरूले राज्यसत्ताको विरोध गरेनन् ।
  5. नगरमा जहाँ क्रान्तीको प्रभाव थियो, मध्यम वर्ग र श्रमिक वर्ग बिच सधैं फुट बन्यो। मध्यम वर्गीय पूंजीपति आफ्नो शोषण नीतिबाट श्रमिक मजदुर प्रति अन्याय गरिरहे। फलस्वरूप क्रान्तिको शक्ति क्षीण भयो।
  6. विद्रोह गर्ने विभिन्न समुदायहरू एक अर्का प्रती शंका गर्थे। बोहेमियामा चेक र जर्मन जातिमा उदार शासन स्थापनाको अवसर भएको समयमा पनि कुनै मेल थिएन। यस फुटको फाइदा अष्ट्रियाको सम्राटले उठाएर त्यहाँ फेरी निरंकुश शासन स्थापन गरे।

दोस्रो फ्रान्सेली साम्राज्य[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]