पेरिस कम्युन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |

पेरिस कम्युन - इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण ।
पेरिस कम्युन (फ्रान्सेली: Commune de Paris, pronounced [kɔ.myn də pa.ʁi]) फ्रान्सेली क्रान्तिकारी सरकार थियो जसले १८ मार्च १८७१ देखि २८ मे सम्म पेरिसमा सत्ता कब्जा गरेर शहरका केही भागहरू नियन्त्रण गरेको थियो। १८७०-१८७१ को फ्रान्को-प्रुसियन युद्धको समयमा, फ्रान्सेली नेसनल गार्डले पेरिसको रक्षा गरेको थियो, र सिपाहीहरूमा श्रमिक वर्गको कट्टरपन्थीता बढ्यो।
सेप्टेम्बर १८७० मा फ्रान्सेली तेस्रो गणतन्त्र(फेब्रुअरी १८७१ बाट फ्रान्सेली प्रमुख-कार्यकारी एडोल्फ थियर्सको नेतृत्वमा)को स्थापना पछि र मार्च १८७१ सम्ममा जर्मनहरूद्वारा फ्रान्सेली सेनाको पूर्ण पराजय पछि, नेसनल गार्डका सिपाहीहरूले १८ मार्चमा शहरको नियन्त्रणमा लिए। कम्युनार्डहरूले दुई फ्रान्सेली सेनाका जनरलहरूलाई मारे र तेस्रो गणतन्त्रको अधिकार मान्न अस्वीकार गरे; बरु, कट्टरपन्थीहरूले आफ्नै स्वतन्त्र सरकार स्थापना गर्ने योजना बनाए।
सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो ।
२९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजारौंले कालापानीको सजाय पाए ।[१]
स्रोतहरू
[सम्पादन]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. १००-१०१