सामन्तवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सामन्तवादको उत्पत्तिको मूल कारण राजनीतिक अराजकता थियो । सामन्तवाद व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार तथा कर्तव्य निर्धारण भूमिबाट गरिन्थ्यो ।

सामन्तवाद (

/ फ्युडलिज्म) मध्यकालीन युगमा इङ्ल्यान्डयूरोपमा प्रचलीत प्रथा थियो । यो सामन्तहरुको कयौं श्रेणिहरु थिए जसमा शीर्ष स्थानमा राजा हुने गर्थ्यो । राजापछि विभिन्न कोटिका सामन्त हुने गर्थे र सबैभन्दा निम्न स्तरमा किसान या दास हुन्थे। यो व्यबस्था रक्षक र अधीनस्थ मानिसहरुको संगठन थियो। राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो। सामन्तगण राजाका प्रति स्वामिभक्ति प्रस्तुत गर्थे, राजाको रक्षाको लागि सेना सुसज्जित गर्ने काम सामन्तहरुको हुने गर्थ्यो , र बदलामा राजाबाट जमिन पाउथे । सामंतगण भूमि के क्रय-विक्रय के अधिकारी नहीं थे। प्रारम्भीक समयमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो । कालान्तारमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरुको उद्देश्य बन्यो। साधन-सम्पन्न नयाँ शहरहरुको विकास, बारूदको आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो ।

सामन्तवादका गुणहरू[सम्पादन गर्ने]

  1. राजनीतिक अस्थिरता भएको समयमा देशको रक्षा गर्न सफल भयो ।
  2. देशमा शान्तिसुव्यवस्था तथा सुरक्षा राख्न सफल भयो ।
  3. असामाजिक तत्त्वहरूबाट देशको सुरक्षा गर्न सक्यो ।
  4. राजसंस्थाको शक्ति कमजोर गराएकाले देशमा संवैधानिक शासनको विकासमा सजिलो भयो ।

अवगुणहरू[सम्पादन गर्ने]

  1. राष्ट्रिय भावनामा आघात पर्यो ।
  2. बलियो केन्द्रिय शासनको निर्माणमा बाधक भयो ।
  3. राष्ट्रियताको विकासमा बाधा उत्पन्न भयो ।
  4. राज्यको सम्पूर्ण भागमा विविध प्रकारका कानुन लागू गरिने भएकाले राष्ट्रिय व्यापारको विकासमा बाधा पुग्यो ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]