जर्मनीको एकीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
The German Empire of 1871–1918.
जर्मनीको एकीकरण
को भाग
मध्य युरोपको राजनीतिक नक्साले १८७१ मा संयुक्त जर्मन साम्राज्यको भाग बनेका २६ क्षेत्रहरू देखाउँदै। उत्तरपूर्वमा रहेको प्रशियाले नयाँ साम्राज्यको लगभग ४०% ओगटेको छ।
मिति१ फेब्रुअरी १८६४ – ८ जनवरी १८७१
स्थानPalace of Versailles, France
४८°४८′१२.८९″उ॰ २°०७′१३.२०″पू॰ / ४८.८०३५८०६°N २.१२०३३३३°E / 48.8035806; 2.1203333निर्देशाङ्कहरू: ४८°४८′१२.८९″उ॰ २°०७′१३.२०″पू॰ / ४८.८०३५८०६°N २.१२०३३३३°E / 48.8035806; 2.1203333
सहभागीढाँचा:Country data North German Confederation North German Confederation

मध्य युरोप स्वतन्त्र राज्यहरु (प्रसा, बवेरिआ, स्याक्सोनी आदि)लाई आपसमा मिलाएर १८७१ मा एक राष्ट्र-राज्य जर्मन साम्राज्यको निर्माण गरियो । यस ऐतिहासिक प्रक्रियाको नाम जर्मनीको एकीकरण (जर्मनेली: Deutsche Einigung, उच्चारण [ˈdɔʏtʃə ˈʔaɪnɪɡʊŋ] ( ))थियो । यस अघी यो भूभाग (जर्मनी) ३९ राज्यहरूमा विभाजित थियो । यी मध्ये अष्ट्रिया साम्राज्य तथा प्रसा राजतन्त्र आफ्नो आर्थिक तथा राजनीतिक महत्त्वको लागि प्रसिद्ध थिए ।

जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र १८४८ ई. मा फ्रान्समा भएको क्रान्तिको प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।

१८६० ई. मा जब इटलीको एकीकरण हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । यस समय प्रशाका शासक विलियम प्रथम तथा चान्सलर बिस्मार्क थिए। तर यी जर्मन देशभक्तहरूको अगाडि दुई प्रमुख चुनौती थिए -

  • आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,
  • जर्मन-राज्यहरूलाई प्रशाको नेतृत्वमा संगठित गर्नु।

बिस्मार्कको उदय[सम्पादन गर्नुहोस्]

अटो एडवर्ड लियोपोल्ड बिस्मार्कको जन्म १८१५ मा ब्रेडनबर्गको एक कुलीन परिवारमा भएको थियो । बिस्मार्कको शिक्षा बर्लिनमा भएको थियो । १८४७ ई मा नै उनी प्रशाको प्रतिनिधि-सभाको सदस्य चुनिए । उनी जर्मन राज्यको संसदमा प्रशाको प्रतिनिधित्व गर्थे। उनी नवीन विचारहरूको प्रबल विरोधी थिए। १८५९ ई मा उनी रूसको लागि जर्मनीको राजदूतको रूपमा नियुक्त भए। १८६२ ई मा उनी  पेरिसको लागि राजदूत बनाइएर पठाइए । यी ओहोदाहरूमा रहेर उनी अनेक मानिसहरूको सम्पर्कमा आए। उनलाई युरोपको राजनीतिक स्थितिसँग परिचित भए । १८६२ ई मा प्रशाको शासक विलियम प्रथमले उनलाई देशको  चान्सलर (प्रधानमन्त्री) नियुक्त गरे।

बिस्मार्क ‘रक्त र लोहाको नीति'को समर्थक थिए। उनको रुचि लोकतन्त्र र संसदीय पद्धतिमा पटक्कै थिएन । उनी सेना र राजनीतिको कार्यमा विशेष रुचि राख्थे । यसैमा निर्भर रहेर, उनी आफ्नो उद्देश्य प्राप्त गर्न चाहन्थे । उनी प्रसालाई सैनिक दृष्टिबाट मजबूत गरेर युरोपको राजनीतिमा आफ्नो वर्चस्व  कायम गर्न चाहन्थे । उनी अष्ट्रियालाई जर्मन सङ्घबाट बाहिर निकालेर र प्रसाको नेतृत्वमा जर्मनीको एकीकरण गर्न चाहन्थे। उनी सभा र भाषणमा विश्वास गर्दैनथे। उनी सेना र शस्त्रद्वारा नै देशको समस्याहरु समाधान गर्न चाहन्थे । उनी अवैधानिक कार्य गर्न पनि पछि पर्दैनथे।

प्रसाको सैनिक शक्ति वृद्धि गरेर र कूटनीतिको सहारामा उनले जर्मन राज्यहरूको  एकीकरण कार्य पुरा गरे । यस कार्यलाई पुरा गर्नको लागि उनले तीन प्रमुख युद्ध लडे। सबै युद्धहरूमा सफल भएर उनले जर्मन-राज्यहरूको एकीकरण कार्य पुरा गरे। यसले युरोपीय इतिहासको स्वरूप नै परिवर्तन भयो ।

डेनमार्कसँग युद्ध (१८६४ ई.)[सम्पादन गर्नुहोस्]

सर्वप्रथम बिस्मार्कले आफ्नो शक्तिको प्रहार डेनमार्क राज्य माथी गरे। जर्मनी र डेनमार्कको बीच दुई प्रदेश विद्यमान थिए, जसको नाम श्लेसविग र हलस्टिन थियो। दुबै प्रदेश शताब्दी औँ देखि डेनमार्कको अधिकारमा थियो, तर यसको भाग थिएन। हलस्टिनका जनता जर्मन जातिका थिए, जबकि श्लेसविगमा आधा जर्मन र आधा डेनिस थिए।

१९औं शताब्दीमा अन्य देशहरूको सरह डेनमार्कमा पनि राष्ट्रियताको लहर फैलियो, जसबाट प्रभावित भएर डेनिस देशभक्तहरूले देशको एकीकरणको प्रयत्न गरे। उनीहरू उक्त दुबै राज्यलाई डेनमार्कमा सामेल गरेर उसको शक्तिलाई सुदृढ गरियोस् भन्ने चाहन्थे। फलस्वरूप १८६३ ई. मा डेनमार्कको शासक क्रिश्चियन दशम्ले उक्त प्रदेशलाई आफ्नो राज्यमा सामेल गर्ने घोषणा गरे। उनीहरूको यो कार्य १८५२ ई. मा सम्पन्न लण्डन समझौताको विपरित थियो, यसकारण जर्मन राज्यहरूले यसको विरोध गरे। उनीहरूले "यी प्रदेशलाई डेनमार्कको अधिकारबाट मुक्त गरियोस" भन्ने माग गरे। प्रशाले पनि डेनमार्कको यस नीतिको विरोध गरे। बिस्मार्कले सोचे कि डेनमार्कको विरुद्ध युद्ध गर्नको लागि यो अनुकूल अवसर हो। उनी यो प्रदेश माथि प्रशाको अधिकार स्थापित गर्नको लागि इच्छुक थिए। प्रशाको विरुद्ध कुनै विपरीत प्रतिक्रिया नहोस् भनेर बिस्मार्क यो कार्यलाई उनी एक्लै नगरेर अष्ट्रियाको सहयोगबाट पूरा गर्न चाहन्थे। आस्ट्रियाले पनि यस कार्यमा प्रशालाई सहयोग गर्नु उचित सम्झियो। यसको कारण यो थियो कि यदि प्रशा यस मामिलामा एक्लै हस्तक्षेप गर्दथ्यो भने जर्मनीमा अष्ट्रियाको प्रभाव कम हुन जान्थ्यो। यसको अतिरिक १८५२ ई.को लण्डन समझौतालाई पूर्ण रूपबाट पालन गर्न चाहन्थ्यो। यस प्रकार प्रशा र अष्ट्रिया दुईले सम्मिलित रूपबाट डेनमार्कको विरुद्ध सैनिक कार्यवाही गर्ने निश्चय गरे। फलस्वरूप १८६४ ई. मा उनीहरूले डेनमार्क माथी आक्रमण गरी दिए। डेनमार्क पराजित भयो र उसले आक्रमणकारीहरूको साथ एक सम्झौता गरे। यसको अनुसार उसले श्लेसविग र हलस्टिलको साथ-साथ लायनबुर्गको अधिकारबाट पनि वञ्चित हुनु पर्‍यो।

गेस्टिनको समझौता[सम्पादन गर्नुहोस्]

यस समझौताको अनुसार श्लेसविग र हलस्टिनको प्रदेश त डेनमार्कबाट खोसियो, तर यस लूटको सामानको बाँडफाँडको सम्बन्धमा प्रशा र अष्ट्रियामा मतभेद भयो। यस प्रश्नलाई लिएर दुबैको बीच कटुता उत्पन्न भयो। अष्ट्रिया आफ्नो आन्तरिक स्थितिको कारणले युद्ध गर्ने पक्षमा थिएन जब कि प्रशा यस प्रसंगको माध्यमबाट अष्ट्रियालाई जर्मन राज्य सङ्घमा कमजोर गर्न चाहन्थ्यो। अन्तत दुबैको बीच १४ अगष्ट १८६५ ई. मा गेस्टिन नामक स्थानमा सम्झौता भयो, जो ‘गेस्टिन-समझौता’को नामबाट जानिछ। यो समझौता यस प्रकार थियो-

  • . श्लेसविङ प्रशियालाई दिइयो,
  • . हलस्टिन माथी अष्ट्रियाको अधिकार मानियो,
  • . लायनवर्ग प्रदेश प्रशाले खरीद गर्‍यो, जसको मूल्य अष्ट्रिया लाई दिईयो ।

यो समझौता बिस्मार्कको कूटनीतिक विजय थियो । उनी यसलाई एक अस्थायी समझौता मान्दथे, जसको अवहेलना जहिले जोबाट पनि गर्न सकिन्थ्यो। अतः अगाडि बढेर यसको विरुद्ध प्रतिक्रिया हुनु स्वाभाविक थियो।

वास्तवमा बिस्मार्कको इच्छा अष्ट्रिया लाई युद्धमा परास्त गरेर उसलाई जर्मन सङ्घबाट बहिष्कृत गर्नु थियो। यस दिशा मा उनले तयारी गर्न आरम्भ गरेका तर यो कार्य सरल थिएन, किनकी अष्ट्रिया यूरोपको एक महत्त्वपूर्ण राज्य थियो र त्यस माथी आक्रमण गर्नाले अन्तर्राष्ट्रीय सम्बन्ध मा असर पर्न सक्दथ्यो । अतः अष्ट्रिया विरुद्ध सैनिक कार्यवाही गर्नु पूर्व बिस्मार्क अन्य राज्यहरुको इच्छा जान्न चाहन्थे। यस प्रकार युद्धको पूर्व उनले कूटनीतिक चाल द्वारा अन्य राज्यहरुको संभावित प्रतिक्रियालाई सम्झनु आवश्यक सम्झिए। ग्रेट ब्रिटेनले यस युद्ध मा हस्तक्षेप गर्ने सम्भावना थिएन, किनकी ऊ एकाकीपनको नीतिमा चलिरहेको थियो। रूस बिस्मार्कको मित्र थियो। उनले फ्रान्सलाई लोभ दिएर युद्धमा तटस्थ रहने आश्वासन प्राप्त गरे । नेपोलियन तृतीयले तटस्थ रहनु राष्ट्रिय हितमा उचित सम्झिए । उसले यो सोचे कि अष्ट्रिया र प्रशाको युद्धबाट उनीहरूको शक्ति क्षीण हुने छ र त्यस स्थितिबाट फ्रान्सलाई विकास गर्ने अवसर प्राप्त हुने छ।

१८६६ ई. मा प्रशा र इटलीको बीच सन्धि भयो, जसको अनुसार इटलीले युद्धमा प्रशालाई साथ दिने आश्वासन दियो। यसको बदलामा बिस्मार्कले युद्धमा सफल भए पश्चात इटलीलाई वेनेशिया दिने वचन दिए । यस सन्धिको सूचना पाएर अष्ट्रिया धेरै चिंतित भयो। अब अष्ट्रिया र प्रशाको सैनिक तयारी तीव्र गतिबाट चल्न थाल्यो। यस प्रकार प्रशा र अष्ट्रियाको बीच युद्धको स्थिति निर्मित भयो । अब युद्धको लागि केवल अवसर खोज्ने आवश्यकता थियो। श्लेसविग र हलस्टिन सम्बन्धी समझौतामा युद्धको कारणहरु खोजी निकाल्न कुनै कठिन कार्य थिएन। १८६६ ई. मा प्रशालाई यो अवसर प्राप्त भयो र उसले अष्ट्रियाको विरुद्ध युद्ध घोषणा गरिदियो। इटली प्रशालाई साथ दिइरहेको थियो। यो युद्ध सेडोवाको मैदानमा दुबैको बीच सात हप्तासम्म चल्यो, जसमा अष्ट्रिया पराजित भयो । यस युद्धको समाप्ति प्रागको सन्धि द्वारा भयो, जसको शर्तहरु यस प्रकार थिए-

  1. . अष्ट्रियाको नेतृत्व मा जुन जर्मन-सङ्घ बनेको थियो, त्यसलाई समाप्त गरियो।
  2. . श्लेसविग र हलस्टिन प्रशालाई दिइयो।
  3. दक्षिणको जर्मन-राज्यहरुलाई स्वतन्त्र मानियो ।
  4. . वेनेशियाको प्रदेश इटलीलाई दिईयो।
  5. अष्ट्रियाले युद्धको क्षतिपुर्ती दिनु पर्‍यो।

जर्मन राजसङ्घको स्थापना[सम्पादन गर्नुहोस्]

यस युद्धको फलस्वरूप जर्मन-राज्यहरूबाट अष्ट्रियाको वर्चस्व समाप्त भयो । अब त्यहाँ प्रशाको प्रभाव कायम भयो। यस युद्धको पछि प्रशालाई अनेक नवीन प्रदेश प्राप्त भयो, जसको कारण अब त्यो यूरोपको शक्तिशाली राज्य मानिन थाल्यो । अब बिस्मार्क पनि यूरोपमा एक महत्त्वपूर्ण व्यक्ति बने। प्रशाको यस सफलताले परोक्ष रूपबाट फ्रान्सको भावी पराजयको सङ्केत दियो। यस प्रकार यस युद्धबाट प्रशालाई अनेक लाभ भयो।

हैनोवर, हेसकेसल, नासो र फ्रेंकफर्ट प्रशा राज्यमा शामेल गरियो। यस पछि उसले जर्मन-राज्यहरुलाई नयाँ सिराबाट आफ्नो नेतृत्वमा संगठित गर्ने प्रयास गरे। तर दक्षिण-राज्यहरुको विरोधको कारण यस्तो गर्नु सम्भव भएन। यस्तो स्थितिमा यो "चार दक्षिण जर्मन राज्यहरू (बवेरिया, बुटर्मवर्ग, बादेन र हेन्स)लाई छोडी बाँकी जर्मन-राज्यहरुलाई सङ्गठन प्रशाको नेतृत्वमा बनाईनु पर्छ" भन्ने उचित ठानियो । बिस्मार्कले यसै गरे। यस प्रकार उसने उत्तरी जर्मन राज्यहरुको गठन गरे। यसमा २१ जर्मन राज्य सामेल थिए। यस नयाँ सङ्घको अध्यक्ष प्रशालाई बनाइयो। बिस्मार्क यस सङ्घको प्रथम चान्सलर नियुक्त भए। उनलाई त्यहा गठित भएको सङ्घीय परिषदको अध्यक्ष पनि नियुक्त गरियो। यस परिषदमा कुल ४३ सदस्य थिए, जसमा १७ सदस्य प्रशाका थिए। सङ्घको अध्यक्षको रूपमा प्रशाको राजालाई अनेक महत्त्वपूर्ण कार्यहरू जस्तो युद्ध एवं सन्धिलाई सम्पादित गर्ने अधिकार थियो। दोश्रो सभाको नाम लोकसभा थियो, जसको सदस्य वयस्क मताधिकार अनुसार जनताद्वारा चुनिन्थे।

यस प्रकार बिस्मार्क जर्मनीको एकीकरणको दिशामा अगाडि बढे । अब उनको लागि केवल अन्तिम कार्य गर्न बाँकी थियो।

जर्मनीको एकीकरणको लागि बिस्मार्कले फ्रान्ससँग अन्तिम युद्ध गरे, किनकी उसलाई पराजित नगरिकन दक्षिणको चार जर्मन राज्यहरुलाई जर्मन सङ्घमा सामेल गर्न सम्भव थिएन। उता फ्रान्स अष्ट्रियाको विरूद्ध प्रशाको विजयबाट आफुलाई अपमानित महसूस गरिरहेको थियो। उसको विचार थियो कि दुबैको बीच चल्ने युद्ध दीर्घकालीन हुनेछ तर आशाको विपरीत यो युद्ध चाडै नै समाप्त भयो, जसमा प्रशालाई सफलता मिल्यो।

फ्रान्सको सम्राट नेपोलियन तृतीय ले आफ्नो गिर्दै गरेको प्रतिष्ठालाई पुनः जीवित गर्नको लागि फ्रान्सको सीमालाई राइन नदी सम्म विस्तृत गर्ने विचार गरे, तर उनी यस कार्यमा सफल हुन सकेनन्। बिस्मार्कले आफ्नो कूटनीतिक चालहरु द्वारा फ्रान्सको हरेक इच्छालाई असफल गरिरहे। नेपालियनले हल्यान्डबाट लक्जेमबर्ग लिन चाहे, तर बिस्मार्कको विरोधको कारण त्यो सम्भव हुन सकेन । यसमा दुबैको बीच कटुताको भावना निर्मित भयो।

फ्रान्स विश्वास गर्दथ्यो कि प्रशाको उत्कर्षको कारण उसको स्थिति नाजुक भएको छ। उता प्रशा पनि फ्रान्सलाई आफ्नो मार्गको बाधक मान्दथ्यो। फलस्वरूप दुबै देशका अखबार एक अर्काको विरुद्ध विष बमन गर्न लागे। यस्तो स्थितिमा दुबैको बीच युद्ध आवश्यक प्रतीत हुन थाल्यो ।

स्पेनको राजगद्दीको विषय[सम्पादन गर्नुहोस्]

यस बीच स्पेनमा उत्तराधिकारको सम्बन्धि विवाद उत्पन्न भयो, जसबाट त्यहाँ गृहयुद्ध प्रारम्भ हुन गयो । १८६३ ई. मा स्पेनको जनताले विद्रोह गरेर रानी ईसाबेला द्वितीयलाई देशबाट निकाली दिए र उनको स्थान पर प्रशाको सम्राटको नातेदार लियोपोर्ल्डलाई त्यहाँको नयाँ शासक बनाउने विचार गरे। नेपोलियन यसको तयार थिएनन, किनकी यस्तो हुँदा स्पेन माथी पनि प्रशाको प्रभाव स्थापित हुन जाग्छ। फ्रान्सको विरोधलाई विचार गर्दै लियोपोल्डले आफ्नो दाबेदारी त्यागे। तर नेपोलियन यसबाट पनि सन्तुष्ट भएनन्। उसले यो आश्वासन चाह्यो कि भविष्यमा पनि प्रशाको कुनै राजकुमार स्पेनको शासक हुने छैन । यो नेपोलियनको मनमानी र प्रशाको अपमान थियो। अतः यस घटनाको कारण १५ जुलाई १८७० ई. मा फ्रान्सले प्रशाको विरूद्ध युद्धको घोषणा गरिदियो।

यो युद्ध सीडान मैदानमा भयो, जसमा नेपोलियन तृतीय पराजित भए। जर्मन सेनाहरु फ्रान्सको भित्र सम्म घुसे। २० जनवरी १८७१ ई. मा पेरिसको पतनको पश्चात युद्ध समाप्त भयो। अन्तत दुबैको बीच एक सन्धि भयो, जुन इतिहासमा ‘फेंकफर्टको सन्धि’को नामबाट विख्यात भयो। यसको शर्तहरु यस प्रकार थिए -

  • फ्रान्सको अल्सास र लरेन प्रदेश प्रशालाई सुम्पिनु पर्ने।
  • फ्रान्सले युद्धको क्षतिपुर्ती २० करोड पाउण्ड दिनु पर्ने।
  • क्षतिपुर्तीको भुक्तानी नभएसम्म जर्मन सेना फ्रान्समा बसिरहने।

यो सन्धि फ्रान्सको लागि अत्यन्त नै अपमानजनक सिद्ध भयो र यसको परिणाम दूरगामी सिद्ध भयो। यस सन्धिले दुबैको बीच दुश्मनीको भावना गहिरो भयो।

जर्मन-साम्राज्यको गठन[सम्पादन गर्नुहोस्]

१८ जनवरी १८७१ मा वर्सेली को 'हल अफ मिरर्स' मा जर्मन साम्राज्य की स्थापना

सीडानको युद्ध पश्चात दक्षिण जर्मनीको चार राज्यहरु - बवेरिया, बादेन, बुटर्मवर्ग र हेंसलाई जर्मन सङ्घमा समाबेश गरेर त्यसलाई जर्मनी (जर्मन साम्राज्य) एक नयाँ नाम दिइयो। प्रशाको राजालाई जर्मनीको पनि सम्राट घोषित गरियो। यस प्रकार जर्मनीको एकीकरण पूर्ण भयो। १८ जनवरी १८७१ ई. मा विलियम प्रथमको राज्याभिषेक जर्मनीको सम्राटको रूपमा भयो। यस असम्भव जस्तो लाग्ने कार्यलाई पुरा गर्ने श्रेय बिस्मार्कलाई जान्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]