जर्मनेली भाषा
| जर्मनेली | |
|---|---|
| डोयच | |
| उच्चारण | डोयच |
| मूलभाषी | जर्मनेली भाषी युरोप |
| क्षेत्र | जर्मनी, अस्ट्रिया र स्विट्जरल्यान्ड |
| रैथाने(हरू) | जर्मनेली भाषी मानिसहरू |
| मातृभाषी वक्ता | ९ करोड (२०१०) देखि ९ करोड ५० लाख सम्म (सन् २०१४) |
प्रारम्भिक रूप | |
स्तरीय स्वरूप | |
| ल्याटिन (जर्मनेली वर्ण) ब्राजिली जर्मनेली | |
हस्ताक्षरित रूप | साङ्केतिक जर्मनेली, (Lautsprachbegleitende / Lautbegleitende Gebärden) |
| सरकारी दर्जा | |
आधिकारिक भाषा | ३ वटा क्षेत्रहरू विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरू |
अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता | |
| नियामक संस्था | कुनै आधिकारिक नियमन छैन (जर्मनेली हिज्जे परिषदद्वारा हिज्जे नियमन)[१२] |
| भाषा सङ्केतहरू | |
| आइएसओ ६३९-१ | de |
| आइएसओ ६३९-२ | ger (B) deu (T) |
| आइएसओ ६३९-३ | विविध:deu – मानक जर्मनेलीgmh – मध्य उच्च जर्मनेलीgoh – परम्परागत उच्च जर्मनेलीgct – Colonia Tovar dialectbar – बाएरिस्च भाषाcim – जिमब्रिस्च भाषाgeh – हटरिस्च जर्मनेलीksh – कोल्स्च भाषिकाnds – न्युन जर्मनेलीsli – सलस्च जर्मनेलीltz – लक्जेमबर्गी भाषाvmf – Main-Franconian dialectsmhn – Mòcheno languagepfl – Palatine German languagepdc – पेल्सनभेनियाली जर्मनेली भाषाpdt – Plautdietsch languageswg – स्वाबियाली जर्मनेलीgsw – स्वीस जर्मनेलीuln – उन्सेरडोयच भाषाsxu – माथिल्लो निम्न जर्मनेलीwae – वास्लर जर्मनेलीwep – वेस्टफेलियाली भाषाhrx – Riograndenser Hunsrückisch Germanyec – यिद्दी भाषा |
| ग्लोटोलग | high1287 उच्च फ्रान्कोनियाली[१३]uppe1397 माथिल्लो जर्मनेली[१४] |

जर्मनेली भाषा (ⓘ) पश्चिमी जर्मनेली भाषा परिवारमा पर्ने एक भाषा हो जुन मध्य युरोपमा मुख्यतया बोलिन्छ। यो जर्मनी, अस्ट्रिया, स्विजरल्यान्ड, इटालीको दक्षिण टिरोल, बेल्जियम र लिस्टेस्टाइनमा जर्मनेली भाषी समुदायमा सबैभन्दा धेरै बोलिने र आधिकारिक वा सह आधिकारिक भाषा पनि हो। यो लक्जेमबर्गको तीन आधिकारिक भाषाहरू मध्ये एक हो र यो पोल्यान्डको ओपोल्स्को प्रदेशमा सह आधिकारिक भाषाको रूपमा प्रयोग हुने गरेको छ। यो पश्चिमी जर्मनेली भाषा परिवारका अन्य सदस्यहरू जस्तै अफ्रिकी, डच, अङ्ग्रेजी, फ्रिसियाली भाषाहरू, न्युन जर्मनेली, लक्जेमबर्गी र यिद्दी लगायतका भाषाहरूसँग मिल्दोजुल्दो छ। यस भाषाको उत्तर जर्मनेली भाषा परिवारका सदस्यहरू जस्तै डेनमार्की, नर्वेली र स्विडेनी लगायतका भाषाहरूसँग शब्दावलीमा कडा समानताहरू पाइन्छ। जर्मनेली भाषा, जर्मनेली भाषा परिवारमा अवस्थित अङ्ग्रेजी पछिको दोस्रो सबैभन्दा बढी बोलिने भाषा हो।
जर्मनेली भाषा विश्वको प्रमुख भाषाहरूमध्ये एक हो। जर्मनेली अङ्ग्रेजी पछि पहिलो र दोस्रो भाषाको रूपमा दोस्रो सबैभन्दा बढी बोलिने जर्मनेली भाषा हो। यस भाषालाई व्यापक रूपमा विदेशी भाषाको रूपमा सिकाइन्छ भने विशेषगरी महाद्वीपीय युरोपमा यो भाषा अङ्ग्रेजी र फ्रान्सेली पछि तेस्रो सबैभन्दा बढी सिकाइने विदेशी भाषा पनि हो। संयुक्त राज्य अमेरिकामा समग्रमा जर्मनेली चौथो सबैभन्दा बढी सिकाइने दोस्रो भाषा हो भने यो संयुक्त राज्य अमेरिकामा के-१२ शिक्षामा तेस्रो सबैभन्दा बढी सिकाइने दोस्रो भाषा पनि हो। यो भाषा दर्शन, धर्मशास्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा प्रभावशाली रहेको छ। यो विज्ञानमा दोस्रो सबैभन्दा बढी प्रयोग गरिने र वेबसाइटहरूमा तेस्रो सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने भाषा हो। जर्मनेली भाषी देशहरू नयाँ पुस्तकहरूको वार्षिक प्रकाशनको सन्दर्भमा पाँचौँ स्थानमा छन् भने विश्वका सबै पुस्तकहरूको (ई-पुस्तकहरू सहित) दसौँ भाग जर्मनमा प्रकाशित हुन्छन्।
अन्य पश्चिम जर्मनेली भाषाहरू जस्तै; अफ्रिकन, डच, अङ्ग्रेजी, फ्रिसियन भाषाहरू र स्कट्ससँग जर्मनेली भाषाको सबैभन्दा नजिकको सम्बन्धित रहेको छ। यसमा डेनिस, नर्वेली र स्विडेनी जस्ता उत्तर जर्मनेली भाषा समूहका केही भाषाहरूको शब्दावलीमा घनिष्ठ समानताहरू पनि रहेका छन्। आधुनिक जर्मनेली भाषा विस्तारै प्राचीन उच्च जर्मनेलीबाट विकसित भएको थियो।[१५]
जर्मनेली एक बहुकेन्द्रीय भाषा हो। यसका तीन मानकीकृत संस्करणहरू अन्तर्गत जर्मनीमा बोलिने जर्मनेली, अस्ट्रियामा बोलिने जर्मनेली र स्विट्जरल्यान्डमा बोलिने जर्मनेली रहेका छन्। मानक जर्मनेली भाषालाई कहिलेकाहीँ उच्च जर्मनेली भाषा पनि भन्ने गरिएको पाइन्छ जसले यसको क्षेत्रीय उत्पत्तिलाई बुझाउँछ। युरोप र विश्वका अन्य भूभागहरूमा अवस्थित थुप्रै प्रकारका उपभाषाहरूका साथमा जर्मनेली भाषाका उपभाषाहरू पनि उल्लेखनीय रहेका छन्। यी मध्ये केही गैर-मानक उपभाषाहरू क्षेत्रीय वा राष्ट्रिय सरकारहरूद्वारा मान्यता प्राप्त र संरक्षित अवस्थामा छन्।
सन् २००४ देखि जर्मनेली भाषी देशका राष्ट्रप्रमुखहरूको प्रत्येक वर्ष बैठक हुँदै आएको छ भने जर्मनेली लेखनविधि परिषद् जर्मनेली लेखनविधिको नियमन गर्ने मुख्य अन्तर्राष्ट्रिय निकाय छ।[१६]
इतिहास
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ O povo pomerano no ES. वेब्याक मेसिन (अभिलेखिकरण २१ डिसेम्बर २०१२[समयचिह्न लम्बाइ])
- ↑ Plenário aprova em segundo turno a PEC do patrimônio. वेब्याक मेसिन (अभिलेखिकरण ३० नोभेम्बर २०१४[समयचिह्न लम्बाइ])
- ↑ ALEES – PEC que trata do patrimônio cultural retorna ao Plenário वेब्याक मेसिन (अभिलेखिकरण १४ डिसेम्बर २०१३)
- ↑ LEI 14.061 – Declara Integrante Do Patrimônio Histórico E Cultural Do Estado Do Rio Grande Do Sul A “Língua Hunsrik”, De Origem Germânica अभिलेखिकरण २०१९-०३-३० वेब्याक मेसिन
- ↑ LEI Nº 14.061, de 23 de julho de 2012 – Declara integrante do patrimônio histórico e cultural do estado do Rio Grande do Sul a língua hunsrik, de origem germânica अभिलेखिकरण २०१९-०३-३० वेब्याक मेसिन
- ↑ Instituto de Investigação e Desenvolvimento em Política Linguística: Lista de línguas cooficiais em municípios brasileiros – Liste von brasilianischen Gemeinden, welche eine ko-offizielle Sprache, z. B. Deutsch und den ostpommerschen oder hunsrückischen Dialekt, eingeführt haben अभिलेखिकरण २०२१-१२-१२ वेब्याक मेसिन, abgerufen am 16. Juli 2019 (portugiesisch)
- ↑ Deutsch in Namibia वेब्याक मेसिन (अभिलेखिकरण २८ मे २०१६)
- ↑ Rüdiger Danowski: Zur Lage der deutschen Minderheit in Polen seit 1989. ostpreussen-info.de, abgerufen am 13. November 2009.
- ↑ Regional- und Minderheitensprachen der Europäischen Union – Euromosaik-Studie: Deutsch in Ungarn वेब्याक मेसिन (अभिलेखिकरण २४ अगस्ट २००९)
- ↑ Regional- und Minderheitensprachen der Europäischen Union – Euromosaik-Studie: Deutsch in der Slowakei वेब्याक मेसिन (अभिलेखिकरण २४ अगस्ट २००९)
- ↑ Ratifizierung der Europaischen Charta für Regional- oder Minderheitensprachen. Abgerufen am 5. Mai 2003.
- ↑ "Über den Rat", जर्मनेली भाषा संस्था, अन्तिम पहुँच ११ अक्टोबर २०१०।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "उच्च फ्रान्कोनियाली", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "माथिल्लो जर्मनेली भाषा परिवार", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Chase, Jefferson (२०१६-०९-२५), "Preserving endangered German dialects", Deutsche Welle (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०९-०२।
- ↑ Land, Lëtzebuerger (२ सेप्टेम्बर २०१६), "Beim Deutschen Bund in Eupen", Lëtzebuerger Land, मूलबाट २१ डिसेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ डिसेम्बर २०२३।
