सामग्रीमा जानुहोस्

स्लोभाकिया

निर्देशाङ्कहरू: ४८°४०′उ १९°३०′पू / 48.667°N 19.500°E / 48.667; 19.500
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्लोभाक गणतन्त्र
Slovenská republika (स्लोभाक)
स्लोभाकियाको झन्डा
झन्डा
स्लोभाकियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Nad Tatrou sa blýska (स्लोभाक)
"Lightning over the Tatras"
 स्लोभाकियाको अवस्थिति (गाढा हरियो)

– युरोपमा (हरियो र गाढा खैरो)
– युरोपेली सङ्घमा (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
ब्रातिस्लाभा
४८°०९′उ १७°०७′पू / 48.150°N 17.117°E / 48.150; 17.117
आधिकारिक भाषाहरूस्लोभाक
जातिगत समूहहरू
(सन् २०२१)[]
धर्म
(सन् २०२१)[]
  • २३.८% धर्म विहिन
  • ०.९% अन्य
  • ६.५% निर्दिष्ट नगरिएको
रैथाने(हरू)स्लोभाकी
सरकारएकात्मक संसदीय गणतन्त्र
पेतेर पेलेग्रेनी
रोबर्ट फित्सो
पेतेर सिगा
व्यवस्थापिकाराष्ट्रिय परिषद्
स्थापनाको इतिहास
२८ अक्टोबर १९१८
४ जुन १०२०
३० सेप्टेम्बर १९३८
१४ मार्च १९३९
२४ अक्टोबर १९४५
२५ फेब्रुअरी १९४८
११ जुलाई १९६०
• स्लोभाक समाजवादी गणतन्त्र (चेकोस्लोभाक समाजवादी गणतन्त्रभित्र, एकात्मक चेकोस्लोभाक राज्य महासङ्घमा परिवर्तन भएको)
१ जनवरी १९६९
• स्लोभाक गणतन्त्र (स्थापनाको नाम परिवर्तन गरी चेक र स्लोभाक सङ्घीय गणतन्त्र राखिएको)
१ मार्च १९९०
१ जनवरी १९९३
क्षेत्रफल
• जम्मा
४९,०३५ किमी (१८,९३३ वर्ग माइल) (१२७औँ)
• पानी (%)
०.७२ (सन् २०१५)[]
जनसङ्ख्या
• ३० सेप्टेम्बर २०२४ अनुमानित
Neutral decrease ५४,२१,२७२[] (११९औँ)
• सन् २०२१ जनगणना
Neutral increase ५४,४९,२७०[]
• घनत्व
११० /किमी2 (२८४.९ /वर्ग माइल) (१०३औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२५ लगत
• जम्मा
वृद्धि $२५६.७१० अर्ब[] (७०औँ)
• प्रति व्यक्ति
वृद्धि $४७,४४०[] (४६औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२५ लगत
• जम्मा
वृद्धि $१५२.४८० अर्ब[] (६१औँ)
• प्रति व्यक्ति
वृद्धि $२८,१८०[] (४४औँ)
गिनी (सन् २०२२)२१.२[]
न्यून
मानव विकास सूचकाङ्क (सन् २०२२)०.८५५[]
धेरै उच्च · ४५औँ
मुद्रायुरो () (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्मकालीन समय)
मिति ढाँचादिन. महिना. वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+४२१
इन्टरनेट डोमेनडट एसकेडट इयु

स्लोभाकिया [टिप्पणीहरू १] आधिकारिक रूपमा स्लोभाक गणतन्त्र[टिप्पणीहरू २] मध्य युरोपको एक भूपरिवेष्ठित राष्ट्र हो। यसको उत्तरमा पोल्यान्ड, पूर्वमा युक्रेन, दक्षिणमा हङ्गेरी, पश्चिममा अस्ट्रिया र उत्तरपश्चिममा चेक गणतन्त्र लगायतका देशहरू अवस्थित छन्। स्लोभाकियाको अधिकांश पहाडी क्षेत्र लगभग ४९,००० वर्ग किलोमिटर (१९,००० वर्ग माइल) मा फैलिएको छ, जहाँ ५ करोड ४० लाख भन्दा बढी जनसङ्ख्या छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर ब्रातिस्लाभा हो, जबकि दोस्रो ठूलो सहर कोसित्से हो।

स्लाभ जातिहरू पाँचौँ र छैटौँ शताब्दीमा वर्तमान स्लोभाकियाको इलाकामा आइपुगेका थिए। छैटौँ शताब्दीको उत्तरार्धदेखि, आधुनिक स्लोभाकियाका केही भागहरू आभर खानतमा समाहित भएका थिए। सातौँ शताब्दीमा, स्लाभहरूले सामोको साम्राज्यको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। ९औँ शताब्दीमा आभर खानत विघटन भएको थियो र स्लाभहरूले मोराभियाको रियासतमा विलय हुनु अघि नित्राको रियासत स्थापना गरेका थिए, जुन पछि विशाल मोराभिया बनेको थियो। १०औँ शताब्दीमा विशाल मोराभियाको पतन भएको थियो र यस क्षेत्रलाई ९औँ शताब्दीको अन्त्यमा हङ्गेरीको रियासतमा एकीकृत गरिएको थियो, जुन पछि सन् १००० मा हङ्गेरीको राज्य बनेको थियो।[११] सन् १२४१ र १२४२ मा, युरोपमा मङ्गोल आक्रमण पछि, धेरै क्षेत्र नष्ट भएको थियो, तर हङ्गेरीका राजा बेला चतुर्थको कारण धेरै हदसम्म क्षेत्रहरू फिर्ता लिइएको थियो। १६औँ र १७औँ शताब्दीको दौडान, वर्तमान स्लोभाकियाको दक्षिणी भागलाई ओटोमन साम्राज्यको प्रान्तहरूमा समावेश गरिएको थियो। ओटोमन-नियन्त्रित क्षेत्रहरू १८औँ शताब्दीको अन्तसम्ममा हब्सबर्गहरूलाई हस्तान्तरण गरिएको थियो।[१२][१३] सन् १८४८ मा हङ्गेरीको स्वतन्त्रताको घोषणापछि सोही वर्ष स्लोभाकी विद्रोहले स्लोभाक राष्ट्रिय परिषद्को स्थापना गरेको थियो। विद्रोहले आफ्नो उद्देश्य हासिल गर्न नसके तापनि यसले स्लोभाकको राष्ट्रिय पहिचानलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।[१४] हङ्गेरीको स्वतन्त्रताको युद्ध अन्ततः एक सम्झौतामा परिणत भएको थियो जसले अस्ट्रो-हङ्गेरिय साम्राज्यको स्थापना गरेको थियो।[१५]

प्रथम विश्वयुद्धको दौडान, चेकोस्लोभाक राष्ट्रिय परिषद्ले अस्ट्रो-हङ्गेरिय साम्राज्यको पतनको बीचमा स्वतन्त्रताको लागि सफलतापूर्वक लडेको थियो र सन् १९१८ मा चेकोस्लोभाकिया राज्यको घोषणा गरिएको थियो। सन् १९१९ मा सेन्ट जर्मेनको सन्धि र सन् १९२० मा भएको ट्रियानोनको सन्धिले चेकोस्लोभाकियाले हालको स्लोभाकियाको क्षेत्रलाई समेटेको थियो जुन पूर्णतया हङ्गेरी राज्यको अंश बनेको थियो। दोस्रो विश्वयुद्धको दौडान स्लोभाकियाका भूमिहरूमा स्थानीय फासीवादी पार्टीहरू बिस्तारै सत्तामा आएका थिए र पहिलो स्लोभाक गणतन्त्र सन् १९३९ मा नाजी जर्मनीको नियन्त्रणमा रहेको एकदलीय फासीवादी राज्यको रूपमा स्थापित भएको थियो। सन् १९४० मा, जब यसका नेताहरूले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेसँगै देश अक्ष राष्ट्रहरूको गठबन्धनमा सामेल भएको थियो। चेकोस्लोभाकिया सन् १९४५ मा युद्धको अन्त्यमा देशको स्वतन्त्रतापछि पुनः स्थापित भएको थियो। सन् १९४८ को सोभियत समर्थित 'कू' पछि चेकोस्लोभाकिया पूर्वी गुटभित्रको साम्यवादी राज्य, सोभियत सङ्घको अनुगामी राज्य र वार्सा सम्झौताको सदस्य बनेको थियो। साम्यवादलाई उदार बनाउने प्रयास एक प्राग वसन्तमा परिणत भयो, जसलाई अगस्ट १९६८ मा चेकोस्लोभाकियामा वार्सा सम्झौता आक्रमणद्वारा दबाइएको थियो। सन् १९८९ मा भएको क्रान्तिले चेकोस्लोभाकियामा साम्यवादी शासनको शान्तिपूर्ण अन्त्य गर्न सफल भएको थियो। स्लोभाकिया १ जनवरी १९९३ मा चेकोस्लोभाकियाको शान्तिपूर्ण विघटन पछि एक स्वतन्त्र लोकतान्त्रिक राज्य बनेको थियो।

स्लोभाकिया एक उन्नत उच्च आय अर्थव्यवस्था सहित एक विकसित देश हो। देशले एक व्यापक सामाजिक सुरक्षा प्रणालीको साथ बजार अर्थव्यवस्थाको संयोजन कायम राख्छ, नागरिकहरूलाई सार्वभौमिक स्वास्थ्य सेवा, नि: शुल्क शिक्षा, युरोपमा सबैभन्दा कम सेवानिवृत्ति उमेर प्रदान गर्दछ।[१६] स्लोभाकिया युरोपेली सङ्घ, युरोजोन, सेन्जेन क्षेत्र, संयुक्त राष्ट्र सङ्घ, नाटो, युरोपेली नाभिकीय अनुसन्धान सङ्गठन, आर्थिक सहयोग तथा विकास सङ्गठन, विश्व व्यापार सङ्गठन, युरोप परिषद्, भिसेग्राड समूह र युरोपमा सुरक्षा र सहयोगको लागि सङ्गठनको सदस्य हो। स्लोभाकियामा आठ युनेस्को विश्व सम्पदा क्षेत्रहरू पनि छन्। विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति कार उत्पादक स्लोभाकियाले सन् २०१९ मा कुल ११ लाख कार उत्पादन गरेको थियो, जुन यसको कुल औद्योगिक उत्पादनको ४३ प्रतिशत हो।[१७]

  1. /slˈvækiə, -ˈvɑːk-/ ( )[][१०] स्लोभाक: Slovensko sk
  2. स्लोभाक: Slovenská republika sk

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "SODB2021 – Population – Basic results", मूलबाट ४ नोभेम्बर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जनवरी २०२२ 
  2. "SODB2021 – K rímskokatolíckemu vyznaniu sa prihlásilo 56 % obyvateľov", मूलबाट २० मे २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २० मे २०२२ मिति
  3. "Surface water and surface water change", Organisation for Economic Co-operation and Development (OECD), मूलबाट २४ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  4. "Stock of population in the SR on 30 September 2024", slovak.statistics.sk, Statistical Office of the Slovak Republic, २९ नोभेम्बर २०२४, अन्तिम पहुँच २९ नोभेम्बर २०२४ 
  5. "2021 Population and Housing Census", scitanie.sk, स्लोभाक गणतन्त्रको साङ्ख्यिकीय कार्यालय, २० डिसेम्बर २०२१, अन्तिम पहुँच १९ सेप्टेम्बर २०२४ 
  6. ६.० ६.१ ६.२ ६.३ "World Economic Outlook Database, October 2024 Edition. (Slovakia)", www.imf.org, अन्तर्राष्ट्रिय मुद्रा कोष, २२ अक्टोबर २०२४, अन्तिम पहुँच २९ नोभेम्बर २०२४ 
  7. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, मूलबाट ९ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ नोभेम्बर २०२३ 
  8. "Human Development Report 2023/2024" (अङ्ग्रेजीमा), संयुक्त राष्ट्र विकास कार्यक्रम, १३ मार्च २०२४, मूलबाट १३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मार्च २०२४ 
  9. Wells, John C. (२००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Longman, आइएसबिएन 978-1-4058-8118-0 
  10. Roach, Peter (२०११), Cambridge English Pronouncing Dictionary (18th संस्करण), Cambridge: Cambridge University Press, आइएसबिएन 978-0-521-15253-2 
  11. Dixon-Kennedy, Mike (१९९८), Encyclopedia of Russian & Slavic myth and legend, ABC-CLIO, पृ: ३७५, आइएसबिएन 978-1-57607-130-4, अन्तिम पहुँच २३ अप्रिल २००९ 
  12. Pirický, Gabriel (२०२३-०३-०३), "The Legacy of the Ottoman (Turkish) Age in Slovakia in the 21st Century", Europe's Islamic Legacy: 1900 to the Present (अङ्ग्रेजीमा) (Brill): 29–47, आइएसबिएन 978-90-04-51072-2, डिओआई:10.1163/9789004510722_004, अन्तिम पहुँच २०२४-११-०१ 
  13. Ágoston, Gábor (१९९८), "HABSBURGS AND OTTOMANS: Defense, Military Change and Shifts in Power", Turkish Studies Association Bulletin 22 (1): 126–141, आइएसएसएन 0275-6048, जेएसटिओआर 43385414, मूलबाट १६ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० डिसेम्बर २०२३ 
  14. "A life for a language: Ľudovít Štúr (1815–54) and the Slovak nation", British Library, २८ अक्टोबर २०१५। 
  15. "Austria-Hungary, HISTORICAL EMPIRE, EUROPE", Encyclopædia Britannica, ६ जुन २०१७, अन्तिम पहुँच ६ जुन २०१७ 
  16. "Which countries are most generous to new parents?", The Economist, मूलबाट ४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१७ 
  17. "Slovakia beats record in car production, again", १३ जनवरी २०२०, मूलबाट १३ डिसेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सरकार

पर्यटन र जीवित जानकारी

साधारण जानकारी

४८°४०′उ १९°३०′पू / 48.667°N 19.500°E / 48.667; 19.500