राजधानी
Jump to navigation
Jump to search

बेलायातको राजधानी लण्डन
राजधानी एक शहर हो जहाँ देश, राज्य, प्रान्त वा प्रदेशको केन्द्रीय सरकार रहेको हुन्छ। राष्ट्रप्रमुख र अधिकारीहरू राजधानीमा काम गर्दछन्।
राजधानीहरू प्रायजसो ठूला शहरहरू हुने गर्दछन्। जस्तै मोन्तेभिदेओ उरुग्वाइको सबै भन्दा ठूलो शहर हो र राजधानी पनि हो। तर सबै राजधानीहरू सबैभन्दा ठूलो शहर हुनै पर्छ भन्ने छैन। जस्तै भारतको राजधानी नयाँ दिल्ली हो तर त्यो मुम्बई भन्दा सानो छ।
कुनै देशहरूका एक भन्दा बढी राजधानीहरू हुने गर्दछन्। जस्तै बोलिभिया जसमा दुई राजधानीहरू छन्। त्यस्तै दक्षिण अफ्रीकाको ३ वटा राजधानी छन्। नाउरु भन्ने देशमा एउटै पनि राजधानी छैन। कुनै देशहरू आफ्नो राजधानी समय समयमा परिवर्तन गरिरहन्छन्।
![]() |
विकिमिडिया कमन्समा राजधानी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |