रोमको सभ्यता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

७५३ इ.पू मा नगरराज्यका रूपमा रोमको स्थापना भएको विश्वास गरिन्छ।रोमस र रोम्बुलस नामका दुई भाइले टावर नदीको किनारमा रोम नगरको स्थापना गरेको थिए भन्ने लोककथा प्रचलित भएको पाइन्छ।पुरातात्त्विक स्रोतका आधारमा करिब ७५० इ.पू मा युट्रस्कन जातिहरूले रोम राजतन्त्रको स्थापना गरेको कुरा प्रमाणित भएको छ।

५०९ इ.पू मा गणतन्त्रको स्थापना भए पनि रोममा शान्ति र प्रगति हुन सकेन।युट्रस्कनहरूको शासनकाल देखि नै रोमका दुई जाति पेट्रिसियन र प्लेवियनका बिच एक अर्काप्रति घृणाको भावना बढिरहेको थियो।गणतन्त्रको स्थापना पछि झन् यसले उग्र रूप लिएको थियो।पेट्रिसियनहरू कुलीन थिए।यिनीहरूलाई सबै किसिमको राजनीतिक अधिकार प्राप्त थिए।प्लेवियनहरू गरिब थिए।यिनीहरूको मुख्य व्यवसाय कृषि थियो।पछि यी दुई जातिको एकता भयो र रोमन साम्राज्यको विस्तार गर्ने अनुकूल वातावरण तयार भयो।

प्राचीन रोमको शासन व्यवस्था[सम्पादन गर्ने]

प्राचीन रोमको शासन व्यवस्था समय अनुसार परिवर्तन हुदै गएको थियो।प्रारम्भमा रोममा राजतन्त्र शासन थियो।तत्कालीन रोमका राजाले युद्धको नेता र समुदायको न्यायाधीशका रूपमा काम गर्नुपर्ने हुन्थ्यो।राजालाई भगवान् र मानिस बिचको मध्यस्थ ठानिन्थ्यो।रोमका राजा वंशानुगत हुदैनथ्यो।यिनको निर्वाचन गरिन्थ्यो।राजाको असिमित अधिकार हुन्थ्यो।

युट्रस्कनहरूलाई रोमबाट धपाएपछि शासन सत्ता कुलिनहरूको हातमा आयो ।ती कुलिनहरूले रोममा गणतन्त्रको शासन स्थापना गरे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]