युनानी सभ्यता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्व इतिहासमा युनान र युनानी सभ्यताको गौरवमय इतिहास रहेको छ । मेसोपोटामियाको सभ्यता, मिश्रको सभ्यता र भारतीय सभ्यता जस्तो अति प्राचीन नभएता पनि युनानी सभ्यताले आफ्नो मौलिक विशेषताहरूले विश्वलाई प्रभावित पारेको छ । युनानी सभ्यताले आफ्नो प्रतिभा मार्फत एउटा विकसित सभ्यताको निर्माण गर्यो जसले वर्तमान विश्वको सुविकसित सभ्यताको जन्म दिएको छ । युनानले युरोपियन सभ्यतालाई शृङ्गार्यो भने युरोपले विश्व सभ्यतालाई परिमार्जन गर्यो । जीवनको सम्पुर्ण क्षेत्रमा विकास गर्न र प्रभावित गर्न युनानी सभ्यता अगाडि बढेको पाइएको छ ।

यो सभ्यताले प्रकृति र प्रकृतिले दिएको वस्तुलाई छोडेर संसारको सबै वस्तुहरूको सृजना गर्यो । इतिहासकार बिलडुराँको भनाइ अनुसार `` मेसिनहरूलाई छाडेर हाम्रो संस्कृतिमा कुनै यस्तो वस्तु छैन जसको उद्भव युनान नभएको होस् । ´´ युनानी सभ्यता नभएको भए आधुनिक युरोपको निर्माण हुन सम्भव थिएन । महान कवि शेली (Shelly) ले एकपल्ट भनेका थिए कि - `` हामी सबै युनानी हौँ हाम्रो विधान, धर्म, कला, र साहित्य सबैको मूल जरा युनानमा नै निहित रहेको छ (We are all Greek´s, our laws, our religious, our arts and literatur have thieir root in Greece.) । वास्तवमा यो एउटा सर्वाङ्गपूर्ण सभ्यता थियो जसले युरोपियन सभ्यताको प्रत्येक क्षेत्रलाई प्रभावित गरेको छ । यसरी यो समृद्धिशाली सभ्यताले ज्ञानको सम्पुर्ण शाखाहरूलाई स्पर्श गरेको छ । यस सभ्यताले महान विभूतिहरू उत्पन्न गरेको थियो, जसले संसारको सृष्टि अस्ताउन्जेल सम्म ज्ञानआर्जन गरिरहेका हुन्छन् । युनानको अमर विभूतिहरूमा होमर, सुकरात, प्लेटो, अरस्तू, वर्जिल, एसकाइल्स, पेरिक्लिज र सिकन्दर जस्तालाई विश्वले सधैं सम्झना गरिरहन्छन् । आधुनिक युरोपलाई शृङ्गार्ने कार्यमा एउटा युनानको मात्र योगदान रहेको छ ।

भौगोलिक महत्त्व[सम्पादन गर्नुहोस्]

युरोप महादेशको पश्चिमदक्षिण कुनातिर रहेको युनान एउटा सानो देश हो । यो देशको एकतर्फ जमिन र तीनतर्फ समुन्द्र फैलिएको छ । प्रत्येक भागमा आउन जान कठिन थियो । प्रत्येक भाग एक अर्को भागसँग छुट्टै रहदै आएको छ । यसको एकमात्र कारण युनानको भौगोलिक अवस्था हो । यिनै भौगोलिक बनावटले गर्दा युनानमा नगर राज्यको उत्पतिमा मद्दत पुगेको थियो । नगर राज्यको निवासहरूलाई भिन्ना भिन्नै स्वतन्त्रताको भावना जागृत भयो । व्यक्तिगत र सामुहिक स्वतन्त्रताको जग यहीँबाट सुरू भयो यी नगर राज्यहरूको स्वतन्त्रताको लागि युनानबासीहरूमा हिंसा, सङ्घर्ष र युद्धको भावना बलियो हुँदै आएको थियो । पहाडी प्रदेश भएको कारणले युनानको माटोमा उर्वरा शक्ति निक्कै कम थियो । यस्तै कारणले गर्दा युनानी बासिन्दाले वाणिज्य व्यवसायमा सजिलै रूचि देखाए । सुदूर देशहरूमा यिनीहरूले उपनिवेश स्थापित गरे र समुन्द्रमार्गबाट व्यापार गर्ने काम सुरू गरे । युनानमा राम्रा राम्रा बन्दरगाहहरूको निर्माण भइसकेको थियो । समुन्द्रमा जहाज र डुङ्गा चलाउने कामले युनानीहरूलाई परिश्रमी र मिहिनेती बनायो ।

युनानको जलवायु पनि त्यसको अनुकूल थियो । यी सम्पुर्ण व्यवस्थाले गर्दा युनानको सभ्यताको उदय र विकास गर्न सजिलैसँष सम्भव हुन सक्यो । कला साहित्यको विकािमा पनि भौगोलिक बनावटले पर्याप्त सहायता पुर्‍याएको थियो । सहजपूर्ण वातावरणले गर्दा सभ्यतालाई अगाडि बढ्न सजिलो र गतिशील हुन सक्यो । युनानको प्राकृतिक र युनानीहरूको मानसिक क्रियाशीलताले गर्दा युनानीहरूले आफ्नो साहित्य, सभ्यता र संस्कृतिलाई शृङ्गार्न मौलिक चमत्कार नै देखाएका थिए । मुख्यत युनानको भौगोलिक बनावट नै यो देशको संवेदनशीलता र समृद्धशाली बन्न पुग्यो ।

युनानीको इतिहास[सम्पादन गर्नुहोस्]

युनानको इतिहास त्रिटको सभ्यतासँग सम्बन्ध रहेको छ त्रिट सभ्यताको विनाश चीनका एकथरी जातिले गरे । ईसाभन्दा लगभग १५०० वर्ष पूर्व अनेक आर्य जातिहरूले युनानको विभिन्न शाखामा प्रवेश गरे । यिनीहरूमा हेलेनीज, फोनेरिलन, एकियन, ब्रेरियन र आयो नियम प्रमुख थिए । एकपयन र आयोनियम एउटै शाखाका थिए । त्यसभन्दा पनि प्रारम्भमा नै हलेनिज शाखाको प्रधानता रहेको थियो । त्यसैले गर्दा युनानी सभ्यतालाई हेलेनिस्टिक सभ्यताको नामले चिनिन्छ । आयोनियमहरू वा एकीयनहरू मुख्य स्थल एहिकामा रह्यो । यहीँबाट यिनीहरूले एथेनियम संस्कृतिको सम्बर्द्धन गरेका थिए । डोरियनहरूको केन्द्रस्थल पेलोपोनेसिया रह्यो । यहाँ नै यी डोरियनहरूले स्पार्टन संस्कृति (Spartan Culture) लाई समृद्ध गरे । यी विभिन्न आईसाखाहरूको नेतृत्व प्रमुख नेताहरूले गरेको थिए । भाभारतीय आर्यहरू भन्दाभिन्दै प्रकारले यी युनानी आर्यहरूले युनान देशमा आफ्नै ढङ्गद्वारा नयाँ सङ्गठन गरे यिनीहरूको कुशल नेतृत्वले युनानको प्रगति शिघ्रताले सम्पन्न भयो । यिनै प्रगतिको कारणले केही दिनमै युनान विश्वको श्रेष्ठ र सम्बर्द्धनशील राष्ट्रहरूमा गनिन थाल्यो ।

अविकसित युग[सम्पादन गर्नुहोस्]

ईसा भन्दा १००० वर्ष अगाडि युनानको इतिहासमा एउटा अन्धकारमय युग सुरू भएको थियो जुन युगलाई अविकसित युग भनेर सम्बोधन गर्न सकिन्छ । यस युगका आयोनियम र डोरियन आर्य जातिहरूको सम्बोधनमा विशेष ज्ञान, होमरको रचना इलियड र ओडेसीबाट प्राप्त हुन्छ । त्यसैकारण यस युगलाई `होमर युग´ पनि भनिन्छ । अर्को शब्दमा यस युगलाई वीरगाथा काल पनि भनिन्छ । किनकि यी दुइटै महाकाव्यमा युद्ध र विजयीको रोमाञ्चकारी कथाहरूको वर्णन गरिएको छ । यस युगमा नगर राज्यहरूको द्रुतगतिमा निर्माण भयो र युद्ध अस्त्रहरूको पनि निर्माण भयो । प्रत्येक नगरको एउटा सम्राट वा सरदार हुन्थ्यो । उनीहरूको शासनको सुरक्षा सेनामा निर्भर रहन्थ्यो । सेनापतीले सेनालाई सञ्चालन गर्दथे । त्यस समयमा भाला, बर्छा, ढाल, कवच र रथद्वारा युद्ध हुन्थ्यो । राजाले शासन सञ्चालन गर्दा सामन्तहरू र पुरोहितहरूसँग सल्लाह लिएर गर्दथ्यो । तैपनि युनानमा कुनै शक्तिशाली राष्ट्रको निर्माण सम्भव भएन । राजनितीक सुव्यवस्था सही रूपबाट स्थापित हुन सकेन । राज्यको रूपरेखा अस्तव्यस्त थियो । तैपनि अनेक अर्थबाट यिनीहरूमा एकता कायम थियो । राजनैतिक विषमताको बीचमा पनि यिनीहरूको बीच सांस्कृतिक सहयोग हुर्किरहेको थियो । सामूहिक रूपमा युनानीहरू एउटा निश्चित स्थानमम एकत्र भएर खेलकुद तथा मेलाहरूको आयोजना गर्दथे । खेलकुद र व्यायामले गर्दा उनीहरूमा एकताको सञ्चार भइरहेको हुन्थ्यो ।

युनानीहरूले लाखौं प्रयत्न गर्दम पनि यो युग निक्कै कठिन सङ्घर्षशील र दुःखद नै रह्यो । कृषियोग्य पर्याप्त भूमि नभएकोले जनताको आर्थिक कठिनाइ बढ्दै गयो । गरिबीले भयाङ्कर रूप धारणा गर्यो । केही युनानीहरूले व्यापारको विकास तर्फ ध्यान दिए । यसले गर्दा उपनिवेशवादलाई प्रश्रय मिल्यो । यस कार्यले युनानीहरूको अनेकौँ समूह एसिया, अफ्रिकायुरोपको अनेकौँ ठाउँहरूमा गए । यिनिहरूले यहाँको भू-भागमा आफ्नो उपनिवेश कायम गरे र व्यापारलाई बढाए । सामूहिक व्यापार र जहाज निर्माण कला तीब्र गतिले विकास भयो । साथै यस युगमा धनी र गरिब दुई वर्गको पनि शीघ्र विकास भएको थियो । व्यापारको विकास भएको कारणले गर्दा एउटा वर्गको हातमा सम्पत्तिको एकीकरण हुन पुग्यो । यिनै धनी र समृद्धशाली व्यक्तिको शोषणले अर्को अभाव ग्रस्त गरिब वर्गको उदय भएको थियो । यसरी युनानी सभ्यताको यो युगमा दुई वर्ग बीचमा सङ्घर्ष सुरु भएको थियो ।

निरङ्कुश युग[सम्पादन गर्नुहोस्]

उनिवेश, व्यापार र धनको वृद्धिले गर्दा धनी र गरिबको बीच युनानमा सङ्घर्षले उग्र रूप लिन पुगेको थियो । धनीहरूले आफ्नो स्वार्थ वृद्धि गर्नका लागि राजनीतिमा हस्तक्षप गर्न सुरू गरे । शासन सूत्र सम्हाल्ने कोसिस पनि गर्न थाले । सम्पुर्ण सामाजिक र राजनीतिक अधिकार हातमा लिएर धनी वर्गले युनानको सार्वजनिक जीवनमा गतिरोध उत्पन्न गरिदिए । सर्वसाधारणलाई मनपरि रूपबाट काममा खटाउने र उनीहरूलाई दास बनाउनु नै उनीहरूको मुख्य अपराधिक धन्धा (व्यवसाय) थियो । गरिबहरूबाट अतिशय रूपमा ब्याज असुल गर्दथे । प्रशासन र राज्यसत्तामा पनि यिनीहरूले आफ्नो अधिपत्य जमाए । यी आतातायी र स्वेच्छाचारी धनिहरूले गरिबहरू र अभावग्रस्त व्यक्तिहरूलाई नराम्रो रूपले शोषण सुरू गरे । यिनीहरूको शासनकाल युनानको इतिहासमा निरङ्कुश शासनकालको रूपमा प्रख्यात रहेको छ । तापनि यस युगमा पनि केही महत्त्वपूर्ण काहरू भए । केही शासकहरूले सर्वसाधारण जनतालाई ध्यानमा राखेर आफ्नो नीति निर्धारण गरे । केही समयको अनुभवपछि यस युगका शासकहरूले भूमि नभएका गरिबहरूलाई जमीन बाडिदिएफ, बेरोजगारहरूलाई काम दिए र दास प्रथालाई बन्द गर्ने तर्फ कदम उठाए । कर्जा र ब्याज नियम कानुनमा परिवर्तन ल्याए । सरदारहरूको असीमित शक्तिलाई नियन्त्रण गर्नका लागि यस युगका शासकहरूले नयाँनयाँ कानुन बनाए । यस युगको उत्तरद्धमा युनानको निर्माण र जनतन्त्रात्मक जीवनपद्धतीको विकासमा ठूलो रूपमा सहायक साबित भयो । स्वच्छाचारीता र निरङ्कुशताको यस युगमा पनि युनानको विशेष रूपमा प्रगति नै भयो ।

युनानका महत्त्वपूर्ण युद्धहरू[सम्पादन गर्नुहोस्]

नगर राज्यहरूका बीचमा भएको आपसी सङ्घर्ष र द्वन्द्वले गर्दा युनानको पतन भएको थियो ।

पर्सियाको युद्ध[सम्पादन गर्नुहोस्]

सम्राट सायरस (Cyrus) को नेतृत्वमा पर्सियाको साम्राज्यको निकै विस्तार भएको थियो । यिनले आफ्नो राज्यको सिमानालाई पश्चिम एजियनको सामुन्द्रिक किनार र पूर्वमा अफगानिस्तानसम्म पुर्याएका थिए । यिनले सम्पुर्ण एसिया माइनरलाई आफ्नो साम्राज्यमा मिलाए । एसियाल माइनरमा रहेको युनानी नगर आयोनियनले पर्सियाका विरूद्ध विद्रोह गर्यो । यस युद्धमा एथेन्सले आयोनियनलाई मद्दत गर्यो । म्याराथुन मा ४९० इ.पू. मा भएको यस युद्धमा एथेन्सका सेनाले पर्सियालाई नराम्रो सँग पराजित गरेको थियो ।

पेलोपोनेसियनको युद्ध[सम्पादन गर्नुहोस्]

एथेन्सस्पार्टा मिलेर पर्सियालाई हराए पनि पछि युद्ध सकिएपछि यी दुवै राज्य बिच एकअर्काका शत्रु भए । ४३२ देखि ४०४ इ.पू. सम्ममा यी दुई राज्यका बीच २७ वर्ष लामो युद्ध चलेको थियो । यस युद्धलाई पेलोपोनेसियनको युद्ध भनिन्छ । यश युद्धमा एथेन्सको हार भएको थियो ।

राज्यहरू[सम्पादन गर्नुहोस्]

स्पार्टा[सम्पादन गर्नुहोस्]

स्पार्टाको सङ्गठन युनानको सम्पूर्ण नगर राज्यहरू भन्दा भिन्नै प्रकारको थियो । यहाँका बासिन्दाहरू डेरियन जातिका थिए । यिनीहरूको शासन सुरूदेखिनै स्वच्छाचारी रह्यो । यिनीहरूको सिमाना सुरक्षित थिएन । बाह्य शक्तिहरूको आक्रमण बारम्बार हुने डर थियो । लाइकरगस नामक प्रतापी व्यक्तिले स्पार्टा बासीहरूलाई एकीकृत गरी स्पार्टाको सङ्गठन गरेका थिए ।

यहाँको शासन पूर्णरूपमा स्वेच्छाचारी रहेको थियो । दोहोरो रूपमा राजतन्त्रात्मक शासन प्रणाली थियो । यहाँ राजाहरूले वंशानुगत रूपबाट शासन गर्दथे । यस राज्यको नीतिनीयम तथा कानुन निर्माणको आफ्नै खाले छुट्टै विशेषता रहेको थियो । स्पार्टाको सङ्गठन एउटा सैनिक राज्यको रूपमा भएको थियो । यहाँका सम्पूर्ण नागरिकहरूले सैनिक जीवनको शिक्षा अनिवार्य रूपमा प्राप्त गर्नु पर्दथ्यो । स्पार्टाका प्रत्येक नागरिक वीर, धीर र ओजस्वी बन्नु पर्दथ्यो ।

एथेन्स[सम्पादन गर्नुहोस्]

युनानी कला[सम्पादन गर्नुहोस्]

वस्तुकला[सम्पादन गर्नुहोस्]

मूर्तिकला[सम्पादन गर्नुहोस्]

चित्रकला[सम्पादन गर्नुहोस्]

संगितकला[सम्पादन गर्नुहोस्]

युनानमा साहित्यको विकास[सम्पादन गर्नुहोस्]

युनानी दर्शन[सम्पादन गर्नुहोस्]

आधुनिक विश्वलाई देन[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]