प्राचीन मिस्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वको प्राचीन सभ्यताहरू मध्ये मिश्रको सभ्यतालाई प्राचीनतम् सभ्यता मानिन्छ। मिश्रको सभ्यता संसारको सबैभन्दा पुरानो सभ्यता मानिन्छ। यो सभ्यताको विकास नील नदीको किनारमा विकास भएको थियो। इतिहासकार प्रोफेसर फ्लीन्डर्स पेट्रीका अनुसार मिश्रको प्राचीन सभ्यताको उदय करिब ५७०० वर्ष पहिले भइसकेको थियो। मेसोपोटामियाको सभ्यता जति पुरानो छ त्यति नै पुरानो मिश्रको सभ्यता भएको इतिहासकारहरूको भनाइ तथा तर्क रहेको छ। प्राचीन मिश्रको सभ्यताको संस्थापक एक जातिको नभएर अनेक जाति मिलेर भएको हुनसक्छ भन्ने पनि इतिहासकारहरूको तर्क रहेको छ। प्राचीन मूल बासीहरूको विषयमा इतिहासकारहरूमा मत भिन्नता रहेता पनि यो सभ्यताका जन्मदाताका रूपमा इथोपियन, लिबियन, सिरियन र सिमेटिक जातिहरू हुन् भन्ने विचारमा इतिहासकारहरूको सहमत रहेको छ। प्राचीन मिश्र प्राकृतिक तथा भौगोलिक दुवै दृष्टिकोणले चारैतिरबाट सुरक्षित रहेको थियो। त्यसै कारणले मिश्रको सभ्यता विध्नबाधा नभई लामो समयसम्म भइ नै रह्यो।

विभाजित युगहरू[सम्पादन गर्नुहोस्]

इतिहासकार पेट्रिको भनाइ अनुसार ``मिश्रको प्राचीन सभ्यताको इतिहासको आरम्भ ईसा भन्दा १०,००० वर्ष भन्दा पहिले भइसकेका थियो।´´ ता पनि मिश्रको विधिवत् तथ्यपुर्ण इतिहासमा ईसाभन्दा ३४०० वर्ष पहिलेदेखि नै इतिहासकारहरूलाई प्राप्त हुन सक्यो।

पिरमिड युग (३४०० ई.पु. देखि २५०० ई.पु.)[सम्पादन गर्नुहोस्]

गिजाको पिरामिड

ईसा भन्दा ३४०० वर्ष पहिले पहिलोपटक मेनिस नामक फारो सम्राटले उच्च र निम्न मिश्रलाई एकीकरण गरेर बृहत राज्य कायम गरेका थिए र मेम्फिसलाई राजधानीमा बनाएको थियो। मिश्रको इतिहासमा मेनिसद्वारा स्थापना भएको राजवंश नै मिश्रको पहिलो राजवंश थियो। मिश्रको सम्राट राजवंशबाट फारो वा फैराओको पदले विभुषित हुन लागे। यहि फैराओ सम्राटहरूले आफ्नोआफ्नो शासनकालमा अनेकौँ पिरामिडहरूको निर्माण गरे।ई.पु. ३४०० देखि ई.पु. २५०० सम्ममा पाँच राजवंशले शासन गरे। त्यहि पाँच राजवंशको ऐतिहासिक शासनकाललाई हाल पिरामिडको युगको नामबाट चिन्न सकिन्छ।

पिरामिड युगमा हजारौं हजार पिरामिडहरूको निर्माण भएको थियो। वास्तवमा यहाँ रहेको सम्पुर्ण पिरामिडहरूलाई चिहानका रूपमा लिन सकिन्छ। यहाँ रहेको पिरामिडहरू मध्ये सबैभन्दा ठुलो पिरामिडका रूपमा गिजाको पिरामिडलाई लिन सकिन्छ। यो पिरामिडको उचाइ ४८३ फिट र लम्बाइ ७६५ फिट रहेको छ। यो भव्य र विशाल पिरामिड निर्माणको लागि १ लाख मजदुरहरूलाई २० वर्षसम्म अथम मिहिनेत गरेका थिए, भन्ने अनुमान गरिन्छ।

सामन्त युग (२४०० ई.पु. देखि १८०० ई.पु.)[सम्पादन गर्नुहोस्]

पिरामिडको युगको अन्त्य वा समाप्ति पश्चात् मिश्रमा अराजकता, अशान्ति र तनाबको वातावरण सृजना भएको थियो। यसै बीचमा एक सामन्तले एघारौँ राजवंशको स्थापना गरी शासनको बागडोर सम्हाल्दै थिब्समा आफ्नै राजधानी बनाए, फेरि एकपल्ट मिश्रमा कानुन, व्यवस्था र नियमपालना गर्ने कार्य सुरू भयो। तर, एउटा मन्त्रीले यो एघारौँ राजवंशको शासन, शक्ति र सत्तालाई चुनौती दिएर आफूले नै शासनको बागडोर सम्हाल्यो। उसलेनै प्राचीन मिश्रमा बाह्रौँ राजवंशीको सामन्ती राजको स्थापना गराएका थिए।

साम्राज्य युग (१८०० ई.पु. देखि १००० ई.पु.)[सम्पादन गर्नुहोस्]

प्रशासनीक पद्धति[सम्पादन गर्नुहोस्]

प्राचीन मिश्र दुई भागमा विभाजित रहेको थियो। पहिलोलाई तल्लो मिश्र र दोस्रोलाई माथिल्लो मिश्र भन्ने गरिन्थ्यो। उत्तरी मिश्रको डेल्टाको छेउछाउको भागलाई तल्लो र दक्षिणी भागलाई माथिल्लो मिश्र भनिन्थ्यो। तल्लो मिश्र माथिल्लो भन्दा समृद्धशाली रहेको थियो। करिब ई.पु. ३४०० मा माथिल्लो मिश्रका राजा मेनिजले मिश्रको एकीकरण गरेका थिए। भने यिनै राजाले मिश्रमा विशाल सहर निर्माण गरेका थिए। यश सहरको नाम मेम्फिस राखियो। त्यसपछि यसलाई मिश्रको राजधानी बनाइयो। पन्ध्र सय वर्षसम्म मेम्फिस मिश्रको राजधानीको रूपमा रहेको थियो। राजा मेनिजका वंशले र त्यसपछि दोस्रो वंशले मिश्रमा चार सय बीस वर्ष राज्य गरेका थिए। यो अवधिभर मिश्रमा जम्मा अठार जना राजाहरूले राज्य गरेका थिए।

नील नदिको देन[सम्पादन गर्नुहोस्]

मिश्रको प्राचीन सभ्यताको नक्शा

भनिन्छ सायद नील नदि यदि नभएको भए मिश्रको सभ्यताबारे नामोनिसाना हुँदैनथ्यो। त्यसैले पनि प्राचीन मिश्रको सभ्यताको उदयको लागि नील नदिको ठुलो योगदान रहेको छ। यस नदीले आफ्नो महत्त्वपूर्ण प्राकृतिक सम्पदाले मिश्र सभ्यतालाई प्रभाव पारेको थियो।

नील नदीको सहयोगले नै आधुनिक मिश्रको निर्माण भयो। मिश्रको निर्माण हजारौं वर्षदेखिको क्रमिक प्रयासले भएको हो। नील नदीको बाढीले मिश्रको सम्पूर्ण भूभागलाई सिंचाइ गरिरहन्थ्यो। नील नदीले आफ्नो किनारको टाढा टाढासम्मको भूभागलाई कालो र उब्जाउपुर्ण मैदानको रूपमा परिणत गरिरहन्थ्यो। नील नदीबाट नहर बनाएर टाढाटाढाको खेतहरूमा सिँचाइ गरिने गरिन्थ्यो।

सभ्यता र संस्कृति[सम्पादन गर्नुहोस्]

राजनीतिक अवस्था[सम्पादन गर्नुहोस्]

प्राचीन मिश्रको राजनीतिक अवस्था अत्यन्तै राम्रो सुदृढ थियो। मिश्रका शासकलाई फैराओ भनिन्थ्यो। राजानै सर्वोच्च शासक, सेनापति र धर्म गुरु हुन्थे। फैराओ तथा राजालाई ईश्वरको प्रतिनिधि मानिन्थ्यो र उसको शासन दैवी सिद्धान्तमा आधारित हुन्थ्यो। शासकको घोषणा नै राज्यको कानुन बन्न पुग्थ्यो। राज्यको सम्पुर्ण भूमि र जनशक्तिको स्वामी शासक हुने गर्दथे। वैदेशिक सम्बन्ध स्थापना गरेने अधिकार उसैमा निहित हुने गर्दथ्यो। युद्ध, शान्ति, सुरक्षा व्यवस्था र सन्धि गर्ने सर्वोच्च अधिकार राजामानै निहित थियो।

शासन पद्धतिको स्रोत पनि सम्राट नै हुन्थे। मिश्रमा कुनै न्याय व्यवस्था थिएन। तर मिश्रको सैनिक सङ्गठन भने निकै राम्रो थियो। मिश्रमा थल सेना र जल सेना रहेको थियो र दुवैको आफ्नो क्षेत्रमा बाहुल्यता थियो। मिश्रको विशाल साम्राज्य संगठित स्नाकै भरमा निर्भर थियो।

आर्थिक अवस्था[सम्पादन गर्नुहोस्]

मिश्रको पुरानो पोशाकमा

मिश्रबासी जनताको मुख्य जीविका नै कृषिमा निर्भर रहेको थियो। कृषि उत्पादनमा नै जनताको अर्थ व्यवस्थाको आधार हुन्थ्यो। नहरहरू निर्माण गरेर कृषिको विकास गरिएको थियो। मिश्रमा मजदुर र दासहरू कृषि कार्यमा संलग्न हुने गर्दथे।

सामाजिक अवस्था[सम्पादन गर्नुहोस्]

धार्मिक अवस्था[सम्पादन गर्नुहोस्]

साहित्य र लेखकको विकास[सम्पादन गर्नुहोस्]

कला कौशल[सम्पादन गर्नुहोस्]

शिक्षा र विज्ञान[सम्पादन गर्नुहोस्]

खगोल शास्त्र[सम्पादन गर्नुहोस्]

महिलाको स्थान[सम्पादन गर्नुहोस्]

खेलकुद[सम्पादन गर्नुहोस्]

धर्मको स्थान[सम्पादन गर्नुहोस्]

विश्व सभ्यतामा देन[सम्पादन गर्नुहोस्]

सभ्यतामा मिश्रको देन विश्वको विकासमा सभ्यताको अधिकांश भागमा देन रहेको 1 इतिहासकार इलियर स्विका अनुसार विश्वका आधुनिक सभ्यताको हरेक पक्षमा प्राचीन मिश्रको सभ्यताकोलाको छ । जनता बारा ससार नै अन्धकार सुगा हुँदा मिश्रमा सभ्यताको विस्तारै उदय भइरहको थियो । संसारको सभ्यताको सबै आयाममा मित्र सभ्यताको प्रभाव रहेको छ । इतिहासको भार आधुनिक पश्चिमी सभ्य को विकसित स्वरूप को प्राचीन सभ्यताका पृष्ठभूमिमा अडेको । रोम र आधुनिक युरोपको सभ्यता र सानको बारातील नदीबाट भन्दै आएको भात हुन्छ । प्राचीन विणणे मान्यताबाट निर्माण, सुर्ति निर्माण, मित्रकारिता, पास्तुकला र सरिताको जन्म भएको हो ।

मिश्रबाट नै ज्यामितीय गांग ज्योतिष विज्ञान, भूगोल र गोल शास्त्रको ज्ञान विश्वलाई पापा भएको छ। प्रोफेसर बिलडुराको अनुसार कृषि, काँस, काँच, मन, कपास, सीसा, धातु, कागज, कलम, मसी र घडीको पहिलो आविष्कार ने प्राचीन मित्रको सभ्यतामा नै भएको थियो । साथमा वर्णमाला, शिक्षा, साहित्य, जादू- दूना, तन्त्रमन्त्र, अन्धविश्वास, देवी देवता, पशुपंछी, आकाशधतीको पूजा, बहुदेववाद र एकेश्वरवाद (एउटै ईश्वर प्राचीन मिव देन हो । परिवार कुटुम्ब शासन, साम्राज्य, मन्त्री, जमिन्दार, सामन्त र सम्राट पनि देश हो। कपाल काट्न लगाउने वस्त्रको डिजाइन, केशविन्यास कला (Hair styul) अत्तर, रंग गन्ध, वास्ना आउने तेल र घर सजाउने वस्तुहरू जीवनमा सर्वप्रथम मिश्रवासीले नै प्रयोगमा ल्याएका थिए । चलमार्गमा ऊँट, खच्चर, बाँदर प्रयोग गर्ने र जलमार्गमा उलाठूला डुङगा, जहाज प्रयोग गरी वैदेशिक व्यापार र वाणिज्यको प्रयोग गर्ने काम संसारलाई मिश्रले नै सिकाएको हो । जौ, गहुँ, खजुर र लजस्ता अन्नको उत्पादन र फलफूलको उब्जनीको सुरुवात मिश्रबाट नै भएको हो । सभ्यताको उदयकालमा मिश्र सभाताले जुन महान र ठूलो उपलब्धि हासिल गयो, त्यसको स्मृति मानव सभ्यता र मानव इतिहासमा स्पष्ट रूपमा अधिकत रहेको छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]