अमेरिकी क्रान्तिकारी युद्ध
यो लेख अर्को भाषाबाट गरिएको अपुरो अनुवाद हो। यो लेख कम्प्युटरद्वारा निर्मित वा दोहोरो दक्षता बिना कुनै अनुवादकद्वारा बनाइएको हुनसक्छ। |
अमेरिकी क्रान्तिकारी युद्ध (1775 – 1783), जसलाई संयुक्त राज्यमा अमेरिकी स्वतन्त्रता युद्ध वा क्रान्तिकारी युद्ध पनि भनिन्छ, ग्रेट ब्रिटेन र उसको तेह्र उत्तर अमेरिकी उपनिवेश को बीचको एक सैन्य संघर्ष थियो, जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बने। शुरूआती लडाई उत्तर अमेरिकी महाद्वीपमा भयो। सप्तवर्षीय युद्धमा पराजय भए पछि , बदलेको लागि आतुर फ्रान्सले १७७८ मा यी नयाँ राष्ट्रको तर्फबाट एक सन्धि गर्यो, जुन अन्ततः विजयको लागि निर्णायक साबित भयो।
अमेरिकी स्वतन्त्रता संग्रामको कारण[सम्पादन गर्ने]
अमेरिकी समाजको स्वच्छंद र स्वातत्र्य चेतना[सम्पादन गर्ने]
अमेरिकामा आएर बस्ने अप्रवासी इन्ल्यांड का नागरिकहरूको अपेक्षा अधिक स्वातंत्र्य प्रेमी थियो । यसको कारण यो थियो कि यहाँको समाज यूरोपको तुलनामा अधिक समतावादी थियो ।। अमेरिकी समाकोज खास विशेषता-सामन्तवाद एवं अटूट वर्ग सीमाहरूको अनुपस्थिति थियो।
अमेरिकी समाजमा उच्चवर्गको हातमा राजनीतिक एवं आर्थिक शक्ति ब्रिटिश समाजको तुलनामा अत्यंत कम थियो। वस्तुतः अमेरिकामा अधिकांश किसानहरूको साथमा जमीन थियो जबकि ब्रिटेनमा सीमान्त काश्तकार एवं भूमिहीन खेति मजदूरहरूको संख्या ज्यादा थियो। नयाँ महाद्वीपमा पाइला राख्ने बित्तिकै अप्रवासी ब्रिटिश कानून एवं संविधान अनुसारको कार्य गर्न लागेका थिए। उनीहरूको आफ्उनो राजनीतिक संस्था थिए । यस प्रकार अमेरिकी उपनिवेशमा आरम्भ देखि नै स्वशासनको व्यवस्था विद्यमान थियो जो समयको साथ् साथ विकसित हुदै गयो ।
दोषपूर्ण शासन व्यवस्था[सम्पादन गर्ने]
औपनिवेशिक शासनलाई नियन्त्रित गर्नको लागि ब्रिटिश सरकार गभर्नरको नियुक्ति गर्थ्यो र सहयोग गर्नको लागि एक कार्यकारिणी समिति हुन्थ्यो जसको सदस्यको मनोनयन ब्रिटिश ताज द्वारा गरिन्थ्यो। यस अतिरिक्त शासन कार्यमा सहायताको लागि एक विधायक सदन/एसेम्बली हुन्थ्यो जसमा जनता द्वारा निर्वाचित प्रतिनिधिहरू हुन्थे। यस विधायक सदनलाई कर लगाउने, अधिकारीहरूको तलब सुबिधा तय गर्ने, कानून निर्माण गर्ने अधिकार थियो। किन्तु कानूनलाई स्वीकार गर्ने अथवा रद्द गर्ने पूर्ण अधिकार गभर्नरलाई थियो। यस व्यवस्थाबाट उपनिवेशको जनतामा असंतोष जन्मियो।
आरम्भमा ब्रिटिश सरकारको सीमित हस्तक्षेप[सम्पादन गर्ने]
सप्तवर्षीय युद्ध[सम्पादन गर्ने]
उत्तरी अमेरिकामा क्यूबेक देखि मिसीसिपी घाटीसम्म फ्रान्सेली उउपनिवेश फैिएको थियो े।यस स क्षेत्मार ब्रिटेनऔरफ्रान्स कोसहितको टकराव थियो े। फलतः१७५६-६३ को बीच दुवै को बीच सप्तवर्षीय युद्धभयो ररयसमा इंगलैंड विजयी भयो तथाक्यानडा स्थितफ्रान्सेली उपनिवेहरूमाथिं अंग्रेकोंअधिकार कायम भयो ायस।युद्धको परिणामस्वरूप अमेरिकमाा उत्तबाटरफ्रान्सेली खतरा अन्त्य भयो । अतः उपनिवेशवासीको इंग्लैंड माथिको निर्भरता समाप्त हुन गयो । अब उनीहरूलाई ब्रिटेनको बिरुद्ध विद्रोह गर्ने अवसर मिल्यो ।
उपनिवेशको आर्थिक शोषण[सम्पादन गर्ने]
इङ्ल्याण्ड द्वारा उपनिवेशहरूको आर्थिक शोषण, उपनिवेश र मातृदेशको बीच असन्तोषको मुख्य कारण थियो। प्रचलित वाणिज्यवादी सिद्धान्तको अनुसार इङ्ल्याण्ड उपनिवेशको व्यापार माथि नियन्त्रण गर्न चाहन्थ्यो र त्यहाँको बजारमा एकाधिकार रख्न चाहन्थ्यो। “उपनिवेश इङ्ल्याण्डलाई लाभ पुर्याउनको लागि हो” यस सिद्धान्तमा उपनिवेशको व्यवस्था आधारित थियो। इङ्ल्याण्डले आफ्नो लाभलाई मध्यनजर गर्दै निम्न कानुन बनाएको थियो-
- नौसञ्चालन कानून (Navigation act) :
१६५१ ई. को प्रावधानक्क अनुसार उपनिवेशहरूमा व्यापार केवल इङ्ल्यान्ड, आयरल्यान्ड वा उपनिवेशहरूको जहाजको माध्यमबाट मात्र हुन सक्थ्यो। यसबाट यो व्यवस्था गर्न यो गरियो कि इङ्ल्यान्ड को लागि आवश्यक सबै प्रकारको कच्चा सामान इङ्ल्यान्डको बन्दरगाहमा पुर्याए बिना, उपनिवेशको दोश्रो स्थानमा निर्यात गर्न मिल्दैन्थ्यो। यसले इङ्ल्यान्डको जहाज निर्माण उद्योगलाई त लाभ भयो। इङ्ल्यान्डका व्यापारीलाई पनि फाइदा भयो। १६६३ को कानुन अनुसार योरोप बाट अमेरिकी उपनीवेश मा निर्यात गरिने माल सामान इङ्ल्यान्डको बन्दरगाहमा ल्याइनेछ। यस कानूनबाट इंग्लैंड को व्यापारि तथा व्यापारी जहाजको मालिकलाई अमेरिकी उपभोक्ताको मुल्यमा लाभ भयो। यो कानून उपनिवेशवासिहरूको लागि अन्यायपूर्ण थिए।
- व्यापारिक अधिनियम (ट्रेड ऐक्ट)
इङ्ल्याण्डले कानुन बनाएको थियो कि अमेरिकामा उत्पादित वस्तुहरु जस्तै चामल, फलाम, स्पात, काठ, सुर्ती आदिको निर्यात केवल इङ्ल्याण्ड लाई मात्र गर्न सक्थ्यो। यी नियमहरुअले उपनिवेशहरु निकै आक्रोश पैदा भयो किनकि फ्रान्सेली र डच व्यापारी उनीहरूलाई यी वस्तुको लागि अङ्ग्रेज हरूले भन्दा अधिक मूल्य दिनको लागि तयार थिए।
- औद्योगिक अधिनियम :
इङ्लयाण्डले कानुन बनाएको थियो कि जुन औद्योगिक उत्पादन इङ्ल्याण्डले तयार गर्छ, त्यो उत्पादन अमेरिकी उपनिवेश तयार गर्न पाउदैनन् । यस प्रकार १६८९ कानून द्वारा उपनिवेशसँग ऊनी माल तथा १७३२ को कानुन द्वारा टोप(Hats)को निर्यात बन्द गरियो।
उपरोक्त कानून यद्यपि उपनिवेशको लागि हानिकारक भए पनि उनीहरूले यसको विरोध गरेका थिएनन् किनकि यसको पालना कडा रूपमा भएको थिएन तर जर्ज तृतीयको कालमा जब यी कानुनहरु कडा रूपमा लागू गरियो तब उपनिवेशहरूले यसको विरोध गरे ने।
बौद्धिक चेतनाको विकास[सम्पादन गर्ने]
अमेरिकामा जीवनको स्थायित्वको साथ साथ शिक्षा र पत्रकारिता को विकास भयो जसकारण बौद्धिक चेतनाको विकासमा योगदान पुग्यो। अमेरिकाका अनेक बौद्धिक चिन्तकहरु जस्तै बेन्जामिन फ्र्याङ्लिन, थोमस जेफर्सन जेम्स विल्सन, जोन एडम्स, टमस पेन, जेम्स ओटिस, सैमुअल एडम्स आदिले मातृदेशको प्रति उपनिवेशको प्रतिरोधको औचित्य प्रष्टाए। यीनीहरूको विचार जोन लक, मस्टेस्क्युजस्ता चिन्तकहरूबाट प्रभावित थियो। तर यी विचार सशक्त रूप अभिव्यक्त गरिएको थियो कि त्यसबाट अमेरिकीहरूमा स्वशासनको माग लाई बल पुग्यो।
संवैधानिक मुद्दा[सम्पादन गर्ने]
ब्रिटेनले अमेरिकी उपनिवेशमा कयौं प्रकारको कर-कानून लागू गरी स्थानीय करलाई बढाउने प्रयास गर्यो। यसबाट पनि उपनिवेशमा तीव्र असंतोषको भावना बढ्यो। यहां एक संवैधानिक मुद्दा पनि आउन थाल्यो। ब्रिटिशको मानु थियो ब्रिटिश संसद सर्वोच्च शक्ति हो र ऊ आफ्नो अमेरिकी उपनिवेशको मामिलामा जस्तो सुकै प्रकारको पनि कानून पारित गर्न सक्छ। जबकि अमेरिकी उपनिवेशहरूको यो माग गर्न थाले कि उनीहरू माथी कर लगाउने अधिकार केवल उपनिवेशको व्यवस्थापिकामा निहित रहन्छ न कि ब्रिटिश संसद मा किनभने त्यहा उनीहरूको प्रतिनिधित्व छैन।
उपनिवेश प्रति कठोर नीति[सम्पादन गर्ने]
तत्कालीन कारण[सम्पादन गर्ने]
'लड नर्थको चिया नीति
१७७३ मा ब्रिटिश ईष्ट इण्डिया कम्पनीलाई वित्तीय संकटबाट बचाउनको लागि तत्कालीन बेलायतका प्रधानमन्त्री लर्ड नर्थले ब्रिटिश ईष्ट इण्डिया कम्पनीले सिधै अमेरिकामा चिया बेच्न सक्ने कानून बनाए। अब पहिले जस्तै प कम्पनीको जहाजहरूलाई इङ्ल्याण्डको बन्दरगाहमा आउन्र र चुंगी दिने कुनै आवश्यकता थिएन। यस कदमको लक्ष्य कम्पनीलाई घाटाबाट बचाउनु तथा अमेरिकीलाई चिया उपलब्ध गराउनु थियो। परन्तु अमेरिकी उपनिवेशका मानिसहरू कम्पनीको यस एकाधिकारबाट अप्रसन्न थिए किनकि उपनिवेश बस्तीको सहमति बिना नै यस्तो नियम बनाइएको थियो। अतः उपनिवेशमा यश चिया नीतिको व्यापक विरोध भयो। र कहा कि “सस्तो चिया” को माध्यमबाट इङ्ल्याण्ड बाहिरी कर लगाउने आफ्नो अधिकार जारी राख्न चाहन्छ भन्ने सन्देश गयो। अतः पुरै देशमा चिया योजनाको विरूद्ध आन्दोलन शुरू भयो। १६ डिसेम्बर १७७३ मा स्यामुयल एडम्सको नेतृत्वमा बोस्टन बन्दरगाहमा ईस्ट इण्डिया कम्पनीको जहाजबाट चियाको बाकस समुद्रमा फ्याकियो। अमेरिकी इतिहासमा यस घटनालाई बोस्टन टि पार्टी भनिन्छ।[१] यस घटनामा ब्रिटिश संसदको सामु एक कडा चुनौती उत्पन्न भयो। अतः ब्रिटिश सरकारले अमेरिकी उपनिवेशवासीलाई सजाय दिनको लागि कठोर एवं दमनकारी कानून बनाए। बोस्टन बन्दरगाहलाई बन् गरियो। मेसाचुसेट्सको सरकार पुनर्गठित गरियो र गभर्नरको शक्ति बढाइयो, नगरमा सैनिक परिचालन गरियो, र हत्या सम्बन्धी मुद्धा अमेरिकी न्यायालयबाट इङ्ल्याण्ड तथा अन्य उपनिवेशमा स्थानांतरित गरियो ।
युद्धको गति[सम्पादन गर्ने]
युद्ध सुरु (१७७५-७६)[सम्पादन गर्ने]
अप्रिल १८, १७७५ मा, ७०० ब्रिटिस फौज कन्कर्ड, म्यासेचुसेट्समा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइयो।[२] लेक्सिङ्टन र कन्कर्डको लडाइँको दौरान झडप भएपछि सो फौज बोस्टन फिर्ता भयो। त्यो रात, स्थानीय मिलिसियाहरु एकै ठाउँमा भेला भए र बोस्टन कब्जा गरे। [३] मे २५, मा ४,५०० जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुग्यो। [४] बङ्कर हिलको लडाइँ को समयमा, ब्रिटिसले जुन १७ मा धेरै असाल्ट अफिसरको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गर्यो।,[५][६] leading Howe to replace Gage.[७] धेरै वरिष्ठ अधिकारीहरु आक्रमणमा निराश भएका थिए[८] गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लण्डनमा पत्र लेखे।[९] जुलाई ३ मा, जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको कमाण्ड लिए। होवेले आक्रमणको कुनै प्रयास गरेनन्, वासिङ्टन अचम्ममा परे।[१०] शहरमा आक्रमण गर्ने योजना अस्वीकृत भयो,[११] र मार्च १९७६ को सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसे। [१२] डोरचेस्टर मा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका ब्रिटिस जहाजहरूलाई खतरा थियो। ब्रिटिसले मार्च १७ मा क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्यो र फिर्ता हुन अनुमती दियो, र उनीहरू हेलिफ्याक्स तिर बढे। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क शहर तर्फ बढाए। New York.[१३] अगस्ट १७७५ को सुरुवातमा, अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गर्यो। उनीहरूले १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र १७७६ मा कान्सो मा छापा मारे र कम्बरल्याण्डमा रोकिए।

राजनैतिक प्रतिक्रिया[सम्पादन गर्ने]
ब्रिटिस प्रति-आक्रमकता[सम्पादन गर्ने]
ब्रिटिसको उत्तरी रणनीतिको असफलता (१७७७-१७७८)[सम्पादन गर्ने]
वैदेशिक हस्तक्षेप[सम्पादन गर्ने]
अन्तराष्ट्रिय युद्ध सुरुवात (१७७८-१७८०)[सम्पादन गर्ने]
दक्षिणमा युद्ध (१७७८-१७८१)[सम्पादन गर्ने]
अमेरिकामा ब्रिटिसको पराजय (१७८१)[सम्पादन गर्ने]
उत्तरी मन्त्रालयको पतन[सम्पादन गर्ने]
अमेरिकाको स्वतन्त्रता संग्रामको प्रभाव[सम्पादन गर्ने]
अमेरिकामा प्रभाव[सम्पादन गर्ने]
स्वतन्त्र प्रजातान्त्रिक राष्ट्रको स्थापना[सम्पादन गर्ने]
धर्मनिरपेक्ष राज्य की स्थापना[सम्पादन गर्ने]
सामाजिक प्रभाव[सम्पादन गर्ने]
आर्थिक प्रभाव[सम्पादन गर्ने]
इङ्ल्याण्डमा प्रभाव[सम्पादन गर्ने]
जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त[सम्पादन गर्ने]
इङ्ल्याण्डद्वारा नयाँ उपनिवेशको स्थापना[सम्पादन गर्ने]
इङ्ल्याण्डको औपनिवेशिक नीतिमा परिवर्तन[सम्पादन गर्ने]
इङ्ल्याण्ड द्वारा वाणिज्यवादी सिद्धान्तको परित्याग[सम्पादन गर्ने]
फ्रान्समा प्रभाव[सम्पादन गर्ने]
- अमेरिका स्वतन्त्रता संग्रामबाट फ्रान्सले गुमाएको आफ्नो सम्मान पुनः स्थापित गर्यो।
- फ्रान्सेली राज्यक्रान्ति
थोमस जेफर्सनले घोषणा गरेका थिए:"हाम्रो अमेरिकी क्रान्तिले फ्रान्सलाई जगाएको थियो ।"[१४]
आयरल्यान्ड र दक्षिण एसियामा प्रभाव[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Greene & Pole, 2008, p. 155–156
- ↑ Fischer, p. 85
- ↑ Ketchum, 2014, pp. 18, 54
- ↑ Ketchum, 2014, pp. 2–9
- ↑ Ketchum, 2014, p. 110–111
- ↑ Adams, 1963 [1895-1896] , pp. 401–413
- ↑ Higginbotham (1983), pp. 75–77.
- ↑ Ketchum, 2014, pp. 183, 198–209
- ↑ Rankin, 1987, p. 63
- ↑ Lecky, 1882, pp. 449–450
- ↑ McCullough, p. 53
- ↑ Frothingham, pp. 100–01
- ↑ Alden, 1989, pp. 188–190
- ↑ डन, सुसन (१९९९), सिस्टर रिभोलुसन्स, न्युयोर्क: Faber and Faber, पृ: ९।