उत्तर अमेरिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तर अमेरिका महादेश विश्व मानचित्रमा

उत्तर अमेरिका, अमेरिकी महादेशहरू मध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झण्डै पूर्णरूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासागर, दक्षिणपूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। त्यसैगरी दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ। यस महादेशले करीब २४,७०९,००० वर्ग कि. मि.को क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र (जमीन र पानी लगायत) र १६.५ प्रतिशत भू-भाग हो। सन् २००८ जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करीब ५२.९ करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसियाअफ्रिकापछिको ठूलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोपपछि पर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]