न्याजड्याक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्याजड्याक
NASDAQ.JPG
प्रकार सेयर बजार
स्थान न्यु योर्क, संयुक्त राज्य अमेरिका
स्थापनाफेब्रुअरी ४, १९७१; ५२ वर्ष पहिले (१९७१-०२-04)
मालिकद न्याजड्याक ओएमएक्स समूह
मुख्य व्यक्तिएडेना टी फ्रेडम्यान(सिइओ)[१]
मुद्राअमेरिकी डलर
सूचीबद्ध कम्पनीहरूअनुमानित ३,५००[२]
सुचकाङ्कन्याजड्याक कम्पोजिट
न्याजड्याक-१००
न्याजड्याक जैवप्राविधिक सूचकाङ्क
वेबसाइटwww.nasdaqomx.com

न्याजड्याक (/ˈnæzˌdæk/ ( )) एउटा अमेरिकी सेयर बजार हो। यो संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहरमा रहेको वन लिबर्टी प्लाजामा अवस्थित छ।[३] सेयर बजार पुँजीको आधारमा यो सेयर बजारहरूको सूचीमा दोस्रो स्थानमा रहेको छ। यस सेयर बजारभन्दा बढी पुँजी न्यु योर्क स्टक एक्सचेन्जसँग रहेको छ।

यस बजारलाई नेसनल एसोसिएसन अफ सिक्योरिटिज डिलर्सद्वारा निवेशकहरूलाई कम्प्युटरीकृत, तीव्र र पारदर्शी प्रणालीमाथि प्रतिभूति गराई व्यापार गर्न सक्षम बनाउने उद्देश्यका साथ् यसको स्थापना गरिएको थियो।[४] यसले सन् १९७१ फेबुअरी ८ देखि आफ्नो कारोबार सुरु गरेको थियो। न्याजड्याकमा सूचीबद्ध केही लोकप्रिय कम्पनीहरूमा एप्पल कम्पनी, गुगल, माइक्रोसफ्ट, ओरेकल, अमेजनफेसबुक निगम रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nasdaq", Fortune 
  2. "Nasdaq Companies", मूलबाट फेब्रुअरी १, २०११-मा सङ्ग्रहित। 
  3. "Monthly Reports", World-Exchanges.org, World Federation of Exchanges, मूलबाट अगस्ट १७, २०१४-मा सङ्ग्रहित। 
  4. "Nasdaq – Business Solutions & Services", nasdaq.com, मूलबाट अक्टोबर २०, २०१६-मा सङ्ग्रहित। 

वाह्य सूत्रहरू[सम्पादन गर्नुहोस्]