उत्तरध्रुवीय महासागर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उत्तरध्रुवीय महासागरको नक्सा,अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनद्वारा वर्णन गरिएको सीमाहरू जसमा हडसन खाडी समावेश छ।

उत्तरध्रुवीय महासागर वा सुमेरू महासागर विश्वमा रहेका ५ प्रमुख महासागरहरू मध्ये कम गहिराई भएको र सबैभन्दा सानो महासागर हो।[१] अन्तर्राष्ट्रिय जल सर्वेक्षण सङ्गठनले यसलाई महासागर मानेता पनि केही समुन्द्रशास्त्रीहरूले यसलाई उत्तरध्रुवीय भूमध्ये सागर वा उत्तरध्रुवीय सागर भन्ने गर्दछन्।[२][३] यस महासागरलाई केही समुन्द्रशास्त्रीहरूले भू-मध्य सागर वा आन्ध्र महासागरको मुहानको रूपमा वर्गीकरण गरेका छन्। यो विश्वमा रहेकका ५ प्रमुख महासागरहरू मध्ये सुदूर उत्तरमा रहेकको महासागर हो।

यो महासागर प्राय: उत्तरी गोलार्धको बीचमा रहेको उत्तर ध्रुवीय क्षेत्रमा अवस्थित छ। यस महासागरलाई लगभग पूर्णरूपले उत्तर अमेरिका र युरेसियाले घेरेको छ। यसलाई आंशिक रूपमा समुन्द्री बरफले ढाकेको छ भने हिउँदमा सबै भाग बरफले ढाक्छ। यसमा ढाकेका बरफ पग्लने र जम्ने प्रक्रियाले गर्दा यसको सतहको तापक्रम र लवणता फरक पर्दछ। ५ वटा प्रमुख महासागहरू मध्ये यसको लवणता तुलनात्मक रूपमा सबैभन्दा कम रहेको छ। नदी र समुन्द्रबाट बहने ताजा पानीको प्रभाव निम्न वाष्पीकरण र उच्च लवणता भएको समुन्द्रको आपसी जडान नभएका कारण यसको लवणतम कम भएको मानिन्छ।[४] गर्मी मौसममा यसमा ढाकेका बरफहरूको पग्लिने दर ५०% रहेको भनाई छ।[१] अमेरिकी राष्ट्रिय हिउँ र बरफ आँकडा केन्द्रले (एनएसआइडिसी)ले उपग्रहको आँकडा प्रयोग गरि यसलाई ढाकेका बरफहरूको दैनिक प्रतिवेदन प्रदान गर्दछ र निश्चित समयावधि र अघिल्लो वर्षमा रहेको पग्लिने क्रमको तुलना पनि यसले प्रदान गर्ने गर्दछ।

भूगोल[सम्पादन गर्ने]

घेरेका जमिनका साथ उत्तरध्रुवीय महासागरको नक्सा
उत्तरध्रुवीय महासागरको लगभग गोलाकार अङ्कित नक्सा

उत्तरध्रुवीय महासागर लगभग गोलाकार आकारको जस्तो क्षेत्रमा फैलिएको छ र यसले लगभग १४,०५६,००० वर्ग किलोमिटर (५,४२७,००० वर्ग माइल क्षेत्रफल ओगटेको छ जून लगभग कुमेरू महादेशको क्षेत्रफल जत्रो रहेको छ।[५][६] यसको तटीय क्षेत्र ४५,३९० किलोमिटर (२८,२०० माइल) लामो छ। यसलाई जमीनले युरासिया, उत्तर अमेरिका, ग्रिनल्याण्ड र विभिन्न टापूहरूले छोएका छन्।[५][७]

बेफिन खाडी, बेरेण्ट्स सागर, ब्युफोर्ट सागर, चुक्ची सागर, पूर्वी साइबेरीयाली सागर, ग्रिनल्याण्ड सागर हडसन जलसन्धी, कारा सागर, लेप्टेभ सागर, सेतो सागर र अन्य विभिन्न र साना समुन्द्रहरू यसमा समावेश छन्। यो बेरिङ जलसन्धी मार्फत प्रसान्त महासागर र ग्रिनल्याण्ड सागर र ल्याबाडर सागर मार्फत आन्घ्र महासागरमा जोडिएको छ।[१]

यसले रुस, नर्वे, आइसल्याण्ड, ग्रिनल्याण्ड, क्यानडासंयुक्त राज्य अमेरिकासँग सिमाना गाँसेको छ।

समुन्द्री बरफ[सम्पादन गर्ने]

उत्तरध्रुवीय महासागर, सन् २००५ र २००७ मा [८]

उत्तरध्रुवीय महमसागरको लगभग सबै भाग बरफले ढाकेको छ जसको मोटाइ ठाउँ र ऋतु अनुसार फरक पर्दछन्। सन् १९८० को दशक देखि यहाँ रहेका बरफहरू पग्लिने क्रम जारी रहेको छ र हरेक एक दशकको अन्तरालको जाडो याममा १५,६००,००० वर्ग किलोमिटर (६,०२३,२०० वर्ग माइल) क्षेत्रमा रहेका बरफहरू पग्लिने दर अौसत ३% रहेको छ।

मौसमी भिन्नता ७,०००,००० वर्ग किलोमिटर (२,७०२,७०० वर्ग माइल) रहेको छ जसमा अधिकतम अप्रिलमा हुने गर्दछ भने न्युनतम सेप्टेम्बरमा हुने गर्दछ। समुन्द्री बरफहरूलाई बतास र समुन्द्री प्रभावहरूले असर गर्दछन् जुन चाहिँ जताततै बहन र धेरै ठूलो क्षेत्रफलमा रहेका बरफहरूमा घुम्दछन्। यहाँ सङ्कुचन क्षेत्र पनि बन्दछ जसले ठूला ठूला बरफहरू एकै ठाउँमा सङ्कुचित गरि एकदमै ठूला बरफको टुक्रा बनाउने गर्दछ। [९][१०][११]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ पिडविर्नी, माइकल (सन् २००६), "महासागरहरूको परिचय", डब्ल्यूडब्ल्यूडब्ल्यूडट पिजिकल जियोग्राफी डटनेट, ९ डिसेम्बर २००६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ डिसेम्बर २००६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. टमकाजक, म्यथियास; गडफ्रे, जे स्टुअर्ट (सन् २००३). क्षेत्रीय समुन्द्र विज्ञान: परिचय (दोस्रो संस्करण). दिल्ली: दया पब्लिसिङ हाउस. . http://www.es.flinders.edu.au/~mattom/regoc/. अन्तिम पहुँच मिति: २२ अप्रिल २००६. 
  3. "'उत्तरध्रुवीय महासागर' – इन्साइक्लोपिडिया ब्रिटानिका", अन्तिम पहुँच २ जुलाई २०१२, "उत्तरध्रुवीय महासागर:कुमेरू महासागरको मुहान।" 
  4. ढाकेका बरफ पग्लने र जम्ने प्रक्रियाको असर के अगार्ड र आर ए उडगेट, ध्रुवीय विज्ञान केन्द्र, भौतिक प्रयोगशाला वासिङ्टनको विश्वविद्यालय, जनवरी २००१। अभिगमन मिती ७ डिसेम्बर २००६।
  5. ५.० ५.१ राइट, जोन डब्ल्यु, सं (२००६). न्यू योर्क टाइम्स (२००७ संस्करण). न्यू योर्क: पेङ्गुइन पुस्तक. प॰ ४४५. . 
  6. "विश्वका महासागरहरू", आरएसटी२ डट इडियु, मूलबाट १९ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१०  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  7. "उत्तरध्रुवीय महासागर सम्बन्धित तथ्यहरू", डब्ल्युडब्ल्यूएफ डट पाण्डोरा डट ओआरजी (विश्व वन्यजन्तु कोष), २९ अक्टोबर २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. सन् २००५ मा बरफहरूको उच्चतम पग्लिने दर Archived ७ अक्टोबर २००६, at the वेब्याक मेसिन. रोबर्ट सिमोन, अर्थ अव्जरभेटरी, र वाल्ट मेयर, एनएसआइडिसी अभिगमन मिती ७ डिसेम्बर २००६
  9. समुन्द्र बरफ सूचकाङ्क एनएसआइडिसी डट ओआरजी, अभिगमन मिती ६ मार्च २०११
  10. ध्रुवीय समुन्द्री बरफ र हिउँ – काइरोस्पियर टुडे। Arctic.atmos.uiuc.edu (२३ सेप्टेम्बर २००७) अभिगमन मिती २०११-०३-०६।
  11. बियुक्सेड फरे, अल्बर्ट; स्टेफेनसन, स्कट आर; चेन, लिङलिङ; क्रुब, माइकल; दाइ, यिङ; डेभचेभ, डेनिस; इफीमोभ, यारोस्लाभ; ग्रागिच, पिटोर; ग्यारेथ, हेनरिक; केल, क्याथरिन; किभेकास, निकु; कुमार, नरेश; लिउ, नेगये; मटेलोनोक, इगोर; माइकोसभोल, मारि; ओ लिएरी, डेरेक; ओल्सेन, जुलिया; पब्रिथ्रान एपी, सचिन; पिटरसन, एडवर्ड; रासपोटनिक, एनड्रेस; ररिजहोव, इभान; स्लोस्की, जान; सुओ, लिङलिङ; ट्रोइन, क्यारोलाइन; भालिभा, भिलेना; भ्यान रिजकेटभोर्सेल, जाप; राइटिङ, जोनाथन (१६ अक्टोबर २०१४), "उत्तरध्रुवीय महासागर - उत्तर पूर्वी बाटो: स्रोत, प्रशासन, प्रविधि, र पूर्वाधार", पोलार जियोग्राफी ३४ (४): २९८–३२४, डिओआई:10.1080/1088937X.2014.965769 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]

उत्तरध्रवीय वातावरणीय एटलस