अमेरिकी गृहयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
अमेरिकी गृहयुद्ध
American Civil War Montage 2.jpg
मिति१२ अप्रिल १८६१ – ९ अप्रिल, १८६५
स्थान
अमेरिका, आन्ध्र महासागर, र प्रशान्त महासागर
परिणाम

सङ्घ विजयी

  • अमेरिकाको भौगोलिक अखण्डता सुरक्षित भयो
  • देशको पुनर्गठन सुरु भयो
  • देशबाट दासत्व वा दासप्रथा हटाइयो
योद्धा
संयुक्त राज्य अमेरिका (सङ्घ)  परिसङ्घीय राज्य
सेनापतिहरू

संयुक्त राज्य अमेरिका अब्राहम लिङ्कन
संयुक्त राज्य अमेरिका विनफिल्ड स्कट
संयुक्त राज्य अमेरिका जर्ज बि म्याकलेलान
संयुक्त राज्य अमेरिका हेनरी वेजर हलेक
संयुक्त राज्य अमेरिका विलिसिस एस ग्रान्ट
संयुक्त राज्य अमेरिका विलियम टि सरम्यान
संयुक्त राज्य अमेरिका गाइडिओन वेल्स

अन्य

 परिसङ्घीय राज्य जेफरसन डेभिस
 परिसङ्घीय राज्य पिजिटी ब्युरेगार्ड
 परिसङ्घीय राज्य जोसेफ इ जोनस्टोन
 परिसङ्घीय राज्य रोबर्ट इ. ली
 परिसङ्घीय राज्य स्टिफन म्यालोरी

अन्य
शक्ति
२१,००,००० १०,६४,०००
मृत्यु र क्षति
युद्धमा मृत्यु: १,१०,०००
कुल मृतकको सङ्ख्या: ३,६०,०००
घाइते: २,७५,२००
युद्धमा मृत्यु: ९३,०००
कुल मृतकको सङ्ख्या: २,६०,०००
घाइते: १,३७,०००+


अमेरिकी गृहयुद्ध (अङ्ग्रेजी: American Civil War अमेरिकन सिभिल वार) सन् १८६१ देखि १८६५ सम्म संयुक्त राज्य अमेरिकाको उत्तरी राज्य र दक्षिणी राज्यबीच भएको एक गृहयुद्ध थियो। यस युद्धमा उत्तरी राज्यले विजयी प्राप्त गरेको थियो।

यस युद्धमा उत्तरी राज्य अमेरिकाको सङ्घीय एकता बनाउन चाहन्थे र पुरै देशबाट दास प्रथा हटाउन चाहन्थे। अमेरिकी इतिहासमा यस पक्षलाई औपचारिक रुपमा 'सङ्घ' भनिन्छ र अनौपचारिक रूपमा 'याङ्की' भनिन्छ। दक्षिणी राज्य अमेरिकाबाट छुट्टिएर 'परिसङ्घीय राज्य अमेरिका' नामको एक नयाँ राष्ट्र बनाउन चाहन्थे जसमा युरोपेली मूलको श्वेत वर्णीय (गोरा) जातिका मानिसहरू अफ्रिकी मूलका काला जातिका कृष्ण वर्णीय (कालो) मानिसलाई दास बनाएर किनबेच गर्ने अधिकार हुन्थ्यो। दक्षिणी पक्षलाई औपचारिक रूपमा 'परिसङ्घीय' र अनौपचारिक रूपमा 'विद्रोही' भनिन्छ। यस युद्धमा ६ लाख भन्दा बढी अमेरिकी सैनिक मारिएको (वास्तविक सङ्ख्या ६,२०,०००) अनुमान छ।[१]

परिचय[सम्पादन गर्ने]

अमेरिकी गृहयुद्ध दासप्रथाको कारणले मात्र भएको थिएन। यो विभिन्न विचारधाराहरूमा पारस्परिक विरोधको परिणाम थियो। उत्तरी राज्यका निवासी भौगोलिक परिस्थिति, यातायात साधन तथा औद्योगिक सफलताको फलस्वरूप निकै सन्तुष्ट तथा सम्पन्न थिए। कृषि-प्रधान दक्षिणी राज्यमा १७औँ र १८औँ शताब्दीमा अफ्रिकाबाट धेरै दासहरू ल्याइएका थिए। दासहरूलाई कृषिमा मजदुरी गराइन्थ्यो। त्यसकारण दक्षिणी राज्य यी काला वर्णका दासहरूलाई मुक्त गर्ने चाहना थिएन। अमेरिकाको सबै उत्तरी राज्यहरूले सन् १८०४ सम्ममा दासप्रथालाई बिस्तारै बिस्तारै अन्त्य गर्नको लागि कानून बनाएका थिए। मेसिन युगको विस्तारसँगै उत्तर र दक्षिण राज्यवीच अन्तर बढाएको थियो। उत्तरी राज्यका निवासीहरू मेसिनको प्रयोगद्वारा आर्थिक क्षेत्रमा प्रगति गर्न लागिपरेको थियो। उनीहरूले कोइलाफलामको उत्पादन बढाए र त्यहाँ थुप्रै कारखानाको स्थापना गरेर त्यहि काम गर्न थालेका थिए। त्यस क्षेत्रको जनसङ्ख्या तीव्र गतिले बढेको थियो। यसको तुलनामा दक्षिणी राज्यका मानिसहरू अझै पनि कृषि क्षेत्रमा आधारित थिए र उनीहरूले युग अनुसार प्रगति गर्न सकेका थिएनन्। यहाँको जनसङ्ख्या समेत तुल्नात्मक रूपले बढ्न सकेको थिएन। अमेरिकाको व्यापारिक नीति उत्तरी राज्यहरूको लागि फाइदाजनक थियो तर दक्षिणी राज्यले त्यस्को फाइदा उठाउन सकेका थिएनन्। व्यापारिक नीतिको दक्षिणमा विरोध भयो र दक्षिणी यसलाई अवैध ठहराउन थालेका थिए। उनीहरू स्वतन्त्र व्यापारको अनुयायी थिए, जसले गर्दा उनीहरू आफ्नो कच्चा माल बिना नियन्त्रण विदेश पठाउन र आफ्नो आवश्यकता अनुसार बनेको बस्तुहरू खरिद गर्न सकोस्। दक्षिण क्यारोलाइनाले जन कुल्हनको मतानुसार प्रत्येक राज्यले संयुक्त राज्यको कुनै पनि नीतिलाई मान्न वा नमान्न पूर्ण अधिकार थियो। सङ्घर्ष बढ्दै गर्दा संविधानको व्याख्या गर्दै उत्तर र दक्षिणका राज्यहरू आफ्नो-आफ्नो तर्कको पुष्टि गर्न पूर्ण प्रयास गर्न थालेका थिए।

गृहयुद्धको कारण[सम्पादन गर्ने]

अमेरिकी स्वतन्त्रता संग्राम पश्चात अमेरिका एक स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्र मा स्थापित भयो र अमेरिकाले नै विश्वको पहिलो लिखित संविधान बनाएर संघीय शासन प्रणालीको स्थापना गर्यो। यस स्वतन्त्रता संग्राममा सबै अमेरिकी राज्यहरू एकजुट भएर उपनिवेशवाद विरूद्ध संघर्ष गरेका थिए तर १८६० पछि को समयमा अमेरिकी राज्यहरू बीच नै गृह-युद्ध सुरु भयो।

केहि इतिहासकारहरूको अनुसार "अमेरिकी स्वतन्त्रता संग्राममा नै गृहयुद्धको बीउ रोपिएको थियो" भने केहिका अनुसार गृहयुद्धलाई पूंजीवादी आदोलन मान्छन् र केहि इतिहासकारहरू दास प्रथालाई गृहयुद्धको लागि कारक ठान्छन् ।

अमेरिकी गृहयुद्धको निम्नलिखित कारण थिए-

उत्तरी तथा दक्षिणी राज्य बिचको आर्थिक भिन्नता[सम्पादन गर्ने]

संयुक्त राज्य अमेरिकाको उत्तरी राज्यको स्थिति बलियो थियो। संघको ३४ राज्यहरूमध्ये २३ राज्य उत्तरमा सम्मिलित थिए र देशको कुल जनसङ्ख्याको २/३ मानिस उत्तरी राज्यमा बस्थे र यसमा दासको सङ्ख्या निकै कम थियो। उत्तरी राज्यमा प्रचुर मात्रामा उद्योग कलकारखानाको विकास भएको थियो। उद्योगमा कपास, उनको लुगा, छालाको सामान आदि बस्तुहतू बृहत् स्तरमा उत्पादन हुन्थ्यो। यी कारखानाहरूमा मजदुरद्वारा मेसिनबाट काम गरिन्थ्यो, र त्यसैले यहाँ दासहरूको विशेष आवश्यकता दिएन।

अर्को तर्फ अमेरिकाको दक्षिणी राज्यहरूको आर्थिक जीवन कृषिमा आधारित थियो र कृषिमा यान्त्रिक उपयोग निकै कम थियो। त्यसैले यी राज्यका किसान खेतीको लागि दासको श्रममा निर्भर थिए। दक्षिणमा कपास, सुर्तीको खेती ठूलो स्तरमा हुन्थ्यो र यसमा दास मजदूरको रूपमा काम गर्थे। त्यसैले दक्षिणी राज्यको समाज पूर्ण रूपमा दास माथि निर्भर थियो। यसप्रकार दक्षिणी राज्य प्रचलित दासप्रथा र बागान व्यवस्थाको कारणले उत्तरी एवं पश्चिमी भागभन्दा फरक थियो। दक्षिणी राज्य-भर्जीनिया देखि दक्षिणी क्यारोलिना हुँदै जार्जिया सम्म एक पट्टीको रूपमा फैलिएको थियो। यस प्रकार आर्थिक भिन्नताको कारण उत्तरी एवं दक्षिणी राज्यको आर्थिक जीवन, राजनीतिक विचारधारा र सामाजिक स्तरमा निकै ठूलो मतभेद थियो।

संरक्षणको प्रश्न[सम्पादन गर्ने]

उत्तरी अमेरिकी राज्य उद्योगमुखी थिए फलतः त्यहाँ नयाँ उदयीमान उद्योगपतिहरूले विदेशी प्रतिस्पर्धाबाट बच्नको लागि संरक्षणको माग गरे। उनीहरूको हितलाई ध्यानमा राख्दै अमेरिकी संघद्वारा उद्योगहरूलाई संरक्षण दिइयो । तर यस कदमबाट दक्षिणी राज्यहरूलाई आपत्ति थियो। किनभने संरक्षणवादको नीतिको कारण आवस्यक वस्तुको आपूर्ति कम भइ मूल्यवृद्धि भयो। अतः उनीहरूले "संघबाट उत्तरी राज्यहरूको हितको लागि धेरै ध्यान दिइन्छ। जबकी दक्षिणी राज्यहरूको हितलाई उपेक्षाको दृष्टिले हेरिन्छ।" भन्ने महसुस गरे।

दास प्रथाको मुद्दा[सम्पादन गर्ने]

दासप्रथासँग सम्बन्धित संवैधानिक मुद्दा[सम्पादन गर्ने]

उत्तरी-अमेरिकामा त दास व्यापारको अन्त्य गरिएको थियो र दास प्रथा उत्तरमा पेन्सिलभेनियाको दक्षिणी सीमा सम्म बन्द भैसकेको थियो। यस सिमा रेखालाई “मेसम-डिक्सन” सीमा भनिन्थ्यो। अब अमेरिकाको पश्चिमी क्षेत्रमा विस्तार हुँदै थियो र नयाँ नयाँ क्षेत्र संयुक्त राज्य अमेरिकामा गरिदै थिए। यस्तो अवस्थामा "यी नयाँ राज्यहरूलाई दास राज्यको रुपमा वा स्वतन्त्र राज्यको रुपमा सामेल गर्ने?" भन्ने प्रश्न उठ्यो।

संविधानमा संघीय व्यवस्थापिकामा दासको गणना गर्ने स्वीकार गरिएको थियो। तर दासको जनसंख्याको ३/५ को औसतमा मात्र प्रतिनिधित्व दिइन्थ्यो। अर्थात् यदि दासको जनसंख्या ५०० भएमा उनीहरूलाई ३०० मानेर प्रतिनिधित्व दिइन्थ्यो। यसप्रकार दास राज्यको संख्या बढेर व्यवस्थापिकामा दास राज्यको बर्च्स्व बढ्ने खतरा पनि थियो। यसैले यो मुद्धा महत्त्वपूर्ण थियो। यसैले नयाँ राज्यहरूको विलयको सन्दर्भमा उत्तरी अमेरिकि राज्य नयाँ राज्यलाई स्वतन्त्र राज्यको रुपमा जबकी दक्षिणी राज्य दास राज्यको रुपमा समावेश गर्न चाहन्थे। यो बिवाद मिसौरी राज्यको विलयलाई लिएर झनै गहिरियो। अन्ततः सन्तः १८२० मा हेनरी क्ले (प्रतिनिधि सभाको अध्यक्ष)को मध्यस्थताबाट मिसौरी-समझौता सम्पन्न भयो। यसानुसार मिसौरीलाई दास राज्यको रुपमा (दास प्रथा कायम राखेर) संघमा सम्मिलित गरियो। र यो पनि भनियो कि ३६0३०' अक्षांश भन्दा उत्तरको क्षेत्र लुइसियानामा दास प्रथा जारी अन्त्य हुनेछ। यसपछि संघमा टेक्ससको विलयको प्रस्ताव आयो। अन्त्यमा टेक्ससलाई पनि दास राज्यको रुपमा सन् १८४५ मा संघमा सम्मिलित गरियो। फेरि क्यालिफोर्नियालाई १८५० मा स्वतन्त्र राज्यको रुपमा सम्मिलित गरियो। दक्षिणी राज्यहरूमा यसको उग्र विरोध भयो। अब उनीहरूलाई सन्तुष्ट गर्नको लागि एक “भगौडा दास” कानून (Fugitive slave law) ल्याइयो। जस अनुसार भागेका दासहरूलाई फेरि समात्न सकिन्थ्यो। उत्तरी राज्यहरूले यस कानूनको विरोध गरे। उनीहरूले भगौडा दासहरूलाई शरण दिने गर्थे। तर सन् १८५४ मा क्यान्सस एवं नेब्रास्काको विलयलाई लिएर फेरि विवाद उत्पन्न भयो। वस्तुतः यी दुबै राज्य ३६ डिग्री ३० मिनेटको उत्तरमा अवस्थित थिए र मिसौरी समझौता अनुसार यिनीहरू स्वतन्त्र राज्यको रुपमा संघमा सम्मिलित गरिनु पर्थ्यो। तर स्टिफन डगलस नामक राजनीतिज्ञको प्रयासबाट यी राज्यलाई दास राज्यको रूपमा सम्मिलित गरियो। यसप्रकार राज्यहरूको विलयको प्रश्नले उत्तरी र दक्षिणी राजहरू बिचको अखाडल झनै ठूलो भयो।

अब्राहम लिंकनको निर्वाचन[सम्पादन गर्ने]

१८६० ई. मा रिपब्लिकन उम्मेदवार अब्राहम लिङ्कनको विजय भयो र १८६१ मा राष्ट्रपतिको पदमा आसीन भए। रिपब्लिकन पार्टीले दास प्रथाको आलोचना गरेका थिए र यो पार्टी स्वतन्त्र श्रम विचारधारामा विश्वास राख्थ्यो। अतः लिंकनको जीत दक्षिणी राज्यलाई अशुभ सूचको सङ्केत थियो। उनीहरूलाई लङ्कनको जीत दक्षिणको आर्थिक हितको प्रतिकुल छ भन्ने लाग्यो। अतः दक्षिणी राज्यहरूमा पहिलो प्रतिक्रिया क्यारोलिना राज्य द्वारा गरियो। दक्षिणी क्यारोलिनाले संघबाट अलग हुने घोषणा गर्यो। सन् १८६१ फेब्रुअरीसम्ममा मिसीसिपी, फ्लोरिडा, अलबामा, जर्जिया, लुलसियाना र टेक्ससले पनि संघसँग सम्बन्ध विच्छेद गरि जेफरसन डेभिसलाई आफ्नो राष्ट्रपति नियुक्त गरे र यसै साथ साथ गृहयुद्धको शुरूआत भयो। जब दक्षिणी क्यारोलिना बाट सुम्टरको किलामा बम प्रहार गरि संघ बिरुद्ध युद्ध छेडियो।

युद्ध को लागि प्रस्तावना[सम्पादन गर्ने]

सन् १८६० राष्ट्रपतिको चुनावमा, रिपब्लिकन पार्टीको नेतृत्व अब्राहम लिङ्कनले गरेका थिए। सबै अमेरिकी क्षेत्रहरूमा दासत्व अन्त गर्न समर्थन गरे। दक्षिणी राज्यहरूले यसलाई उनीहरूको संवैधानिक अधिकारको उल्लङ्घनको रूपमा हेरे।

विभेदको कारण[सम्पादन गर्ने]

विद्रोह को कारण जटिल थियो र युद्ध शुरू भएको विवादास्पद भएको छ, तर अधिकांश प्राज्ञ विद्वानले युद्ध को केन्द्रीय कारण को रूपमा दासत्व को पहिचान गर्छन। जेम्स सी ब्रैडफोर्डले लेखे कि ऐतिहासिक संशोधनवादीहरूले यस मुद्दालाई अझ बढी जटिल बनाएका छन्, जसले युद्धको विभिन्न कारणहरू प्रस्ताव गर्न खोजेको छ। दासत्वले सन् १८५० को दशकमा राजनीतिक तनाव बढाउनको मुख्य स्रोत थियो। रिपब्लिकन पार्टीले दासत्वको कुनै पनि फैलाउन रोक्ने तयारी गरेको थियो, र रिपब्लिकन उम्मेद्वार लिंकनले सन् १८६० चुनाव जितेपछि यदि धेरै दक्षिणी नेताहरूले विद्रोह गरेका थिए। लिंकनको जित पछि, धेरै दक्षिणी नेताहरूले अनुभव गरे कि विनाश तिनीहरूको मात्र विकल्प थियो, भन्ने डरले प्रतिनिधित्वको क्षति समर्थक दासत्व र नीतिहरू बढावा गर्न सक्ने क्षमतामा बाधा पुऱ्याउँछ।

दासप्रथा[सम्पादन गर्ने]

Map of U.S. showing two kinds of Union states, two phases of secession and territories
सन् १८६१ मा राज्यको अवस्था
  सन् १८६१ अप्रिल १५ सम्म सदस्यता फिर्ता लिएका राज्यहरू
  सन् १८६१ अप्रिल १५ पश्चात सदस्यता फिर्ता लिएका राज्यहरू
  दाशत्व खुला भएका संयुक्त राज्यहरू
  दाशत्व मुक्त भएका संयुक्त राज्यहरू
  क्षेत्रहरू

दासत्व भोग्नुको मुख्य कारण थियो। यद्यपि त्यहाँ युनिभर्सिटी अफिसमा पनि विचार विपरित भए तापनि प्रायः उत्तरी सैनिकहरूले दासत्वको विषयमा ठूलो रूपमा बेवास्ता गरेका थिए, जबकि कन्फर्डडेन्टहरूले दक्षिणी समाजको रक्षा गर्ने क्रममा युद्धलाई ठूलो रूपमा लडाई गरेका थिए जसको दासत्व एक अभिन्न भाग थियो। विरोधी दासत्वको परिप्रेक्ष्यबाट, मुद्दा मुख्यतः यस बारे मा हो कि दासत्व को एक प्रणाली एक नैचिकित्सा बुराई थियो जो रिपब्लिकनवादसँग असंगत थियो। विस्तार रोक्नको लागि विरोधी-दासत्वको सेनाको रणनीति समाविष्कार थियो र यसरी दासलाई क्रमशः विलुप्त गर्न बाटोमा राखियो। दक्षिणमा दास-होल्डिङ रूचिले यो रणनीतिलाई आफ्नो कानुनी अधिकारको उल्लङ्घनको रूपमा अस्वीकार गर्यो। दक्षिणी श्वेतहरूले दासहरूको उद्धार दक्षिण पूर्व अर्थव्यवस्थालाई नष्ट गर्नेछ भन्ने विश्वास गरे, पूर्व दास काले आबादीलाई एकीकृत गर्ने दास र डरमा लगानी गरेको ठूलो मात्राको कारण। विशेष गरी, दक्षिणीहरूले "सान्टो डोमिंगोको डरलाग्दो" को दोहोरो डराउँछन्, जसमा लगभग पुरुषहरू, महिलाहरू, बालबालिकाहरू, र समेत धेरै सहानुभूति समेत लगभग सबै सेतो मान्छे - हैतीमा सफल दास विद्रोही पछि मारिएको थियो। इतिहासकार थॉमस फ्लेमिङले ऐतिहासिक वाक्यांशलाई "जनताको दिमागमा एक रोग" यस विचारको आलोचकहरूले प्रयोग गरे, र यो पछि जिम क्रो युगमा विभाजनको लागि योगदान प्रदान गर्दछ। यी डरहरू जर्न ब्राउनको हालका प्रयासहरूले दक्षिणमा एक सशस्त्र दास विद्रोहलाई उत्प्रेरित गर्नबाट जोगिदिएका थिए।

साढे १८ वर्षको उमेरमा र १९ शताब्दीको शुरुवातमा उल्लिखित गैरकानुनी रूपमा गैरकानुनी थियो। यो सीमा सीमा राज्यहरूमा र दक्षिणी शहरहरूमा पनि लुकेको थियो, तर यो ग्रामीण दक्षिण र दक्षिणपश्चिमका उच्च लाभकारी कपास जिल्लाहरूमा विस्तार भएको थियो। अमेरिकी गृहयुद्धमा लेखिएका लेखकहरूले भौगोलिक विभाजनको वर्णन गरेका थुप्रै कारकहरू देखाए।

सन् १८६४ मा अब्राहम लिंकन

गृहयुद्धको परिणाम एवं प्रभाव[सम्पादन गर्ने]

बलियो राजनीतिक संरचनाको निर्माण[सम्पादन गर्ने]

गृहयुद्धले राष्ट्रिय र क्षेत्रीय शक्ति सम्बन्धमा नाटकीय परिवर्तन ल्यायो। लामो समय देखि चलिआएको प्रान्तीय एवं संघीय राज्यको अधिकारको विवाद समाधान भयो। दक्षिणी राज्यहरूको आत्मसमर्पण पछी उनीहरूलाई फेरि संघमा मिलाइयो। यसको अर्थ यो थियो कि स,घ यथावत रहन्छ र भविष्यमा फेरेर पृथकतावादको अधिकारको कुरा उठ्ने छैन। वस्तुतः गृहयुद्धको परिणामले "राज्यलाई संघबाट अलग हुने अधिकारा छ छैन? " भन्ने संवैधानिक प्रश्नलाई समाधान गरिदियो। यसप्रकार संविधानमा वर्णन गरिएको “अविनाशी राज्यको अविनाशी संघ”को सिद्धान्त पुष्टि भयो। अब राजनीतिक रूपमा अमेरिकालाई वास्तविक संयुक्त राष्ट्रको रूप प्रदान गरियो।

सामाजिक मूल्य र मान्यतामा परिवर्तन[सम्पादन गर्ने]

सामाजिक क्षेत्रमा गृहयुद्धको एक महत्वपूर्ण उपलब्धि अमेरिकाबाट दास प्रथाको समाप्ति थियो। अब दासहरूलाई स्वतन्त्र गरियो र उनीहरूलाई मतदानको अधिकार दिइयो। दासता मुक्तिको साथसाथै उनीहरूलाई त्यो स्वतन्त्रता र गतिशीलता मिल्यो जसबाट उनीहरू बजारमा मजदुरी गरेर धन कमाउन सक्थे।

एक नकारात्मक नजर यो रह्यो कि अस्वेत मानिस प्रती गोराको संघर्ष र दुर्व्यवहारको घटना बढ्यो र आज पनि अमेरिकी समाजमा श्वेत र अस्वेत वीच मतभेदको समस्या विद्यमान छ।

अर्को तर्फ लामो समय युद्ध चलेकाले अव्यवस्था उत्पन्न भयो जुनपछि चाँडै धनी बन्ने प्रवृतिको विकास भयो। फलतः भ्रष्टाचार बढ्ययो र केही अंशमा समाजको नैतिक स्तर तर झर्यो।

अमेरिकाको एक औद्योगिक राष्ट्रको रूपमा उदय[सम्पादन गर्ने]

गृहयुद्धलाई अमेरिकालाई एक प्रमुख औद्योगिक राष्ट्र बनाउने सामाजिक-आर्थिक उत्प्रेरक शक्तिको रुपमा हेरिन्छ। यस सम्दर्भमा चार्ल्स र म्यानी बियर्डले यस गृहयुद्धलाई अमेरिकाको "दोश्रो क्रान्ती" बताए। गृहयुद्ध पछि औद्योगिक पूँजीवादले दिन दुई गुना रात चौगुना वृद्धि गर्यो। जो जो पूँजीपतिले युद्धामा धन लगाएर सेनाको लागी माल सामानको आपूर्तिको ठेक्का लिएर अपार लाभ कमाए उनीहरूले यस धनको सदुपयोग राष्ट्रको प्राकृतिक सम्पदा दोहनमा गरे। युद्धको कारणले जुन सामाजिक आर्थिक परिवर्तन आयो ती सबै अमेरिकाको औद्योगिक विकासमा सहायक सिद्ध भए।

महिलाको भूमिका विस्तार[सम्पादन गर्ने]

व्यापक औद्योगीकरण एवं शहरीकरणद्वारा महिलाहरूको भूमिकाको विस्तार भयो। महिलाहरू अब घरबाट बाहिर निस्केर कलकारखाना एवं कार्यालयमा काम गर्न लागे। महिला स्त्री शिक्षालाई बढावा दिइयो जसबाट उनीहरूको जीवन स्तरमा सुधार आयो। यसप्रकार महिला अधिकारको विषयमा विचार विमर्श बढ्यो।

प्रथम आधुनिक युद्ध[सम्पादन गर्ने]

अमेरिकी गृहयुद्धलाई विश्वको प्रथम आधुनिक युद्ध मानिन्छ। इतिहासमा बख्तरबन्द युद्धपोतबाट संघर्ष गरिएको यो पहिलो युद्ध थियो। पहिलो पटक व्यापक रुपमा तोपखाना तथा गोला बारुदको प्रयोग गरिएको थियो। समाचार पत्रले युद्धको गतिविधिको विस्तृत विवरण दिएका थिए र जनमतलाई प्रभावित गर्ने सक्ने क्षमता देखाएका थिए। पहिलो पटक घाइते सैनिकको उपचारको सु व्यवस्थित ढङ्गको प्रबन्धन गरिएको थियो, भूमिगत तथा जलगत सुरुङ बिछ्याइएको थियो र युद्धपोतलाई डुबाउने पनडुब्बीको प्रयोग भएको थियो। यसप्रकार आधुनिक प्रविधिमा आधारित यो पहिलो युद्ध मानिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. "Civil War Facts", American Battlefield Trust, American Battlefield Trust, अगस्ट १६, २०११, अन्तिम पहुँच अक्टोबर ७, २०१८