अमेरिकी क्रान्तिकारी युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमेरिकी क्रन्तिकारी युद्ध

ऊपरी बाएं ओर से दक्षिणावर्त: यॉर्कटाउन की घेराबन्दी के बाद लॉर्ड कॉर्नवॉलिस का आत्मसमर्पण, ट्रेण्टन का युद्ध, बंकर हिल के युद्ध पर जनरल वॉरन की मृत्यु, लाँग आइलैण्ड का युद्ध, Guilford कोर्ट हाउस का युद्ध
मिति19 अप्रैल, 1775 – 3 सितम्बर, 1783[५]
(८ वर्ष, ४ महिना, र १५ दिन)
अनुसमर्थन प्रभावी: 12 मई, 1784
स्थान
पूर्वी उत्तर अमेरिका, क्यारिबियन सागरआन्ध्र महासागर
परिणाम
भौगोलिक
परिवर्तन
ग्रेट ब्रिटेन स्वतन्त्र संयुक्त राज्यों को, मिसिसिप्पी नदी के पूर्व के और महान झीलों तथा सैंट लॉरेंस नदी के दक्षिण के क्षेत्र हारती हैं;
स्पेन पूर्व फ़्लोरिडा, पश्चिम फ़्लोरिडा और Minorca जीतती हैं;
ग्रेट ब्रिटेन फ़्रान्स को टोबागो और सेनेगल सुपुर्द करता हैं;
डच गणतन्त्र ग्रेट ब्रिटेन को नागपट्टनम सुपुर्द करता हैं।
योद्धा

संयुक्त राज्य अमेरिका तेह्र उपनिवेश (१७७६ पूर्व)
 संयुक्त राज्य (1776 के बाद)
वरमोंट (1777 से)
फ्रांस फ्रान्स (1778 से)


स्पेन स्पेन १७७९ देखि

मुलनिवासी अमेरिकी[१]
 Netherlands[२]
मैसूर[३]

ढाँचा:Country data ग्रेट ब्रिटेन राजशाही

  • जर्मन सहायक
  • राजभक्त

मुलनिवासी अमेरिकी[४]
सेनापतिहरू

संयुक्त राज्य अमेरिका जॉर्ज वॉशिंगटन
संयुक्त राज्य अमेरिका नथानिएल ग्रीन
संयुक्त राज्य अमेरिका होरातिओ गेट्स
इसेक हॉपकिंस
ढाँचा:Country data फ़्रान्स राजशाही जीन-बैप्टिस्ट डे रोचम्बेऊ

ढाँचा:Country data फ़्रान्स राजशाही फ़्रान्स्वा दे ग्रासढाँचा:POW

 [[{{{alias}}}|{{{name}}}]] जॉर्ज तृतीय
ढाँचा:Country data ग्रेट ब्रिटेन राजशाही लॉर्ड नॉर्थ
ढाँचा:Country data ग्रेट ब्रिटेन राजशाही जॉर्ज जर्मेन

ढाँचा:Country data ग्रेट ब्रिटेन राजशाही लॉर्ड कॉर्नवालिसढाँचा:POW
शक्ति

संयुक्त राज्य:
40,000 (औसत)[६]
5,000 महाद्वीपीय नौसेना के नौसैनिक (1779 के चरम पर)[७]
no ships of the line
53 अन्य जहाज (युद्ध के दौरान किसी तो एक समय पर सक्रीय)[७]

मित्र-राष्ट्र:
36,000 फ़्रान्सीसी (अमेरिका में)
63,000 फ़्रान्सीसी र स्पेनी (Gibraltar पर)
146 ships of the line (1782 सक्रीय)[८]

मूलनिवासी मित्र: अज्ञात

ग्रेट ब्रिटेन:
सेना:
48,000 (औसत, केवल उत्तर अमेरिका)[९]
7,500 (Gibraltar पर)
नौसेना:
94 ships of the line (1782 सक्रीय)[८]
171,000 नौसैनिक[१०]

वफादार ताकत:
19,000 (कुल संख्या जिसने सेवा की)[११]

जर्मन सहायक:
30,000 (कुल संख्या जिसने सेवा की)[१२]

मूलनिवासी मित्र: 13,000[१३]
मृत्यु र क्षति

संयुक्त राज्य:
6,824 युद्ध में मारे गए
25,000–70,000 सभी कारणों से मृत[६][१४]
50,000 तक समस्त हताहत[१५]
फ़्रान्स: 10,000 युद्ध से मृत (75% समुद्र में) स्पेन: 5,000 मारे गएँ

नीदरलैण्ड्स: 500 मारे गएँ[१६]

ग्रेट ब्रिटेन:
4,000 युद्ध में मारे गए (केवल उत्तर अमेरिका)
27,000 सभी कारणों से मृत (उत्तर अमेरिका)[६][१७]
1,243 navy killed in battle, 42,000 deserted, 18,500 died from disease (1776–1780)[१८]
सभी कारणों से कम से कम 51,000 मारे गएँ

जर्मन: 1,800 युद्ध में मारे गएँ
4,888 deserted
सभी कारणों से 7,774 मारे गएँ[६]

अमेरिकी क्रान्तिकारी युद्ध (सन् १७७६ – १७८३), जसलाई संयुक्त राज्यमा अमेरिकी स्वतन्त्रता युद्ध वा क्रान्तिकारी युद्ध पनि भनिन्छ, बेलायतउसको तेह्र उत्तर अमेरिकी उपनिवेशबीच भएको एक सैन्य सङ्घर्ष थियो जसबाट ती उपनिवेश स्वतन्त्र संयुक्त राज्य अमेरिका बनेका थिए। यस युद्धको सुरुवाती लडाई उत्तर अमेरिकी महाद्वीपमा भएको थियो। सप्तवर्षीय युद्धमा पराजय भएपछि प्रतिकार गर्न आतुर फ्रान्सले सन् १७७८ मा यी नयाँ राष्ट्रसँग एक सन्धिमा हस्ताक्षर गरेको थियो जुन अन्ततः विजयको लागि निर्णायक साबित भएको थियो।

ब्रिटिस साम्राज्यबाट अमेरिकी स्वतन्त्रताको मुद्दालाई लिएर यो युद्ध लडिएको थियो। यस युद्धमा उत्तर अमेरिका, क्यारिबियन समुद्र र इङ्ल्यान्ड वरपरको समुद्र: उत्तरी समुद्र, आरिस समुद्र र इङ्लिस च्यानलमा लडाइँ भएको थिए। [१९][२०][२१]

अमेरिकी स्वतन्त्रता युद्धको कारण[सम्पादन गर्नुहोस्]

अमेरिकी स्वतन्त्रता युद्ध मुख्यतया बेलायत तथा त्यसको उपनिवेशहरूबीच आर्थिक हितको लडाइँ थियो।

अमेरिकी समाजको स्वच्छन्द र स्वतन्त्र चेतना[सम्पादन गर्नुहोस्]

अमेरिकामा आएर बस्ने अप्रवासी इङ्ल्यान्डका नागरिकहरू बढी स्वतन्त्रता प्रेमी थिए। यसको कारण यहाँको समाज युरोपको तुलनामा अधिक समतावादी थियो। अमेरिकी समाजको खास विशेषता सामन्तवाद तथा अटुट वर्ग सीमाहरूको अनुपस्थिति थियो।

अमेरिकी समाजमा उच्चवर्गको हातमा राजनीतिक तथा आर्थिक शक्ति बेलायत समाजको तुलनामा अत्यन्त कम थियो। अमेरिकामा अधिकांश किसानहरूसँग जमिन थियो जबकि बेलायतमा भूमिहीन मजदुरहरूको सङ्ख्या धेरै थियो। नयाँ महाद्वीपमा पाइला राख्ने बित्तिकै अप्रवासी बेलायती कानुन तथा संविधान अनुसारको कार्य गर्न लागेका थिए। उनीहरूको आफ्नो राजनीतिक संस्था थियो। यस प्रकार अमेरिकी उपनिवेशमा आरम्भ देखि नै स्वशासनको व्यवस्था विद्यमान थियो जो समयको साथ-साथ विकसित हुँदै गएको थियो।

दोषपूर्ण शासन व्यवस्था[सम्पादन गर्नुहोस्]

गभर्नरको नियुक्ति गर्दथ्यो र सहयोग गर्नको लागि एक कार्यकारिणी समिति हुन्थ्यो जसको सदस्यको मनोनयन बेलायती राजमुकुटद्वारा गरिन्थ्यो। यस अतिरिक्त शासन कार्यमा सहायताको लागि एक विधायक सदन हुन्थ्यो जसमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरू हुने गरेका थिए। यस विधायक सदनलाई कर लगाउने, अधिकारीहरूको तलब सुबिधा तय गर्ने, कानून निर्माण गर्ने अधिकार थियो तर कानूनलाई स्वीकार गर्ने अथवा रद्द गर्ने पूर्ण अधिकार गभर्नरलाई थियो। यस व्यवस्थाबाट उपनिवेशको जनतामा असन्तोष सुरु भएको थियो।

आरम्भमा बेलायत सरकारको सीमित हस्तक्षेप[सम्पादन गर्नुहोस्]

अङ्कुश लगाउने प्रयत्न गरेन। इङ्ल्यान्डमा १७औँ शताब्दीको सुरुवात देखि “रक्तहीन क्रान्ति” (सन् १६८८) सम्मको लगभग ८५ वर्ष बीच राजतन्त्र तथा संसद बीच निरन्तर सङ्घर्ष चलिरहेकाले उपनिवेशमा हस्तक्षेप गर्ने प्रयास गरेको थिएन। जब सरकारले विभिन्न कर लगाउने र कडाइका साथ असुल्ने प्रयास गर्न सुरु गरेपछि उपनिवेशमा असन्तोष सुरु हुँदै पछि यसले क्रान्तिको रूप लिएको थियो।

सप्तवर्षीय युद्ध[सम्पादन गर्नुहोस्]

सप्तवर्षीय युद्ध

उत्तरी अमेरिकामा क्युबेक देखि मिसिसिपी घाटीसम्म फ्रान्सेली उपनिवेश फैलिएको थियो। यस क्षेत्रमा बेलायत र फ्रान्स बीच तनाव रहेको थियो। जसको फलस्वरूप सन् १७५६-६३ को बीचमा सप्तवर्षीय युद्ध भएको थियो र यसमा बेलायतले विजय प्राप्त गरेको थियो भने क्यानडास्थित फ्रान्सेली उपनिवेशहरू माथि अङ्ग्रेजको अधिकार कायम भएको थियो। युद्धको परिणामस्वरूप अमेरिकमा उत्तरबाट फ्रान्सेली खतरा अन्त्य भएको थियो।

उपनिवेशको आर्थिक शोषण[सम्पादन गर्नुहोस्]

इङ्ल्यान्डद्वारा उपनिवेशहरूको आर्थिक शोषण उपनिवेश र मातृदेशको बीच असन्तोषको मुख्य कारण थियो। प्रचलित वाणिज्यवादी सिद्धान्तको अनुसार इङ्ल्यान्ड उपनिवेशको व्यापार माथि नियन्त्रण गर्न र त्यहाँको बजारमा एकाधिकार कायम गर्न चाहन्थ्यो। “उपनिवेश इङ्ल्यान्डलाई लाभ पुर्‍याउनका लागि हो” भन्ने सिद्धान्तमा उपनिवेशिक व्यवस्था आधारित थियो। इङ्ल्यान्डले आफ्नो लाभलाई मध्यनजर गर्दै निम्न कानुन बनाएको थियो।

  1. नौसञ्चालन कानून :
    सन् १६५१ को प्रावधान अनुसार उपनिवेशहरूमा व्यापार इङ्ल्यान्ड, आयरल्यान्ड वा उपनिवेशहरूमा मात्र जहाजको माध्यमबाट मात्र हुन सक्थ्यो। इङ्ल्यान्डको लागि आवश्यक सबै प्रकारको कच्चा सामान इङ्ल्यान्डको बन्दरगाहमा पुर्‍याए बिना उपनिवेशको दोस्रो स्थानमा निर्यात गर्न मिल्दैन्थ्यो। यसबाट इङ्ल्यान्डको जहाज निर्माण उद्योगलाई लाभ मिलेको थियो। सन् १६६३ को कानुन अनुसार युरोपबाट अमेरिकी उपनिवेशमा निर्यात गरिने माल सामान इङ्ल्यान्डको बन्दरगाहमा ल्याइनेे उल्लेख गरिएको थियो। यस कानूनबाट इङ्ल्यान्डका व्यापारी तथा व्यापारिक जहाजको मालिकलाई अमेरिकी उपभोक्ताको मुल्यमा लाभ भएको थियो। यो कानून उपनिवेशवासिहरूको लागि अन्यायपूर्ण थिए।
  1. व्यापारिक अधिनियम
    इङ्ल्यान्डले अमेरिकामा उत्पादित चामल, फलाम, काठ, सुर्ती आदिको निर्यात इङ्ल्यान्डलाई मात्र गर्न सक्ने गरि कानुन बनाइएको थियो। यी नियमले उपनिवेशहरूमा निकै आक्रोश पैदा भएको थियो किनकि फ्रान्सेली र नेदरल्यान्डेेेली व्यापारी उनीहरूलाई यी वस्तुको लागि अङ्ग्रेजहरूले भन्दा अधिक मूल्य दिनका लागि तयार थिए।
  1. औद्योगिक अधिनियम :
    इङ्लयान्डले औद्योगिक उत्पादन इङ्ल्यान्डले तयार पार्ने र यसलाई अमेरिकी उपनिवेश उत्पादन गर्न नमिल्ने गरि कानुन बनाएको थियो। यस प्रकार सन् १६८९ कानूनद्वारा उपनिवेशसँग ऊनको सामान तथा सन् १७३२ को कानुनद्वारा टोपीको निर्यात बन्द गरिएको थियो।

बौद्धिक चेतनाको विकास[सम्पादन गर्नुहोस्]

अमेरिकामा जीवनको स्थायित्वको साथ साथ शिक्षा र पत्रकारिताको विकास भएपछि बौद्धिक चेतनाको विकासमा योगदान पुगेेेेको थियो। अमेरिकाका बेन्जामिन फ्र्याङ्लिन, थोमस जेफर्सन, जेम्स विल्सन, जोन एडम्स, टमस पेन, जेम्स ओटिस, सामुअल एडम्स जस्ता बौद्धिक व्यक्तिहरू रहेका थिए जसले मातृदेशको प्रति उपनिवेशको प्रतिरोधको औचित्य प्रष्टाएका थिए। यिनीहरूको विचार जोन लक, मस्टेस्क्युजस्ता चिन्तकहरूबाट प्रभावित थियो।

संवैधानिक मुद्दा[सम्पादन गर्नुहोस्]

बेलायतले अमेरिकी उपनिवेशमा कयौँ प्रकारको कर-कानून लागू गरि स्थानीय करलाई बढाउने प्रयास गरेको थियो। यसबाट पनि उपनिवेशमा तीव्र असन्तोषको भावना बढेको थियो। बेलायती संसद सर्वोच्च शक्ति हो र उसले आफ्नो अमेरिकी उपनिवेशको मामिलामा जस्तो सुकै प्रकारको पनि कानून पारित गर्न सक्छ भन्ने बेलायतको मान्यता रहेको थियो। अमेरिकी उपनिवेश माथी कर लगाउने अधिकार उपनिवेशको व्यवस्थापिकामा मात्र निहित रहन्छ र यो बेलायती संसदमा निहित रहँदैन भन्ने उपनिवेशहरूको मान्यता रहेको थियो।

उपनिवेश प्रति कठोर नीति[सम्पादन गर्नुहोस्]

  • ग्रेनविलेको नीति- बेलायती शासक जर्ज तृतीय सन् १७६० मा इङ्ल्यान्डको गद्दीमा बसेपछि उनले इङ्ल्यान्डको संसदलाई आफ्नो कठपुतली बनाउने सफल प्रयास गरेका थिए भने उनले औपनिवेशक कानूनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेका थिए। प्रधानमन्त्री ग्रेनविलेले यी कानून तथा नियमहरूलाई लागू गर्ने प्रयास गरेका थिए। सप्तवर्षीय युद्धमा बेलायतलाई आर्थिक सङ्कटको सामना गर्न परेको थियो जसकारण ग्रेनविलेले कर वृद्धिको योजना प्रस्तुत गरेका थिए जस अनुसार उनले जहाजरानी कानून कडाईका साथ लागू गर्ने तथा उपनिवेशहरू माथि प्रत्यक्ष कर लगाउने कुरा गरेका थिए।

तत्कालीन कारण[सम्पादन गर्नुहोस्]

लड नर्थको चिया नीति
सन् १७७३ मा इस्ट इन्डिया कम्पनीलाई वित्तीय सङ्कटबाट बचाउनका लागि तत्कालीन बेलायतका प्रधानमन्त्री लर्ड नर्थले इस्ट इन्डिया कम्पनीलाई सिधै अमेरिकामा चिया बेच्न सक्ने कानून बनाएका थिए। यस कदमको लक्ष्य कम्पनीलाई घाटाबाट बचाउनु तथा अमेरिकीलाई चिया उपलब्ध गराउनु थियो। तर अमेरिकी उपनिवेशका मानिसहरू कम्पनीको यस एकाधिकारबाट अप्रसन्न थिए किनकि उपनिवेश बस्तीको सहमति बिना नै यस्तो नियम बनाइएको थियो। उपनिवेशमा यस चिया नीतिको व्यापक विरोध भएको थियो। अन्ततः पुरै देशमा चिया योजनाको विरुद्ध आन्दोलन सुरु भएको थियो। सन् १७७३ डिसेम्बर १६ का दिन सामुअल एडम्सको नेतृत्वमा बोस्टन बन्दरगाहमा इस्ट इन्डिया कम्पनीको जहाजबाट चियाको बाकस समुद्रमा फालिएको थियो। अमेरिकी इतिहासमा यस घटनालाई बोस्टन टि पार्टी भनिन्छ।[२२] यस घटनामा बेलायती संसदको सामु एक कडा चुनौती उत्पन्न भएको थियो। अन्ततः बेलायती सरकारले अमेरिकी उपनिवेशवासीलाई सजाय दिनको लागि कठोर तथा दमनकारी कानून बनाएको थियो जसकारण बोस्टन बन्दरगाहलाई पनि बन्द गरिएको थियो। मेसाचुसेट्सको सरकार पुनर्गठित गरिएको थियो भने र गभर्नरको शक्तिलाई पनि बढाइएको थियो। नगरमा सैनिक परिचालन गरिएको थियो भने हत्या सम्बन्धी मुद्धा अमेरिकी न्यायालयबाट इङ्ल्यान्ड तथा अन्य उपनिवेशमा स्थानान्तरित गरिएको थियो।

युद्धको गति[सम्पादन गर्नुहोस्]

युद्ध सुरु (सन् १७७५-७६)[सम्पादन गर्नुहोस्]

सन् १७७५ अप्रिल १८ का दिन ७०० बेलायती सैनिकहरूलाई म्यासेचुसेट्सको कन्कर्डमा भण्डार गरिएको ठूलो तोप जफत गर्न पठाइएको थियो।[२३] लेक्सिङ्टन र कन्कर्डको लडाइँको समयमा झडप भएपछि उक्त सैनिकहरू बोस्टन फिर्ता भएका थिए। त्यो रात स्थानीय सैनिकहरू एकै ठाउँमा भेला हुँदै बोस्टनलाई कब्जा गरेका थिए।[२४] मे २५ का दिन ४,५०० सैनिकहरू सहित जनरल विलियम होवे, जोन बर्गोने, र हेन्री क्लिन्टन सहितको अतिरिक्त बल आइपुगेको थियो। [२५] बङ्कर पहाडमा लडाइँको समयमा बेलायतले जुन १७ मा दिन थुप्रै सैन्य अधिकारीहरूको क्षतिमा चार्ल्सटाउन प्रायद्विप कब्जा गरेको थियो।,[२६][२७][२८] धेरै वरिष्ठ अधिकारीहरू आक्रमणमा निराश भएका थिए।[२९] गेजले विद्रोह दबाउनको लागि ठूलो सेना आवश्यक रहेको उल्लेख गर्दै लन्डनमा पत्र पठाएका थिए।[३०] जुलाई ३ का दिन जर्ज वासिङ्टनले बोस्टन घेराउ गर्दै महादेशीय सेनाको उच्च पदाधिकारीको पद सम्हालेका थिए।[३१] सहरमा आक्रमण गर्ने योजनालाई अस्वीकार गरिएपछि [३२] र सन् १९७६ मार्च महिनाको सुरुवातमा अमेरिकीहरूले सुदृढ हातहतियार सहित डोरचेस्टर हाइटमा किल्ला बनाएर बसेका थिए। [३३] डोरचेस्टरमा राखिएको ठूला हतियारले बन्दरगाहमा रहेका बेलायती जहाजहरूलाई खतरा थियो। बेलायतले मार्च १७ का दिन क्षति हुनु अगावै खाली गर्ने निर्णय गर्दै फिर्ता हुन अनुमति दिएको थियो भने उनीहरू हेलिफ्याक्स तिर बढेका थिए। वासिङ्टनले त्यसपछि आफ्नो फौज न्युयोर्क सहर तर्फ बढाएका थिए।[३४] सन् १७७५ अगस्ट महिनाको सुरुवातमा अमेरिकी जहाजहरूले नोभा स्कोटियाको गाउँहरूमा छापा मार्न सुरु गरेको थियो। उनीहरूले सन् १७७५ मा सेन्ट जोन, चार्ल्सटाउन, यारमाउथ र सन् १७७६ मा कान्सोमा छापा मारेका थिए।

इङ्ल्यान्डको असफलताको कारण[सम्पादन गर्नुहोस्]

ब्रिटेन जसलाई एक अजेय राष्ट्र मानिन्थ्यो, अमेरिकी उपनिवेशद्वारा उनको पराजय आश्चर्यजनक थियो। यह सत्य है कि अमेरिकनों का अंगे्रजो के समक्ष कोई अस्तित्व नहीं था। तैपनि अमेरिकाको विजय भयो। यसको पछाडि अनेकौं कारणको साथसाथ "प्रकृति, फ्रांस र जॉर्ज वाशिगंटन" को भूमिका महत्वपूर्ण थियो।

  • . विशाल युद्ध स्थल : अमेरिकी तट यति धेरै विस्तृत थियो कि ब्रिटिश नौसेना प्रभावहीन भयो र इंग्लैंडका यूरोपीय शत्रुहरूले उपनिवेशवासीको पक्ष लिए र युद्ध क्षेत्र अझै विस्तृत भयो ।
  • . युद्ध स्थल इंग्लैंड देखि अत्यधिक दूर हुनु।
  • . उपनिवेशहरूको शक्ति बारे इङ्ल्यान्डद्वारा गलत अनुमान।
  • . जर्ज तृतीयको अलोकप्रिय शासन।
  • . जर्ज वाशिगंटनको कुशल नेतृत्व।
  • . विदेशी सहायता।

अमेरिकाको स्वतन्त्रता युद्धको प्रभाव[सम्पादन गर्नुहोस्]

आधुनिक मानवको प्रगतिमा अमेरिकाको क्रांतिलाइ एक महत्वपूर्ण मोड मानिन्छ । यस क्रांतिको फलस्वरूप नयाँ दुनियामा एक नयाँ राष्ट्रको जन्म भयो र मानव जातिको दृष्टिमा एक नयाँ युगको पनि सूत्रपात भयो । प्रो. ग्रीन का कथन छ कि “अमेरिकाको स्वतंत्रता युद्धको महत्व इंग्ल्यान्डको लागि जे भए पनि विश्व इतिहासमा यो एक महत्वपूर्ण घटना है।” इस क्रांतिको प्रभाव अमेरिका, इंग्लैंड सहित अन्य देशोहरू मा पर्यो ।

अमेरिकामा प्रभाव[सम्पादन गर्नुहोस्]

स्वतन्त्र प्रजातान्त्रिक राष्ट्रको स्थापना[सम्पादन गर्नुहोस्]

क्रान्ति पश्चात् विश्व इतिहासमा एक नयाँ देशको रूपमा संयुक्त राज्य अमेरिकाको जन्म भएको थियो। स्वतन्त्रता प्राप्त गरेपछि यी उपनिवेशहरूले आफ्नो देशमा प्रजातान्त्रिक शासनको सङ्गठन गरेका थिए। त्यससमय संसारको सबै देशमा राजतन्त्रात्मक शासन व्यवस्था स्थापित हुँदा अमेरिकामा प्रजातन्त्रको स्थापना भएको थियो। नयाँ संयुक्त राज्य अमेरिकाले विश्व समक्ष चार नयाँ राजनीतिक आदर्श गणतन्त्र, जनतन्त्र, सङ्घवाद र संविधानवादलाई प्रस्तुत गरेको थियो। यद्यपि यो सिद्धान्त विश्वमा पहिले पनि प्रचलित थियो तर अमेरिकाले यस व्यवहारमा स्थापित गरेर एक सशक्त उदाहरण पेश गरेको थियो। गणतन्त्रको स्थापना अमेरिकी क्रान्तिको सबैभन्दा ठूलो देन थियो। अमेरिकामा प्रतिनिधि सरकारको स्थापना भएपछि लिखित संविधानको निर्माण गरिएको थियो। सङ्घात्मक शासन व्यवस्थाको स्थापना भएको थियो। यस प्रकार सरकारको एक प्रतिनिध्यात्मक र सङ्घात्मक शासन प्रणाली दुनियाको समक्ष प्रस्तुत भएको थियो। आधुनिक इतिहासमा संयुक्त राज्य अमेरिकाले सर्वप्रथम धर्मनिरपेक्ष राष्ट्रको स्थापना गरेको थियो। आधुनिक इतिहासमा संयुक्त राज्य अमेरिकाले सर्वप्रथम धर्मनिरपेक्ष राष्ट्रको स्थापना गरेको थियो।

सामाजिक प्रभाव[सम्पादन गर्नुहोस्]

आर्थिक प्रभाव[सम्पादन गर्नुहोस्]

इङ्ल्यान्डमा प्रभाव[सम्पादन गर्नुहोस्]

जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्य[सम्पादन गर्नुहोस्]

इङ्ल्यान्डमा जर्ज तृतीय तथा प्रधानमन्त्री लर्ड नर्थ दुबै जनाको निन्दा हुन थालेेेेको थियो। राजा जर्ज तृतीय संसदलाई आफ्नो कठपुतली मान्दथे त्यसकारण संसदको शक्ति वृद्धि गर्नको लागि माग उठेेेेको थियो। क्रान्तिले राजाको दैवी अधिकारमा आधारित राजतन्त्र माथी भीषण प्रहार गरेको थियो भने हाउस अफ कमन्समा राजाको अधिकारहरूलाई सिमित गर्नको लागि प्रस्ताव पारित गरेको थियो। यसबाट जर्ज तृतीयको व्यक्तिगत शासनको अन्त्य भएको थियो। त्यसपछि नयाँ प्रधानमन्त्री पिट जुनियरले क्याबिनेटको शक्तिलाई पुनः स्थापित गरेका थिए यसप्रकार इङ्ल्यान्डमा वैधानिक विकासको मार्ग प्रशस्त भएको थियो।

इङ्ल्यान्डद्वारा नयाँ उपनिवेशको स्थापना[सम्पादन गर्नुहोस्]

१३ अमेरिकी उपनिवेशहरू स्वतन्त्र भएपछि इङ्ल्यान्डको औपनिवेशिक साम्राज्यमाथी धक्का लागेेेेको थियो। आफ्नो गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न तथा व्यापारिक हितलाई सुरक्षित गर्ने उद्देश्यले नयाँ क्षेत्रमा उपनिवेशीकरणको प्रयास गरेको थियो भने यस सन्दर्भमा अस्ट्रेलियान्युजिल्यान्डमा बेलायती उपनिवेशको स्थापना भएको थियो।

इङ्ल्यान्डको औपनिवेशिक नीतिमा परिवर्तन[सम्पादन गर्नुहोस्]

अमेरिकी उपनिवेश आफ्नो हातबाट उम्केपछि बेलायत सरकारले "यदि बाँकी रहेका उपनिवेशलाई आफ्नो नियन्त्रणमा राख्ने हो भने औपनिवेशिक शोषणको नीति त्याग्नुपर्ने र उपनिवेशका जनताको अधिकार र मागलाई सम्मान गर्नुपर्छ" भनेर महसुस गरेको थियो। यस परिवर्तित नीतिको आधारमा नै १९औँ र २०औँ शताब्दीमा बेलायती सरकारले राष्ट्रमण्डलको स्थापना गरेको थियो।

इङ्ल्यान्ड द्वारा वाणिज्यवादी सिद्धान्तको परित्याग[सम्पादन गर्नुहोस्]

उपनिवेश गुमेपछि धेरै मानिसहरूले "इङ्ल्यान्डको व्यापारमा निकै ठूलो धक्का लाग्छ" भन्ने सोचेका थिए तर केही वर्षपछि इङ्ल्यान्ड र संयुक्त राज्य अमेरिका बीच पहिलेको भन्दा पनि अधिक व्यापार हुन थालेको थियो। त्यसबाट अधिकांश देशको “वाणिज्य सिद्धान्त” बाट विश्वास हट्न थालेको थियो। स्वयम् इङ्ल्यान्डले पनि यस नीति परित्याग गर्दै खुला बजारको नीति अपनाउन सुरु गरेको थियो।

फ्रान्समा प्रभाव[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Oneida, Tuscarora, Catawba, Lenape, Chickasaw, Choctaw, Mahican, Mi'kmaq (until 1779), Abenaki, Cheraw, Seminole, Pee Dee, Lumbee, Watauga Association
  2. (1780–83)
  3. (1780–84)
  4. Onondaga, Mohawk, Cayuga, Seneca, Mi'kmaq (1779 से), Cherokee, Odawa, Muscogee, Susquehannock, Shawnee
  5. A cease-fire in America was proclaimed by Congress वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१७ मिति on April 11, 1783 pursuant to a cease-fire agreement between Great Britain and France on January 20, 1783. The final peace treaty was not signed until September 3, 1783, ratified on January 14, 1784 in the U.S., and final ratification exchanged in Europe on May 12, 1784. Hostilities in India continued until July 1783.
  6. ६.० ६.१ ६.२ ६.३ Duncan, Louis C. MEDICAL MEN IN THE AMERICAN REVOLUTION वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२१ मिति (1931).
  7. ७.० ७.१ Jack P. Greene and J. R. Pole. A Companion to the American Revolution (Wiley-Blackwell, 2003), p. 328.
  8. ८.० ८.१ Jonathan Dull, A Diplomatic History of the American Revolution (Yale University Press, 1985), p. 110.
  9. "Red Coats Facts – British Soldiers in the American Revolution", totallyhistory.com, मूलबाट २ दिसंबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नवंबर २०१६ 
  10. Mackesy (1964), pp. 6, 176 (British seamen).
  11. Jasanoff, Maya, Liberty's Exiles: American Loyalists in the Revolutionary World (2011).
  12. A. J. Berry, A Time of Terror (2006) p. 252
  13. Greene and Pole (1999), p. 393; Boatner (1974), p. 545.
  14. Howard H. Peckham, ed., The Toll of Independence: Engagements and Battle Casualties of the American Revolution (Chicago: University of Chicago Press, 1974).
  15. American dead and wounded: Shy, pp. 249–50. The lower figure for number of wounded comes from Chambers, p. 849.
  16. "Spanish casualties in The American Revolutionary war.", Necrometrics, मूलबाट ८ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नवंबर २०१६ 
  17. "Eighteenth Century Death Tolls", necrometrics.com, मूलबाट ८ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ७, २०१६ 
  18. Parliamentary Register वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१८ मिति (1781), p. 269.
  19. "1776: American Revolution or British Civil War?", www.ice.cam.ac.uk (अङ्ग्रेजीमा), २०१६-११-३०, अन्तिम पहुँच २०२१-०९-०५ 
  20. "The American Revolution at Sea", The American Revolution Institute (en-USमा), अन्तिम पहुँच २०२१-०९-०५ 
  21. Bogage, Jacob (२०१७-०५-०१), "The U.S. has invaded Britain just once. It didn't go well.", The Washington Post, अन्तिम पहुँच २०२१-०९-०५ 
  22. Greene & Pole, 2008, p. 155–156
  23. Fischer, p. 85
  24. Ketchum, 2014, pp. 18, 54
  25. Ketchum, 2014, pp. 2–9
  26. Ketchum, 2014, p. 110–111
  27. Adams, 1963  [1895-1896] , pp. 401–413
  28. Higginbotham (1983), pp. 75–77.
  29. Ketchum, 2014, pp. 183, 198–209
  30. Rankin, 1987, p. 63
  31. Lecky, 1882, pp. 449–450
  32. McCullough, p. 53
  33. Frothingham, pp. 100–01
  34. Alden, 1989, pp. 188–190
  35. डन, सुसन (१९९९), सिस्टर रिभोलुसन्स, न्युयोर्क: Faber and Faber, पृ: ९।