शक्ति पृथकीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शक्ति पृथकीकरणको सिद्धान्त राज्यको सुशासनको एक प्रारुप हो। शक्ति पृथकीकरणको लागि राज्यको शक्तिलाई विभिन्न अङ्गहरूमा विभाजित गरिन्छ। यस अन्तर्गत प्रत्येक शाखालाई बेग्ला बेग्लै र स्वतन्त्र शक्ति प्रदान गरिन्छ। प्रायः यो विभाजन व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको रुपमा गरिन्छ।

शक्ति पृथकीकरणको सिद्धान्त फ्रेन्च दार्शनिक मन्टेस्क्युले दिएका थिए। उनका अनुसार राज्यको शक्ति तीन भागमा विभाजन हुनु पर्छ, बिधानपालिका, कार्यपालिका तथा न्यायपालिका। यो सिद्धान्त राज्यलाई अधिनायकवादी हुनबाट बचाउँछ तथा व्यक्तिको स्वतन्त्रताको रक्षा गर्न सक्छ। अमेरिकाको संविधान यो सिद्धान्त अपनाउने पहिलो कानुनी दस्तावेज/ संविधान थियो।