व्यवस्थापिका

व्यवस्थापिका (Legislature) भनेको देश, राष्ट्र वा सहर जस्ता राजनीतिक निकायका लागि कानून बनाउने अधिकार भएको सभा हो। व्यवस्थापिका प्रायः सरकारको कार्यपालिका र न्यायपालिका जस्ता अंग भन्दा फरक र भिन्न हुन्छ।
व्यवस्थापिकाले बनाएका कानुनहरूलाई सामान्यतया प्राथमिक कानून भनिन्छ। थप रूपमा, व्यवस्थापिकाले बजेटमा संशोधन गर्ने अधिकारसहित, शासनको कार्य अवलोकन र नियन्त्रण गर्ने अधिकार राख्छ।
व्यवस्थापिकाका सदस्यहरूलाई विधायक वा सांसद वा सभासद भनिन्छ। प्रजातन्त्रमा, विधायकहरू प्रायः लोकप्रिय रूपमा निर्वाचित हुन्छन्, यद्यपि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति पनि प्रयोग गरिन्छ। विशेष गरी माथिल्लो सदन रहेको द्विसदनीय व्यवस्थापिकाको लागि अप्रत्यक्ष निर्वाचन र कार्यपालिकाद्वारा नियुक्ति बाट सांसदहरू छानिन्छन्।
कार्य[सम्पादन गर्नुहोस्]
प्रजातान्त्रिक व्यवस्थापिकाका छ वटा प्रमुख कार्यहरू हुन्छन्: प्रतिनिधित्व, विचार विमर्श, कानून निर्माण, खर्चलाई अधिकार दिने, सरकार बनाउने, र निरीक्षण गर्ने।[१]
प्रतिनिधित्व[सम्पादन गर्नुहोस्]
विचार विमर्श[सम्पादन गर्नुहोस्]
कानून निर्माण[सम्पादन गर्नुहोस्]
खर्चलाई अधिकार दिने,[सम्पादन गर्नुहोस्]
खर्चलाई अधिकार दिने शक्तिको उत्पत्ति विधायिकाहरूसँग सामान्यतया सरकारी बजेटहरू पारित वा अस्वीकार गर्नेमा हुन्छ।[२] यो शक्ति वास्तवमा प्रभावकारी हुनको लागि, विधायिकाले बजेट परिमार्जन गर्न सक्षम हुनुपर्दछ, प्रभावकारी समिति प्रणाली, विचारको लागि पर्याप्त समय, साथै प्रासंगिक पृष्ठभूमि जानकारीमा पहुँच हुनुपर्दछ।[२]
सरकार निर्माण[सम्पादन गर्नुहोस्]
सरकारको निरीक्षण[सम्पादन गर्नुहोस्]
आकार[सम्पादन गर्नुहोस्]

देश अनुसार व्यवस्थापिकाहरू तिनीहरूको आकारमा व्यापक रूपमा भिन्न हुन्छन्। राष्ट्रिय विधायिकाहरू मध्ये, चीनको राष्ट्रिय जन कांग्रेस २,९८० सदस्यहरू सहित सबैभन्दा ठूलो छ,[३] जबकि भ्याटिकन सिटीको पोन्टिफिकल कमिसन ७ सहित सबैभन्दा सानो व्यवस्थापिका हो ।[४] यी दुवै व्यवस्थापिकामा लोकतान्त्रिक रूपमा निर्वाचित हुँदैन: पोन्टिफिकल कमिसनका सदस्यहरू पोपद्वारा नियुक्त हुन्छन् र राष्ट्रिय जन कांग्रेस एक दलीय राज्यको सन्दर्भ मा अप्रत्यक्ष रूपमा निर्वाचित हुन्छन्। ।[३][५]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Hague, Rod (१४ अक्टोबर २०१७), Political science : a comparative introduction, पृ: 128–130, आइएसबिएन 978-1-137-60123-0, ओसिएलसी 961119208।
- ↑ २.० २.१ Hague, Rod (१४ अक्टोबर २०१७), Political science : a comparative introduction, पृ: 131–132, आइएसबिएन 978-1-137-60123-0, ओसिएलसी 961119208।
- ↑ ३.० ३.१ "IPU PARLINE database: "General information" module", IPU Parline Database, International Parliamentary Union, मूलबाट ६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९।
- ↑ "Vatican City State", Vatican City State, मूलबाट २५ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९।
- ↑ Pope John Paul II (२६ नोभेम्बर २०००), "Fundamental Law of Vatican City State", Vatican City State, मूलबाट २६ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० अप्रिल २०१९।