तानाशाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रजातन्त्र सूचकांक, नीलोले सबैभन्दा अधि प्रजातान्तिक देशलाई जनाउछ, पहेंलो र रातोले मध्यम र अधिकायानावादी जनाउछ। गाढा रातोले अधिक अधिनायकवादी जनाउछ ।

तानाशाही वा अधिनायकवाद (डिक्टेटरसिप) कुनै एक व्यक्तिले (प्रायः सेनाधिकारी) विद्यमान नियम तथा विश्वव्यापी मान्यताहरूलाई वेवास्ता गरी हतियार तथा शक्तिको भरमा गरिएको शासन-प्रणाली हो।

इतिहास[सम्पादन गर्ने]

अधिनायकतन्त्रको गुण[सम्पादन गर्ने]

अधिनायकतन्त्र व्यवस्थाको व्यवहारमा यति लाभ छ कि कि अनेक प्रजातान्न्त्रिक राज्यमा जनता लोकतन्त्र मा केही मानिस मनोमानी गर्न स्वतन्त्रताबाट ऊबकर अधिनायकतन्त्र व्यवस्थालाई कामना गर्छन्। यदि अधिनायकतन्त्रलाई उत्कर्षलाई कारणको खोज गरियो भने विदित हुन्छ कि जुन-जुन देशमा निराशा, अव्यवस्था, असन्तोष तथा अभाव हुन्छ त्यहाँ अधिनायकवादको उदय हुन्छ। जुन देशमा प्रजातन्त्र व्यवस्था जनतामा निराशा तथा अभाव उत्पन्न गर्ने बन्छ, यहाँ अधिनायकवादलाई स्थापना हुन्छ। आज पनि अनेकौ राज्यमा जनता अधिनायकवादलाई राम्रो मानेर निरंकुश शासकलाई पूर्ण समर्थन गरेको देखिन्छ। यसबाट यो स्पष्ट हुन्छ कि अधिनायकवादमा केहि यस्तो गुण छ जुन अन्य व्यवस्थाहरूको सैद्धान्तिक श्रेष्ठताको बावजूद यस व्यवस्थालाई अपनाउन को लागि प्रेरणाको जिम्मेवार छ । संक्षेपमा यस शासनको निम्नलिखित लाभ छन्:-

  1. अधिनायकवाद मा शासन कुशलता हुन्छ। सारा शासन शक्ति एक व्यक्तिको हातमा निहित हुने भएकाले, निर्णयहरू शीघ्र लिइन्छ र निर्णयको कार्यान्वयन पनि सुव्यवस्था हुन्छ। अधिनायकवादी व्यवस्थामा शासबात सबै जना भयभीत हुन्कछन् । यस कारण काममा ढिलाई, सुस्तता निकै कम हुन्छ । निरंकुश शासक प्रति सम्पूर्ण प्रशासन केवल उत्तरदायी मात्र हुदैनन्, हर समय सतर्क, सचेत र सक्रिय पनि रहन्छन् । यसबाट शासनमा दक्षता आउछ ।
  2. यस व्यवस्थाको अर्को गुण भएको देशको तीव्र विकास हुनु हो । देशमा एक मात्र नेता, एक मात्र योजना तथा एक मात्र विकास लक्ष्य रहनाले देशको सम्पूर्ण शक्ति यसै लक्ष्यलाई मार्ग प्रशस्त गर्नमा लाग्छन । आर्थिक साधनको समुचित विकास र उपयोग सम्भव हुन्छ । देशको विकासको लागि एकता, शान्ति र व्यवस्था को आवश्यकता हुन्छ । अधिनायकवादमा यसको ठोस व्यवस्था रहनाले देशको सारा साधन विकासमा लागाउन सकिन्छ ।
  3. देशमा एकताको स्थापनामा अधिनायकवादको निकै ठूलो भूमिका रहन्छ । विभिन दल तथा विरोधीको दमन गरेर देशमा एक दल वा एक नेता हुनाले सबै जना उ प्रति वफादार हुन्छन् । दल वा नेता एकताको प्रतीक बन्छन र उसैमा सबैको अपनत्वको आभाष हुन्छ । हिटलरमुसोलिनी यसै गरी जर्मनीइटालीलाई एक गर्ने काममा सफल भएका थिए ।
    हिटलर: अक्टोबर १९३८
  4. राष्ट्रियताको भावना जागृत गराउन अधिनायकवाद सहयोगी हुन्छ। देशको नागरिकलाई पारस्परिकता मा बाध्नको लागि एक विचारधारा, एक दल र एक नेता हुन् पर्याप्त हुन्छ। सबै नागरिक बन्धुत्वको भावनाले अनुप्राणित हुन्छ। एक राष्ट्रको नारा, एक झण्डाको मुनी सबैलाई गोलबन्द हुन्छ। राष्ट्रवादको यति प्राबल्य हुन्छ कि नागरिक आफ्नो देश, नेताको लागि बालिदान गर्न को लागि तयार हुन्छन्। जोसिप ब्रोज टिटो जीवित रहँदा सम्म एक भएको युगोस्लाभिया, टिटोको निधन भएको एक दशक पछि नै छिन्नभिन्न भयो।
  5. सङ्कटकालमा तानाशाही व्यवस्था सर्वोत्तम रहन्छ । यस्तो अवस्थामा सङ्कटको सामना गर्नको लागि सबै निर्णय र आदर्श एक व्यक्तिद्वारा निर्देशित हुने भएकाले, आदेशमा एकरुपमा हुन्छ । यस समयममा उचित कार्य गर्न सरल हुन्छ । युद्धकालीन सङ्कट मा यही व्यवस्थाले विजय दिलाउछ ।
  6. अधुनायाकवादमा देशको बहुमुखी विकास हुन्छ । आर्थिक क्षेत्र मा तीव्र विकास हुन्छ । एकता, अनुशासन र कर्तव्य परायणताको कारण यो व्यवस्था विकासको लागि श्रेष्ठ व्यवस्था हुन्छ । रूस, जर्मनी, चीन , इटाली, टर्की र स्पेन को अहिलेसम्मको इतिहास यस कुराको साक्षी छ । जेक्सनाले आफ्नो पुस्तक "युरोप सिंस द वार" मा लेखेका छन् -" स्पेन वासीको इतिहास मा यो पहिलो अवसर हो जब रेल समयमा चलेको छ । अधिनायकको अधिन व्यापार र उद्योग समृद्ध भए । कृषि जल्यो फुल्यो । श्रम सङ्कट दूर भयो ।"
  7. केहि विद्धान अधिनायकवादलाई मानव स्वभावलाई अनुकुल पनि मान्छन् । यसको पक्षमा उनीहरूको विश्वास छ कि "मुनुश्य स्वभावतः आफ्नो हितको रक्षाको बारेमा सोच्छ। अधिनायकवाद मा यस्तो सम्भव हुनाले यो व्यवस्था मानव स्वभावको अनुकुल व्यवस्था मानिन्छ।
  8. विकासशील राज्यमा राजनैतिक र आर्थिक विकासको संक्रमणकालीन परिस्थीतिमा पनि अधिनायकवाद उपयोगी मानिन्छ । विकासशील राज्यमा जना इच्छा को अनुशासित अभिव्यक्तिको समस्या अत्यन्त प्रबल रहन्छ । विकासको विभिन्न चरणलाई पार गर्नको प्रयास मा नाविदित राष्ट्र जान आकांक्षा लाई जागृत गरिदिन्छ , तर जान आकांक्षा जति तीव्र हुन्छ , त्यसको पूर्ति को गति तीव्र हुदैन वा सक्दैन । यसकारण राज्य व्यवस्था मा तनाव बढ्छ र त्यो राष्ट्र टुट्ने जोखिम रहन्छ । यस्तो स्थितिमा राजनैतिक अनुशासन कायम गर्नको लागि अधिनायकवाद अधिक उपयोगी सिद्ध हुन्छ । हणि्ंटगटन ने ठीक ही कहा है कि ‘नवोदित राष्टोंं में प्रथम कार्य राजनीतिक सहभाग, शिक्षा आदि की वृद्धि के स्थान पर मूलभूत, संस्थात्मक ढांचे का निर्माण होना चाहिए तथा इसके लिए एकदलीय शासन या सैनिक अधिनायकतंत्र भी उपयुक्त हो सकता है।’

अवगुण[सम्पादन गर्ने]