सुधारवाद
सुधारवाद भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त बुझिन्छ।
समिक्षा
[सम्पादन गर्नुहोस्]सुधारवाद दुई प्रकारका हुन्छन्। एक प्रकारमा समाजवाद वा समाजमा आधारभूत आर्थिक परिवर्तन ल्याउने कुनै मनसाय हुँदैन। यसलाई त्यस्ता संरचनात्मक परिवर्तनहरूको विरोध गर्न प्रयोग गरिन्छ। अर्को बिचार "सुधारहरू आफैमा समाजवादी नभए पनि, यसले मजदुर वर्गमा समाजवादको उद्देश्यलाई लोकप्रिय बनाएर क्रान्तिको उद्देश्यमा समर्थकहरूलाई जुटाउन मद्दत गर्न सक्छन्।" भन्ने धारणामा आधारित हुन्छ।[१]
समाजको समाजवादी रूपान्तरणमा नेतृत्व गर्न सामाजिक लोकतान्त्रिक सुधारवादको क्षमताको बहस एक शताब्दीभन्दा पुरानो हो। सुधारवादलाई विरोधाभासी भएकोमा आलोचना गरिन्छ किनकि यसले पूँजीवादको अवस्था सुधार गर्ने प्रयास गर्दै विद्यमान पूँजीवादको आर्थिक प्रणालीलाई नियन्त्रण गर्न खोज्छ, जसले गर्दा यसलाई समाजले अझ सहनशील देखाउँछ। रोजा लक्जमबर्गका अनुसार, "तर यसको विपरीत सामाजिक सुधारको विकासले पूँजीवादलाई हटाउदैन बरु यसलाई बलियो बनाउँछ"।[२] त्यस्तै गरी, ग्रेट ब्रिटेनको समाजवादी पार्टीका स्टेन पार्कर तर्क गर्छन् कि सुधारहरू सिमित हुन्छ र सुधारहरू समाजवादीको ऊर्जाको विचलन मात्र हो। किनभने सुधारहरूले पूँजीवादी तर्कको पालना गर्नुपर्छ। [१]
फ्रान्सेली सामाजिक सिद्धान्तकार आन्द्रे गोर्जेले सुधारवाद र सामाजिक क्रान्तिको लगि तेस्रो विकल्पको वकालत गर्दै सुधारवादको आलोचना गरे, जसलाई उनले "गैर-सुधारवादी सुधार" नाम दिए। यो विकल्प विशेष रूपमा पूंजीवाद भित्र संरचनात्मक परिवर्तनमा केन्द्रित थियो। यो पूंजीवाद भित्र जीवन स्थितिमा सुधार गर्ने वा आर्थिक हस्तक्षेप मार्फत यसलाई सुधात गर्ने विचारको विपरित थियो।[३]
समाजवाद
[सम्पादन गर्नुहोस्]१९ औं शताब्दीका सुरुवाती आधुनिक समाजवादीहरूले काल्पनिक समाजवादलाई अनुशरण गरेका थिए। [४] क्रान्तिको वकालत गर्नुको सट्टा, हेनरी डे सेन्ट-साइमन, चार्ल्स फुरियर र रोबर्ट ओवेन जस्ता विचारकहरू इङ्गल्याण्ड र फ्रान्सका सरकारहरू र शासक वर्गहरूलाई मनाएर आफ्ना योजनाहरू अपनाउन मनाउन सकिन्छ भन्ने विश्वास गर्थे। [४]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Parker, Stan (मार्च २००२), "Reformism – or socialism?", Socialist Standard, अन्तिम पहुँच २६ डिसेम्बर २०१९।
- ↑ Hallas, Duncan (जनवरी १९७३), "Do We Support Reformist Demands?", Controversy: Do We Support Reformist Demands?, International Socialism, अन्तिम पहुँच २६ डिसेम्बर २०१९।
- ↑ Clifton, Lois (नोभेम्बर २०११), "Do we need reform of revolution?", Socialist Review, अन्तिम पहुँच २६ डिसेम्बर २०१९।
- ↑ ४.० ४.१ Sydney Frank Markham (१९३०), A History of Socialism, A. & C. Black, Limited, पृ: 20–21।