पूँजीवाद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पूँजीवाद (अङ्ग्रेजी: क्यापिटालिजम) सामन्यत यस्तो आर्थिक प्रणाली या तन्त्र हो जसमा उत्पादनको साधनमाथि निजी स्वामित्व हुन्छ। यसलाई कहिले काहिँ "व्यक्तिगत स्वामित्व"को पर्यायवाचीको रूपमा समेत हेर्ने गरिन्छ। यद्यपि यहाँ "व्यक्तिगत"को अर्थ कुनै व्यक्ति अथवा व्यक्तिहरूको समूह भन्ने पनि बुझिन्छ।

सरकारी प्रणाली अतिरिक्त आफ्नो व्यक्तिगत स्वामित्व हासिल गर्ने कुनै पनि आर्थिक तन्त्रलाई पूँजीवादी तंत्र भनिन्छ। दोश्रो रूपमा यो भनिन्छ कि पूँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी, वितरण, आय उत्पादन मूल्य, बजार मूल्य इत्यादिको निर्धारण स्वतन्त्र बाजारमा प्रतिस्पर्धा द्वारा निर्धारित हुन्छ।

इतिहास[सम्पादन गर्ने]

पूँजीवादको इतिहास मनुष्यको इतिहास जति नै पुरानो छ; प्राचीन मिश्र, कार्थेज, रोम, बेबिलोनिया र यूनानमा व्यक्तिगत सम्पत्ति र एकाधिकारमा आधारित समाजको इतिहास मिल्छ। दासप्रथा जस्तो निजी स्वामित्व चरम स्थिति समेत रहेको थियो।