एडम स्मिथ

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
AdamSmith.jpg
एडम स्मिथ
जन्म: १६ जुन १७२३
किरकेल्डी, स्कटल्यान्ड
मृत्यु: १७ जुलाई १८९०
एडनबर्ग, स्कटल्यान्ड
क्षेत्र: पाश्चात्य दर्शन (१८औं शताव्दी)
विशेष रुचि: राजनैतिक दर्शन, नैतिकता, अर्थशास्त्र
महत्वपूर्ण कार्य: शास्त्रीय अर्थशास्त्र,
आधुनिक मुक्त बजार,
श्रम विभाजन,
हस्ताक्षर: AdamSmithsignature.png

एडम स्मिथ एक स्कटिश नीतिवेत्ता, दार्शनिक तथा राजनैतिक अर्थशास्त्री थिए। उनलाई अर्थशास्त्रको पितामह पनि भनिन्छ। आजको लोकप्रिय विषय अर्थशास्त्र ज्ञानको रुपमा ज्यादै प्राचीन भए तापनि एक विषयको रुपमा यसको सुरुआत एडम स्मिथ पछि नै स्वीकार गरिएको छ । जसले आर्थिक क्रियाकलापमा मानवीय स्वार्थलाई ज्यादै स्पष्ट रुपमा व्याख्या गरे । यिनै महान विचारक र अर्थशास्त्री को जन्म ५ जून सन् १७२३ मा स्कटल्याण्डको किर्काडी भन्ने ठाउंमा भएको थियो । त्यस स्थानमा उनका पिता सीमा कर अधिकारीको पदमा कार्यरत थिए । स्मिथ जन्मनु तीन महिना अघि उनका पिताको स्वर्गवास भइसकेको थियो । यसरी उनी गर्भे टुहुरा हुन पुगेका थिए ।[१]
स्मिथको पालन पोषण र शिक्षा दीक्षा विधवा आमाको वात्सल्यपूर्ण वातावरणमा भएको थियो । स्मिथकी आमा एक विदुषी महिला थिइन् । जसको जीवनको गहिरो प्रभाव उनको जीवनमा परेको थियो ।
स्मिथको प्रारम्भिक शिक्षा स्थानीय स्कूलमा भएको हो । पन्ध्रवर्ष भन्दा पनि कम उमेरमा अर्थात् स्कूल अध्ययनको अवधिमा उनले उच्चकोटिका साहित्यिक ग्रन्थ र गणित को ज्ञान हासिल गरिसकेका थिए । साहित्य र गणितको राम्रो ज्ञान भएकाले उनले ग्लासगो कलेजमा सजिलै भर्ना हुन पाएका थिए । सन् १७४० सम्म उनले त्यही कलेजमा अध्ययन गरे । सन् १७०० सम्म उनले त्यही कलेजमा अध्ययन गरे ।
ग्लासगो कलेजको चार वर्षको अवधि स्मिथका जीवनको अविस्मरणीय घटना हुन पुग्यो । किनभने उनले त्यहां असल विद्यार्थी र विद्वान शिक्षकको संगतमा धेरै कुराहरु सिक्ने मौका पाए । त्यहां फ्रांसिस हचेसनको प्रभाव उनमा विशेष परेको थियो । त्यहां उनले अन्य चारजना विद्यार्थी सहित अक्सफोर्ड विश्वविद्यालयमा उच्च शिक्षाकालागि छात्रवृत्ति पाए । यो छात्रवृत्ति ४० पौण्डको थियो । जुन विशेष योग्य विद्यार्थीलाई प्रदान गरिन्थ्यो ।[२]
अक्सफोर्ड विश्वविद्यालयको वेलियल कलेजमा उनले सन् १७४० देखि सन् १७४६ सम्म अध्ययन गरे । अध्ययनका लागि ग्लासगोबाट अक्सफोर्ड जांदा उनले ४०० माइलको दूरी घोडामा चढेर पूरा गरेका थिए । स्कटल्याण्डको सीमा पार गरी इंग्ल्याण्डको सीमा भित्र प्रवेश गर्दा उनी इंग्ल्याण्डका कृषिको उन्नत र समृद्ध आर्थिक अवस्थाको गहन अध्ययन गरे । यसैको प्रभाव उनको पुस्तक वेल्थ अफ नेशन्समा देख्न पाइन्छ ।
अक्सफोर्डमा अध्ययनरत रहंदा स्मिथले ग्लासगोमा जस्तै असल विद्यार्थी शिक्षकहरुको संगत प्राप्त गर्न सकेनन् । यसको फलस्वरुप उनी एकान्तप्रेमी भइ अझ गहन अध्ययनमा लागे । अक्सफोर्डको अनुभव स्मिथकालागि रमाइलो नरहेको कुरा उनी स्वयंले स्वीकारेका छन् । सन् १७४६ मा बी.ए.को उपाधि प्राप्त गरेपछि स्मिथ फेरि आफ्नो जन्म स्थान किर्काडीमा फर्के । सन् १७५०को अवधिसम्म उनले आफ्नी आमाको सान्निध्यमा रहेर स्वाध्याय गरे । यसबेला उनले तर्कशास्त्र, साहित्य र आर्थिक विषयमा लेखहरु लेखे । यी लेखहरु त्यसबेला निकै चर्चित रहे । जसले गर्दा स्मिथको प्रसिद्धि बढ्यो ।
लगभग १०० वर्ष पछि जे एस मिलले एडम स्मिथको वेल्थ अफ नेशन्सको पुनः सम्पादन र प्रकाशन गरेर यसको प्रसिद्धिलाई निरन्तरता दिए ।

धन र यश[सम्पादन गर्ने]

सन् १७५१ मा उनी ग्लासगो विश्वविद्यालयमा तर्कशास्त्रका प्रोफेसर नियुक्त भए । यस पछिको १३ वर्षको अवधि उनले त्यही विषय अध्यापन गरे । सन् १७५२ मा उनी नैतिक दर्शन Moral Philosophy का विभागाध्यक्ष नियुक्त भए । यसका अतिरिक्त उनले त्यहां समय समयमा विधिशास्त्र र राजनीतिशास्त्रका विषयहरुमा व्याख्यान पनि दिए । ग्लासगो विश्वविद्यालयमा अध्यापन गर्दा स्मिथ स्मिथका व्याख्यान निकै लोकप्रिय भए । सन् १७६२ मा ग्लासगो विश्वविद्यालयले उनलाई एल एल डी LLD को उपाधि प्रदान गर्यो ।[३] सन् १७७८ मा स्मिथ स्कटल्याण्डमा सीमा कर अधिकारीको उच्च पदमा नियुक्त भए । यस पदबाट प्राप्त आम्दानी तथा डयूकबाट प्राप्त वार्षिक वृत्ति गरी एडम स्मिथले प्रशस्त आम्दानी आर्जन गरेका थिए । यसको फलस्वरुप उनको सुखी, सम्पन्न र सन्तोषपूर्ण थियो । आफनो जीवनकालमा धन, यश र सम्मान प्राप्त गर्ने व्यक्ति विरलै हुन्छन् । तर स्मिथले आफ्नो जीवनमा तीनवटै कुरा प्राप्त गरेका थिए ।[४]

एडम स्मिथ एक विचारकको रुपमा[सम्पादन गर्ने]

Inquiry into the nature and causes of the wealth of nations, 1922

एडम स्मिथ मुख्यतः आफ्नो दुई रचनाहरूको लागि चिनिन्छन्-

  • थ्योरी अफ मोरल सेन्टिमेन्ट्स (The Theory of Moral Sentiments (१७५९) ) तथा
  • एन इन्क्वाइरी इन्टू द नेचर एण्ड कजेज अफ द वेल्थ अफ नेशन्स (An Inquiry into the Nature and Causes of the Wealth of Nations (१७७६) )।

धनको गर्ने शास्त्र मानेका छन ।

मोरेल सेन्टीमेन्ट्स[सम्पादन गर्ने]

सन् १७५९ मा एडम स्मिथको नीतिशास्त्र सम्बन्धी एउटा पुस्तक प्रकाशित भइसकेको थियो । जसको नाम हो–नैतिक संवेदनाको सिद्धान्त, Theory of Moral Sentiments । यस पुस्तकबाट प्रभावित भएर डयूक चाल्र्स टाउनसेडले तीन सय पौण्डको वार्षिक वृत्ति दिएर स्मिथलाई आफ्नो निजी शिक्षक नियुक्त गरे । त्यसबेला यो तलबमान निकै उच्च मानिन्थ्यो । यस पुस्तकले युरोपममा स्मिथका ज्ञानको यश र सम्मानमा वृद्धि भयो । यस संस्करणका जर्मनी र फ्रेन्च भाषामा अनुवाद भए । यस पुस्तकको प्रकाशन पछि स्मिथले अर्को पुस्तकको लेखन सुरु गरे । जुन १२ वर्ष पछि एक विश्व विख्यात पुस्तक बन्यो । यस पुस्तकको नाम होः वेल्थ अफ नेशन्स ।

वेल्थ अफ नेशन्स[सम्पादन गर्ने]

ड्यूकका निजी शिक्षक भएकोले स्मिथलाई ड्यूकसंग यूरोप र विशेष गरी फ्रान्सको भ्रमण गर्ने र त्यहांका प्रकृतिवादी अर्थशास्त्री तरगो, क्वेने आदि संग भेट गर्ने अवसर प्राप्त भयो । प्रकृतिवादी अर्थशास्त्रीहरु व्यक्तिगत स्वतन्त्रताका पक्षपाती थिए । उनीहरुले व्यक्तिगत जीवनमा सरकारी हस्तक्षेप हुनुहुंदैन भन्ने कुरामा जोड दिन्थे । प्रकृतिवादी अर्थशास्त्रीहरुका यस विचारको छाप उनको पुस्तकमा स्पष्ट अनुभव गर्न सकिन्छ । त्यस बेलाका प्रसिद्ध दार्शनिक डेविड ह्यूम संग उनको विशेष मित्रता थियो । ह्यूम स्मिथभन्दा १० वर्षले जेठा थिए ।
सन् १७६६ मा विदेश भ्रमणबाट आए पछि
स्मिथ आफ्नो जन्म स्थान किर्काडी फर्के । त्यहां आफ्नी आमाको स्नेहपूर्ण वातावरणमा रहेर उनले वेल्थ अफ नेशन्सको लेखन कार्य पूरा गरे । जुन सनर १७७६ मा प्रकाशित भयो । यसै वर्ष अमेरिका ब्रिटिश राजतन्त्रको उपनिवेशबाट स्वतन्त्र भएको थियो । पहिलो पुस्तक जस्तै यस दोस्रँे पुस्तकबाट पनि उनले निकै धन र यश प्राप्त गरे । यस पुस्तकको पूरा नाम हो An Enquiry into the Nature and Causes of the Wealth of Nations अर्थात् राष्ट्रहरुका धनको कारण र प्रकृति बारेमा एक खोजी ।
उनको यस पुस्तकमा विस्तृत धारणाहरु पाइन्छन् तथा अर्थशास्त्र यसको एक भाग मात्र हो । यो पुस्तक विश्वको एक श्रेष्ठतम रचना मानिन्छ । वस्तुतः एडम स्मिथको कृति एक सुरुआत थियो । यसको प्रकाशनको १६० वर्ष पछि जे एम केन्सको पुस्तक The General Theory of Employment, Interest and Money अर्थात् रोजगार, ब्याज र मुद्राको सामानय सिद्धान्त । सन् १९३६ मा प्रकाशित भयो । यस अवधिमा अर्थशास्त्रको विकास अनेक चरणमा भयो । यस अवधिको लगभग मध्य भागमा पूंजीवादको भत्र्सना गर्दै कार्ल मार्क्सको Das Kapital अर्थात् पूंजी प्रकाशित भयो । सन् १८६७ मा प्रकाशित भयो । क्लासिकल, नवक्लासिकल, उपयोगितावादी, इतिहासवादी, समाजवादी, केन्सीयन अथवा जुनसुकै सम्प्रदायको अर्थशास्त्री कुनै न कुनै रुपमा एडम स्मिथ प्रति ऋणी छन् ।
स्मिथको वेल्थ अफ नेशन्स भन्ने पुस्तकमा नै सर्वप्रथम अर्थशास्त्रको उत्पादन र वितरणका सिद्धान्तहरुको व्याख्या गरिएको हो । स्मिथले देशको आर्थिक विकासलाई सारै महत्व दिए । यसका लागि प्रमुख औजारको रुपमा उनले श्रम ििवभाजनलाई लिएका छन् । श्रम विभाजनबाट प्राविधिक उन्नति र पूंजी निर्माण भइ आर्थिक विकास हुन्छ भन्ने स्मिथको धारणा छ । विकासका लागि सामाजिक, संस्थागत र कानूनी संरचनाको विास हुनु पर्दछ तथा यसकोलागि सबभन्दा सरल उपाय प्राकृतिक स्वतन्त्रता हो ।
प्रत्येक व्यक्तिको निजी स्वार्थले व्यक्तिको आर्थिक विकास हुन्छ भन्ने उनको धारणा छ । स्मिथले पूर्ण अहस्तक्षेप अर्थात् Lassez Fair को समर्थन गरे तापनि सुरक्षा, न्याय र सामाजिक कार्यमा सरकारी हस्तक्ष्ँेपलाई उनले स्वीकार गरेका छन् । स्मिथले आफ्ना पूर्ववर्ती आर्थिक व्यवस्था तथा आर्थिक विचारहरु वणिकवादी तथा प्रकृतिवादीको तीव्र आलोचना पनि गरेका छन् । जोसेफ शूम्पीटरका अनुसार स्मिथको पुस्तकमा एउटा पनि नयां र विश्लेषणयुक्त विचार छैन । तथापि पूर्ण प्रतिस्पर्धामा साधनहरुको आदर्श वितरणो धारणा सर्वप्रथम उनले नै प्रतिपादन गरेका हुन् भन्ने कुरा स्वीकार गर्नै पर्दछ । त्यसैले भनिएको छः स्मिथ भन्दा पहिले मानिसहरुले अर्थ माथि शास्त्रीय कुरा गर्थे, तर स्मिथ पछि अर्थशास्त्रमाथि कुराकानी हुन थालेको छ । उनले सन १७७६ मा प्रकाशन गरेको Wealth of Nations नामक पुस्तकले अर्थशास्त्रलाई एक छुटै शास्त्रीयको रुपमा परिचित गराएका हुन । त्यसैले उनलाई Father of Modern Economics भनिन्छ । उनले आफ्नो पुस्तकमा अर्थशास्त्र सम्बन्धि छुटै परिभाषा दिएका छैन्न । तर पुस्तकको शिर्षकको आधारमा उनले अर्थशास्त्रलाई धनको विज्ञान र राज्यको सम्बन्धमा
आफ्नो प्रसिद्ध पुस्तकलाई लेखक स्मिथले पांच खण्डमा विभाजित गरेका छन् । पहिलो खण्डमा श्रम विभाजन तथा दोस्रो खण्डमा मुद्राको आरम्भ र उपयोग, मूल्य, ज्याला, ब्याज, नाफा, लगान, पूंजीको प्रकृति र पूंजी निर्माणको विवरण छ । तेस्रो खण्डमा कृषिको इतिहास, रोम साम्राज्यको पतन पछिको नगर तथा औद्योगिक विकासको वर्णन छ । चौथो खण्डमा वणिकवादी र प्रकृतिवादीको आलोचना गरिएको छ र विदेश व्यापारको समर्थन गरिएको छ । अन्तिम खण्ड, जसले पुस्तकको एक चौथाई भन्दा बढी भाग ओगटेको छ, त्यसमा सार्वजनिक वित्तको बारेमा लेखएिको छ । त्यसै खण्डमा एडम स्मिथ द्वारा प्रतिपादित सुप्रसिद्ध करारोपणका सिद्धान्तहरु छन् ।
स्मिथको पुस्तक प्रकाशन पछि उनका अनेक प्रशंसक भए ।[५] संगै अनेक आलोचकहरु पनि भए । हुनत, वेल्थ अफ नेशन्स पुस्तकमा धर्म Religion शीर्षकमा एडम स्मिथले एक पूरै अध्याय लेखेका छन् तर रस्किनले स्मिथलाई ईश्वर निन्दक भनी आलोचना गरेका थिए ।

एडम स्मिथ र कौटिल्य[सम्पादन गर्ने]

यद्यपि कौटिल्यको अर्थशास्त्र वेल्थ अफ नेशन्सभन्दा झण्डै २४०० वर्ष पूर्व रचना गरिएको थियो तर दुवै ग्रन्थको उद्देश्य राज्यको धनसम्पत्तिमा वृद्धि गर्नु हो । एडम स्मिथको बारेमा सबै तथ्यपूर्ण जानकारी उपलब्ध छ भने कौटिल्यका विचारको जानकारी अर्थशास्त्र ग्रन्थ तथा ऐतिहासिक सामग्रीबाट प्राप्त हुन्छ । कौटिल्यले आफ्नो ग्रन्थमा सबै उन्नतिको आधार अर्थलाई मानेका छन् । एडम स्मिथका विचार पनि त्यसै प्रकारका छन् । तर एडम स्मिथले जसरी यूरोपका विचारकहरुलाई प्रभाव पारेको छ, त्यस्तो स्थान कमै विचारकहरुलाई प्राप्त हुन्छ । तर एडम स्मिथ पनि कौटिल्य जस्तै आर्थिक दर्शनकार हुन् भन्न सकिन्छ ।[६]

उपसंहार[सम्पादन गर्ने]

सन् १७७८ मा ग्लासगो विश्वविद्यालयले स्मिथलाई लर्ड रेक्टर को अवैतनिक पदमा निर्वाचित गरेर उनलाई सम्मानित गर्यो । सन् १७८४ मा स्मिथको आमाको स्वर्गवास भयो । जुन उनका जीवनको सर्वाधिक दुःखद घटना हुन पुग्यो । यस पछि उनको जीवन विषादपूर्ण रुपमा बित्यो । आजीवन अविवाहित स्मिथको मृत्यु आमाको मृत्युको छः वर्षपछि अर्थात् सन् १७९१ मा आन्द्राको रोग बाट भयो । आर्थिक विचारको इतिहास वास्तवमा एडम स्मिथबाट प्रारम्भ भएको हो भन्नुमा अत्युक्ति हुंदैन । अर्थशास्त्रको इतिहासमा एडम स्मिथ महन विचारक मानिन्छन् । जसको विचारको प्रभाव एकशय वर्ष एकछत्र रुपमा थियो र आज पनि केही त्यसको प्रभाव देख्न सकिन्छ ।[७]

वाह्य सूत्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. वैश्य, एम सी (सन् १९९३). आर्थिक विचारोंका इतिहास. आगरा: रतन प्रकाशन मन्दिर. p. पृ १२१. 
  2. वैश्य, एम सी (सन् १९९३). आर्थिक विचारोंका इतिहास. आगरा: रतन प्रकाशन मन्दिर. p. पृ १२२. 
  3. वैश्य, एम सी (सन् १९९३). आर्थिक विचारोंका इतिहास. आगरा: रतन प्रकाशन मन्दिर. p. पृ १२२. 
  4. ज्ञवाली, बाबु राम, वि.स..२०५०,एडम स्म्थि– अर्थशास्त्रका जन्मदाता, दीपिका, अंक २, राममणि क्याम्पस, मणिग्राम, रुपन्देही नेपाल
  5. हैने, एल एच. हिस्ट्री अफ इकानोमिक थट. p. पृ २५६. 
  6. ज्ञवाली, बाबु राम (२०१२). कौटिल्य र शुक्रको राजनैतिक अर्थशास्त्र. रुपन्देही नेपाल: ज्ञानज्योति प्रकाशन. ISBN 978-9937-2-7362-6 . 
  7. वैश्य, एम सी,सन् १९९३, आर्थिक विचारोंका इतिहास, आगरा ः रतन प्रकाशन मन्दिर ।