अर्थशास्त्रीय दर्शन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

अर्थशास्त्रको अध्ययन निम्न तीन प्रश्नहरुको सेरोफेरोमा घुम्दछ,
१.के–कति उत्पादन गर्ने ?
२.कसरी उत्पादन गर्ने ?
३.किन उत्पादन गर्ने ?

यसलाई अर्थशास्त्रको केन्द्रीय समस्या भन्न सकिन्छ ।

अर्थशास्त्रको अध्ययनको विषय के हो ?

  • १. धनको अध्ययन
  • २. भौतिक कल्याणको अध्ययन
  • ३. छनौटको विज्ञानएउटा अर्थशास्त्रीको दृष्टिमा धन के हो ?
  • अर्थशास्त्रको उत्पत्ति मानवीय आवश्यकता र त्यसलाई सन्तुष्ट गर्ने प्रयासबाट सुरु हुन्छ । त्यसैले अर्थशास्त्र विषयको जन्म अठारौं शताब्दी भए पनि अर्थशास्त्रको समस्या मानवीय सभ्यताका साथ भएको हो भन्न सकिन्छ ।
  • अर्थशास्त्रीहरुले धनलाई विभिन्न दृष्टिकोणले परिभाषित गरेका छन् । विभिन्न अर्थशास्त्रीहरुका परिभाषाहरुका आधारमा धन त्यो हो जसले निम्नलिखित काम गर्छ–
  • 1.       जीवनका अनिवार्य आवश्यकता (बेसिक नीड्स) पूरा गर्ने साधन
  • 2.       मनोरञ्जनको साधन
  • 3.       आरामदायक वस्तुको साधन
  • 4.       जीवनको सुरक्षा गर्ने साधन
  • 5.       शिक्षा प्राप्तिको साधन
  • 6.       स्वास्थ्यका लागि औषधि प्राप्तिको आधार
  • 7.       यातायातको साधन
  • 8.       जीविकोपार्जनको साधन
  • 9.       व्यापार उद्योग सञ्चालनको आधार
  • 10.   जीवनोपयोगी उपकरण र मेशीन निर्माण गर्ने वा प्राप्त गर्ने साधन
  • 11.   भावी आवश्यकता पूरा गर्ने साधन जस्तै उच्च शिक्षा प्राप्त गर्ने, वृद्धावस्था बीमा आदि
  • 12.   भूकम्प महामारी आदि आकस्मिक आवश्यकता पूरा गर्ने साधन
  • 13.   सामाजिक परिचयको आधार
  • 14.   सामाजिक प्रतिष्ठाको आधार
  • 15.   व्यक्ति र समुदायसंगको व्यवहारको आधार 
  • 16.   वातावरण संरक्षण गर्ने साधन
  • 17.   अरुको सहायता र सेवा गर्ने साधन
  • 18.   धार्मिक व्यवहारको साधन
  • 19.   सुख शान्ति र सन्तुष्टिको साधन
  • 20.   समस्त लौकिक साधन र प्राप्तिको साधन
  • 21.   समस्त पारलौकिक कुरा प्राप्तिको साधन (धर्मशास्त्र)
  • धर्मशास्त्रले समेत के मान्दछ भने पारलौकिक प्राप्तिमा धन सहायक छ । धर्मशास्त्रले पनि धनलाई अनावश्यक ठान्दैन । तर यसले धर्मपूर्वक आर्जन गरिएको अर्थलाई मात्र जीवनका लागि उपयोगी भनी स्वीकार गर्दछ । त्यसैले अर्थ मानवीय जीवनमा महत्त्वपूर्ण छ । अर्थ, काम र धर्म मध्ये काम मानवीय मनोविज्ञान हो । किनभने यो प्राकृतिक विशेषता हो । तर अर्थको सिर्जना मानिसले आफ्नो कामना पूर्तिमा सुविधाका लागि  गरेको हो । त्यसैले यो मानवकृत हो । धर्मलाई नानाथरी तरिकाले व्याख्या गरिन्छ संक्षेपमा धर्मले मानिसको विचारलाई सन्तुलित बनाई उचित बाटो देखाउ“छ । यसले मानवकृतलाई प्रकृतिसंग समन्वय गराउने आधार प्रदान गर्छ । यसले अर्थ र कामलाई सन्तुलित बनाउने दृष्टिकोण बनाउन सघाउ“छ । यसले व्यक्तिको दृष्टिकोण समाजसंग र व्यष्टिको दृष्टिकोणलाई विराट्संग समन्वय गराउने विचार प्रदान गर्छ । 

त्यसो भए अर्थशास्त्रको दर्शन के हो ?[सम्पादन गर्ने]

  • अर्थशास्त्रका जन्मदाता एडम स्मिथले अर्थको कारण र प्रकृतिको खोजी गर्ने विद्या नै अर्थशास्त्र हो भनेका थिए ।  आजभन्दा लगभग २५०० वर्ष अघि कौटिल्यले पनि अर्थको बारेमा गम्भीर रुपले विचार गरेका थिए । उनले भनेका छन्–
  • सुखस्य मूलं धर्मः ।
  • धर्मस्य मूलं अर्थः ।
  • अर्थस्य मूलं राज्यम् ।
  • राज्यस्य मूलं इन्द्रियजयः ।
  • इन्द्रियजयस्य मूलं विनयः ।
  • विनयस्य मूलं वृद्धोपसेवा ।
  • यी छ वटा सूत्रमा कौटिल्यको आर्थिक दर्शन अभिव्यक्त भएको छ । उनले वर्तमान मानव जीवनलाई दुखी बनाएर स्वर्गको संसारमा घुम्न प्रेरित गरेका छैनन् । मानव जीवन सुखपूर्ण हुनु पर्छ भन्नेमा उनी स्पष्ट मात्र छैनन्, सुखलाई अर्थशास्त्रको उद्देश्य मानेका छन् । व्यक्तिका प्रयास सुखका आकांक्षातर्फ उन्मुख हुन्छन् । यो मानवीय मनोविज्ञान हो । तर यसको मूल कौटिल्यले अर्थमा होइन धर्ममा पहिल्याएका छन् । त्यसैले उनले भनेका छन् सुखस्य मूलं धर्म अर्थात् सुखको मूल धर्म हो । तर उनी धर्मशास्त्री होइनन् । अर्थशास्त्री हुन् । त्यसैले धर्मको मूलमा उनले अर्थ छ भन्ने कुरा स्पष्ट गरेका छन् ।
  • धर्मस्य मूलं अर्थः अर्थात् धर्मको मूल अर्थ हो । अर्थको मूल राज्य हो । उचित राज्य व्यवस्थाको आधार शासक (राजा) को इन्द्रिय संयम हो । इन्द्रिय संयमको मूल विनम्रता हो । विनम्रताको मूल वृद्धको सम्मान हो । सुखको आधार धर्मलाई बताइएको छ ।
  • धर्मका विविध अर्थ हुन्छन् । तर मुख्य अर्थ कर्तव्यपरायणता, नैतिकता र शास्त्र अनुकूलता हो । तर धर्मको आधार सम्पन्नता हो । भोको मानिसले धर्म उपदेश सुन्दैन । बुद्धका जीवनको घटनालाई पुस्तकहरुमा बारम्बार उल्लेख गरिन्छ– शिष्यहरुले एक जना भोको मानिसलाई लिएर उसका लागि उचित धर्मदेशना गर्न अनुरोध गरे । बुद्धले शिष्यहरुलाई भने जाउ भोजन लिएर आउ । उनीहरुले खानेकुरा लिएर आए । त्यस पछि बुद्धले त्यस भोकोलाई पेट भरि खाना खान अनुरोध गरे । जब उ अघायो अनि उसलाई धर्म देशना गरे । शिष्यहरुलाई भने भोकोलाई धर्म देशना निरर्थक हुन्छ । धर्मको मूल अर्थ हुने कारण यही नै हो । तर मानवकृत हो त्यसैले सुव्यवस्थित मानव समाजले जति सजिलोसंग अर्थ आर्जन गर्न सक्छ अव्यवस्थित र अराजक राज्यमा सर्वसाधारणले त्यो सुविधा प्राप्त गर्न सक्दैन ।
  • कौटिल्यले भनेको अर्थस्य मूलं राज्यम् अर्थात् राज्य नै अर्थको आधार हुन्छ भन्ने कुरालाई एउटा उदाहरणद्वारा स्पष्ट गर्न सकिन्छ । मानिसहरुले परिश्रम गर्दा सबै ठाउ“मा एक समान सम्पत्ति आर्जन गर्न सक्दैनन् । त्यही काम गर्दा कुनै ठाउ“मा उनीहरुले बढी सम्पत्ति आर्जन गर्छन् र कुनैमा कम । यो नियम देशको सन्दर्भमा पनि लागू हुन्छ, उत्ति काम गर्दा कुनै राज्यमा धेरै धन आर्जन हुन्छ जबकि अर्को देशमा त्यही परिश्रमले कम अर्थार्जन हुन्छ । किन ? यसको कारण कौटिल्यको यही सूत्र हो– अर्थस्य मूलं राज्यम् । राज्य अर्थात् स्थिर राज्यव्यवस्था । न्यायपूर्ण दण्ड व्यवस्था । त्यो राज्य व्यवस्था जहां कमजोर सुरक्षित हुन्छ । राम्रो गर्ने पुरस्कृत हुन्छन् र राज्यलाई खराब गर्ने दण्डित हुन्छन् । यसलाई महाभारतमा राजधर्मानुशासन भनिएको छ । कौटिलीय समयमा राज्य र राजालाई पर्यायवाची मानिन्थ्यो । त्यसैले कल्याणकारी राज्यव्यवस्थाको सञ्चालक राजाको विशेषता बताइएको छ । यस अनुसार यस्तो कल्याणकारी राज्य त्यस अवस्थामा हुन्छ जब त्यहांको शासक इन्द्रिय संयमी हुन्छ ।
  • इन्द्रिय संयमको आधार विनयशीलतालाई मानिएको छ । आफूभित्र विनय गुण विकास गर्न वृद्धहरुको सम्मान गर्नु पर्छ भनिएको छ । संस्कृत साहित्यमा वृद्धको दुई अर्थ हुन्छ, वयोवृद्ध र ज्ञानवृद्ध । वयोवृद्धबाट अनुभव प्राप्त हुन्छ भने ज्ञानवृद्धबाट शास्त्र ज्ञान । त्यसैले शासकलाई शास्त्र ज्ञान पनि आवश्यक छ ।
  • आचार्य चाणक्यको मान्यता के छ भने प्रत्येक सभाको शोभा वृद्ध र अनुभवी व्यक्ति हो । जुन सभामा वृद्ध व्यक्तिको अभाव हुन्छ, त्यो सभा जस्तो हुंदैन । कुनै गम्भीर कुरा निर्णय गर्नु परे वा कुनै समस्याको विगतमा कसरी समाधान गरिएको रहेछ भन्ने कुरा जान्नु परे अनुभवी व्यक्तिको आवशयकता पर्छ, त्यो वृद्ध व्यक्ति हुन्छ । त्यसैले आयुमा आफूभन्दा वरिष्ठलाई सम्मान गर्नु पर्छ । साथै ज्ञानमा विशिष्टता प्राप्त आचार्य, गुरु र पुरोहितलाई पनि सम्मान गर्नु पर्छ भनिएको छ । ज्ञानमा वृद्ध व्यक्तिसंग शास्त्रीय समाधान हुन्छन् । कुनै समस्याको समाधानका लागि शास्त्रमा के उल्लेख गरिएको छ र त्यसको व्यावहारिक महत्त्व के छ त्यो जान्न ज्ञानवृद्ध मानिसको आवश्यकता पर्छ ।   
  • यी सबै कुराले अर्थशास्त्रको कौटिलीय दर्शनलाई व्यक्त गर्छ । यसका पनि तीनवटा सूत्र प्रमुख छन् ।
  • सुखस्य मूलं धर्मः ।
  • धर्मस्य मूलं अर्थः ।
  • अर्थस्य मूलं राज्यम् ।
  • सुखको आधार धर्म अर्थात् कर्तव्य परायणता हो । धर्मको आधार आर्थिक सम्पन्नता हो । बिना आर्थिक समृद्धि कर्तव्य परायणता, परोपकार जस्ता उदात्त भावनाहरु विकास हुनसक्दैनन् । र यी दुवैको आधार राज्य हो । जुन राज्यमा सज्जनको रक्षा र दुर्जनलाई दण्ड दिइन्छ, त्यहां यी दुवै कुरा सजिलो गरी उपलब्ध हुन्छन् ।
  • यी तीन सूत्र कौटिलीय अर्थशास्त्रको सार हुन् भन्न सकिन्छ ।
  • अर्थशास्त्रका जन्मदाता एडम स्मिथले अर्थको मूल व्यक्तिगत स्वार्थ हो भनेका छन् । उनले भनेका छन्– हुनत, बेकरीवालाले ग्राहकको सेवा गरेको छु भन्छ तर उसले तपाईंको सेवाका लागि उत्पादन गर्दैन । उसले बिक्री गर्ने पाउरोटी उसको स्वार्थलाई प्रेरित गरेर प्राप्त हुन्छ । यसै स्वार्थले व्यापार सञ्चालित छ । यो स्वार्थ हो धन आर्जन । एडम स्मिथको वेल्थ अफ् नेशन्स नपढीकन पनि कवि शिरोमणि लेखनाथ पौड्यालले धनको महत्त्व यसरी व्यक्त गरेका छन्– लिएर शास्त्रीय ठूला किताप बढाउने हो किन व्यर्थ ताप, त वर्गका अन्तिम वर्ण खाली पढी दुईटा बन भाग्यशाली । एडम स्मिथको कुरामा सत्यता छ तर यो कति बढी कटु भयो भने नैतिकतावादीहरुले चारैतिरबाट धनको यस दर्शनलाई निर्मम प्रहार गर्न थाले । त्यसैले मार्शलले यसलाई थोरै सुधार गरे । मार्शलले समाजमा धनको आर्जन र धनको उपयोग भौतिक कल्याणको प्राप्तिका लागि गरिन्छ भनी तर्क गरे । तर मानिसले अनेक खर्च यस्ता पनि गर्छन् जसले कल्याण प्रदान गर्दैन । मानिसले चुरोट र फलफूल दुवैमा खर्च गरिरहेका छन् । फलफूलमा गर्ने खर्च कल्याणदायक छ । तर चुरोटमा खर्च गर्नेले पनि केही न पाइकन त्यसमा खर्च त गर्दैन । त्यो कुरा कल्याणदायक न भएपनि आनन्ददायक अवश्य हुन्छ । त्यसैले रबिन्सले अर्थ (साधन) र अर्थको आवश्यकता सन्तुष्टिमा उपयोग (साध्य) दुई कुराको सम्बन्धको रुपमा अर्थशास्त्रको व्याख्या गरे । उनको विचारमा, दुर्लभ साधन र अनन्त आवश्यकताको उचित समन्वय, छनौट, र उपयोगद्वारा लक्ष्य प्राप्त गर्नु अर्थशास्त्रको दर्शन । यसबाट प्राप्त हुने सन्तुष्टि अधिकतमीकरणको व्याख्या गर्ने शास्त्रलाई अर्थशास्त्र भनिन्छ । 
  • यसले एक नयाँ दृष्टिकोण अर्थशास्त्रीहरुलाई प्राप्त भयो । तर यसमा पनि केही कमजारी रहे । यदि असीमित आवश्यकता र दुर्लभ साधनको तर्कलाई विषय वस्तुको आधार मान्ने हो भने अर्थशास्त्र सधैं असन्तुष्टिको शास्त्र हुन जान्छ । अभाव र गरीबीको वर्णन । सधैं नपुग्ने कुराको व्याख्या । सन्तोष पाउने थोरै तर असन्तोष असीमित । किनभने मानिसका आवश्यकताहरु अनन्त हुन्छन् र साधन सीमित हुन्छन् । अब अनन्त आवश्यकता (अर्थात् कहिल्यै पूरा नहुने) लाई अत्यल्प साधनसंग तुलना गर्नु पर्छ । किनभने हाम्रा आवश्यकता सन्तुष्ट गर्ने शक्ति साधनमा निहित छ । 
  • अब रबिन्सको अर्थशास्त्रको यस दर्शनलाई लिउं । अनन्त आवश्यकताको अर्थ हो यदि त्यसबाट केही आवश्यकता पूरा हुन्छन् भने पनि बांकी अनन्त नै रहन जान्छन् । गणितमा अनन्त एक यस्तो एकाई हो जसमा जति धेरै घटाए पनि अनन्त बा“की रहन्छ । यसको अर्थ हो मानिसले सबै आवश्यकता कहिल्यै पूरा गर्न सक्दैन । केही आवश्यकता भने पूरा गर्न सक्छ । अर्थात् नगण्य सन्तुष्टि प्रँप्त हुन्छ तर अनन्त असन्तुष्टि रहनजान्छ ।
  • गणितको थोरै ज्ञान हुने प्रत्येकलाई के थाहा छ भने असीमितबाट थोरै घटाउंदा सधैं असीमित बांकी रहन्छ । समुद्रबाट एक बाल्टिन् पानी घटाउ“दा समुद्रमा असीमित पानी रहन्छ । अर्थात् सीमित साधनको प्रयोग पछि असीमित आवश्यकता असन्तुष्ट नै रहन जान्छन् । अर्का शब्दमा प्राप्त भएको सन्तुष्टि  नगण्य हुनेछ र प्राप्त हुन बा“की असन्तुष्टि असीमित हुने छ । त्यसो भए अर्थशास्त्रीय दर्शनका आधारमा मानिसले आफ्नो जीवनमा कति सन्तुष्टि प्राप्त गर्छ ? नगण्य । 
  • यस प्रकार अर्थशास्त्र एक यस्तो विषय हुन जान्छ जसले थोरै सन्तुष्टिको अध्ययन गर्छ । त्यो भन्दा धेरै असन्तुष्टिलाई बेवास्ता गर्छ । त्यसैले अर्थशास्त्र एक डिसमेल साइन्स (दुखदायी विज्ञान) हुनजान्छ । त्यसो भए यसलाई सन्तुष्टिशास्त्र कसरी बनाउन सकिन्छ ? सन्तुष्टि प्राप्त गर्नु छ भने आवश्यकताहरु कम गर्दै आवश्यकताविहीनतामा पुग्नै पर्छ । त्यसो भए मात्र यो सन्तुष्टिको शास्त्र हुनसक्छ । त्यसैले इलाहाबाद विश्वविद्यालयका अर्थशास्त्रका प्रोफेसर मेहताले अर्थशास्त्रलाई आवश्यकताविहीनतामा पुग्न सिकाउने शास्त्र बनाउने प्रयास गरेका थिए  । निश्चित रुपमा उनको यो दर्शन अर्थशास्त्र पनि हो र अध्यात्मशास्त्र पनि ।
  • आवश्यकताहरु असीमित हुन्छन् र सबै आवश्यकता कहिल्यै पूरा हुन सक्दैन भन्ने कुरा अर्थशास्त्रको आधार हो । धर्मशास्त्रहरुको अध्ययन गर्ने सबैलाई के थाहा छ भने आध्यात्मिक शास्त्रले यस कुरालाई बारम्बार उल्लेख गरेको छ । आवश्यकताका पछाडि दगुरेर शान्ति प्राप्त गर्न सकिंदैन भनेको छ । अर्थशास्त्र र धर्मशास्त्रको बाटो एउटै छैन । फरक के मा छ भने अर्थशास्त्रले आविष्कारको आधार आवश्यकतालाई मान्दछ र आवश्यकताको सन्तुष्टिलाई शान्तिको आधार मान्छ तर अध्यात्मले शान्तिको आधार आवश्यकता विहीनतालाई मान्दछ । 
  • उपयोगिताको अवधारणा अर्थशास्त्रको आधारभूत अवधारणा हो । मागका सिद्धान्तको आधार र उपभोक्ता व्यवहारको व्याख्याका लागि प्रमुख उपकरण । उपयोगिता, कल्याण र मानवीय सन्तुष्टिको अवधारणा अर्थशास्त्रको विषय वस्तु भए तापनि यी सबै धर्मशास्त्रबाट नै अर्थशास्त्रमा लिइएको हो । आर्थिक क्रियाकलापको अन्तिम लक्ष्य सुख प्राप्त गर्नु हो । अध्यात्मको व्याख्या पनि त्यही हो । मानव जीवनको उद्देश्य सुख प्राप्त गर्नु हो । अर्थशास्त्रमा यसलाई हेडोनिज्म भनिन्छ । 
  • अर्थशास्त्रको दर्शनलाई यस प्रकार व्यक्त गर्न सकिन्छ– अर्थशास्त्रं भवेद् गौरं सारिकावदनं शुभम् । अक्षसूत्रं  फलं बिभ्रदन्नाहारं कमण्डलुम् ।। अर्थशास्त्रको (स्वरूप कस्तो छ भने, यसको) एक हातमा पुरुषार्थको फल, अर्को हातमा रुद्राक्ष्ँ माला, तेस्रो हातमा भोज्य सामग्री र चौथो हातमा कमण्डलु धारण गरेको छ । यसको अनुहार उज्यालो छ तथा यसले मैना जस्तो शुभ वचन बोल्ने गर्छ । पुरुषार्थको फलको प्रतीकात्मक अर्थ हो– परिश्रमपूर्वक काम गरेर प्रतिफल प्राप्त गर्नु । परिश्रम र सो अनुरुप नै उपलब्धि हु“दा त्यसले वास्तवमा सन्तोष दिन्छ । अर्थशास्त्रको यो महत्त्वपूर्ण दर्शन हो । यसले कमाइलाई होइन इमानदार कमाइलाई महत्त्व दिन्छ । कमण्डलु स्वच्छ जलको पात्र हो । जल पात्र पूर्णता र ज्ञानको प्रतीक पनि मानिन्छ । रुद्राक्ष माला पनि ज्ञानको निरन्तरताको प्रतीक हो । माला जप्नु भनेको ज्ञानार्जनमा निरन्तर लागिरहनु । यसमा दुई कुरा अरु थप गरिएका छन्– प्रसन्नचित्त अनुहार तथा शुभ वचन ।

सन्दर्भ ग्रन्थ सूची[सम्पादन गर्ने]

Amarkosh. (?), Illustrator Kulchandra Gautam, Balkrishnacharya, Benaras:Yasoda Pustakalaya.

Clark, B.(1998). Political Economy- a comparative approach, : CT Pregaer.

Dasgupta, AK.(1993).A History of Indian Economic Thought, London: England, Routeldge.

Friedman, David D.(2002).The encyclopedia of economics, accessed, October 21, 2007.

Gewali, B R (2003), Orienatl Economics Revisited, Rupandehi : Gyanjyoti Prakshan.

Lancone, Laurance R.(1998).Introduction to the economics of religion, Journal of Economics Literature, 36 (3, pp.1465-1495)

Kautilya's Arthashastra.(1967). R Shamashastry, : Printing and Publishing House. (www.sdstate.edu>projectsouthasia)

Kautiliya Arthashastra I-III.(2003). : Motilal Banarasi Das.

Robbins, L.(1935).An essay on the nature and significance of economic science, Second edition, London: Macmillan.

Samuelson PA, and Nordhaus WD.(2002).Economics, Washington : McGraw Hill.

Smith Adam.(1776). An inquiry into the nature and causes of the wealth of nations. (en.wikipedia.org/wiki/The_Wealth_of_Nations)

Srivastava, SK.(1981).History of economic thought, Delhi: S Chand and Company.

Vaishya, MC.(1972).Arthik vicharo ka itihasa (History of Economic Ideas), agra :Ratan Prakashan Mandir.