कीन्सीय अर्थशास्त्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

केन्सीय अर्थशास्त्र एक नयां अवधारणा हो । विश्वमा क्लासिकल (शास्त्रीय) अर्थशास्त्रको प्रचलन लामो समयसम्म रह्यो । जे बी सेको बजार नियम- पूर्तिले आाफ्नो माग आफैं सिर्जना गर्छ भन्ने कुरामा विश्वका सबै अर्थशास्त्रीहरुले विश्वास गर्दै आएका थिए तर सन् १८२९ देखि प्रारम्भ भइ सन् १९३२ सम्म ठूलो आर्थिक मन्दी फैलियो । उत्पादित वसतुले आफ्नो माग आफै. सिर्जना गर्न सकेन । वसतुको मूल्य आफैं संयोजन भइ बजार सन्तुलनमा हुन्छ भन्ने सिद्धान्त असफल भयो । बजारमा वसतुको मूल्य घटाउंदा पनि तिनीहरुको माग बढ्न सकेन ।
यस्तो समयमा केन्सले एक नयां सिद्धान्त प्रस्तुत गर्दै पूर्तिले आफ्नो माग सिर्जना गर्दैन बरु मागले पूर्ति सिर्जना गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । उनले बजारमा कम मूल्यमा पनि सामान किन बिकेन भन्ने कुराका लागि उनले समर्थ मागको सिद्धान्त प्रसतुत गरे ।
उनले कुल आय र कुल व्यय बराबर हुन सक्दैनन् किनभने मानिसहरुले केही बचत गर्छन् भन्ने सिद्धान्त प्रतिपादन गर्दै बचतले समर्थ मागमा कम िल्याउने हुंदा सरकारले हस्तक्षेप गरेर लगानी खर्च र बचत आपसमा बराबर बनाउने प्रयास गर्नु पर्दछ भन्दै लासेज फेयर अहस्तक्षेप नीतिभन्दा फरक विचार प्रस्तुत गरे । यी सबै विचारलाई केन्सीयन अर्थशास्त्र भनिन्छ । यसलाइृ पछि म्याक्रो अर्थशास्त्र, समष्टि अर्थशास्त्र वा वृहद् अर्थशास्त्र भनिन्छ ।

म्याक्रो अर्थशास्त्र[सम्पादन गर्ने]

केन्सीयन अर्थशास्त्रलाई म्याक्रो अर्थशास्त्र, समष्टि अर्थशास्त्र वा वृहद अर्थशास्त्र भनिन्छ । समष्टिको अर्थ हुन्छ व्यष्टि संरचनाहरुको योगको रुपमा निर्मित एक वृहद संरचना । त्यसर्थ म्याक्रो अर्थशास्त्रमा समष्टि चलराशिहरु तथा तिनीहरुका व्यवहारको अध्ययन गरिन्छ । समष्टि चलराशिमा अर्थव्यवस्थाको कुल माग, कुल पूर्ति, कुल उपभोग, कुल लगानी, सरकारी खर्च, आयात र निर्यातसंग सम्बन्धित विषयहरु पर्दछन् । समष्टि अर्थशास्त्रमा मुख्यतः कुनै देशको आय, उतपदन वा रोजगारको निर्धारणको बारेमा अध्ययन गरिने भएकोल यसलाई आय सिद्धान्त वा रोजगार सिद्धान्त पनि भनिन्छ । म्याक्रो अर्थशास्त्रको विषय वस्तु


१। आय र रोजगार निर्धारण


२। मूल्य स्तरको सिद्धान्त


३। आर्थिक वृद्धिको सिद्धान्त