आर्थिक मन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


आर्थिक मन्दी भनेको अन्तर्राष्ट्रिय स्तरमा वस्तु र सेवाको उत्पादनमा निरन्तर गिरावट आउने र कूल गृहस्थ उत्पादन कम्तिमा तीन महिनाको लागि गिरावट भएको अवस्थालाई भनिन्छ।

उल्लेख्यानीय मन्दी[सम्पादन गर्नुहोस्]

१६४० को सङ्कट[सम्पादन गर्नुहोस्]

१८३७ को महामन्दी[सम्पादन गर्नुहोस्]

यो मन्दीको असर १९३० को महामन्दीको भन्दा पनि नराम्रो थियो। [१] यो महामन्दी क्यालिफोर्नियाको सुनको होड पछि सकियो र अमेरिकी सुन भण्डारमा दस गुणा बढी सुन थपियो। अधिकांश मन्दी पछि जस्तै, यो मन्दी पछि पनि अर्थतन्त्रमा उछाल आयो। यो तीस भर्षको अवधिलाई दोस्रो औद्योगिक क्रान्ति भनिन्छ।

१८३७ को त्रासदी[सम्पादन गर्नुहोस्]

लामो मन्दी[सम्पादन गर्नुहोस्]

लामो मन्दी सन् १८७३ सुरु भएर १८९६ सम्म चलेको विश्वव्यापी मूल्य तथा आर्थिक शिथिलता थियो। [२] अमेरिकी गृहयुद्धको अन्त्य र दोस्रो औद्योगिक क्रान्ति पछि बलियो अर्थतन्त्र भएको भनिएका युरोपका देश र अमेरिकालाई यसले नराम्ररी प्रभावित गरेको थियो। १९३० को दशक भन्दा अगाडि सम्म "महामन्दी" भनेर यो मन्दीलाई नै बुझाइन्थ्यो।

महामन्दी[सम्पादन गर्नुहोस्]

सन् १९३० को दशकको महामन्दीले विशवका अधिकांश राष्ट्रिय अर्थतन्त्रलाई प्रभावित गरेको थियो। यी मन्दी १९२९ को बाल स्ट्रिट क्र्यास पछि सुरु भएको मानिन्छ।, र यो सङ्कट चाडैं नै राष्ट्रिय अर्थतन्त्रमा फैलियो। [३] सन् १९२९ देखि १९३३ को बीचमा, अनेरिकाको कुल राष्ट्रिय उत्पादन ३३% ले घट्यो भने बेरोजगारी २५%ले बढ्यो। (औद्योगिक बेरोजगारी नै ३५% भन्दा अधिकले बढेको थियो।[स्रोत नखुलेको]

महामन्दीको दुरगामी प्रभाव भनेको सबै प्रमुख मुद्राको सुन मानक प्रचलनको अन्त्य थियो।

ग्रीक मन्दी[सम्पादन गर्नुहोस्]

ग्रीसको सरकारी ऋण सङ्कट सन् २००९ मा सुरु भएको थियो। यसलाई 'ग्रीक मन्दी' पनि भनिन्छ। यो युरोपको युरो-क्षेत्रमा पहिलो सार्वभौम ऋण सङ्कट (सरकारी ऋण सङ्कट) थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rezneck, Samuel (१ जुलाई १९३५), "The Social History of an American Depression, 1837-1843", The American Historical Review 40 (4): 662–687, जेएसटिओआर 1842418, डिओआई:10.2307/1842418 
  2. The Long Depression – the First Great Depression (America's Economic History. Posted Jul 16, 2015 by Martin Armstrong)
  3. "About the Great Depression", English.uiuc.edu, मूलबाट २० डिसेम्बर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २० डिसेम्बर २००८ मिति