ग्रीक सरकार-कर्जा सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
ग्रीक सरकार-कर्जा सङ्कटको अर्थतन्त्र
Frequency: Monthly; Interest rate type: Long-term interest rate for convergence purposes; Transaction type: Debt security issued; Maturity category: 10 years; BS counterpart sector: Unspecified counterpart sector; Currency of transaction: Euro; IR business coverage
ग्रीस सरकारी ऋणपत्रको १० वर्षको ब्याजदरको इतिहास
राष्ट्रग्रीक सरकार-कर्जा सङ्कट
आर्थिक वर्ष२००९ पूर्वार्ध- २०१८ उत्तरार्ध (१० वर्ष)[२][३][४]
कुल ग्राहस्थ उत्पादन२००.२९ अर्ब (२०१७)
प्रति व्यक्ति आय२३,०२७.४१ (२०१७)

ढाँचा:Greek economic crisis

ग्रीक सरकार-कर्जा सङ्कट २००७-२००८ को वित्तीय सङ्कट पश्चात ग्रीसले भोगेको सार्वभौम ऋण सङ्कट हो। यसलाई ग्रीसमा व्यापक रुपमा सङ्कट (Greek: Η Κρίση) भनेर चिनिन्छ। आकस्मिक सुधारको एक शृंखला र गरिबी र आम्दानी तथा सम्पत्तिको नोक्सान हुने मितव्ययिताको उपाय पछी, यो सङ्कट सर्वसाधारण सम्मनै पुगेको थियो। यो बाट सानो स्तरको मानवीय सङ्कटको स्थिति पनि सिर्जना भएको थियो। [५][६] कुल मिलाएर, ग्रीक अर्थव्यवस्थाले अहिलेसम्मको कुनै उन्नत मिश्रित अर्थतन्त्रको सबैभन्दा लामो मन्दीको सामना गर्यो।

नतिजा स्वरूप, ग्रीसको राजनीतिक प्रणाली अपराधी भएको छ, सामाजिक बहिष्कार बढेको थियो र लाखौं शिक्षित ग्रीकहरूले देश छोडेका थिए। [७]ग्रीसको सरकारी ऋण सङ्कट सन् २००९ मा सुरु भएको थियो। यसलाई 'ग्रीक मन्दी' पनि भनिन्छ। यो युरोपको युरो-क्षेत्रमा पहिलो सार्वभौम ऋण सङ्कट (सरकारी ऋण सङ्कट) थियो।

ग्रीक सङ्कट २००९ को उत्तरार्धमा सुरु भयो। विश्वव्यापी आर्थिक मन्दीको हलचल, ग्रीक अर्थतन्त्रको संरचनाको कमजोरी, र युरोजोन सदस्य हुनुको नाताले मौद्रिक नीतिमा लचिलोपनमा कमीले गर्दा यो सङ्कट बल्झियो। [८][९] अघिल्ला ग्रीक सरकारले सरकारी कर्जा र बजेट घाटाको तथ्यांक छलछाम यो सङ्कटको दौरान रहस्योद्घाटन भयो।:[१०][११][१२] अधिकारीहरूले २००९ को बजेट घाटा २०१० मा गतिएको हिसाबको आफ्हा हुने पुर्वानुमान गरेका थिए, तर युरोस्ट्याट विधीबाट पुनः निरीक्षण अनुसार, २००९ सरकारी कर्जा २६९.३ अर्ब डलर बाट २९९.३ अर्ब डलर बढ्यो, जुन पहिले सार्वजनिक गरिएको भन्दा ११% ले बढी पाइयो।

ऋणदाताहरू[सम्पादन गर्ने]

युरोपेली बैंक[सम्पादन गर्ने]

ग्रीक बैंकहरू बाहेक, जुन २०११ मा युरोपेली बैंकहरूको ग्रीसमा €४५.८ अर्ब लगानी थियो। [१३] यद्यपि, २०१५ को प्रारम्भमा, उनीहरूको होल्डिङ लगभग २.४ अर्ब युरोमा झर्यो ,[१४] ५०% राइट-डाउनको रुपमा।

युरोपेली लगानी बैंक[सम्पादन गर्ने]

नोबेम्बर २०१५ मा, युरोपेली लागानी बैंकले ग्रीसलाई २८५ मिलियन युरो दियो।२०१४ को विस्तृत सम्झौता अनुसार युरोपेली लगानी बैंकले ६७० मिलियन युरो दिने थियो। [१५] ग्रीक सरकारले यो पैसा उर्जा सुरक्षा सुनिश्चित गर्न र पर्यावरण मैत्री परियोजना व्यवस्थापन गर्न ग्रीसको उर्जा उद्योगमा लगानी गरिने अपेक्षा थियो । [१६] युरोपेली लागानी बैंकका अध्यक्ष वर्नर होवरले यो लगानीले रोजगारी वृद्धि गर्ने र ग्रीसको अर्थतन्त्र र वातावरणमा सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका थिए।

आर्थिक, सामाजिक तथा राजनैतिक असर[सम्पादन गर्ने]

एथेन्सको विरोध प्रदर्शन; २५ मे २०११

आर्थिक असर[सम्पादन गर्ने]

सन् २०११ मा ग्रीक कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा नराम्रो गिरावट -६.९% देखापर्यो। [१७] यो वर्ष औद्योगिक उत्पादन २००५ को भन्दा २८.४% ले कम भयो। [१८][१९] त्यो वर्ष, १ लाख ११ हजार कम्पनीहरू टाट पल्टिए। यो सङ्ख्या २०१० को भन्दा २७% ले उच्च थियो। [२०][२१] नतिजास्वरुप, सेप्टेम्बर २००८ मा ७.५% रहेको बेरोजगारी दर २०१२ मे मा त्यतिबेला कै उच्च २३.१% पुग्यो, भने युवा बेरोजगारी दर २२.०% बाट ५४.९% पुग्यो।[२२][२३][२४]

२००९ देखी २०१२ सममा, ग्रीसको कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा एक चौथाइको गिरावट देखियो। यो सँगै देशमा मन्दी सुरु भयो।[२५]

प्रमुख तथ्यांकहरू संक्षिप्तमा तल प्रस्तुत गरिएको छ। सिआए वर्ल्ड फ्याक्टबुक र युरोस्ट्याट अनुसार:

  • ग्रीक जीडीपी €२४२ अर्ब (सन् २००८ मा) बाट सन् २०१४ मा €१७९ अर्ब, २६% को गिरावट भयो। ग्रीस पाँच वर्ष आर्थिक मन्दीमा फस्यो, सन् २०१४ मा केहि उपायबाट निस्कियो। जीडीपीमा भएको यो गिरावटले गर्दा, कर्जा-जीडीपी अनुपात नाटकीय रुपले वृद्धि भयो, यसले ग्रीसको कर्जा संकट झन् बल्झियो।
  • प्रति व्यक्ति जीडीपी २००७ मा उच्चतम बिन्दु €२२,५०० बाट २०१४ मा €१७,००० सम्म झर्यो, २४%को गिरावट .
  • सर्वजिनिक कर्जा-जीडीपी अनुपात सन् २०१४ मा जीडीपीको १७७% अर्थात €३१७ अर्ब थियो । यो अनुपात जापा र जिम्वावे पछी कै तेस्रो ठुलो थियो । सार्वजनिक कर्जा सन् २०११ मा उच्चतम बिन्दु €३५६ अर्ब थियो; यो सन् २०१२ को जमानत कार्यक्रमद्वारा कम भएको थियो र त्यसपछि बिस्तारै बढ्यो।
  • वार्षिक बजेट घाटा (आम्दानी र खर्चको फरक ) सन् २०१४ मा सुधार भएर जीडीपीको ३.४% मा सिमित भयो, जुन सन् २००९ मा १५% मा पुगेको थियो।
  • सन् २०१४ मा कर राजस्व €८६ अर्ब (जीडीपीको करिब ४८%), भने खर्च €८९.५ अर्ब (जीडीपीको करिब ५०%) थियो।
  • सन् २००५-२००९ मा करिब १०% रहेको बेरोजगारी दर २०१४-२०१५ मा बढेर २५% सम्म पुग्यो ।
  • सन् २०१४ मा अनुमानित ३६% ग्रीक नागरिक गरिबीको रेखा मुनि थिए। [२६]

सामाजिक असर[सम्पादन गर्ने]

२००४ देखि २०१४ सम्मको ग्रीसको रोजगारी डर र बेरोजगारी दर

ग्रीक जनता माथि मितव्ययिता उपायको सामाजिक असर कठोर, गम्भीर थियो।[२७] फेब्रुअरी २०१२ मा, २०,००० ग्रीकहरू घरबार बिहिन भएको रिपोर्ट भयो, एथेन्सको ऐतिहासिक सहरको केन्द्रको २० प्रतिशत पसल दोकानहरू खाली भए।[२८]

राजनैतिक असर[सम्पादन गर्ने]

सन् २०११ मा, आर्थिक सङ्कटबाट मितव्ययिता विरोधी आन्दोलनको जन्म भयो। सन् १९७७ देखि २००९ सम्म ग्रीक राजनीतिमा प्रभुत्व जमाएको दुई दलीय प्रणालीको २०१२ मे ६ र २०१२ जुन १७ को चुनावबाट अन्त्य भयो। यो रुपान्तरणको मुख्य विशेषता यस्तो थियो:

अन्य असरहरू[सम्पादन गर्ने]

आयोजक संस्था टाट पल्टिएकाले दौड प्रतियोगिता बन्द भयो।[२९]

फुटबल खेलाडीहरूले तलब नयाँ करको दर अनुसार पाउनेछन्।[३०]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "ECONOMIC RESEARCH, Federal Reserve Bank of St Louis", fred.stlouisfed.org, अन्तिम पहुँच २०२१-०५-०३ 
  2. "Eurozone hails Greece's exit from bailout as end of crisis", Financial Times। 
  3. "Greece Prepares to Stagger Back From Debt Crisis, the End of Bailouts in Sight", The New York Times 
  4. "'Greece crisis over' as Eurozone agrees debt relief plan", France24.com, अन्तिम पहुँच १९ मे २०२० 
  5. "BBC: Η Ελλάδα βιώνει ανθρωπιστική κρίση -Εννέα αποκαλυπτικά γραφήματα [εικόνες]" [Greece is experiencing a humanitarian crisis - New revealing charts [images]], iefimerida.gr (आधुनिक युनानीमा), २० जुलाई २०१५। 
  6. Kostoulas, Vasilis (२६ मार्च २०१५), "Η Ελλάδα και η ανθρωπιστική κρίση" [Greece and the humanitarian crisis], Naftemporiki.gr (आधुनिक युनानीमा)। 
  7. Oxenford, Matthew; Chryssogelos, Angelos (१६ अगस्ट २०१८), "Greel Bailout: IMF and Europeans Diverge on Lessons Learnt", Chatham House, अन्तिम पहुँच २० अगस्ट २०१८ 
  8. "Greece is trapped by the euro", The Washington Post, ७ जुलाई २०१५, अन्तिम पहुँच ७ अप्रिल २०१९ 
  9. "The Euro Is a Straitjacket for Greece", The New York Times, ३० जुन २०१५, अन्तिम पहुँच ७ अप्रिल २०१९ 
  10. Higgins, Matthew; Klitgaard, Thomas (२०११), "Saving Imbalances and the Euro Area Sovereign Debt Crisis", Current Issues in Economics and Finance (Federal Reserve Bank of New York) 17 (5), अन्तिम पहुँच ११ नोभेम्बर २०१३ 
  11. George Matlock (१६ फेब्रुअरी २०१०), "Peripheral euro zone government bond spreads widen", Reuters, अन्तिम पहुँच २८ अप्रिल २०१० 
  12. "Acropolis now", The Economist, २९ अप्रिल २०१०, अन्तिम पहुँच २२ जुन २०११ 
  13. "Greece debt crisis: how exposed is your bank?", Guardian Media, १७ जुन २०११, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५ 
  14. Watts, William (९ जुलाई २०१५), "Here's how much Greece owes Germany, others", Market Watch, अन्तिम पहुँच २१ मे २०२० 
  15. Azerbaijan, Baku; Mammadov, Anvar (४ नोभेम्बर २०१५), "Greece sign 285M euro financing deal for energy projects", Trend, अन्तिम पहुँच २१ मे २०२० 
  16. Echevarria, Jacqueline (७ Nov २०१५), "Greece granted £285m for energy projects", EnergyLiveNews.com, अन्तिम पहुँच २१ मे २०२० 
  17. "Interim Forecast", European Commission, २३ फेब्रुअरी २०१२, अन्तिम पहुँच २१ मे २०२० 
  18. "Industrial production down by 1.1% in euro area in December 2011 compared with November 2011", Eurostat, १४ फेब्रुअरी २०१२, मूलबाट १६ फेब्रुअरी २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१२ 
  19. Wearden, Graeme; Garside, Juliette (१४ फेब्रुअरी २०१२), "Eurozone debt crisis live: UK credit rating under threat amid Moody's downgrade blitz", The Guardian (London), अन्तिम पहुँच १४ फेब्रुअरी २०१२ 
  20. "Pleitewelle rollt durch Südeuropa", Sueddeutsche Zeitung, ७ फेब्रुअरी २०१२, अन्तिम पहुँच ९ फेब्रुअरी २०१२ 
  21. Hatzinikolaou, Prokopis (७ फेब्रुअरी २०१२), "Dramatic drop in budget revenues", Ekathimerini, अन्तिम पहुँच १६ फेब्रुअरी २०१२ 
  22. "Euro area unemployment rate at 10.7% in January 2012", Eurostat, १ मार्च २०१२, मूलबाट १ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ मार्च २०१२ 
  23. "Seasonally adjusted unemployment rate", Google/Eurostat, १० नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२ 
  24. "Labour Force Survey: May 2012", Piraeus: Hellenic Statistical Authority, ९ अगस्ट २०१२, मूलबाट १६ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अगस्ट २०१२ 
  25. Sfakianakis, John (९ जनवरी २०१३), "The Greek Depression", Foreign Policy, अन्तिम पहुँच २१ मे २०२० 
  26. "The World Factbook", cia.gov 
  27. Leigh Phillips (६ अक्टोबर २०११), "Ordinary Greeks turning to NGOs as health system hit by austerity", EUobserver 
  28. Kerin Hope (१७ फेब्रुअरी २०१२), "Grim effects of austerity show on Greek streets", The Financial Times, मूलबाट ७ मे २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१२, "At least I'm not starving, there are bakeries that give me something, and I can get leftover souvlaki [kebab] at a fast-food shop late at night," [one homeless Greek] said. "But there are many more of us now, so how long will that last?" 
  29. Chourdakis, Michalis (२६ जनवरी २०१६), "Ανακοίνωση - Γραφείο Τύπου Ο.Δ.Ι.Ε. Α.Ε" [Announcement - ODIE Press Office SA], odie.gr (आधुनिक युनानीमा), अन्तिम पहुँच २१ मे २०२० 
  30. "Η ΝΕΑ ΚΛΙΜΑΚΑ ΦΟΡΟΛΟΓΙΑΣ ΕΙΣΟΔΗΜΑΤΟΣ" [THE NEW INCOME TAX CLIMATE], psap.gr (आधुनिक युनानीमा), अन्तिम पहुँच २१ मे २०२० 

बाह्य कडीहरू[सम्पादन गर्ने]