सबप्राइम धितो सङ्कट
संयुक्त राज्य अमेरिकाको सबप्राइम धितो सङ्कट २००७ र २०१० बीचमा घटेको एक बहुराष्ट्रिय वित्तीय सङ्कट थियो जसको कारणले २००७-२००८ विश्वव्यापी वित्तीय सङ्कट उत्पन्न भयो । । [१] [२] अमेरिकामा घर-जग्गा क्षेत्रको बबल फुटेर अमेरिकी घरको मूल्यहरू मा ठूलो गिरावट आएपछि यो सङ्कट सुरु भएको थियो। यसबाट ऋण डिफल्ट गर्ने, धितो बन्धक लिलाम गरी ऋण असुल गर्ने काम भयो जसले गर्दा घर-आवास सम्बन्धित प्रतिभूतिहरूको अवमूल्यन भयो। महान् मन्दीको पूर्वको आवासीय लगानीमा आएको गिरावट पछि घरेलू खर्चमा कटौती र त्यसपछि ब्यापार लगानीमा कटौती देखियो। उच्च घरेलू ऋण र ठूलो आवास मूल्य गिरावटको एक संयोजनको क्षेत्रहरूमा खर्च कटौती अधिक महत्त्वपूर्ण थिए।
सङ्कटको कारण विश्वव्यापी शेयर बजारमा प्रभाव नाटकीय थियो। १ जनवरी र ११ अक्टुबर २००८ बीच, अमेरिकी निगमहरूमा स्टक मालिकहरूले उनेहारूको स्टकको भाउमा २००खर्ब डलर बाट १२० खर्ब डलरमा गिरावट देखिएकाले ८० खरब अमेरिकी डलरको नोक्सान व्यहोर्नु पर्यो। अन्य देशहरूमा घाटा औसत ४०% थियो। [३]
शेयर बजारको नोक्सान र आवास मूल्यमा भएको गिरावटले एक प्रमुख आर्थिक इन्जिन उपभोक्ता खर्च, माथी दबाब उत्पन्न गर्यो। [४] ठूला विकसित र उदीयमान राष्ट्रहरूका नेताहरूले नोभेम्बर २००८ र मार्च २००९ मा सङ्कटलाई सम्बोधन गर्ने रणनीति बनाउनको लागि भेला गरे। [५] सरकारी अधिकारीहरू, केन्द्रीय बैङ्करहरू, अर्थशास्त्रीहरू, र व्यापार अधिकारीहरू द्वारा विभिन्न समाधान प्रस्ताव गरिएको थियो । [६] [७] [८] संयुक्त राज्यमा, सङ्कटको केही कारण सम्बोधन गर्न डड - फ्रैंक वाल स्ट्रिट सुधार र उपभोक्ता संरक्षण ऐन जुलाई २०१० मा कानून मा हस्ताक्षर गरियो।
कारणहरू
[सम्पादन गर्नुहोस्]१९९७ र २००६ बीच अमेरिकी घरको मूल्यमा १२४% वृद्धि भयो। [१०] २००१ मा समाप्त हुने दुइ दशकको समयमा, घरको राष्ट्रिय माध्यिक मूल्य औसत घरेलू आय भन्दा २.९ देखि ३.१ रह्यो। यो अनुपात २००४ मा ४.० र २००६ मा ४.६ सम्म पुग्यो।[११] यो आवासीय बुमको परिणामस्वरूप घर जग्गाको कयौं मालिकहरूले आफ्नो घरको लागि न्यूनतम ब्याज दरमा वित्त व्यवस्थापन गरे, वा मूल्यवृद्धि द्वारा सुरक्षित द्वितीय बन्धकको साथ उपभोक्ताको व्ययमा वित्त व्यवस्थापन गरे।
यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो। त्यसैले लगानीकर्ताकरूको ध्यान अमेरिकाको घर-जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले। अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।
घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैङ्क (मर्चेन्ट बैङ्क) हरू पनि उठाउन चाहन्थे। इन्भेस्टमेन्ट बैङ्क कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहणमा मद्दत गर्न, डेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदान गर्छ । इन्भेस्टमेन्ट बैङ्कहरूले बैङ्क सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( en:collateralized debt obligation, CDO) राखिएको थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैङ्कहरूले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो।) त्यसपछी इन्भेस्टमेन्ट बैङ्क ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे। सामान्यतया बैङ्कले ऋणीलाई ऋण दिने समयमा बैङ्क ऋणीको वित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ। यो मामिलामा बैङ्कले ऋण इन्भेस्टमेन्ट बैङ्कलाई बिक्री गरिरहेको थियो। भने इन्भेस्टमेन्ट बैङ्क ती ऋणलाई जोडेर सिडिओ बनाएर लगानीकर्ताहरूलाई बेचिरहेको थियो। यसमा ऋणको जोखिम बैङ्कले इन्भेस्टमेन्ट बैङ्कलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैङ्कले ऋणको जोखिम सिडिओ लगानीकर्तालाई हस्तान्तरण गरेको थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्ये धेरै सिडिओलाई "ट्रिपल ए" (एएए) रेटिङ प्रदान गरे। एएए रेटिङ सबैभन्दा उच्च रेटिङ हो, र यो रेटिङ पाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओमा झुम्मिए। सिडिओको बढ्दो माग र आकर्षण देखेर इन्भेस्टमेन्ट बैङ्क बैङ्कहरू सँग अझै धेरै ऋणको माग गर्न थाले। तर बैङ्कले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाई आवास ऋण दिइसकेका थिए। त्यसैले बैङ्कले ती मानिस हरूलाई पनि आवास ऋण दिन थाले जसले ऋण चुकाउन सक्छन् भन्ने कुनै निश्चितता थिए। यस्तो असुरक्षित स्तरको ऋणलाई सबप्राइम लोन भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैङ्कबाट धेरै कमिसन पाउने चक्करमा बैङ्कले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो। बैंक यी सबप्राइम लोन इन्भेस्टमेन्ट बैङ्कलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैङ्क यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो। "एएए रेटिङ"को कारणले ती सबप्राइम लोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।
यसरी बैङ्कले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैङ्कले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैङ्कहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए। बैङ्क, इन्भेस्टमेन्ट बैङ्क को साथसाथै क्रेडिट रेटिङ एजेन्सी पनि निकै मुनाफा कमाइरहेका थिए। मुडिज (Moody's Investors Service ), एक अमेरिकी क्रेडिट रेटिङ एजेन्सी कम्पनी थियो, को मुनाफा २००० देखी २००७ को बिचमा ४ गुणाले बृद्धि भएको थियो। बैङ्क, इन्भेस्टमेन्ट बैङ्क र क्रेडिट रेटिङ एजेन्सीको मिलिभगतको काम २००८ को सुरुवातसम्म यसरी नै चलिरह्यो।
प्रभावहरू
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरे अनुसार संयुक्त राज्य अमेरिकाका र युरोपेली ठूला बैंकहरूले जनवरी २००७ देखी सेप्टेम्बर २००९ को बिचमा खराब ऋणको कारण १० खर्ब ( $1 trillion) डलर भन्दा धेरैको नोक्सानी व्यहोर्नु पर्यो ।
अमेरिकामा प्रभाव
[सम्पादन गर्नुहोस्]- २००८ को तेश्रो त्रैमास देखी वास्तविक कूल घरेलु उत्पादन (जीडीपी)मा संकुचन देखिन थाल्यो र २०१० को पहिलो त्रैमास पछि मात्र बृद्धि देखियो । [१२]
- बेरोजगारी दर २००८मा संकट भन्दा पहिले ५% बाट २००९ को अन्त सम्ममा १०% सम्म बढ्यो, र पछि मार्च २०१३ सम्ममा विस्तारै घट्दै ७.६% भयो। [१३] पूर्व संकट अवस्था २००८ मा ७० लाख रहेको बेरोजगारीको संख्या २००९ मा १ करोड ५० लाख बढ्यो र २०१३ को सुरुवातसम्ममा घटेर १ करोड २० लाख भयो । [१४]
- अमेरिकी राष्ट्रिय ऋण २००८ मा कुल ग्राहस्थ उत्पादन (जिडिपी)को ६६% बाट बढेर २०१२ को अन्त सम्ममा जिडिपी को १०३% भन्दा पनि अधिक भयो।[१५]
प्रतिक्रियाहरू
[सम्पादन गर्नुहोस्]फेडरल रिजर्भ र अन्य केन्द्रीय बैङ्कहरू
[सम्पादन गर्नुहोस्]अमेरिकाको केन्द्रीय बैङ्क फेडरल रिजर्भले विश्वभरका केन्द्रीय बैङ्कसँगको साझेदारीमा यस समस्यालाई सम्बोधन गर्न विभिन्न कदमहरू चाल्यो। [१६] फेडरल रिजर्भका अध्यक्ष बेन बर्नान्कीले २००८ को सुरुवातमा भनेका थिए: "मोटामोटी रूपमा फेडरल रिजर्वको प्रतिक्रियाले दुई ट्र्याक भए : बजार तरलता तथा कार्यलाई टेवा गर्ने प्रयास र मौद्रिक नीति मार्फत हाम्रो समष्टि आर्थिक उद्देश्यहरूको खोजी।"
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Duca, John V. (Federal Reserve Bank of Dallas) (२०१४), "Subprime Mortgage Crisis", Federal Reserve History, Federal Reserve, अन्तिम पहुँच मे १५, २०१७, "The expansion of mortgages to high-risk borrowers, coupled with rising house prices, contributed to a period of turmoil in financial markets that lasted from 2007 to 2010."
- ↑ US Business Cycle Expansions and Contractions वेब्याक मेसिन अभिलेखिकरण मार्च १०, २००९ मिति, NBER, accessed August 9, 2012.
- ↑ Wall Street Journal Oct. 11, 2008, p. 1
- ↑ Friedman, Thomas L. (१६ नोभेम्बर २००८), "Opinion – Gonna Need a Bigger Boat", The New York Times, अन्तिम पहुँच ५ अक्टोबर २०१७।
- ↑ "G-20 Calls for Action on Growth, Overhaul of Financial Rules", Bloomberg.com, मूलबाट २००७-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०२-२७।
- ↑ "Stigliz Recommendations", CNN, २००८-०९-१७, अन्तिम पहुँच २०१०-०५-२४।
- ↑ "Greenspan-Banks Need More Capital", Economist.com, २००८-१२-१८, अन्तिम पहुँच २००९-०२-२७।
- ↑ "FT-Ferguson Beyond the Age of Leverage", Ft.com, २००९-०२-०२, अन्तिम पहुँच २०१०-१०-०३।
- ↑ "संग्रहीत प्रति", मूलबाट २० मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०।
- ↑ "CSI: credit crunch | Economist.com", २००८, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २००८।
- ↑ Ben Steverman and David Bogoslaw (अक्टोबर १८, २००८), "The Financial Crisis Blame Game - BusinessWeek", Businessweek.com, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २००८।
- ↑ Real Gross Domestic Product, २८ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ अक्टोबर २०१७।
- ↑ Civilian Unemployment Rate, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ अक्टोबर २०१७।
- ↑ Unemployment Level, १ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ अक्टोबर २०१७।
- ↑ Graph: Federal Debt: Total Public Debt as Percent of Gross Domestic Product (GFDEGDQ188S) – FRED – St. Louis Fed. Research.stlouisfed.org. Retrieved on 2013-08-12.
- ↑ Appelbaum, Binyamin (फेब्रुअरी २१, २०१४), "A Chronicle of Uncertainty, Then Bold Action, in 2008 Fed Transcripts", The New York Times।