२००७-२००८ को वित्तीय सङ्कट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन् २००७-२००८ को वित्तीय सङ्कट एक गम्भीर विश्वव्यापी वित्तीय सङ्कट थियो। खराब कर्जाको कारण बैङ्कहरूले अत्यधिक जोखिम लिने संयुक्त राज्य अमेरिकामा यो सङ्कट १५ सेप्टेम्बर २००८ मा लेहम्यान ब्रदर्स दामासाही भएसँगै र अन्तर्राष्ट्रिय बैकिङ सङ्कटसँगै चरम शिखरमा पुगेको थियो। यो सङ्कटले महान् आर्थिक शिथिलता विश्वव्यापी आर्थिक शिथिलता निम्त्याएको थियो जुन कोरोनाभाइरसका कारण परेको आर्थिक शिथिलता भन्दा अघि महामन्दी पछि कै ठूलो आर्थिक मन्दी थियो। [१] [२] [३] यसको पछि पछि युरोपेली कर्जा सङ्कट सुरु भएको थियो जुन सन् २००९ को उत्तरार्धमा युनानमा र सन् २००८–२०११ आइसल्यान्डेेेली वित्तीय सङ्कटबाट सुरु भएको थियो।

इतिहास[सम्पादन गर्ने]

समय रेखा[सम्पादन गर्ने]

कारणहरू[सम्पादन गर्ने]

घर-जग्गा बबलमा वृद्धि[सम्पादन गर्ने]

१९६३ र २००८ को बीच संयुक्त राज्य अमेरिकामा बिक्री गरिएका नयाँ घरको मध्यिका र औसत बिक्री मूल्य दर्शाउने ग्राफ.(नोट: यो मुद्रास्फीतिको लागि समायोजित छैन).[४]

१९९७ र २००६ बीच अमेरिकी घरको मूल्यमा १२४% वृद्धि भयो। [५] २००१ मा समाप्त हुने दुइ दशकको समयमा, घरको राष्ट्रिय माध्यिक मूल्य औसत घरेलू आय भन्दा २.९ देखि ३.१ रह्यो । यो अनुपात २००४ मा ४.० र २००६ मा ४.६ सम्म पुग्यो। । [६] यो आवासीय बुमको परिणामस्वरूप घर जग्गाको कयौं मालिकहरूले आफ्नो घरको लागि न्यूनतम ब्याज दरमा वित्त व्यवस्थापन गरे, वा मूल्यवृद्धि द्वारा सुरक्षित द्वितीय बन्धकको साथ उपभोक्ताको व्ययमा वित्त व्यवस्थापन गरे।

यस प्रकार घरको माग र मूल्य बढिरहेको थियो। त्यसैले लगानीकर्ताकरूको ध्यान अमेरिकाको घर-जग्गा तर्फ मोडियो । घर जग्गाको बढ्दो मूल्य देखेर लगानीकर्ताहरू घर-जग्गामा लगानी गर्न थाले। अमेरिकामा घरको माग र घर-जग्गाको मूल्य निरन्तर बढीरहन्छ भन्ने उनीहरूको अनुमान थियो ।

घर जग्गामा चलेको यो तेजीको फाइदा इन्भेस्टमेन्ट बैंक (मर्चेन्ट बैंक) हरू पनि उठाउन चाहन्थे। इन्भेस्टमेन्ट बैंक कम्पनीलाई पूँजी संकलन गर्न, मर्जर तथा अधिग्रहणमा मद्दत गर्न, डेरिभेटिभ ट्रेडिङ गर्न सुबिधा प्रदान गर्छ । इन्भेस्टमेन्ट बैंकहरूले बैंक सँग लोन (ऋण) खरिद गर्न थाले र कयौं लोनलाई मिलाएर मिश्रित डेरिभेटिभ प्रोडक्ट बनाउन लागे, जसको नाम कोल्याटरलाईज्ड डेब्ट अल्बिगेसन ( en:collateralized debt obligation, CDO) राखिएको थियो। र यी सिडिओहरूलाई इन्भेस्टमेन्ट बैंकहरूले क्रेडिट रेटिङ एजेन्सीबाट रेटिङ गराए। क्रेडिट रेटिङ एजेन्सी ती ऋणहरूलाई मूल्याङ्कन गर्ने काम गर्थ्यो। (ती ऋणहरूलाई जाँच गर्थ्यो ती सिडिओलाई ग्रेड प्रदान गर्थ्यो ।) त्यसपछी इन्भेस्टमेन्ट बैंक ती सिडिओहरू लगानीकर्ताहरूलाई बिक्री गर्थे। सामान्यतया बैंकले ऋणीलाई ऋण दिने समयमा बैंक ऋणीको वित्तिय अवस्था जाँच गरेर, उनको आय-व्याय प्रामाणित गरेर मात्र ऋण स्वीकृत गर्छ। यो मामिलामा बैंकले ऋण इन्भेस्टमेन्ट बैंकलाई बिक्री गरिरहेको थियो। भने इन्भेस्टमेन्ट बैंक ती ऋणलाई जोडेर सिडिओ बनाएर लगानीकर्ताहरूलाई बेचिरहेको थियो। यसमा ऋणको जोखिम बैंकले इन्भेस्टमेन्ट बैंकलाई हस्तान्तरण गरेको थियो र इन्भेस्टमेन्ट बैंकले ऋणको जोखिम सिडिओ लगानीकर्तालाई हस्तान्तरण गरेको थियो। क्रेडिट रेटिङ एजेन्सीले ती मध्ये धेरै सिडिओलाई "ट्रिपल ए" (एएए) रेटिङ प्रदान गरे। एएए रेटिङ सबैभन्दा उच्च रेटिङ हो, र यो रेटिङ पाएको लगानीलाई सबैभन्दा सुरक्षित लगानी मानिन्छ। एएए रेटिङ र राम्रो प्रतिफल देखेर लगानीकर्ताहरू सिडिओमा झुम्मिए। सिडिओको बढ्दो माग र आकर्षण देखेर इन्भेस्टमेन्ट बैंक बैंकहरू सँग अझै धेरै ऋणको माग गर्न थाले। तर बैंकले राम्रो वित्तीय अवस्था भएका र ऋण तिर्न सक्षम भएकाहरूलाई आवास ऋण दिइसकेका थिए। त्यसैले बैंकले ती मानिस हरूलाई पनि आवास ऋण दिन थाले जसले ऋण चुकाउन सक्छ्न् भन्ने कुनै निश्चितता थिए। यस्तो असुरक्षित स्तरको ऋणलाई सबप्राइम लोन भनिन्छ। धेरै लोन बेचेर इन्भेस्टमेन्ट बैंक बाट धेरै कमिसन पाउने चक्करमा बैंकले वित्तीय क्षमता र अवस्था जाँच नगरी ऋण दिइरहेको थियो। बैंक यी सबप्राइम लोन इन्भेस्टमेन्ट बैंकलाई बिक्री गर्थे र इन्भेस्टमेन्ट बैंक यी सुबप्राइम लोनको सिडिओ बनाएर क्रेडिट रेटिङ एजेन्सीबाट "एएए" रेटिङ दिलाउन थाले । लगभग ७०% सिडिओलाई क्रेडिट रेटिङ एजेन्सीले "एएए" रेटिङ प्रदान गरेको थियो। "एएए रेटिङ"को कारणले ती सबप्राइम लोनबाट बनेको सिडिओ को पनि राम्रो माग आउन थाल्यो ।

यसरी बैंकले सबप्राइम लोन बिक्री गरिरह्यो र इन्भेस्टमेन्ट बैंकले उक्त सबप्राइम लोनको सिडिओ बनाएर लगानीकर्ताहरूलाई बिक्री गरिरहे। सन् २००० देखी २००७ सम्म इन्भेस्टमेन्ट बैंकहरूले अरबौं अरबौं डलरको सिडिओ बेचेर अरबौं डलरको मुनाफा कमाइरहेका थिए। बैंक, इन्भेस्टमेन्ट बैंक को साथसाथै क्रेडिट रेटिङ एजेन्सी पनि निकै मुनाफा कमाइरहेका थिए। मुडिज (Moody's Investors Service ), एक अमेरिकी क्रेडिट रेटिङ एजेन्सी कम्पनी थियो, को मुनाफा २००० देखी २००७ को बिचमा ४ गुणाले बृद्धि भएको थियो ।  बैंक, इन्भेस्टमेन्ट बैंक र क्रेडिट रेटिङ एजेन्सी को मिलिभगतको काम २००८ को सुरुवातसम्म यसरी नै चलिरह्यो ।

एआइ जी (AIG American International Group ) , विश्वको सबैभन्दा ठूलो बीमा कम्पनीले सिडिओको जोखिम बहन गर्न थाल्यो । बिमा नोक्सानबाट सुरक्षा पाउन गरिन्छ। एआइजीलाई लागेको थियो सिडिओलाई "एएए" रेटिङ प्रदान गरिएको छ । त्यसैले सिडिओ असफल हुने सम्भावना निकै कम छ। त्यसैले उसले सिडिओ मा बिमा सेवा प्रदान गर्न सुरु गर्‍यो। र त्यसको नाम क्रेडिट डिफल्ट स्वाप राखियो। सिडिओ लगानीकर्ता क्षतिबाट सुरक्षा पाउन सिडिएस को खरिद गर्न थाले। सिडिएस को विशेष कुरा यो थियो कि सिडिओ नभएको मनिसले पनि सिडिएस खरिद गर्न सक्थे। जसले सिडिएस खरिद गरेका थिए, उनीहरूले हरेक त्रैमासमा एआइजीलाई प्रिमियम रकम बुझाउनु पर्थ्यो । यदि सिडिओ असफल भएमा फेल भएमा, त्यसको क्षति एआइजीले बहन गर्थ्यो। सिडिएस को बिक्री बापत एआइजीले आफ्नो कर्मचारी तथा अभिकर्ताहरूलाई ठूला ठूला बोनस प्रदान गरिरहेको थियो । तर एआइजीले "यदी सिडिओ फेल भयो भने कती क्षति बहन गर्नुपर्छ्" भन्ने कुरा कहिल्यै सोचेन ।

लोन डिफल्ट[सम्पादन गर्ने]

बैंकले दिएको धेरैजसो ऋण समायोज्य दरको ऋण थियो। समायोज्य दरको ऋणको ब्याजदर सुरुवातको केहि समय त निकै न्युन हुन्थ्यो तर केहि वर्ष पछी निकै धेरै हुन्छ। धेरै जसो सबप्राइम लोन ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र बैंकले पनि यसको बारेमा केहि जानकारी दिएको थिएन। जो व्यक्तिले समायोज्य दरमा सबप्राइम लोन लिएका थिए, उनीहरूले सुरुमा त निकै कम ब्याज तिर्नुपर्‍यो तर केहि वर्ष पछी (३-४ वर्षपछि) खासगरी २००७ पछी उनीहरूले लिएको ऋणको ब्याज निकै बढी भयो। धेरै जसो ऋणीलाई समायोज्य दरको बारेमा केही ज्ञान थिएन र ब्याजदर बढ्ने बित्तिकै जसले सबप्राइम लोन लिएका थिए, उनीहरूलाई बढेको यो ब्याज तिर्न निकै मुस्किल पर्न थाल्यो र उनीहरूले लोन डिफल्ट गर्न सुरु गरे अर्थात उनीहरूले ऋण चुकाउन बन्द गरे।

तब बैंकहरूले धितोको घर बेचेर त्यो ऋण असुल गर्न थाले। अर्थात बैंकहरूले आफ्नो पैसा ती घरहरू बेचेर उठाउन सुरु गरे। यो यसकारणले भइरहेको थियो किनभने बैंकले उनीहरूको जाँच बिना र उनीहरूको ऋण तिर्न सक्ने क्षमता बिना नै उनीहरूलाई ऋण प्रदान गरिरहेको थियो। धेरै जसो ऋणीहरूसँग त लगातारको कमाइ (ढुक्कको कमाइ) पनि थिएन। तैपनि बैंकहरूले उनीहरूलाई आवास ऋण दिइरहेको थियो। यहाँ बैंकहरूले अर्को गल्ती पनि गरे। आवास खरिदको लागि ऋणीहरूले सबै पैसा बैंकबाट ऋण लिएका थिए। २००५ मा ५०% ऋणीहरूले घर किन्न आफ्नो तर्फबाट केही लगानी गरेका थिएनन् र बैंकबाट नै सबै पैसा राखेका थिए । जबकि सामान्यतया घर किन्नको लागि ऋणीले केही पैसा आफ्नो तर्फबाट राख्नु पर्थ्यो र बाँकी पैसा बैंकले ऋण दिने गर्थ्यो।

अब ब्याजदरमा वृद्धि भएपछि लोन डिफल्ट गर्ने अथवा ऋण नचुकाउने ऋणीहरूको संख्य बिस्तारै बढ्दै गयो। तब बैंकले सबै घरलाई लिलामीमा बेच्न थाल्यो। डिफल्ट गर्नेहरू धेरै भएकाले बैंकले धेरै घरहरू लिलामीको लागि निकाल्यो। २००७-०८ मा ब्याजदर पनि ५% मा आइसकेको थियो। बैंकले धेरै मानिसहरूलाई ऋण दिइसकेको थियो। त्यसैले लिलामी निकालिएको ती घरको लागि कोही ग्राहक भेटिएनन्। जसको कारण घरको मूल्य निकै घट्ययो र निकै कम स्तरमा आयो। जो मानिसहरूले घर किन्नको लागि ऋण लिएका थिए उनीहरूको ऋण घरको भाउ भन्दा निकै धेरै थियो। उनीहरूले जब घर खरिद गरेका थिए, घरको भाउ निकै उच्च थियो तर अब घर-जग्गामा निकै गिरावट देखिएको थियो। त्यसैले आवास लोन डिफल्ट गर्ने ऋणीहरूको संख्या बढ्दै गयो। यो डिफल्टको कारणले बैंकमा पैसा आउन बन्द भयो।

वित्तीय बजार मा प्रभाव[सम्पादन गर्ने]

यो डिफल्टको कारणले सिडिओ फेल भयो र सिडिओको मूल्य शून्य बराबर भयो। जो लगानीकर्ताहरूले सिडिओमा लगानी गरेका थिए उनीहरूको पुरै पैसा डुब्यो। जो लगानीकर्ता तथा कोष व्यवस्थापकहरूलाई सबप्राइम लोनको बारेमा ज्ञान थियो, उनेहरूलाई सिडिओ जुन्सुकै बेलामा पनि फेल हुन सक्छ भन्ने कुरा थाह थियो। त्यसैले उनीहरूले धेरै मात्रामा सिडिएस खरिद गरेका थिए अर्थात सिडिओको बिमा गरेका थिए। र जब सिडिओ फेल भयो, उनीहरूलाई निकै मुनाफा भयो। सिडिओमा जोखिम बहन गर्ने भनेर सिडिओको बिमा गर्ने एआइजी कम्पनीलाई ९९ अरब डलरको नोक्सान भयो।

एआइजी निकै ठूलो कम्पनी थियो र यसमा रहेका धेरै कर्मचारीहरूको जागिर बचाउन अमेरिकी संघीय सरकारले बेल आउन गर्यो। सरकारले ८५ अरब $ दिएर एआइजीलाई डुब्नबाट बचायो। यो देखेर लगानीकर्ताहरूले सिडिओ किन्न बन्द गरे। बैंकहरूबाट लोन खरिद गरि इन्भेस्टमेन्ट बैंकले सिडिओ बनाएको थियो र त्यस्ता सिडिओ इन्भेस्टमेन्ट बैंकसँग थुप्रै संख्यामा थियो र अब सिडिओ खरिद गर्ने कोही लगानीकर्ताहरू थिएनन्। र त्यो सिडिओको नोक्सान इन्भेस्टमेन्ट बैंकहरूले व्यहोर्नु पर्यो।

अमेरिकाका शिर्ष १० इन्भेस्टमेन्ट बैंकहरू भुइँमा बजारिए। अमेरिकाको एक टप इन्भेस्टमेन्ट बैंक "लेहम्यान ब्रदर्स" टाट पल्टियो (दामासहीमा पर्यो)। र लेम्यान ब्रदर्सका करिब २५००० कर्मचारीहरूले जागिरबाट हात धुनुपर्यो। बियर स्टर्नलाई जेपि मोर्गन चेसले खरिद गर्यो र मेरिल लिन्चलाई बैंक अफ अमेरिकाले खरिद गर्यो। यस संकटमा बैंक तथा अन्य वित्तीय संस्थाहरूलाई ४५० अरब डलरको नोक्सान भयो। सिडिओ र सिडिएस मा कुनै नियमन थिएन। फेडरल रिजर्भले बैंकको धितोलाई त नियमन गर्थ्यो तर सिडिओ र सिडिएसलाई नियमन र नियन्त्रण गर्ने कुनै निकाय थिएन।

यसबाट क्रेडित क्रन्चको स्थिति पैदा भयो। ऋण पाउनको लागि मुस्किल भयो। धेरै व्यापार व्यवसाय ऋण पाउन र पूँजी जुटाउन नसकेर बन्द भए। अमेरिकाको आर्थिक वृद्धि ठप्प भयो र बेरोजगारी निकै बढ्यो।

विश्व अर्थतन्त्र मा प्रभाव[सम्पादन गर्ने]

अमेरिकामा प्रभाव[सम्पादन गर्ने]

संयुक्त राज्य अमेरिकामा श्रमिक र सम्पत्तिद्वारा उत्पादित वस्तु तथा सेवाको निर्यात २००८ को चौथो त्रैमास र २००९ क्क पहिलो त्रैमासमा ६ प्रतिशतको वार्षिक दरले गिरावट भयो। [७] अमेरिकामा बेरोजगारी दर अक्टोबर २००९ मा १०.२% सम्म बढ्यो, जुन १९८३ यताकै उच्चतम बिन्दु थियो र यस संकट पूर्वको स्थिती भन्दा दोब्बर थियो। प्रति सप्ताह कामको औसत घण्टा ३३ सम्म घट्यो, जुन १९६४ देखि सरकारद्वारा तथ्यांक संग्रह आरम्बभ गरेपछि को न्यूनतम विन्दु थियो।[८][९]

वैश्विक प्रभावहरू[सम्पादन गर्ने]

अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। सबैभन्दा ठूलो अर्थतन्त्रमा असर परेपछि त्यो सँग जोडिएका सबै अर्थतन्त्रहरू प्रत्यक्ष -अप्रत्यक्ष रुपमा प्रभावित भए। २००८ को वित्तीय संकट यति गहिरो थियो कि यसको असर पुरै विश्वमा परेको थियो र विश्वव्यापी आर्थिक मन्दी आयो।

सरकारको प्रतिक्रिया[सम्पादन गर्ने]

आर्थिक बृद्धिका लागि नतिजाहरू[सम्पादन गर्ने]

उल्लेखनीय पुस्तक र चलचित्रहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Gopinath, Gita (अप्रिल १४, २०२०), "The Great Lockdown: Worst Economic Downturn Since the Great Depression", अन्तर्राष्ट्रिय मुद्रा कोष 
  2. Eigner, Peter; Umlauft, Thomas S. (जुलाई १, २०१५), "The Great Depression(s) of 1929–1933 and 2007–2009? Parallels, Differences and Policy Lessons", Hungarian Academy of Science, एसएसआरएन 2612243 
  3. Eichengreen; O'Rourke (मार्च ८, २०१०), "A tale of two depressions: What do the new data tell us?", VoxEU.org 
  4. "संग्रहीत प्रति", मूलबाट २० मे २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१० 
  5. "CSI: credit crunch | Economist.com", २००८, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २००८ 
  6. Ben Steverman and David Bogoslaw (अक्टोबर १८, २००८), "The Financial Crisis Blame Game - BusinessWeek", Businessweek.com, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अक्टोबर २००८ 
  7. "BEA Press Releases", मूलबाट २९ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१० 
  8. "BLS-Historical Unemployment Rate Table", मूलबाट २५ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जून २०२० 
  9. "Business Week-Unemployed lose with hour and wage cuts", मूलबाट २३ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१० 

बाह्य कडीहरू[सम्पादन गर्ने]