सन् २००७–२००८ को वित्तीय सङ्कट
सन् २००७-२००८ को वित्तीय सङ्कट एक गम्भीर विश्वव्यापी वित्तीय सङ्कट थियो। खराब कर्जाको कारण बैङ्कहरूले अत्यधिक जोखिम लिँदा संयुक्त राज्य अमेरिकामा यो सङ्कट १५ सेप्टेम्बर २००८ मा लेहम्यान ब्रदर्स दामासाही भएसँगै र अन्तर्राष्ट्रिय बैङ्किङ सङ्कटसँगै चरम शिखरमा पुगेको थियो। यो सङ्कटले महान आर्थिक शिथिलता जस्तो विश्वव्यापी आर्थिक शिथिलता निम्त्याएको थियो जुन कोरोनाभाइरसका कारण परेको आर्थिक शिथिलता भन्दा अघि महामन्दी पछि कै ठूलो आर्थिक मन्दी थियो। [१] [२] [३] त्यसपछस सन् २००९ को उत्तरार्धमा युनानमा र सन् २००८–२०११ आइसल्यान्डेेेली वित्तीय सङ्कट सुरु भएसँगै युरोपमा कर्जा सङ्कट देखिन थालेको थियो।
कारणहरू
[सम्पादन गर्नुहोस्]विश्व अर्थतन्त्रमा प्रभाव
[सम्पादन गर्नुहोस्]अमेरिकामा प्रभाव
[सम्पादन गर्नुहोस्]संयुक्त राज्य अमेरिकामा श्रमिक र सम्पत्तिद्वारा उत्पादित वस्तु तथा सेवाको निर्यात सन् २००८ को चौथो त्रैमास र सन् २००९ को पहिलो त्रैमासमा ६ प्रतिशतको वार्षिक दरले गिरावट हुन पुगेको थियो। [४] अमेरिकामा बेरोजगारी दर अक्टोबर २००९ मा १०.२% सम्म पुगेको थियो जुन सन् १९८३ यताकै उच्चतम बिन्दु थियो। यो सङ्कट पूर्वको स्थिति भन्दा दोब्बर थियो। प्रति सप्ताह कामको औसत घण्टा ३३ सम्म घट्न पुगेको थियो जुन सन् १९६४ देखि सरकारद्वारा तथ्याङ्क सङ्ग्रह आरम्भ गरेपछिको न्यूनतम विन्दु थियो।[५][६]
वैश्विक प्रभावहरू
[सम्पादन गर्नुहोस्]अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो। सबैभन्दा ठूलो अर्थतन्त्रमा असर परेपछि यससँग जोडिएका सबै अर्थतन्त्रहरू प्रत्यक्ष -अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए। सन् २००८ को वित्तीय सङ्कटले सम्पूर्ण विश्वमा असर पारेको र यसको फलस्वरूप विश्वव्यापी आर्थिक मन्दीको सुरुवात भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Gopinath, Gita (अप्रिल १४, २०२०), "The Great Lockdown: Worst Economic Downturn Since the Great Depression", अन्तर्राष्ट्रिय मुद्रा कोष।
- ↑ Eigner, Peter; Umlauft, Thomas S. (जुलाई १, २०१५), "The Great Depression(s) of 1929–1933 and 2007–2009? Parallels, Differences and Policy Lessons", Hungarian Academy of Science, एसएसआरएन 2612243।
- ↑ Eichengreen; O'Rourke (मार्च ८, २०१०), "A tale of two depressions: What do the new data tell us?", VoxEU.org।
- ↑ "BEA Press Releases", मूलबाट २९ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०।
- ↑ "BLS-Historical Unemployment Rate Table", मूलबाट २५ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जून २०२०।
- ↑ "Business Week-Unemployed lose with hour and wage cuts", मूलबाट २३ जनवरी २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मई २०१०।