२०२० रुस- साउदी अरब तेल मूल्य युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
क्रेमलिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुतिन र साउदी अरेबियाका राजा सल्मन बिन अब्दुलाजीज

मार्च २०२० मा, साउदी अरेबियाले रसियाको विरुद्ध साथ कच्चा तेलमा मूल्य युद्ध शुरू गर्‍यो र तेलको मूल्यमा ६५% त्रैमासिक गिरावट आयो । [१] केही हप्तामा, अमेरिकी तेलको मूल्य ३४% , कच्चा तेल २६% र ब्रेन्ट तेल २४% ले गिरावट आयो। [२] पेट्रोलियम निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र रसियाबीच सन् २०१९ -२० को कोरोनाभाइरस महामारीको बीचमा प्रस्तावित तेल उत्पादन कटौतीलाई लिएर रूसको बिचमा वार्ता भङ्ग भएपछि मूल्य युद्ध सुरु भएको थियो। यसले रसियालाई सम्झौताबाट पर राख्यो जसले गर्दा "ओपेक + " गठबन्धनको पतन भयो। तेलको मागमा आएको गिरावटको कारण वर्षको सुरुदेखि नै तेलको मूल्यमा ३०% को गिरावट आइसकेको थियो। [३] मूल्य युद्ध हाल चलिरहेको विश्वव्यापी शेयर बजार क्र्यास को एक प्रमुख कारण हो।

पृष्ठभूमि[सम्पादन गर्ने]

२०१४ को सुरुमा, अमेरिकी शेल तेल उत्पादनले आफ्नो बजार हिस्सा बढायो ; अन्य उत्पादकहरूले तेल उत्पादन गर्न जारी राख्दा,[४][५] २०१४ मा ११४ अमेरिकी डलर प्रति ब्यारेल रहेको तेलको मल्य २०१६माा २७ डलर प्रति ब्यारेलमा झर्यो। सेप्टेम्बर २०१६ मा, साउदी अरेबिया र रसियाले ओपेक र गैर-ओपेक उत्पादकहरूको अनौपचारिक गठबन्धन सिर्जना गर्ने तेलको मूल्य व्यवस्थापन गर्न सहयोग गर्न सहमत भए जसलाई "ओपेक +" भनिएको थियो। जनवरी २०२० सम्ममा ओपेकले तेल उत्पादन प्रति दिन २१ लाख ब्यारल घटाएको थियो जसमा साउदी अरेबियाले नआफ्नो उत्पादनमा सबैभन्दा बढी कटौती गर्यो। [६]

२०१९-२० को कोरोनाभाइरस महामारीको परिणामस्वरूप, कारखानाको उत्पादन र यातायातको माग घट्यो, तेलको समग्र माग पनि घट्यो साथै तेलको मूल्यमा गिरावट आयो। १५ फेब्रुअरी २०२० मा, अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले घोषणा गर्‍यो कि २०११ पछि मागको वृद्धि सबैभन्दा तल्लो स्तरमा झर्नेछ, प्रति दिन ४३५,००० ब्यारेल खपतमा सङ्कुचन आउने छ। [७] यद्यपि विश्वव्यापी रूपमा तेलको माग घटिरहेकोभएपनि ५ मार्च २०२० मा भियनामा भएको ओपेकराष्ट्रको शिखार सम्मेलनले युद्धको प्रारम्भ भयो। शिखर सम्मेलनमा ओपेकले वर्षको दोस्रो त्रैमासिकमा दैनिक १५ लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्ने सहमति जनायो (सन् २०१६ सम्झौताबाट कुल उत्पादन कटौती प्रती दिन ३६ लाख ब्यरेल) र यस समूहले नीति पुनरावलोकन गर्न ९ जुनमा अर्को बैठक बस्ने अपेक्षा गर्यो। [८] ओपेकले रसिया र ओपेक+ का अन्य गैर-ओपेक सदस्यहरूलाई ओपेकको निर्णयको पालना गर्न आह्वान गर्‍यो। [६] ६ मार्च २०२० मा, रूसले अनौपचारिक साझेदारी अन्त्य गर्दै उक्त मागलाई अस्वीकार गर्‍यो, उक्त घोषणापछि तेलको मूल्य १०% घट्यो। [९][१०]

फेब्रुअरी २०२० मा, ट्रम्प प्रशासनले रूसको सबैभन्दा ठूलो तेल कम्पनी रोज्नेफ्ट लाई प्रतिबन्ध लगायो। [११] रसियाले तेल युद्धलाई अमेरिकी प्रतिबन्धको बदला लिने उपायको रूपमा लिएको हुनसक्ने, केही मिडिया आउटलेटहरूको दाबी छ। [१२]

मूल्य युद्धमा विपरित विचारहरू[सम्पादन गर्ने]

घटनाहरू[सम्पादन गर्ने]

Movement of WTI price from 2019. In red is the one-day change on 9 March 2020

८ मार्च २०२०, मा साउदी अरबले अनपेक्षित छुटको घोषणा गर्यो। उसले आफ्ना युरोप, एसियाअमेरिकाका क्रेतालाई प्रति ब्यारेल ६ देखि ८ डलर छुट दिने घोषणा गर्यो।n यो घोषणाले विश्व तेल मूल्यमा भारी गिरावट र अन्य प्रभाव देखियो। ब्रेन्ट तेलको मूल्य ३०% ले घट्यो जुन खाडी युद्ध यताकै उच्च गिरावट थियो।[१३][१४] तेलको मूल्य निर्धारण गरिने "वेस्ट टेक्सास इन्टर्मिडिएट" २०% ले झर्यो। ९ मार्च २०२० मा, शेयर बजारमा मूल्य युद्ध र कोरोनाभाइरस त्रासको कारणले विश्वव्यापी रूपमा गिरावट देखियो। यसको असर तेलको मूल्य र शेयर बजार बाहिर पनि देखियो; रुसी रुबल डलरको तुलबामा ७% ले अवमूल्यन भयो जुन ४ वर्ष यताकै उच्च थियो। [१५] यो घोषणा पछिका दिनहरूमा, कालो सोमबार पछि शेयर बजार १०% ले फेरि बढ्यो।[१६][१७] १० मार्चमा, साउदी अरबले आफ्नो उत्पादन प्रति दिन ९७ लाख ब्यारेलबाट १२३ लाख ब्यारेल पुर्याउने घोषणा गर्यो, भने रसियाले आफ्नो तेल उत्पादन प्रति दिन ३ लाख ब्यारेल बढाउने योजना बनायो।[१८] त्यो समयमा, अरामकोको तेल उत्मादन क्षमता प्रति दिन १२० लाख (12 million bpd) ब्यारेल थियो र उक्त संस्थालाई १३० लाख ब्यारेल(13 million bpd] उत्पादन विस्तार गर्ने निर्देशन दिइयो।[१९]

मागमा गिरावट जारी रहँदा, तेलको मूल्यमा पनि गिरावट निरन्तर भै रह्यो र १८ मार्चमा तेलको मूल्य १७ वर्ष यताकै निम्न बिन्दुमा पुग्यो; ब्रेन्टको मूल्य प्रति ब्यारेल २४.७२ डलर।[२०]

बाँकी मार्च भरी नै तेलको मूल्य तल रह्यो। २ अप्रिलमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसिया र साउदी अरब वीछ आफूले मध्यस्थता गरी वार्ता गराएको र तेल उत्पादन १ देखि डेढ करोड ब्यारेल कटौती हुने सम्भावना रहेको दावी गरे। अर्को दिन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उर्जा मन्त्री एलेक्जेन्डर नोभाकलाई असाधारण ओपेक बैठकको तयारी गर्न आदेश दिए र विश्वव्यापी उत्पादन १ करोड ब्यारेल कटौती गर्न सकिने कुरा व्यक्त गरे। पुटिनको उक्त अभिव्यक्ति पछि तेलको मूल्य बढ्यो।[२१] प्रति दिन १ करोड ब्यारेल कटौती गर्दा नै, अन्तरास्ट्रिय उर्जा एजेन्सीको अनुमान अनुसार वैश्विक तेल भण्डारमा डेढ करोड ब्यारेल तेल थपिने थियो। आइ.इ.ए का निर्देशक फातिह बिरोलले यश अघि तेल प्रशोधन र वितरण सम्बन्धि ५ करोड रोजगारी जोखिममा रहेको बताएका थिए। [२२] अमेरिकी तेलको मूल्य २ अप्रिलमा २५ % ले वृद्धि भयो जुन इहिहासमा नै एक दिनको उच्चतम वृद्धि थियो। ३ अप्रिल मा ब्रेन्ट तेलक्क मूल्य ३२ डलर पुग्यो।[२३]

पछि ३ अप्रिल मा, साउदी बिदेश र उर्जा मन्त्रीहरूले, पुटिनको आलोचना गर्दै र ओपेक+ सम्झौतामा भाग नलिएकोमा रसियालाई दोष दिदै वक्तव्य जारी गरे।[२४]

ओपेकले तेल उत्पादन प्रति दिन ६८ लाख ब्यारेल कटौती गर्नु पर्ने माग गरे,[२५] पछि प्रति दिन ३५ लाख ब्यारेलमा झारियो।९ अप्रिलमा ओपेक र रसिया बिच तेल उत्पादन १ करोड ब्यरेल प्रति दिन (10 million bpd) कटौती गर्ने सहमति भयो। अमेरिकाले आफ्नो उत्पादन वर्षको अन्त्यमा २० लाख ब्यारेल प्रति दिन( 2 million bpd) गर्ने अपेक्षा गरियो। ओपेकले मेक्सिकोलाई ४ लाख ब्यारेल प्रति दिन (400,000 bpd) कटौती गर्न अनुरोध गर्यो।.[१] Mexico proposed to cut its oil production by 100,000 bpd for two months, from 1.781 mbd to 1.681 mbd.[२६][२७]

प्रभाव[सम्पादन गर्ने]

ओपेक देशहरूले उनीहरूको बजेट सन्तुलनमा राख्नको लागि प्रति ब्यारेल तेल मूल्यहरू (अमेरिकी डलरमा)

धेरै तेल उत्पादक राष्ट्रहरूको लागि तेलको आम्दानी नै सरकारको मुख्य आय छ। तेलको निम्न मूल्यले ती राष्ट्रहरूको राष्ट्रिय अर्थतन्त्रलाई दबाबमा राख्ने गर्छ।[२८][२९]

साउदी अरब[सम्पादन गर्ने]

साउदी अरामकोले आफ्नो खर्च ३५-४० अर्ब डलरबाट २५-३० अर्ब डलरमा झार्ने घोषणा गर्यो। [३०] सरकारले पनि यसको ऋण सिलिङ कुल ग्राहस्थ उत्पादनको ३०बाट ५० प्रतिशत सम्म वृद्धि गर्यो। तेलको मूल्य र महामारीको प्रभावको कारणले र ५% खर्च कटौती गर्ने योजना बनायो।[३१]

रसिया[सम्पादन गर्ने]

रसियन सरकारले पहिले ९३० अर्ब रुबलको (११.४ अर्ब डलरको) अतिरिक्त कोष सञ्चालन गर्ने अनुमान गरेको थियो। तर जब मूल्य युद्ध सुरु भयो तब यो अपुग भयो। २०२० को सिरिवातमा र १८ मार्चमा रुबल ३० प्रतिशत भन्दा बढीले अवमूल्यन भयो।[२०]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • २०२० शेयर बजार क्र्यास
  • २०१९-२० कोरोनाभाइरस महामारीको सामाजिक-आर्थिक प्रभाव
  • रसिया – साउदी अरब सम्बन्ध
  • १९७३को तेल संकट
  • २०१० को तेल तेल
  • पेट्रोलियम राजनीति


सन्दर्भ[सम्पादन गर्ने]

  1. १.० १.१ Jacobs, Trent, "OPEC+ Moves to End Price War With 10 Million B/D Cut", pubs.spe.org, Journal of Petroleum Technology, मूलबाट १० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२०  उद्दरण त्रुटी: Invalid <ref> tag; name "trent" defined multiple times with different content
  2. Business, Matt Egan, CNN, "Oil crashes by most since 1991 as Saudi Arabia launches price war", CNN, अन्तिम पहुँच २०२०-०३-१० 
  3. "Oil Prices, Stocks Plunge After Saudi Arabia Stuns World With Massive Discounts", NPR.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१० 
  4. "Saudi Arabia's Oil Price 'Manipulation' Could Sink The Russian Economy", Business Insider, १३ अक्टोबर २०१४। 
  5. "Stakes are high as US plays the oil card against Iran and Russia", The Guardian, ९ नोभेम्बर २०१४। 
  6. ६.० ६.१ "OPEC and how it has dealt with oil price crashes", Reuters, १२ मार्च २०२०, अन्तिम पहुँच १२ मार्च २०२० 
  7. "IEA: Oil Demand To Fall For First Time In A Decade", OilPrice.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१० 
  8. Ellyatt, Sam Meredith,Holly (२०२०-०३-०५), "Oil drops as OPEC agrees on massive oil supply cut to offset virus impact; awaits Russia's approval", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१० 
  9. "Oil plunges 10% after Opec deal collapses", BBC News (en-GBमा), २०२०-०३-०६, अन्तिम पहुँच २०२०-०३-१० 
  10. Reed, Stanley (२०२०-०३-०६), "Oil Prices Nose-Dive as OPEC and Russia Fail to Reach a Deal", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-०३-११ 
  11. "Russia Takes Aim at U.S. Shale Oil Producers", The Wall Street Journal, १३ मार्च २०२०। 
  12. "What's behind Saudi Arabia's oil price war with Russia?", Al-Jazeera, १५ मार्च २०२०। 
  13. Bostock, Rosie Perper, Bill, "Oil is down 21% after its biggest drop in decades following Saudi price cuts that sparked a race to the bottom with Russia", Business Insider, अन्तिम पहुँच २०२०-०३-१० 
  14. "Bloomberg - Are you a robot?", bloomberg.com, अन्तिम पहुँच २०२०-०३-११ 
  15. "Ruble Tumbles, U.S. Shares Plunge After OPEC-Russia Deal Collapse", RadioFreeEurope/RadioLiberty (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-११ 
  16. "Markets start to bounce back after steep losses", BBC News (en-GBमा), २०२०-०३-१०, अन्तिम पहुँच २०२०-०३-१० 
  17. Stevens, Pippa (२०२०-०३-०९), "Oil jumps more than 10% one day after sharpest decline since 1991, amid hopes for continued OPEC talks", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१० 
  18. Ambrose, Jillian (११ मार्च २०२०), "Saudi Arabia steps up oil price war with big production increase", The Guardian, अन्तिम पहुँच १२ मार्च २०२० 
  19. Raval, Anjli (१६ मार्च २०२०), "Saudi Aramco doubles down on output hike as price war intensifies", Financial Times, अन्तिम पहुँच २२ मार्च २०२० 
  20. २०.० २०.१ Sheppard, David; Raval, Anjli; Foy, Henry (१८ मार्च २०२०), "Oil prices hit lowest level in 17 years as demand plunges", Financial Times, अन्तिम पहुँच २२ मार्च २०२० 
  21. "Putin says oil supply cuts possible if all major producers take part", Financial Times, ३ अप्रिल २०२०, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  22. "IEA's Birol: Oil refining and retail industry risks losing 50 million jobs worldwide", FXStreet (अङ्ग्रेजीमा), ३ अप्रिल २०२०, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  23. "Oil prices march higher as OPEC calls for emergency meeting on Monday", CNN, ३ अप्रिल २०२०। 
  24. "OPEC+ Meeting to Be Delayed on New Saudi, Russia Rift", Bloomberg, ४ अप्रिल २०२०, अन्तिम पहुँच ४ अप्रिल २०२० 
  25. "OPEC estimates the drop in oil demand in 2020 at 6.8 million barrels per day | MbS News" 
  26. "Mexico proposes 100,000 bpd oil output cut at OPEC meeting", Reuters (अङ्ग्रेजीमा), १० अप्रिल २०२०, मूलबाट १० अप्रिल २०२०-मा सङ्ग्रहित। 
  27. Nahle, Rocío (९ अप्रिल २०२०), "México en el consenso para estabilizar el precio del petróleo en la reunión de la @OPECSecretariat ha propuesto una reducción de 100 mil barriles por día en los próximos 2 meses. De 1.781 mbd de producción que reportamos en marzo del 2020 disminuiremos a 1.681 mbd. @GobiernoMX", @rocionahle (स्पेनीमा), Secretariat of Energy (Mexico), मूलबाट १० अप्रिल २०२०-मा सङ्ग्रहित। 
  28. "Which economies are most heavily reliant on oil?", World Economic Forum (अङ्ग्रेजीमा), १० मे २०१६। 
  29. Söderling, Ludvig; Morsy, Hanan; Petri, Martin; Hommes, Martin; Fouad, Manal; Maliszewski, Wojciech (२००७), "Public Debt and Fiscal Vulnerability in the Middle East", International Monetary Fund Working Papers, पृ: 1, डिओआई:10.5089/9781451865769.001 
  30. Gosden, Emily (१६ मार्च २०२०), "Saudi Aramco cuts spending as oil price war rages on", The Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ मार्च २०२० 
  31. Al Omran, Ahmed; England, Andrew (२० मार्च २०२०), "Saudi Arabia to double debt in virus and low oil price fight", Financial Times, अन्तिम पहुँच २२ मार्च २०२०