सामग्रीमा जानुहोस्

२०२० रुस- साउदी अरब तेल मूल्य युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रेमलिनमा रूसी राष्ट्रपति भ्लादिमिर पुतिन र साउदी राजा सल्मन बिन अब्दुलाजिज

सन् २०२० को मार्च महिनामा साउदी अरबले रूस विरुद्ध कच्चा तेलमा मूल्य युद्ध सुरु गर्दा तेलको मूल्यमा ६५% त्रैमासिक गिरावट आएको थियो। [] केही हप्तामा, अमेरिकी तेलको मूल्य ३४%, कच्चा तेल २६% र ब्रेन्ट तेलमा २४% गिरावट आएको थियो। [] कोरोनाभाइरस महामारीको बीचमा पेट्रोलियम निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र रूसबीच प्रस्तावित तेल उत्पादन कटौतीलाई लिएर वार्ता भङ्ग भएसँगै मूल्य युद्ध सुरु भएको थियो। यसले रूसलाई सम्झौताबाट पर राख्दा ओपेक+ गठबन्धनको पतन भएको थियो। तेलको मागमा आएको गिरावटको कारण वर्षको सुरुदेखि नै तेलको मूल्यमा ३०% को गिरावट आइसकेको थियो। []

सन् २०१४ को सुरुवातमा अन्य उत्पादकहरूले तेल उत्पादन गर्न जारी राख्दा अमेरिकी सेल तेल उत्पादनले आफ्नो बजार हिस्सा बढाएको थियो।[][] सन् २०१४ मा ११४ अमेरिकी डलर प्रति ब्यारेल रहेको तेलको मल्य सन् २०१६ मा २७ डलर प्रति ब्यारेलमा झरेको थियो। सन् २०१६ सेप्टेम्बरमा साउदी अरब र रूसले ओपेक र गैर-ओपेक उत्पादकहरूको अनौपचारिक गठबन्धन सिर्जना गरी तेलको मूल्य व्यवस्थापन गर्न सहयोग गर्न सहमत भएका थिए जसलाई "ओपेक +" भनिएको थियो। सन् २०२० जनवरी सम्ममा ओपेकले तेल उत्पादन प्रति दिन २१ लाख ब्यारल घटाउँदा साउदी अरबले आफ्नो उत्पादनमा सबैभन्दा बढी कटौती गरेको थियो। []

कोभिड-१९ को विश्वव्यापी महामारीको फलस्वरूप, कारखानाको उत्पादन र यातायातको माग घट्दा तेलको समग्र मागमा र तेलको मूल्यमा गिरावट आएको थियो। सन् २०२० फेब्रुअरी १५ का दिन मा अन्तर्राष्ट्रिय उर्जा आयोगले घोषणा गरेअनुसार सन् २०११ पछि मागको वृद्धि सबैभन्दा तल्लो स्तरमा झर्नेछ र प्रति दिन ४३५,००० ब्यारेल खपतमा सङ्कुचन आउने भनिएको थियो।[] यद्यपि विश्वव्यापी रूपमा तेलको माग घटिरहेको भएतापनि ५ मार्च २०२० मा भियनामा भएको ओपेकराष्ट्रको शिखार सम्मेलनमा युद्धको प्रारम्भ भएको थियो। शिखर सम्मेलनमा ओपेकले वर्षको दोस्रो त्रैमासिकमा दैनिक १५ लाख ब्यारेल तेल उत्पादनमा कटौती गर्ने सहमति जनाउँदा (सन् २०१६ सम्झौताबाट कुल उत्पादन कटौती प्रती दिन ३६ लाख ब्यरेल) यस समूहले नीति पुनरावलोकन गर्न ९ जुनमा अर्को बैठक बस्ने अपेक्षा गरेको थियो। [] ओपेकले रूस र ओपेक+ का अन्य गैर-ओपेक सदस्यहरूलाई ओपेकको निर्णयको पालना गर्न आह्वान गरेको थियो। [] सन् २०२० मार्च ६ का दिन रूसले अनौपचारिक साझेदारी अन्त्य गर्दै उक्त मागलाई अस्वीकार गर्दा तेलको मूल्य १०% ले गिरावट आएको थियो। [][१०]

सन् २०२० फेब्रुअरीमा ट्रम्प प्रशासनले रूसको सबैभन्दा ठूलो तेल कम्पनी रोज्नेफ्टलाई प्रतिबन्ध लगाएको थियो। [११] रूसले तेल युद्धलाई अमेरिकी प्रतिबन्धको बदला लिने उपायको रूपमा लिएको हुनसक्ने केही सञ्चार माध्यमहरूले दावी गरेका थिए। [१२]

धेरै तेल उत्पादक राष्ट्रहरूको लागि तेलको आम्दानी नै सरकारको मुख्य आय छ। तेलको निम्न मूल्यले ती राष्ट्रहरूको राष्ट्रिय अर्थतन्त्रलाई दबाबमा राख्ने गर्दछ।[१३][१४]

साउदी अरामकोले आफ्नो खर्च ३५-४० अर्ब डलरबाट २५-३० अर्ब डलरमा झार्ने घोषणा गरेको थियो। [१५] सरकारले पनि यसको ऋण सिलिङ कुल ग्राहस्थ उत्पादनको ३० बाट ५० प्रतिशत सम्म वृद्धि गरेको थियो। तेलको मूल्य, महामारीको प्रभाव र ५% खर्च कटौती गर्ने योजना बनाएको थियो।[१६]

रूसी सरकारले पहिले ९३० अर्ब रुबलको (११.४ अर्ब डलरको) अतिरिक्त कोष सञ्चालन गर्ने अनुमान गरेतापनि मूल्य युद्ध सुरु भएपछि यो कोष अपुग बनेको थियो। सन् २०२० को सुरुवाती महिना र १८ मार्चमा रुबल ३० प्रतिशत भन्दा बढीले अवमूल्यन भएको थियो।

  1. Jacobs, Trent, "OPEC+ Moves to End Price War With 10 Million B/D Cut", pubs.spe.org, Journal of Petroleum Technology, मूलबाट १० अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अप्रिल २०२० अभिलेखिकरण १० अप्रिल २०२० वेब्याक मेसिन
  2. Business, Matt Egan, CNN, "Oil crashes by most since 1991 as Saudi Arabia launches price war", CNN, अन्तिम पहुँच २०२०-०३-१०
  3. "Oil Prices, Stocks Plunge After Saudi Arabia Stuns World With Massive Discounts", NPR.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१०
  4. "Saudi Arabia's Oil Price 'Manipulation' Could Sink The Russian Economy", Business Insider, १३ अक्टोबर २०१४।
  5. "Stakes are high as US plays the oil card against Iran and Russia", The Guardian, ९ नोभेम्बर २०१४।
  6. 1 2 "OPEC and how it has dealt with oil price crashes", Reuters, १२ मार्च २०२०, अन्तिम पहुँच १२ मार्च २०२०
  7. "IEA: Oil Demand To Fall For First Time In A Decade", OilPrice.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१०
  8. Ellyatt, Sam Meredith,Holly (२०२०-०३-०५), "Oil drops as OPEC agrees on massive oil supply cut to offset virus impact; awaits Russia's approval", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०३-१०
  9. "Oil plunges 10% after Opec deal collapses", BBC News (अङ्ग्रेजीमा), २०२०-०३-०६, अन्तिम पहुँच २०२०-०३-१०
  10. Reed, Stanley (२०२०-०३-०६), "Oil Prices Nose-Dive as OPEC and Russia Fail to Reach a Deal", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-०३-११
  11. "Russia Takes Aim at U.S. Shale Oil Producers", The Wall Street Journal, १३ मार्च २०२०।
  12. "What's behind Saudi Arabia's oil price war with Russia?", Al-Jazeera, १५ मार्च २०२०।
  13. "Which economies are most heavily reliant on oil?", World Economic Forum (अङ्ग्रेजीमा), १० मे २०१६।
  14. Söderling, Ludvig; Morsy, Hanan; Petri, Martin; Hommes, Martin; Fouad, Manal; Maliszewski, Wojciech (२००७), "Public Debt and Fiscal Vulnerability in the Middle East", International Monetary Fund Working Papers, पृ: 1, डिओआई:10.5089/9781451865769.001
  15. Gosden, Emily (१६ मार्च २०२०), "Saudi Aramco cuts spending as oil price war rages on", The Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ मार्च २०२०
  16. Al Omran, Ahmed; England, Andrew (२० मार्च २०२०), "Saudi Arabia to double debt in virus and low oil price fight", Financial Times, अन्तिम पहुँच २२ मार्च २०२०