खनिज तेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
खनिज तेल
अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया

खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरुको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर्जा हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल, प्राकृतिक ग्यास आदि पर्दछ्न् ।

खनिज तेल बन्ने तरिका[सम्पादन गर्ने]

पृथ्वीमा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई हाइड्रोकार्बनका यौगिकहरु बन्दछ । हाइड्रोकार्बन यौगिकहरुबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।

खनिज तेलको महत्व[सम्पादन गर्ने]

  1. खनिज तेललाई यातायातका साधनहरु संचालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
  2. विभिन्न उद्योगहरुमा संचालन गरिने यन्त्रहरु संचालन गर्नका लागी खनिज तेल प्रयोग गरिन्छ ।

बाहिरी कडीहरू[सम्पादन गर्ने]