सामग्रीमा जानुहोस्

मटितेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मटितेलको बोतल

मटितेल वा मट्टितेल एक प्रकारको इन्धन तथा ज्वलनशिल तरल पदार्थ हो। मटितेल खानीबाट निकालिन्छ। यसको प्रयोग बत्ती बाल्न र यन्त्रहरूलाई चलाउनको लागि गरिन्छ।

मट्टीतेलको सबैभन्दा पुरानो र व्यापक प्रयोग बत्ती बाल्न हो । विशेषगरी विद्युत नसकेका दुर्गम गाउँबस्तीमा मटितेलको बत्ती (टुकी) नै प्रकाशको मुख्य स्रोत हुन्छ । यस बाहेक, मटितेललाई निम्न कार्यहरूमा पनि प्रयोग गरिन्छ:

१. खाना पकाउन: मटितेलको चुल्हो प्रयोग गरेर खाना पकाउने कार्य पनि नेपालसहित दक्षिण एसियाली देशहरूमा सामान्य छ ।

२. यान्त्रिक शक्ति: पहिलेका दिनमा विभिन्न प्रकारका कृषि यन्त्र, पम्प सेट तथा साना उद्योगका मेसिनहरू मटितेलबाट नै चलाइन्थ्यो। केही पुराना जेट इन्जिन र रकेटहरूले पनि मटितेलकै विशेष प्रकारलाई इन्धनको रूपमा प्रयोग गर्थे ।[]

३. तताउने साधन: चिसो हुने देशहरूमा यसलाई कोठा तताउने हिटरमा प्रयोग गरिन्छ ।

४. विलायक (Solvent): केही पेन्ट, वार्निस तथा कीटनाशक औषधिहरू बनाउँदा पनि मटितेललाई विलायकको रूपमा प्रयोग गरिन्छ ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "Kerosene", Wikipedia (अङ्ग्रेजीमा), २०२६-०३-१२, अन्तिम पहुँच २०२६-०३-१५

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]