सामग्रीमा जानुहोस्

ओपेक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)को झन्डा
झन्डा
पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ (ओपेक)
मुख्यालयभियना, अस्ट्रियामा
कार्यालय भाषाअङ्ग्रेजी
किसिमअन्तर्राष्ट्रिय सट्टेबाजी[]
सदस्यता
नेताहरू
 महासचिव
मोहमद बर्कीन्दो
स्थापनाबगदाद, इराक
 स्थापना
सेप्टेम्बर १९६०
 सक्रिय
जनवरी १९६१
मुद्राअमेरिकी डलर प्रति ब्यारल अनुसार क्रमवद्द गरिएको
वेबसाइट
OPEC.org

पेट्रोल निर्यातक राष्ट्रहरूको सङ्घ ओपेक (, /ˈpɛk/ OH-pek, or ओपेप OPEP अन्य धेरै भाषाहरूमा ) १५ राष्ट्रहरूको अन्तर सरकारी सङ्गठन हो. यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरु (इरान, इराक, कुवेत, साउदी अरब, र भेनेजुएला)द्वारा १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय भियना, अस्ट्रियामा छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो । 

यो सङ्गठनको उल्लेखित मिशन '' सदस्य राष्ट्रहरु बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरूलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "[] यो सङ्गठन अन्तरास्ट्रिय तेल बजारको महत्त्वपुर्ण सुचना संवाहक समेत हो। महाद्वीपमा दक्षिण अमेरिकाबाट दुई , अफ्रिकाबाट सात र एसिया (मध्य पुर्व)बाट छ राष्ट्र रहेका छन् । ओपेक रास्ट्रको दुई-तिहाई तेल उत्पादन र रिजर्भ यसका छ मध्य पूर्वी राष्ट्रहरूमा रहेका छन् जसले पर्सियन खाडीलाई वरिपरी घेरेका छन् ।

ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरूमा महत्त्वपुर्ण भूमिका खेलिरहेको हुन्छ। यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ। १९७० को दशकमा , तेल उत्पादनमा बन्धनको कारणले तेलको मुल्यमा नाटकीय रूपमा वृद्धि भयो र ओपेक रास्ट्रको राजस्व र सम्पतिमा समेत ठुलो वृद्धि आयो , यसले वैश्विक अर्थतन्त्रमा दीर्घकालीन र लामो असरहरु देखियो । १९८० मा, ओपेकले आफ्ना सदस्य राष्ट्रलाई उत्पादनको लक्ष्य दिन सुरु गर्यो , साधारणतया , जब उत्पादन लक्ष्यमा कमि आउथ्यो तब तेलको मुल्यमा बढाव आउँछ। यस्तो घटना हालसालै २००८ र २०१६ मा ओपेकको तेल उत्पादन कम गर्ने निर्णयबाट भएको थियो ।

अर्थशास्त्रीहरूले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रूपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ । डिसेम्बर २०१४ मा ''ओपेक र तेलको मानिसहरूलाई '' विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । [] तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको उत्पादन लक्ष्य बढाउने प्रलोभन र सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।

हालको ओपेक राष्ट्रहरु निम्न राष्ट्रहरु हुन् हालका ओपेक राष्ट्रहरु अल्जेरिया,, भूमध्यरेखीय गिनी, गाबोन, इरान , ईराक, कुवेत, लिबिया, नाइजेरिया, गणतन्त्र कङ्गो, साउदी अरेबिया ( अघोषित नेता), र भेनेजुएलाएङ्गोला, इक्वेडर, इन्डोनेसिया, कतार, संयुक्त अरब इमिरेट्स यु.ए.इ., पुर्व सदस्य राष्ट्र हो ।[] २८ अप्रिल २०२६ मा, संयुक्त अरब इमिरेट्सले छ दशक पछि १ मे २०२६ मा ओपेकबाट बाहिरिने घोषणा गर्‍यो।[][]

हालको सदस्य राष्ट्र

[सम्पादन गर्नुहोस्]

२०१८ जुनसम्म, ओपेकमा १५ सदस्य राष्ट्र छन् : छ मध्य पूर्व (पश्चिम एसिया), सात अफ्रिका, र दुई दक्षिण अमेरिकी । अमेरिकी उर्जा सूचना प्रशासन ( U.S. Energy Information Administration (EIA)), का अनुसार ओपेकले २०१६ को विश्वको कुल तेल उत्पादनको ४४ प्रतिशत ( ग्यास सहित ) उत्पादन गर्छ। र ओपेकमा विश्वको ८१.५ प्रतिशत प्रमाणित तेल खानी रहेको छ ,जुन मध्ये पूर्वी सदस्यमा मात्रै ४८ प्रतिशत रहेको छ ।

नयाँ रास्ट्रको अनुमोदनको लागि सस्थापक सबै पांच सदस्य सहित ओपेकको वर्तमान सदस्यको तीन- चौडाई मत आवस्यक पर्छ , अक्टोबर २०१५ मा, सुडानले औपचारिक रूपमा सदस्यताको लागि निवेदन दिएको थियो,[] तर अहिले सम्म सदस्य बनेको छैन।

राष्ट्र
क्षेत्र सदस्यता वर्ष जनसङ्ख्या
(२०१६ अनुमानित.)[१०][११]
क्षेत्रफल
(कि.मि.)[१२]
तेल उत्पादन
(bbl/day, २०१६)[upper-alpha १][१३]
प्रमाणित रिजर्भ
(bbl, २०१६)[upper-alpha १][१४]
 अल्जेरिया उत्तर अफ्रिका १९६९– ४०,६०६,०५२ २,३८१,७४० १,३४८,३६१ १२,२००,०००,०००
 भूमध्यरेखीय गिनी मध्य अफ्रिका २०१७ १,२२१,४९० २८,०५१ २२७,००० १,१००,०००,०००
 गाबोन मध्य अफ्रिका १९७५–१९९५, २०१६– १,९७९,७८६ २६७,६६७ २१०,८२० २,०००,०००,०००
 इरान मध्य पूर्व १९६०– ८०,२७७,४२८ १,६४८,००० ३,९९०,९५६ १५७,५३०,०००,०००
 इराक मध्य पूर्व १९६०- ३७,२०२,५७२ ४३७,०७२ ४,४५१,५१६ १४३,०६९,०००,०००
 कुवेत मध्य पूर्व १९६०– ४,०५२,५८४ १७,८२० २,९२३,८२५ १०१,५००,०००,०००
 लिबिया उत्तर अफ्रिका १९६२– ६,२९३,२५३ १,७५९,५४० ३८४,६८६ ४८,३६३,०००,०००
 नाइजेरिया पश्चिम अफ्रिका १९७१- १८५,९८९,६४० ९२३,७६८ १,९९९,८८५ ३७,०७०,०००,०००
 गणतन्त्र कङ्गो मध्य अफ्रिका २०१८–[१५] ५,१२५,८२१ ३४२,००० २६०,००० १,६००,०००,०००
 साउदी अरब मध्य पूर्व १९६०– ३२,२७५,६८७ २,१४९,६९० १०,४६०,७१० २६६,५७८,०००,०००
 भेनेजुएला दक्षिण अमेरिका १९६०- ३१,५६८,१७९ ९१२,०५० २,२७६,९६७ २९९,९५३,०००,०००
OPEC Total ४८३,६३०,००० १२,४९२,६९५ ३५,४८१,७४० १,२१०,७०३,०००,०००
World Total ७,६५७,८७९,००० ५१०,०७२,००० ८०,६२२,२८७ १,६५०,५८५,०००,०००
OPEC Percent ६.३% २.४% ४४% ७३%
  1. 1 2 One petroleum barrel (bbl) is approximately 42 U.S. gallons, or 159 liters, or 0.159 m3, varying slightly with temperature. To put the production numbers in context, a supertanker typically holds 2,000,000 barrels (320,000 m3),[१६] and the world's current production rate would take approximately 56 years to exhaust the world's current proven reserves.

पुर्व सदस्य

[सम्पादन गर्नुहोस्]
राष्ट्र
क्षेत्र सदस्यता वर्ष जनसङ्ख्या
(२०१६ अनुमानित.)[१०][११]
क्षेत्रफल
(कि.मि.)
तेल उत्पादन
(bbl/day, २०१६)
प्रमाणित रिजर्भ
(bbl, २०१६)
 अङ्गोला दक्षिण अफ्रिका २००७- २०२३[१७] २८,८१३,४६३ १,२४६,७०० १,७६९,६१५ ८,४२३,०००,०००
 इक्वेडर दक्षिण अमेरिका १९७३–१९९२, २००७–२०२०[१८] १६,३८५,०६८ २८३,५६० ५४८,४२१ ८,२७३,०००,०००
 इन्डोनेसिया दक्षिण पूर्वी एसिया १९६२-२००८

जनवरी-नोबेम्बर २०१६

२६१,११५,४५६ १,९०४,५६९ ८३३,६६७ ३,६९२,५००,०००
 कतार मध्य पूर्व १९६१- २०१९[१९] २,५६९,८०४ ११,४३७ १,५२२,९०२ २५,२४४,०००,०००
 संयुक्त अरब इमिरेट्स मध्य पूर्व १९६७- अप्रिल २०२६[upper-alpha १] ९,२६९,६१२ ८३,६०० ३,१०६,०७७ ९७,८००,०००,०००

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Glossary of Industrial Organisation Economics and Competition Law", OECD, १९९३, पृ: १९।
  2. "Member Countries", OPEC, अन्तिम पहुँच २९ जनवरी २०१७
  3. "OPEC 172nd Meeting concludes", OPEC (प्रेस विज्ञप्ति), २५ मे २०१७।
  4. "Our Mission", OPEC, अन्तिम पहुँच १६ फेब्रुअरी २०१३
  5. "Top 100 Most Influential People in the Shipping Industry: 3. OPEC and the oil men", Lloyd's List, १२ डिसेम्बर २०१४।
  6. "OPEC: Member Countries", opec.org, अन्तिम पहुँच २२ अप्रिल २०२०
  7. "UAE exits OPEC after six decades", CoreReport NG, २८ अप्रिल २०२६।
  8. "UAE to Leave OPEC and OPEC+ Next Month to Pursue New Strategy", Bloomberg News, २८ अप्रिल २०२६।
  9. "Sudan awaiting decision on its OPEC membership application: minister", Sudan Tribune, २२ अक्टोबर २०१५। अभिलेखिकरण २० नोभेम्बर २०१५ वेब्याक मेसिन
  10. 1 2 "World Population Prospects 2022", संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२
  11. 1 2 "World Population Prospects 2022: Demographic indicators by region, subregion and country, annually for 1950-2100" (XSLX) ("Total Population, as of 1 July (thousands)"), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२
  12. "Field Listing: Area", The World Factbook, Central Intelligence Agency, अन्तिम पहुँच ४ जनवरी २००९ अभिलेखिकरण ७ जनवरी २०१९ वेब्याक मेसिन
  13. "Production of Crude Oil including Lease Condensate 2016" (CVS download), US Energy Information Administration, अन्तिम पहुँच २८ मे २०१७
  14. "Crude Oil Proved Reserves 2016" (CVS download), U.S. Energy Information Administration, अन्तिम पहुँच २८ मे २०१७
  15. Editorial, Reuters, "Congo Republic becomes OPEC oil cartel's newest member", U.K. (en-GBमा), अन्तिम पहुँच २०१८-०६-२२ अभिलेखिकरण २०१८-०६-२२ वेब्याक मेसिन
  16. Hayler, William B.; Keever, John M. (२००३), American Merchant Seaman's Manual, Cornell Maritime Press, पृ: १४.३, आइएसबिएन 0-87033-549-9
  17. "Angola leaves Opec oil cartel in output quota row", BBC News, २२ डिसेम्बर २०२३, मूलबाट २१ डिसेम्बर २०२३-मा सङ्ग्रहित।
  18. "Comunicado Oficial" [Official Statement] (प्रेस विज्ञप्ति) (स्पेनीमा), Metropolitan District of Quito, Ecuador: Ministry of Energy and Non-Renewable Natural Resources, २ जनवरी २०२०, मूलबाट ७ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०२०
  19. Alkhalisi, Zahraa (३ डिसेम्बर २०१८), "Qatar is pulling out of OPEC to focus on gas", CNN, मूलबाट ३ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०१८
  1. संयुक्त अरब अमिरातको स्थापना १९७१ मा भएको थियो । यसको सदस्यताको मूल अबु धाबी इमिरेट्स थियो ।
उद्दरण त्रुटी: <ref> tags exist for a group named "upper-alpha", but no corresponding <references group="upper-alpha"/> tag was found.