सामग्रीमा जानुहोस्

संयुक्त अरब इमिरेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
الامارات العربية المتحدة Dawlat al-Imārāt al-‘Arabīyah al-Muttaḥidah
संयुक्त अरब इमिरेट्स
संयुक्त अरब इमिरेट्सको झन्डा
झन्डा
संयुक्त अरब इमिरेट्सको प्रतीकचिह्न
प्रतीकचिह्न
आदर्श वाक्य: دولة الإمارات العربية المتحدة
Dawlat Al-Imārāt al-‘Arabīya al-Muttaḥida  (अरबी)
""अल्लाह, देश, अध्यक्ष""
राष्ट्रिय गान: ईशे बिलादे
संयुक्त अरब इमिरेट्स
राजधानीआबू धाबी
सबैभन्दा ठुलो सहरदुबई
आधिकारिक भाषाहरूअरबी
मान्यता प्राप्त आञ्चलिक भाषाहरूअङ्ग्रेजी, उर्दु, हिन्दी, र पर्शियन
जातिगत समूहहरू
34% अरब
(19% इमिराती र 15% अन्य अरबको),
8% इरानियन,
50% दक्षिण एसियाको,
8% अन्य (सम्मिलित दक्षिणीपूर्वी एसियाको)
रैथाने(हरू)इमिराती
सरकारसङ्घीय संवैधानिक राजशाही
मोहम्मद बिन जायद अल नाहयान
मोहम्मद बिन रसिद अल मकतुम
मोहम्मद बिन जाएद अल नाहयान
हामदान बिन मोहमे बिन राशिद अल मकतूम
व्यवस्थापिकासङ्घीय राष्ट्रिय परिषद
स्वतन्त्रता
२ डिसेम्बर, १९७१
 पानी (%)
नगण्य
जनसङ्ख्या
 २०२६ अनुमानित
४,७९८,४९१ (१२०औँ)
 २००० जनगणना
२,९३८,०००
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००८ लगत
 जम्मा
$१८४.९८४ बिलियन (-)
 प्रति व्यक्ति
$३८,८३० (१४औँ)
मानव विकास सूचकाङ्क (2019) 0.890[]
धेरै उच्च · ३१औ
मुद्रायूएई दिरहम (AED)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (GMT +४)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४ (आकलन छैन)
मिति ढाँचाd/mm/yyyy (CE)
सडक प्रयोगदेब्रे
टेलिफोन कोड+९७१
आइएसओ ३१६६ सङ्केतएइ
इन्टरनेट डोमेनडटएइ

संयुक्त अरब इमिरेट्स पश्चिमी एसियाको अरबी प्रायद्विपको दक्षिणपूर्वमा अवस्थित राष्ट्र हो। यो अरब प्रायद्वीपको पूर्वी छेउमा अवस्थित छ र ओमान र साउदी अरेबियासँग सीमानाहरू साझा गर्दछ, जबकि कतार र इरानसँग फारसको खाडीमा समुद्री सीमाहरू छन्। अबु धाबी राष्ट्रको राजधानी हो भने दुबई सबैभन्दा बढी जनसङ्ख्या भएको सहर र एक अन्तर्राष्ट्रिय केन्द्र हो।

युनाइटेड अरब इमिरेट्स सात इमिरेट्स, अबु धाबी (राजधानी), अजमान, दुबई, फुजैराह, रस अल खैमाह, शारजाह र उम्म अल क्वाइन मिलेर बनेको एक वैकल्पिक राजतन्त्र हो।[] प्रत्येक इमिरेट्स एक अमीर द्वारा शासित हुन्छ र अमिरहरू मिलेर सङ्घीय सर्वोच्च परिषद गठन गर्दछ। सङ्घीय सर्वोच्च परिषद्का सदस्यहरूले आफ्ना सदस्यहरूमध्येबाट अध्यक्ष र उपाध्यक्ष चयन गर्छन्। व्यवहारमा, अबु धाबीको अमिर राष्ट्रपतिको रूपमा कार्य गर्दछ जबकि दुबई को शासक उपराष्ट्रपति र प्रधानमन्त्री पनि हो।[] २०१३ मा, देशको जनसङ्ख्या ९२ लाख थियो, जसमध्ये १४ लाख अमिराती नागरिक र ७८ लाख प्रवासी थिए।[][][] २०२० अनुसार, संयुक्त अरब इमिरेट्सको लगभग ९९ लाख को अनुमानित जनसङ्ख्या छ।[]

अहिले युएई रहेको क्षेत्रमा १ लाख २५हजार वर्ष देखि बसोबास रहेको थियो। यो मेसोपोटामिया, पर्सिया, र भारत सहितका कयौँ सभ्यताहरूको व्यापारिक नाका थियो।[]

स्लाम आधिकारिक धर्म र अरबी आधिकारिक भाषा हो। युएईको तेल भण्डार विश्व को छैटौँ तथा प्राकृतिक ग्यासको भाण्डार सातौँ ठुलो हो।[][१०] अबु धाबीका शासक तथा देशका प्रथम राष्ट्रपति जायद बिन सुल्तानले तेलको आम्दानीलाई स्वास्थ्य, शिक्षा, र पूर्वाधारमा लगानी गरेर अमिरातको विकासको सुरुवात गरे। [११] खाडी सहयोग परिषदको सदस्यहरू मध्ये युएईको अर्थतन्त्र सबैभन्दा विविध छ।[१२] २१औँ शताब्दीमा, यो देश तेल र ग्यासमा कम निर्भर बनेको छ र आर्थिक रूपमा पर्यटन र व्यापारमा केन्द्रित हुँदै छ। सरकारले कुनै आयकर लिदैन, यद्यपि त्यहाँ व्यापार कर र २०१८ मा ५% मूल्य अभिबृद्धी कर सुरुवात गरिएको छ।[१३]

युएईलाई मध्यम शक्ति मानिन्छ। यो संयुक्त राष्ट्र, अरब लिग, अर्गनाइजेसन अफ ईस्लामिक को-अपरेसन, ओपेक, असंलग्न आन्दोलन, खाडी सहयोग परिषद (GCC) र ब्रिक्स सदस्य हो।

ब्रिटिस काल र तेलको खोज

[सम्पादन गर्नुहोस्]

१९औँ शताब्दी र २०औँ शताब्दीको सुरुवातमा, मोती उद्योग मौलायो। यसले फारसको खाडी आसपासको मानिसलाई आम्दानी र रोजगार दियो। १९१४-१९१८ सम्म चलेको पहिलो विश्व युद्धबाट यस उद्योग नराम्रोसँग प्रभावित भयो नै १९२० दशको को उत्तरार्ध र १९३० दशकको सुरुवातको महामन्दीले यस उद्योगलाई पुरै सफाया गर्यो। यस उद्योगमा जे-जति बाँकी थिए, त्यसलाइ पनि दोस्रो विश्वयुद्ध पछिको परिस्थितिले धारासायी बनायो। भर्खरै स्वतन्त्र भएको भारत सरकारले अरबबाट आयात हुने मोतीमा भारी कर लगायो। मोती उद्योग धारासायी हुँदा यहाँका राज्य (Trucial States)हरूमा भयंकर आर्थिक सङ्कट लाग्यो।[१४]

१९२२ मा, ब्रिटिस सरकारले अरबका राज्य (Trucial State) का शासकहरूसँग ब्रिटिस सरकारको सहमति बिना विदेशी कम्पनीसँग कुनै सम्झौता नगर्ने सुनिश्चितता गरेको थियो। पर्सिया मा (१९०८) र मेसोपोटामिया मा(१९२७ मा) तेलको खोज भएपछि, तेल जस्ता प्राकृतिक स्रोतको खोज हुने सम्भावनालाई ध्यानमा राख्दै, ब्रिटिस नेतृत्वको इराक पेट्रोलियम कम्पनी (IPC)ले यस क्षेत्रमा आफ्नो रुचि देखायो। एङ्लो-पर्सियन अयल कम्पनी (APOC, जुन पछि ब्रिटिस पेट्रोलियम, BP बन्यो)सँग IPC को २३.७५% सेयर थियो। १९३५ बाट, स्थानीय शासकले तेलको खोज गर्न छुट दिए।[१५] APOCलाई एकलौटी ढङ्गले अगाडि बढ्न रोक लगाइएको थियो किनकी यो IPC को तर्फबाट सञ्चालित हुनपर्थ्यो। मोती उद्योग धारासायी भएपछि गरिबी प्रभावित यस अरबी राज्य र PCL बीच कयौँ सम्झौता भए। पहिलो बोर ड्रिल अबु धाबीमा १९५० मा रास साद्र मा गरियो। १३,०००-फिट-deep (४,०००-मिटर) यो १ वर्षमा ड्रिल भयो र त्यस समयको १ मिलियन पाउन्ड खर्च भयो तर तेल भेटिएन।

Dubai in 1950; the area in this photo shows Bur Dubai in the foreground (centered on Al-Fahidi Fort); Deira in middle-right on the other side of the creek; and Al Shindagha (left) and Al Ras (right) in the background across the creek again from Deira

ब्रिटिसले इमारातहरूमा साना बिकासको लागि बिकास अफिस स्थापना गरेको थियो। सात इमारातका शेखहरूले आफ्ना बीचको मामिला समन्वय गर्नको लागि एक परिषद् बनाए। १९५२ मा उनीहरूले ट्रुसियल स्टेट्स काउन्सिल बनाए,[१६] र दुबईका शेख रासिद बिन सईद्का कानुनी सल्लाहकार परिषदको महासचिव र कानुनी सल्लाहकार नियुक्त भए। संयुक्त अरब इमिरेट्स को निर्माण पछि यो परिषद खारेज भयो।[१७] समाजको फिरन्ते स्वभाव र इमरातहरू बीच स्पष्ट सीमाना नहुँदा विवाद अक्सर भैरहन्थ्यो। यी विवादहरू सल्लाह वा बिरलै रुपमा बलबाट समाधान हुन्थ्यो। "ट्रुसियल ओमान स्काउट"ब्रिटिसके शान्ती सुव्यवस्था कायम गर्न प्रयोग गर्ने सानो सैन्य बल थियो।

PDTCले विवादित क्षेत्र भन्दा बाहेकको स्थानमा तटमा खोजी जारी राख्यो र अन्य पाँच बोर होल ड्रिल गर्यो। तर ती पनि तेल भेटिएन। यद्यपि २७ अक्टोबर १९६० मा, कम्पनीले तरिफ नजिकै को तटमा तेल पत्ता लगायो।[१८] १९६२ मा, PDTC अबु धाबी पेट्रोलियम कम्पनी बन्यो। तेलको आम्दानी बढ्दै गएपछि अबु धाबीका शासक जायद बिन सुल्तान अल नाहयानले ठुलो स्कुल, हाउजिङ, अस्पताल र सडक निर्माण कार्यक्रम सुरु गरे। जब दुबईको तेल निर्यात १९६९ मा सुरु भयो, शेख रसिद बिन सैइद अल मख्तुम सीमित भन्डार विविध क्षेत्रमा लगानी गर्न सक्षम भयो जसले आधुनिक दुबईलाई वैश्विक सहर बनायो।[१९]

स्वतन्त्रता

[सम्पादन गर्नुहोस्]
२ डिसेम्बर १९७१ मा अमारातका शासकहरू द्वारा युनियन हाउस, दुबईमा संयुक्त अरब इमिरेट्सको झाण्डोत्तलन

१९६६सम्म, यो स्पष्ट भयो कि बेलायती सरकारले अहिलेको संयुक्त अरब इमिरेट्सको क्षेत्रमा प्रशासन सञ्चालन र संरक्षण गर्न सक्ने छैन। बेलायती सांसदहरूले शेखशाहीको रक्षा गर्न ब्रिटिस शाही नौसेनाको तयारीबारे बहस गरे। रक्षा राज्य सचिव डेनिस हेलीले बेलायती सशस्त्र बलहरू गम्भीर रूपमा बढाइएको र केही सन्दर्भमा शेखशाहीको रक्षा गर्न खतरनाक रूपमा कम सुसज्जित भएको रिपोर्ट गरे। २४ जनवरी १९६८ मा, बेलायती प्रधानमन्त्री ह्यारोल्ड विल्सनले सरकारको "ब्रिटिस संरक्षणमा बहराइन र कतारसँग मिलेर सात ट्रुसियल शेखडोमहरूसँगको सन्धि सम्बन्ध अन्त्य गर्ने" निर्णयको घोषणा गरे, मार्च १९७१ मा प्रधानमन्त्री एडवर्ड हेथले पुन: पुष्टि गरे। घोषणाको केही दिन पछि, अबु धाबीका शासक शेख जायद बिन सुल्तान अल नाह्यानले जोखिमको डरले बेलायती सशस्त्र सेनाहरूलाई इमिरेट्समा राख्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रस्ताव गरेर सुरक्षा सन्धिहरूको सम्मान गर्न बेलायतीहरूलाई मनाउने प्रयास गरे। ब्रिटिसलेबर सरकारले प्रस्ताव अस्वीकार गर्यो।[२०]लेबर सांसद गोरोन्वी रोबर्ट्सले शेख जायदलाई बेलायती फिर्ताको खबरको बारेमा जानकारी दिएपछि, फारसको खाडीका नौ शेखशाहीहरूले अरब इमिरेट्सको एक सङ्घ गठन गर्ने प्रयास गरे, तर १९७१ को मध्यमा उनीहरूले बेलायती सन्धिको म्याद त्यो वर्षको डिसेम्बरमा अन्त्य हुने अवस्थाको बाबजुद पनि युनियनका सर्तहरूमा सहमत हुन सकेनन्।[२१]

पहिले प्रस्तावित अरब इमिरेट्स सङ्घको हिस्सा बन्न इच्छा गरेको बहराइन १९७१ अगस्ट र कतार १९७१ सेप्टेम्बरमा स्वतन्त्र भयो। जब ब्रिटिस-शेखशाही सन्धि १ डिसेम्बर १९७१ मा समाप्त भयो, दुबै इमिरेट्स पूर्ण रूपमा स्वतन्त्र भए।[२२] २ डिसेम्बर १९७१ मा, दुबई गेस्टहाउस (अहिले युनियन हाउस भनेर चिनिन्छ) मा छ वटा इमिरेट्स (अबु धाबी, अजमान, दुबई, फुजैराह, शारजाह र उम्म अल क्वाइन) संयुक्त अरब इमिरेट्स भनिने युनियन बनाउन सहमत भए। रस अल-खैमाह १० जनवरी १९७२ मा, पछि सम्मिलित भयो।[२३][२४] फेब्रुअरी 1972 मा, सङ्घीय राष्ट्रिय परिषद (FNC) सिर्जना गरिएको थियो; यो सात शासकहरूले नियुक्त गरेको ४० सदस्यीय सल्लाहकार निकाय थियो। यूएई ६ डिसेम्बर १९७१ मा अरब लिग र ९ डिसेम्बर मा संयुक्त राष्ट्र मा प्रवेश गर्यो।[२५] मे १९८१ मा युएई खाडी सहयोग परिषद् (GCC)को संस्थापक सदस्य बनेको थियो, अबु धाबीले पहिलो GCC शिखर सम्मेलनको आयोजना गरेको थियो।

अबु धाबीका १९ वर्षीय एक अमिराती, अब्दुल्लाह मोहम्मद अल माइनाह,ले १९७१ मा युएईको झन्डा डिजाइन गरे। झन्डाको चार रङ रातो, हरियो, सेतो र कालो छ जसले अरब राष्ट्रको एकताको प्रतिनिधित्व गर्छ। यसलाई २ डिसेम्बर १९७१ मा अङ्गिकार गरियो। अल माइनाहले चिलीको को लागि युएईको राजदुत भएर काम गरे र वर्तमान उनी चेक गणतन्त्रको लागि राजदुत छन्।[२६]

सरकार र राजनीति

[सम्पादन गर्नुहोस्]

संयुक्त अरब इमिरेट्स सात वटा वंशीय शेखशाहीबाट बनेको सङ्घीय संबैधानिक राजतन्त्र हो। यसमा अबु धाबी, अजमान, दुबई, फुजैराह, सारजहा, रास अल खैमाह, उम अल- कुवान का सत्तासीन शेखहरूबाट बन्ने सङ्घीय सर्वोच्च परिषदले शासन गर्छ। राष्ट्रिय सरकारलाई नदिइएको दायित्व अमिरातसँग हुन्छ।[२७] प्रत्येक अमिरातको निश्चित आम्दानीको हिस्साबाट युएईको केन्द्रीय बजेट बिनियोजन हुन्छ।[२८] संयुक्त अरब इमिरेट्सले प्रत्येक अमिरातको शासकलाई उल्लेख गर्न आमिर को सट्टा सेख उपाधिको प्रयोग गर्छ। अरबी जातीय समाजको संस्कृतिमा शेखशाही शैलीको नेतृत्वको कारण यो उपाधीको प्रयोग भएको हो। शेख शब्दले नेता, जेठ, वा जातीय मुखियालाई जनाउँछ जसले आफ्ना अनुयायीहरूसँग निर्णय लिने काममा भाग लिन्छ।

सङ्घीय सर्वोच्च परिषदले राष्ट्रपति र उप-राष्ट्रपतिको निर्वाचित हुन्छ। सामान्यतया, अबु धाबीको शेख राष्ट्रपति र दुबईका शेख प्रधानमन्त्री हुन्छन्। प्रधानमन्त्री उप-राष्ट्रपतिको रूपमा काम गर्छ। शेख जायद बिन सुल्तान अल नाहयान युएईका संस्थापक हुन् र उनलाई सात अमिरातलाई एक देशमा एकीकरण गर्ने श्रेय दिइन्छ। उनी देशको निर्माण भए देखी २००४ नोबेम्बर २ मा उनको मृत्यु सम्म युएईका प्रथम राष्ट्रपति थिए। अर्को दिन सङ्घीय सर्वोच्च परिषदले उनका छोरा शेख खलिफा बिन जायद अल नाहयानलाई उनको पदमा निर्वाचित गर्यो।[२९]

सङ्घिय सरकारको प्रमुख तीन अङ्ग छन्:

UAE e-Government युएई सङ्घीय सरकारको विद्युतीय स्वरूपको विस्तार हो।[३०] युएईको मन्त्रिपरिषद (अरबी: مجلس الوزراء) सरकारको मुख्य कार्यकारी अङ्ग हो जसको अध्यक्षता प्रधानमन्त्रीले गर्छन्। सङ्घीय सर्वोच्च परिषदले प्रधानमन्त्रीको नियुक्ति गर्छ र प्रधानमन्त्रीले मन्त्रीको नियुक्ति गर्छ। मन्त्रीपरिषदमा २२ सदस्य रहन्छ र संविधान र सङ्घीय कानुन अनुसार सङ्घको आन्तरिक तथा विदेश मामिला सञ्चालन गर्छ।[३१] २०१९ डिसेम्बरमा,[३२] आफ्नो तल्लो सदनमा ५०% महिला सहित युएई राष्ट्रिय व्यवस्थापिकामा लैङ्गिक समानता हासिल गर्ने एक मात्र अरब मुलुक, र विश्वको पाँच मध्ये एक देश बन्यो।[३३][३४]

युएई सहिष्णुता मन्त्रालय (Ministry of Tolerance),[३५] खुसियाली मन्त्रालय (Ministry of Happiness), [३६]कृत्रिम बौद्धिकता मन्त्रालय ( Ministry of Artificial Intelligence)[३७] भएको विश्वको एक मात्र देश हो। .[३८][३९] युएईमा राष्ट्रिय युवा परिषद पनि छ, जसबाट क्याबिनेटमा युवा मन्त्रालयको प्रतिनिधित्व गर्छ।[४०][४१]

सङ्घीय राष्ट्रिय परिषद युएईको व्यवस्थापिका हो। प्रत्येक ४ वर्षमा देशव्यापी निर्वाचन हुन्छ।  सङ्घीय राष्ट्रिय परिषदमा सबै अमिरातबाट गरी ४० सदस्य हुन्छन्। प्रत्येक अमिरातलाई निश्चित हिस्सा तोकिएको हुन्छ। यी मध्ये आधा सदस्य सम्बन्धित अमिरातको शासकबाट नियुक्त हुन्छन्, र अर्को आधा निर्वाचित हुन्छन्। कानुन अनुसार, परिषद सदस्य महिला र पुरुष बराबर हुन्छन्। परिषदलाई मुख्यत सल्लाहकारको भूमिकामा सीमित गरिएको छ।[४२][४३][४४]

विदेश सम्बन्ध

[सम्पादन गर्नुहोस्]
Emirati Minister of Foreign Affairs Abdullah bin Zayed Al Nahyan (furthest right) at the signing of the Abraham Accords.

अधिकांश देश तथा संयुक्त राष्ट्र सदस्यहरूसँग युएईको फराकिलो कुटनैतिक तथा व्यापारिक सम्बन्ध रहेको छ। यसले ओपेकमा महत्वपूर्ण भूमिका खेल्छ र खाडी सहयोग परिषदको एक संस्थापक सदस्य हो। युएई संयुक्त राष्ट्र र यस्का कयौँ विशेषज्ञ एजेन्सीहरू( (ICAO, ILO, UPU, WHO, WIPO),को एक सदस्य हो। साथै विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, अरब लिग, अर्गनाइजेसन अफ ईस्लामिक को-अपरेसन , र असंलग्न आन्दोलनको सदस्य पनि हो। यो Organisation Internationale de la Francophonie मा पर्यवेक्षक पनि हो। धेरै देशहरूको कुटनैतिक नियोग राजधानी अबु धाबीमा छ र धेरै कन्सुलेट युएईको सबैभन्दा ठुलो सहर दुबईमा छ।

युएईको विदेश सम्बन्ध अरब जगतको पहिचान र सम्बन्धबाट अभिप्रेरित छ। [४५] संयुक्त अरब इमिरेट्सको बहराइन,[४६] चीन[४७] मिश्र (Egypt),[४८] फ्रान्स,[४९] भारत,[५०] जोर्डन,[५१] पाकिस्तान,[५२] रसिया,[५३] साउदी अरब[५४]संयुक्त राज्य अमेरिका[५५]सँग बलियो सम्बन्ध छ।

१९७१ मा युएईबाट ब्रिटेन निस्किएर र एक राज्यको रूपमा युएईको निर्माण पछि, युएई र इरान बीच पर्सियन खाडीमा रहेको तीन टापु अबु मुसस, ग्रेटर तुन्ब, रलेसर तुन्ब, को विषयमा विवाद भयो। युएईले यो विषयलाई अन्तर्राष्ट्रिय अदालतमा ल्याउने प्रयास गर्यो, तर इरानले यो धारणालाई खारेज गर्यो।[५६] १९७१ मा निर्माण हुँदा पकिस्तान युएईलाई औपचारिक मान्यता दिने पहिलो देश थियो।[५७] युएई सहित कयौँ मध्य पूर्वी र अफ्रिकी देशहरूले २०१७ जुनमा कतारलाई आतंकवाद प्रायोजनको आरोपमा कतारसँग कुटनैतिक सम्बन्ध तोडेका थिए, परिणामस्वरूप कतार कुटनैतिक सङ्कट सुरु भयो। सम्बन्ध २०२१ जनवरीमा पुनर्स्थापित भयो।[५८] युएईले २०२० अगस्टमा इजरायललाई मान्यता दियो। दुई देश बीच ऐतिहासिक इजरायल-संयुक्त अरब इमिरेट्स शान्ति सम्झौता भयो र सम्बन्ध सामान्यीकरण तर्फ बढ्यो।[५९][६०][६१]

United Arab Emirates Air Force F-16 Block 60 "Desert Falcon", taking off from the Lockheed Martin plant in Fort Worth, Texas.

संयुक्त अरब इमिरेट्सको सैन्य बलको निर्माण १९७१ मा ऐतिहासिक "ट्रुसियल ओमान स्काउट",जुन पूर्वी अरेबियामा शान्ती सुव्यवस्था कायम गर्ने प्रतीक थियो र जसको कमान्ड ब्रिटिस अधिकारीले गर्थे, बाट भएको थियो।

सुरुमा सानो सङ्ख्यामा भएपनि, युएई ससस्त्र बल ठुलो हुँदै गएको छ। युएई सेना अत्याधुनिक हतियारले सुसज्जित छ। यसले पश्चिमी सैन्य अग्रणी देशहरू, मुख्यतः फ्रान्स, संयुक्त राज्य र संय्क्त अधिराज्यबाट हतियार खरुद गर्छ। अधिकांश अधिकारीहरू बेलायतको "रोयल मिलिटरी एकेडेमी" र अन्य अमेरिकाको "युनाइटेड स्टेट्स मिलिटरी एकेडेमी" , अस्ट्रेलियाको "रोयल मिलिट्री कलेज, डनट्रुन" र फ्रान्सको "सेन्ट सिर" सैन्य प्रतिष्ठानबाट प्रशिक्षित छन्। फ्रान्स र संयुक्त राज्य अमेरिकाले रक्षा सहयोग सम्झौता र सैन्य सामग्रीको लागि सबैभन्दा रणनीतिक रूपमा महत्त्वपूर्ण भूमिका खेलेको छ।[६२]

युएईका केही सैन्य परिचालनहरूमा १९९३ को सोमालियामा संयुक्त राष्ट्रसङ्घ उणोसोम ई फोर्समा इन्फन्ट्री बटालियन, कोसोभोमा ३५औँ मेकानाइज्ड इन्फन्ट्री बटालियन, इराक युद्धको समयमा कुवेतको एउटा रेजिमेन्ट, लेबनानमा डिमिनिङ अपरेसन, अफगानिस्तानमा अपरेशन एन्ड्युरिङ फ्रीडम, लिबियामा अमेरिकी नेतृत्वको हस्तक्षेप, सिरियामा अमेरिकी नेतृत्वको हस्तक्षेप र यमनमा साउदी नेतृत्वको हस्तक्षेप पर्छ।

युएईले लिबियाको गृहयुद्ध (२०१४-हालसम्म) मा जनरल खलिफा हफ्तारको लिबियन नेसनल आर्मीको पक्षमा हस्तक्षेप गर्यो।[६३][६४][६५]

प्रशासनिक बिभाजन

[सम्पादन गर्नुहोस्]
Flag एमिरेट राजधानी जनसङ्ख्या क्षेत्रफल
२०१८ % (km2) (mi2) %
अबु धाबी अबु धाबी2,784,49029.0%67,34026,00086.7%
Ajman Ajman372,9223.9%2591000.3%
दुबई दुबई4,177,05942.8%3,8851,5005.0%
Fujairah Fujairah152,0001.6%1,1654501.5%
Ras al-Khaimah Ras al-Khaimah416,6004.3%2,4869503.2%
Sharjah Sharjah2,374,13224.7%2,5901,0003.3%
Umm al-Quwain Umm al-Quwain72,0000.8%7773001%
UAE Abu Dhabi9,599,353100%77,70030,000100%

युएईमा सार्वजनिक स्थानमा नाच्नु गैरकानुनी हो।[६६][६७][६८]

बुर्ज खलिफा / दुबई मल मेट्रो स्टेशन नजिकैको राउन्डअबाउटबाट लिइएको तस्वीर

युएई मात्र ५० वर्षमा आदिवासी जातीय अवस्था बाट मात्र ५० वर्षमा विश्वको एक सर्वाधिक सम्पन्न राष्ट्रको रूपमा स्थापित भएको छ। केही छोटो अवधीको मन्दी, (२००८-०९ को वैश्विक वित्तीय तथा आर्थिक सङ्कट) बाहेक यो देशको इतिहासको सुरुवात देखि नै  आर्थिक वृद्धि प्रभावशाली र स्थीर रहेको छ। २००० देखि २०१८ को बीचमा, औसत कुल गृहस्थ उत्पादन (जिडिपी) बृद्धिदर ४% को नजिक थियो।[६९] २०१८ अनुसार ४१४.२ अर्ब अमेरिकी डलर नोमिनल जिडिपी र ३९२.८ अर्ब डलर वास्तविक जिडिपी[६९] सहित यो जिसिसीमा दोस्रो ठुलो अर्थतन्त्र (साउदी अरब पछि) हो।[७०] १९७१ मा स्वतन्त्रता यता, युएईको अर्थतन्त्र झन्डै २३१ गुणाले वृद्धि भै २०१३ मा १.४५ ट्रिलियन दिराम पुगेको छ। गैर-तेल व्यापार १.२ ट्रिलियन दिराम, १९८१ बाट २०१२ को बीचमा २८ गुणाले, वृद्धि भएको छ।[७०] अहिले, प्रति व्यक्ति जिडिपी औसात ८०% भन्दा माथि रहेको युएई संसारको धनी राष्ट्रमध्येउ एक हो।[६९]

युएईमा लोभलाग्दो आर्थिक उन्नति भएसँगै, १९७५ मा ५५०,०००रहेको जनसङ्ख्या बढेर २०१८ मा १ करोड पुग्यो। यो वृद्धि खासगरी विदेशी कामदारको आगमनले भएको थियो जसले राष्ट्रिय जनसङ्ख्यालाई अल्पमतमा पारेको छ। युएईको विशेष श्रम बजार प्रणाली छ, जसमा युएईमा बसोबासको गर्ने श्रमिकको कडा भिसा प्रणाली छ। यसबाट यहाँको सुक्ष्म अर्थतन्त्रको स्थायित्व मिल्छ र आर्थिक चक्रको समय भित्रै श्रमिकको माग र आपूर्ति छिटोभन्दा छिटो मिलाउन सकिन्छ। यसबाट सरकारले देशमा बेरोजगारी दर ३% भन्दा मुनि राख्न सकेको छ। [६९]

विश्व बैंक समूहद्वारा प्रकाशित डुइङ बिजनेस २०१७ रिपोर्ट अनुसार युएई व्यवसाय गर्ने सन्दर्भमा विश्वको २६ औं उत्कृष्ट देशमा छ।[७१] युएई विश्व खुशी प्रतिवेदन (WHR) जस्ता धेरै अन्य विश्वव्यापी सूचकांकहरूको शीर्ष स्थानमा छ र २०२५ मा ग्लोबल इनोभेसन इन्डेक्समा ३० औं स्थानमा छ।[७२][७३]

युएईको कानूनले ट्रेड युनियनको अनुमति दिँदैन।[७४] सामूहिक सौदाबाजीको अधिकार र हडताल गर्ने अधिकारलाई मान्यता दिइएको छैन, र श्रम मन्त्रालयसँग कामदारहरूलाई काममा फर्कन बाध्य पार्ने शक्ति छ। डतालमा भाग लिने आप्रवासी कामदारहरूको कार्य अनुमति रद्द गर्न र देश निकाला गर्न सकिन्छ।[७४] फलस्वरूप, श्रम मुद्दाहरूको सम्बन्धमा धेरै कम भेदभाव विरोधी कानूनहरू छन्, प्रतिस्पर्धीहरू भन्दा कम प्रमाण र कम प्रेरणाको बावजुद एमिरेट्स - र अन्य जीसीसी अरबहरूले - सार्वजनिक क्षेत्रको जागिरमा प्राथमिकता पाउँछन्।

मूल्य अभिबृद्धि कर

[सम्पादन गर्नुहोस्]

२०१८ जनवरी १ बाट युएई सरकारले ५% मूल्य अभिबृद्धि कर (value added tax -भ्याट ) लागु गरेको छ।[७५]

Dubai Marina Beach

पर्यटन पुरै युएई अर्थतन्त्रको बढ्दो क्षेत्र हो। दुबई मध्य पूर्वको मुख्य पर्यटकीय गन्तव्य हो।[७६] मास्टरकार्ड वैश्विक गन्तव्य सहरको वार्षिक सूची अनुसार, दुबई विश्वको पाँचौ लोकप्रिय पर्यटकीय गन्तव्य हो।[७७] युएईको पर्यटन अर्थतन्त्रको ६६% हिस्सा दुबई, १६% अबु धाबी र १०% शारजहाले ओगटेको छ। दुबईले २०१३ मा १ करोड पर्यटक भित्राएको थियो।

त्यस क्षेत्रमा युएईसँग सबैभन्दा उन्नत तथा विकसित पूर्वाधार छ।[७८] १९८० को दशक यता, युएईले पूर्वाधारमा अर्बौं डलर खर्च गरेको छ। यी बिकासहरू खासगरी अबु धाबी र दुबई जस्ता ठुला इमरातहरू मा छन्। उत्तरी इमरातहरू पनि बिकासकर्तालाई आवासीय र व्यवसायिक सम्पत्तिमा छुट दिएर तीव्र लय समाइरहेका छन्।[७९][८०]

२०१९ मा भित्रिने पर्यटनको खर्च बाहिरिनेको ११८.६ प्रतिशत हिस्सा थियो।[८०] २०२० जनवरी ६ देखि, संयुक्त अरब इमिरेट्सको पर्यटक भिसा मान्य हुन्छ।[८१] २०२८ सम्ममा पर्यटन उद्योगको युएईको जिडिपीमा २८०.६ अर्ब दिराम योगदान रहने अनुमान गरिएको छ। [८०]

इमिरेट्स, दुबईमा रहेको विश्वको एक सबैभन्दा ठुलो वायुसेवा कम्पनी हो।
इतिहाद वायुसेवा, संयुक्त अरब इमिरेट्सको दोश्रो ठुलो एयरलायन्स हो। यसको मुख्य कार्यालय अबु धाबीको खलिफा शहरमा आबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको नजिक रहेको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल २०१४ मा लण्डनको हिथ्रो विमानस्थललाई उछिनेर विश्वको सबैभन्दा व्यस्त बिमानस्थल बन्यो।[८२]

सवारी अनुमति

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत ग्राहकहरू, नागरिकहरू र निवासीहरू, जो कानूनी उमेर भन्दा माथि छन् र चिकित्सा रूपमा फिट छन्, ड्राइभिङ सिकाउने अनुमति प्राप्त गर्न र नयाँ ड्राइभिङ इजाजतपत्रको लागि आवेदन दिन योग्य छन्। ड्राइभिङ इजाजतपत्र प्राप्त गर्नको लागि न्युनतम उमेर आवश्यकता सवारी साधनमा निर्भर गर्दछ। निम्नानुसार न्युनतम उमेर आवश्यकता छ:[८३]

  • मोटरसाइकल र सवारी साधनहरूको लागि १७ वर्ष
  • कार र हल्का गाडीहरूको लागि १८ वर्ष
  • भारी सवारी र ट्रयाक्टरहरूको लागि २० वर्ष
  • बसहरूको लागि २१ वर्ष।

युएईमा दुई दुरसञ्चार सेवा प्रदायक, एतिसलात र इमिरेट्स इन्टिग्रेटेड टेलिकम्युनिकेसन कम्पनी ( "डु"), सञ्चालनमा छन्। २००७ फेब्रुअरीमा डु आउनु भन्दा अगाडिसम्म एतिसलातको एकाधिकार चलेको थियो।[८४] २००७ मा ९.०४ लाख रहेको ईन्टरनेट प्रयोगकर्ता संङ्ख्या २०१२ मा २६.६ लाख पुगेको अनुमान गरिएको थियो।[८५] नियामक निकाय, टेलिकम्युनिकेसन रेगुलेटरी अथोरिटी,ले धार्मिक, राजनैतिक तथा यौन सामग्री फिल्टर गर्ने आदेश दिएको छ। [८६]

हुवावेको साझेदारीमा २०१९ मा देश भर 5G wireless सेवा स्थापित गरिएको थियो।[८७]

 
 
संयुक्त अरब इमिरेट्सका नगर वा सहरहरू
2021 Calculation
क्रम इमिरेट जनसङ्ख्या
दुबई
दुबई
दुबईदुबई3,386,941 Sharjah
Sharjah
अल ऐन
अल ऐन
अबु धाबीअबु धाबी1,807,000
SharjahSharjah1,274,749
अल ऐनअबु धाबी846,747
Ajman अजमान490,035
Ras Al KhaimahRas al Khaimah115,949
FujairahFujairah97,226
Umm Al QuwainUmm Al Quwain61,700
Dibba Al-FujairahFujairah41,017
१०Khor FakkanSharjah39,151

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Human Development Report 2020" (अङ्ग्रेजीमा), United Nations Development Programme, १५ डिसेम्बर २०२०, अन्तिम पहुँच १५ डिसेम्बर २०२०
  2. "The Federal Boundaries of the United Arab Emirates"
  3. "United Arab Emirates's Constitution of 1971 with Amendments through 2004", ConstituteProject.org, अन्तिम पहुँच २९ अक्टोबर २०१७
  4. Habboush, Mahmoud. (10 October 2013) Call to naturalise some expats stirs anxiety in the UAE अभिलेखिकरण २०१४-०७-१४ वेब्याक मेसिन. Uk.reuters.com. Retrieved 10 October 2015
  5. "Labor Migration in the United Arab Emirates: Challenges and Responses", migrationpolicy.org, १८ सेप्टेम्बर २०१३, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६
  6. "United Arab Emirates country profile", BBC News, २८ सेप्टेम्बर २०१६, अन्तिम पहुँच २३ अक्टोबर २०१६
  7. "United Arab Emirates Population (2022)", www.worldometers.info
  8. thedigitalphilatelist (८ जनवरी २०२१), "United Arab Emirates", The Digital Philatelist (en-AUमा), अन्तिम पहुँच ८ जुलाई २०२१
  9. "Production of Crude Oil including Lease Condensate 2016" (CVS download), U.S. Energy Information Administration, अन्तिम पहुँच २७ मे २०१७
  10. U.S. Energy Information Administration, International Energy Statistics, accessed 17 January 2019.
  11. "United Arab Emirates profile", BBC News, १४ नोभेम्बर २०१२।
  12. "IMF Data Mapper", Imf.org, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६
  13. Augustine, Babu Das (१ जनवरी २०१८), "New era in UAE as VAT takes effect", GulfNews, अन्तिम पहुँच १२ जुलाई २०१८
  14. "UAE History & Traditions: Pearls & pearling", UAEinteract, मूलबाट ६ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ अभिलेखिकरण ६ फेब्रुअरी २०१६ वेब्याक मेसिन
  15. Heard, David (२०१३), "From Pearls to Oil", Motivate (UAE), पृ: 41–42, आइएसबिएन 978-1860633119
  16. "Al Khaleej News Paper", मूलबाट ३ अगस्ट २००८-मा सङ्ग्रहित। अभिलेखिकरण ३ अगस्ट २००८ वेब्याक मेसिन
  17. "Trucial States Council until 1971 (United Arab Emirates)", Flags of the World, मूलबाट २९ अप्रिल २०११-मा सङ्ग्रहित।
  18. Heard, David (२०१३), "From Pearls to Oil", Motivate (UAE), पृ: 413–416, आइएसबिएन 978-1860633119
  19. "Middle East | Country profile: United Arab Emirates", BBC News, ११ मार्च २००९।
  20. Gornall, Jonathan (२ डिसेम्बर २०११), "Sun sets on British Empire as UAE raises its flag", The National, Abu Dhabi।
  21. "History the United Arab Emirates (UAE) – TEN Guide", Guide.theemiratesnetwork.com, ११ फेब्रुअरी १९७२, मूलबाट ८ जुन २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २००९ अभिलेखिकरण ८ जुन २००९ वेब्याक मेसिन
  22. "Bahrain – Independence", Country-data.com।
  23. Smith, Simon C. (२००४), Britain's Revival and Fall in the Gulf: Kuwait, Bahrain, Qatar, and the Trucial States, 1950–71, Routledge, पृ: ६४, आइएसबिएन 978-0-415-33192-0
  24. "Trucial Oman or Trucial States – Origin of Trucial Oman or Trucial States | Encyclopedia.com: Oxford Dictionary of World Place Names", Encyclopedia.com, मूलबाट १९ नोभेम्बर २०११-मा सङ्ग्रहित।
  25. De Butts, Freddie (१९९५), Now the Dust Has Settled, Tabb House, पृ: २२८, आइएसबिएन 978-1873951132
  26. "International Relations Abdullah Mohamed Al Maainah", Czech Gulf Business Council, १२ मार्च २०१८, मूलबाट २५ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मार्च २०१९ अभिलेखिकरण २५ मार्च २०१९ वेब्याक मेसिन
  27. "UAE Government: Political system", UAEinteract, मूलबाट १३ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ अभिलेखिकरण १३ फेब्रुअरी २०१६ वेब्याक मेसिन
  28. "UAE Government: Political system", UAEinteract, मूलबाट १३ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ अभिलेखिकरण १३ फेब्रुअरी २०१६ वेब्याक मेसिन
  29. "UAE", Arabruleoflaw.org, मूलबाट ३ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६ अभिलेखिकरण ३ मे २०१९ वेब्याक मेसिन
  30. UAE federal eGovernment, "Service Channels – The UAE Government Official Portal", अन्तिम पहुँच ८ सेप्टेम्बर २०१४ अभिलेखिकरण २७ अगस्ट २०१४ वेब्याक मेसिन
  31. "دليل أعمال نظام مجلس الوزراء", United Arab Emirates Cabinet, जनवरी २०१०।
  32. "Monthly ranking of women in national parliaments", ipu.org, Switzerland: Inter-Parliamentary Union, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ अभिलेखिकरण १९ फेब्रुअरी २०२२ वेब्याक मेसिन
  33. "Monthly ranking of women in national parliaments", ipu.org, Switzerland: Inter-Parliamentary Union, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ अभिलेखिकरण १९ फेब्रुअरी २०२२ वेब्याक मेसिन
  34. "Proportion of women parliamentarians worldwide reaches 'all-time high'", UN.org, United Nations, ५ मार्च २०२१, अन्तिम पहुँच १९ फेब्रुअरी २०२२ अभिलेखिकरण १९ फेब्रुअरी २०२२ वेब्याक मेसिन
  35. "UAE's tolerance model has 'potential to become a global movement for good': Sheikh Nahyan", Emirates News Agency, ४ फेब्रुअरी २०१९।
  36. "This Country Just Appointed a Minister Of Happiness", Fortune.com, १० फेब्रुअरी २०१६।
  37. "An Inside Look at the First Nation With a State Minister for Artificial Intelligence", Futurism.com, ११ डिसेम्बर २०१७।
  38. "Ministry of Possibilities", U.AE, २४ सेप्टेम्बर २०१९। अभिलेखिकरण ८ डिसेम्बर २०२३ वेब्याक मेसिन
  39. "Mohammed bin Rashid Launches 'Ministry of Possibilities' to Develop Radical Solutions for Government's Key Challenges", UAE Cabinet, २०२०। अभिलेखिकरण २०२१-०७-२७ वेब्याक मेसिन
  40. "Women shining in new UAE Cabinet – Khaleej Times", www.khaleejtimes.com, अन्तिम पहुँच ११ फेब्रुअरी २०१६ अभिलेखिकरण २० सेप्टेम्बर २०२३ वेब्याक मेसिन
  41. "Why Ministries for Happiness, Tolerance, Youth and the Future?", United Arab Emirates Cabinet। अभिलेखिकरण २०१९-०४-११ वेब्याक मेसिन
  42. "The Federal National Council", U.AE, ३ फेब्रुअरी २०२०। अभिलेखिकरण २२ सेप्टेम्बर २०२३ वेब्याक मेसिन
  43. "UAE Federal e-Government Portal", Government.ae, मूलबाट २७ अक्टोबर २००५-मा सङ्ग्रहित। अभिलेखिकरण २७ अक्टोबर २००५ वेब्याक मेसिन
  44. Sheikh Khalifa: UAE's Federal National Council to be 50 per cent women The National, 8 December 2018
  45. "The evolution of Emirati foreign policy (1971–2020): The unexpected rise of a small state with boundless ambitions", SciencesPo, २०२०।
  46. "King Hamad hails strong Bahrain-UAE ties in meeting with Abu Dhabi crown prince", Saudi Gazette, ३ अगस्ट २०२१।
  47. "Strong bilateral relations serve the strategic interests of both China and the UAE", The National
  48. "Egypt and U.A.E. Relations", Egypt State Information Service Sis.gov.eg, मूलबाट ९ जनवरी २००९-मा सङ्ग्रहित। अभिलेखिकरण ९ जनवरी २००९ वेब्याक मेसिन
  49. "France strengthens its bond with UAE", The National, १९ डिसेम्बर २००८।
  50. "India-UAE Relations: Poised to Climb to New Heights", Middle East Institute, २३ मार्च २०२१।
  51. "Jordan-UAE ties a 'strong guarantor' for security, peace — ambassador", The Jordan Times, १२ अप्रिल २०२१।
  52. "UAE FM terms ties with Pakistan "unique case in Arab-Asian relations"", Tribune, २० डिसेम्बर २०२०।
  53. "Why the Relationship Between Russia and the United Arab Emirates is Strengthening", Responsible Statecraft, २४ जनवरी २०२०।
  54. The New Yorker (२ अप्रिल २०१८), "A Saudi Prince's Quest to Remake the Middle East"
  55. "US states play 'critical' role in widening bilateral ties with the UAE", Arabian Business, १६ मे २०२१।
  56. "Konfliktbarometer 2001", मूलबाट २९ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१६ अभिलेखिकरण १२ मार्च २००७ वेब्याक मेसिन. Heidelberger Institut für Internationale Konfliktforschung
  57. "Relations with UAE get wider, deeper", Pakistan Observer, २६ नोभेम्बर २००८, मूलबाट २६ जुन २००९-मा सङ्ग्रहित। अभिलेखिकरण २६ जुन २००९ वेब्याक मेसिन
  58. "UAE to restore Qatar trade and travel links 'within a week' after row ends", BBC, ७ जनवरी २०२१।
  59. "Israel and UAE strike historic deal", BBC News (en-GBमा), १३ अगस्ट २०२०, अन्तिम पहुँच १३ अगस्ट २०२०
  60. "With President Trump's help, Israel and the United Arab Emirates reach historic deal to normalize relations", Reuters (अङ्ग्रेजीमा), १३ अगस्ट २०२०, अन्तिम पहुँच १३ अगस्ट २०२०
  61. Staff, Toi (१६ सेप्टेम्बर २०२०), "Full text of the Abraham Accords signed by Israel, the UAE and Bahrain", The Times of Israel, अन्तिम पहुँच १० अक्टोबर २०२०
  62. "UAE confirms discussions with France on purchase of Rafale aircraft", Emirates News Agency, ५ जुन २००८, मूलबाट ९ मे २०१३-मा सङ्ग्रहित।
  63. "UAE and Egypt behind bombing raids against Libyan militias, say US officials", The Guardian, २६ अगस्ट २०१४।
  64. "Libya migrant attack: UN investigators suspect foreign jet bombed centre", BBC News, ६ नोभेम्बर २०१९।
  65. "UAE implicated in lethal drone strike in Libya", BBC News, २७ अगस्ट २०२०।
  66. "Criminal Law of Dubai", lawyersuae.com, २३ अक्टोबर २०१२।
  67. "المشارق", al-shorfa.com, मूलबाट १९ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ फेब्रुअरी २०१५ अभिलेखिकरण १९ डिसेम्बर २०१४ वेब्याक मेसिन
  68. No dancing in public: Dubai. Arab News (15 March 2009). Retrieved 26 November 2015.
  69. 1 2 3 4 "United Arab Emirates – Economic, Social, and Institutional Analysis – Empyrean Advisors", www.empyrean-advisors.com, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१९
  70. 1 2 "UAE's economy growth momentum set to pick up", Khaleej Times, २७ डिसेम्बर २०१३, मूलबाट ४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१४ अभिलेखिकरण ४ जनवरी २०१४ वेब्याक मेसिन
  71. "Ranking of Economies", World Bank Group, मूलबाट ४ जुन २०११-मा सङ्ग्रहित।
  72. "GII Innovation Ecosystems & Data Explorer 2025", WIPO, अन्तिम पहुँच १६ अक्टोबर २०२५
  73. Dutta, Soumitra; Lanvin, Bruno (२०२५), Global Innovation Index 2025: Innovation at a Crossroads (अङ्ग्रेजीमा), World Intellectual Property Organization, पृ: १९, आइएसबिएन 978-92-805-3797-0, डिओआई:10.34667/tind.58864, अन्तिम पहुँच १७ अक्टोबर २०२५
  74. 1 2 "United Arab Emirates", ITUC, मूलबाट १ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१३ अभिलेखिकरण १ फेब्रुअरी २०१४ वेब्याक मेसिन
  75. "Value Added Tax (VAT) - The Official Portal of the UAE Government", u.ae (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२८ अभिलेखिकरण २०२०-०३-२३ वेब्याक मेसिन
  76. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "tdb" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  77. "Dubai Ranks Fifth Among Top Global Destinations For Travellers", Gulf Business, १० जुलाई २०१४, मूलबाट १७ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ फेब्रुअरी २०१६ अभिलेखिकरण १७ अक्टोबर २०१५ वेब्याक मेसिन
  78. "Infrastructure in the United Arab Emirates (UAE)", The Prospect Group
  79. "UAE yearbook 2009", Slideshare.net, १३ अप्रिल २००९।
  80. 1 2 3 "Topic: Tourism industry of the UAE", Statista (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जुलाई २०२१
  81. "UAE Offers 5-Year Tourist Visa as Neighbors Vie for Visitors", Business Live Middle East, ७ जनवरी २०२०, अन्तिम पहुँच ७ जनवरी २०२० अभिलेखिकरण ९ अगस्ट २०२० वेब्याक मेसिन
  82. Anderson, Elizabeth (२७ जनवरी २०१५), "Dubai Overtakes Heathrow To Become World's Busiest", The Telegraph, अन्तिम पहुँच १२ फेब्रुअरी २०१५
  83. "Getting a driving licence – The Official Portal of the UAE Government", u.ae (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३ अगस्ट २०२१ अभिलेखिकरण २९ सेप्टेम्बर २०२० वेब्याक मेसिन
  84. "United Arab Emirates", OpenNet Interactive
  85. "UAE telecom market grows with competition | Mobile telecomms report", Ameinfo.com, मूलबाट १४ डिसेम्बर २०१४-मा सङ्ग्रहित।
  86. "UAE reports high website censorship", The National Newspaper, १२ जुन २००९।
  87. Khaleej Times (१७ फेब्रुअरी २०१९), "UAE ready for fast lane with 5G in 2019" अभिलेखिकरण ३० मार्च २०१९ वेब्याक मेसिन