मूल्य अभिवृद्धि कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

वस्तु तथा सेवा उत्पादन को चरणमा मुल्यअभिवृद्धि हुँदा लगाइने कर नै मूल्य अभिवृद्धि कर हो । स्वदेशी वस्तु तथा सेवाहरुको उत्पादनमा यस्तो कर लगाइन्छ भने यसलाई वैज्ञानिक र न्यायिक करको रुपमा बुझिन्छ । वस्तु तथा सेवा आधारित अप्रत्यक्ष प्रकृतिको कर नै मूल्य अभिवृद्धि कर हो यसमा अन्तिम भार उपभोक्तालाई पर्दछ । अवधारणा सन् 1919 मा जर्मनबाट भएको हो र प्रतिपादक जर्मनका डाक्टर चुल्होमा फोन साइमन्स हुन् । बिश्वमा 130 भन्दा बढी देशमा यो कर प्रचलनमा ल्याइएको हो भने नेपालमा विक्रम सम्बत् 2054 साल मंसिर 1 गतेबाट लागू गरिएको हो ।

परिभाषा[सम्पादन गर्ने]

मुल्य अभिवृध्दि कर (अङ्ग्रेजी: Value Added Tax) भन्नाले वस्तु तथा सेवाको मुल्यमा भएको वृध्दि रकममा लाग्ने करलाई बुझाउँदछ । यसलाई मु.अ.कर पनि भनिन्छ । यो कर विभिन्न देशमा फरक फरक दरमा असूल गरिन्छ। नेपालमा यो कर मुल्य अभिवृध्दि कर ऐेन, २०५२ तथा मुल्य अभिवृध्दि कर नियमावली, २०५३ ले निर्दिष्ट गरे अनुसार लागु गरिएको छ।[१] हाल नेपालको व्यवस्था अनुसार बृद्धि भएको मूल्यको १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्ने व्यवस्था छ। नेपालमा मुल्य अभिवृद्धि करको सुरूवातमा १० प्रतिशत मु.अ.कर लगाउने व्यवस्था थियो। उदाहरणको लागि कुनै मु.अ.कर लाग्ने बस्तु रु. १०० मा खरिद गरी रु. १२० मा विक्रि गरिन्छ भने मुल्यमा थप भएको रकम रु.२० (१२०-१००) मा कर लाग्दछ । नेपालमा मुल्य अभिवृध्दि कर वस्तु तथा सेवाको आपूर्तिको कारोवारमा लाग्दछ ।

कर लाग्ने कारोवार[सम्पादन गर्ने]

  • नेपाल भित्र आपूर्ति भएको वस्तु तथा सेवाहरू
  • नेपाल भित्र आयात गरिएका वस्तु तथा सेवाहरू
  • नेपाल बाहिर निर्यात गरिएकोवस्तु तथा सेवाहरू

करका दरहरु[सम्पादन गर्ने]

  1. शुन्य दरः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुचि २ मा उल्लेख गरिएका वस्तु तथा सेवाहरूमा शुन्य दर लाग्दछ ।
  2. १३ प्रतिशतः सामान्य अवस्थामा मुल्य अभिवृध्दि कर ऐन तथा नियमावली अनुसार एकल १३ प्रतिशत लाग्दछ

कर नलाग्नेः मुल्य अभिवृध्दि कर ऐेन, २०५२ को अनुसुची १ मा उल्लेख गरिएको वस्तु तथा सेवामा मुल्य अभिवृध्दि कर लाग्दैछ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

बाह्य स्रोतहरू[सम्पादन गर्ने]

मूल्य अभिवृद्धि कर र नेपालको प्रयोग

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. मुल्य अभिवृध्दि कर ऐन, २०५२