आयकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आयकर भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे अनुसार फरक राज्यमा फरक दरमा लागू हुन्छ। नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ ले निर्दिश्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ भने कर प्रयोजनको लागि व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ पहिलो प्राकृतिक व्यक्ति तथा निकाय ।

आयकर ऐन, २०५८ को दफा २(ढ) अनुसार आयकर भन्नाले आयकर ऐन बमाजिम लाग्ने कर तथा निम्नानुसारको भुक्तानीलाई सम्झनु पर्दछ ।

  1. कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दावी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,
  2. अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम वुझाउनु पर्ने रकम वा किस्तावन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ वमोजिम वुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९५क. वमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १००, १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
  3. दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
  4. शुल्क तथा ब्याज बापत बुझाउनु पर्ने परिच्छेद–२२ बमोजिमको रकम, र
  5. बिभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम । [१]

व्यक्तिको परिभाषा[सम्पादन गर्नुहोस्]

  1. प्राकृतिक व्यक्तिः
  2. निकायः

आयकरका लागि आयका शीर्षकहरू[सम्पादन गर्नुहोस्]

  1. व्यावसायबाट हुने आय
  2. रोजगारीबाट हुने आय
  3. लगानीबाट हुने आय
  4. आकस्मिक आय

श्रोतमा कर कट्टी[सम्पादन गर्नुहोस्]

भुक्तानीको श्रोतमा काटिने कर रकमलाई श्रोतमा कर कट्टी भनिन्छ। श्रोतमा कर कट्टी आर्जन गर्दाको बखतमा कर तिर्ने अवधारणा अनुसार काटिने करको रकम हो।

आयकर ऐन, २०५८ को दफा २ को खण्ड (क) देखि खण्ड (क व) सम्म ऐनमा प्रयोग भएका मुख्य शब्दावलीहरूलाई परिभाषित गरिएको छ। ऐनमा कुनै खास दफा वा खास उपदफा वा खण्डका लागि लागु हुने शव्दहरूको अर्थ सोही दफा, उपदफा वा खण्डमा नै उल्लेख गरिएको छ। एकभन्दा बढी दफा उपदफामा समान अर्थमा प्रयोग गरिने शव्दहरूको परिभाषा ऐनको दफा २ मा गरिएको छ। ऐनमा परिभाषित गरिएका विभिन्न शब्दावलीहरूको ब्याख्या यस परिच्छेदमा गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

नेपालको आयकर प्रणाली

[निर्देशिका २०६६]