सामग्रीमा जानुहोस्

उज्बेकिस्तान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उज्वेकिस्तान गणराज्य
Oʻzbekiston Respublikasi (उज्बेक)
उज्वेकिस्तानको झन्डा
झन्डा
उज्वेकिस्तानको निसाना छाप
निसाना छाप[]
राष्ट्रिय गान: 
Oʻzbekiston Respublikasining Davlat Madhiyasi
उज्वेकिस्तानको राष्ट्रिय गान
 उज्बेकिस्तानको अवस्थिति (green)
 उज्बेकिस्तानको अवस्थिति (green)
राजधानीताशकेन्ट
सबैभन्दा ठुलो सहरताशकेन्ट
आधिकारिक भाषाहरूउज्बेक
मान्यता प्राप्त आञ्चलिक भाषाहरूकाराकल्पक
Inter-ethnic
language
रसियन
जातिगत समूहहरू
(1996)
रैथाने(हरू)उज्बेक
सरकारUnitary Presidential Constitutional Republic
Shavkat Mirziyayev
व्यवस्थापिकाSupreme Assembly
Senate
Legislative Chamber
Formation
१७८५
२ सेप्टेम्बर १९२०
 Uzbek SSR
२७ अक्टोबर १९२४
 Declared independence from the Soviet Union
३१ अगस्ट १९९१ (Independence Day on 1 September)
 Recognized
८ डिसेम्बर १९९१
 Completed
२५ डिसेम्बर १९९१
क्षेत्रफल
 जम्मा
४,४८,९७८ किमी (१,७३,३५१ वर्ग माइल) (56th)
 पानी (%)
4.9
जनसङ्ख्या
 2016 अनुमानित
31,576,400[][] (41st)
 घनत्व
६१.४/किमी2 (१५९.०/वर्ग माइल) (136th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
 जम्मा
$183.933 billion[] (62)
 प्रति व्यक्ति
$5,939[] (125th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2015 लगत
 जम्मा
$68.190 billion[] (70th)
 प्रति व्यक्ति
$2,202[] (130th)
गिनी (2003)Negative increase 36.8
मध्यम · 95th
मानव विकास सूचकाङ्क (2014) 0.675[१०]
मध्यम · 114th
मुद्राUzbekistan som (Oʻzbekiston soʻmi) (UZS)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (UZT)
 ग्रीष्मकालीन (अरुणोदय बचत समय)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+५ (not observed)
सडक प्रयोगright
टेलिफोन कोड+९९८
इन्टरनेट डोमेन.uz

उज्वेकिस्तान (आधिकारिक रूपमा उज्बेकिस्तान गणतन्त्र) मध्य एसियामा अवस्थित एक दोहोरो स्थलरुद्ध देश हो। यो देश पाँच देशहरूको बिच घेरिएको छ उत्तरमा काजाखस्तान, उत्तरपूर्वमा किर्गिजस्तान, दक्षिणपूर्वमा ताजिकिस्तान, दक्षिणमा अफगानिस्तान, र दक्षिणपश्चिममा तुर्कमेनिस्तान। विश्वमा मात्र दुईवटा दोहोरो स्थलरुद्ध देशहरू मध्ये उज्वेकिस्तान एक हो। उज्बेकिस्तान टर्किक विश्वको हिस्सा हो र टर्किक राज्यहरूको सङ्गठनको सदस्य पनि हो। यहाँको आधिकारिक भाषा उज्बेक भाषा हो, जुन अधिकांश उज्बेक जनताले बोल्छन्, भने रूसी र ताजिक भाषाहरू अल्पसङ्ख्यक नागरिकहरूले बोल्ने भाषाहरू हुन्। यहाँको प्रमुख धर्म इस्लाम हो, र अधिकांश उज्बेकहरू सुन्नी मुस्लिम हुन्।

हालको उज्बेकिस्तान क्षेत्रमा पहिलो पटक पूर्वी इरानी घुमन्तेहरूले बसोबास गरेका थिए, जसले ख्वाराज्म, बाख्त्रिया, र सोग्दिया (ई.पू. ८औँ–६औँ शताब्दी) तथा फरगाना र मार्जियाना (ई.पू. ३औँ शताब्दी – ई. ६औँ शताब्दी) मा राज्यहरू स्थापना गरेका थिए। पछि यो क्षेत्र अखेमेनिड साम्राज्यमा गाभियो। त्यसपछि ग्रेको-बाख्त्रियन शासन, सासानियन साम्राज्य, र सातौँ शताब्दीसम्म मुस्लिम विजय अभियानको भाग रह्यो। मुस्लिम विजय पछि, यो क्षेत्र सामानी साम्राज्य अन्तर्गत इस्लामीकरण भयो। सिल्क रोडको व्यापारले उज्बेक सहरहरू धनी बने र इस्लामको स्वर्णयुगको केन्द्र बने। १३औँ शताब्दीमा मङ्गोल आक्रमणले ख्वाराज्म वंशलाई नष्ट गर्‍यो। १४औँ शताब्दीमा तैमूर (तैमूरलङ्ग) ले तैमुरी साम्राज्य स्थापना गरे, जसको राजधानी समरकन्द थियो। तैमूरी कालमा, विशेष गरी उलुग बेगको शासनकालमा, विज्ञान र संस्कृतिमा ठुलो प्रगति भयो, जसलाई तैमूरी पुनर्जागरण भनिन्छ। १६औँ शताब्दीमा किप्चाक शैबानी वंशले तैमूरी साम्राज्यलाई परास्त गर्‍यो। यस्तै, बाबरले भारततर्फ विजय अभियान गर्दै मुगल साम्राज्यको स्थापना गरे। १९औँ शताब्दीदेखि अधिकांश मध्य एसिया रूसी साम्राज्यमा गाभियो। ताशकन्द रूसी तुर्किस्तानको राजनीतिक केन्द्र बन्यो। १९२४ मा, सोभियत सङ्घ अन्तर्गत उज्बेक सोभियत समाजवादी गणतन्त्र को रूपमा स्थापित भयो। सन् १९९१ मा सोभियत सङ्घको पतनपछि उज्बेकिस्तानले स्वतन्त्रता घोषणा गर्‍यो।

उज्बेकिस्तान हरेक वर्ष ८० टन सुन उत्खनन गर्छ, जसले यसलाई विश्वमा सातौँ स्थानमा पुर्‍याउँछ। २०१५ मा, उज्बेकिस्तानको सुन उत्पादन १०२ मेट्रिक टन थियो।[११] उज्बेकिस्तानको तामाको भण्डार विश्वमा दशौँ स्थानमा छ, भने युरेनियम भण्डार बाह्रौँ स्थानमा छ। उज्बेकिस्तानको युरेनियम उत्पादन विश्वमा सातौँ स्थानमा पर्दछ।[१२][१३][१४] उज्बेकिस्तानको राष्ट्रिय ग्यास कम्पनी उज्बेकनेफ्टेगाज विश्वमा प्राकृतिक ग्यास उत्पादन गर्ने कम्पनीहरूमध्ये ११औँ स्थानमा आउँछ। यस कम्पनीले वर्षेनि ६० देखि ७० अर्ब घन मिटर (२.१–२.५ ट्रिलियन घन फिट) प्राकृतिक ग्यास उत्पादन गर्छ।

देशमा तेल र ग्यासका उल्लेखनीय अप्रयुक्त भण्डारहरू छन्। उज्बेकिस्तानमा हालसम्म १९४ हाइड्रोकार्बन भण्डार पत्ता लागेका छन्, जसमा ९८ वटा कन्डेन्सेट र प्राकृतिक ग्यास भण्डार तथा ९६ वटा ग्यास कन्डेन्सेट भण्डार समावेश छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Constitution of the Republic of Uzbekistan", ksu.uz, अन्तिम पहुँच १ जनवरी २०१५ अभिलेखिकरण २७ जुन २०१६ वेब्याक मेसिन
  2. "Constitution of the Republic of Uzbekistan", ksu.uz, अन्तिम पहुँच १ जनवरी २०१५ अभिलेखिकरण २७ जुन २०१६ वेब्याक मेसिन
  3. Foltz, Richard (१९९६), "The Tajiks of Uzbekistan", Central Asian Survey 15 (2): 213–216, डिओआई:10.1080/02634939608400946
  4. Jonson, Lena (1976) Tajikistan in the New Central Asia, I.B.Tauris, ISBN 085771726X, p. 108: "According to official Uzbek statistics there are slightly over 1 million Tajiks in Uzbekistan or about 3% of the population. The unofficial figure is over 6 million Tajiks. They are concentrated in the Sukhandarya, Samarqand and Bukhara regions."
  5. Cornell, Svante E. (२०००), "Uzbekistan: A Regional Player in Eurasian Geopolitics?", European Security 20 (2), मूलबाट ५ मे २००९-मा सङ्ग्रहित।
  6. "CIA – The World Factbook", Cia.gov, अन्तिम पहुँच २८ जनवरी २०११ अभिलेखिकरण ५ जनवरी २०१९ वेब्याक मेसिन
  7. "Official population 1 January 2016" (Russianमा), Stat.uz, १६ मार्च २०१५।
  8. (Russianमा), Uzreport.com, २०१६-०३-२३ http://news.uzreport.uz/news_4_r_140161.html, अन्तिम पहुँच २०१६-०३-२३ |title= रितो (सहायता)
  9. 1 2 3 4 Uzbekistan reports. International Monetary Fund
  10. "2015 Human Development Report", United Nations Development Programme, २०१५, अन्तिम पहुँच १५ डिसेम्बर २०१५
  11. "Our world in data- Gold production, 1681 to 2015"
  12. Supply of Uranium अभिलेखिकरण ९ मे २००८ वेब्याक मेसिन. World Nuclear Association. August 2012.
  13. Uranium resources अभिलेखिकरण २२ मे २००८ वेब्याक मेसिन. European Nuclear Society
  14. The World Mineral Statistics dataset: 100 years and counting अभिलेखिकरण २० अक्टोबर २०१३ वेब्याक मेसिन. British Geological Survey