अल ऐन
अल ऐन
العين | |
---|---|
![]() हरियो मुबारजाहको दृश्य | |
देश | संयुक्त अरब इमिरेट्स |
इमरात | अबु धाबी |
सरकार | |
• प्रकार | नगरपालिका |
• शेख | खलीफा बिन जाएद |
• प्रतिनिधि | तहनुन मुहम्मद बिन अल नहयन |
क्षेत्रफल | |
• जम्मा | १५,१०० किमी२ (५,८०० वर्ग माइल) |
उन्नतांश | २९२ मिटर (९५८ फिट) |
जनसङ्ख्या (२०१५) | |
• जम्मा | ६५०,००० |
• घनत्व | ४३/किमी२ (११०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+४ (संयुक्त अरब इमिरेट्स) |
अल ऐन (अरबी: العين, al-ʿayn, शाब्दिक अर्थ वसन्त), यसको हरियोपनाको कारण गार्डन शहर पनि भनिने, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो भित्री शहर, जुन (दुबई, अबु धाबी र शारजाह पछि) चौथो सबैभन्दा ठूलो, र अबु धाबी इमरातको दोस्रो सबैभन्दा ठूलो शहर हो । सन् २०१३ को जनगणना अनुसार अल ऐनको जनसङ्ख्या ६५०,००० रहेको थियो ।[१] यो, राजधानी, अबु धाबी को लगभग १६० किलोमिटर (९९ माइल) र दुबई को लगभग १२० किलोमिटर (७५ माइल) दक्षिण मा स्थित छ ।[२] अल ऐन संयुक्त अरब इमिरेट्सको संस्थापक शेख जायद बिन सुल्तान अल नहयनको जन्मस्थान हो र इमराती नागरिकहरूको उच्चतम अनुपात (३०.८)% छ ।[३]
इतिहास[सम्पादन गर्नुहोस्]
ऐतिहासिक रूपमा अल ऐन लाई तावाम वा अल बुरेमी ओएसिस (मरुभूमिको एक उर्वरा ठाउँ जहाँ पानी पाइन्छ) को एक भाग मानिन्छ । अल-ऐन मा ४,००० वर्ष भन्दा पहिले देखि मानव बसोबास भएको पाइन्छ, जहाँ पुरातत्व स्थलहरू अल-हिली र जाबेल हफीत मा मानव वस्तीहरू देखिएको पाइन्छ । ओएसिसले आधुनिक समय सम्म प्रारम्भिक खेतीको लागि पानी प्रदान गरे ।
भूगोल[सम्पादन गर्नुहोस्]
अल ऐन अबु धाबी इमरातको पूर्व र दुबईको दक्षिणमा र अबु धाबी को पूर्वी क्षेत्र मा स्थित छ । अबु धाबी इमरातको पूर्वी क्षेत्रमा लगभग १३,१०० वर्ग किलोमिटर (५,१०० वर्ग माइल) क्षेत्रफल पर्दछ ।
ओएसिस[सम्पादन गर्नुहोस्]
अल ऐनको ओएसिसहरूलाई तिनीहरूको फालाज (भूमिगत सिंचाई) प्रणालीको लागि चिनिन्छ जसले बोरहोलबाट पानी खेतीपाति र खजूरको लागि प्रयोग गरिन्छ । फालाज सिंचाई एक हजारौं पुरानो प्रणाली हो जुन हजारौं वर्ष पहिले पनि ओमान संयुक्त अरब इमिरेट्स, चीन, ईरान र अन्य देशहरूमा अझै पनि व्यापक रूपमा प्रयोग गरिन्छ ।
विश्व सम्पदा क्षेत्र[सम्पादन गर्नुहोस्]
अल ऐन संयुक्त अरब इमिरेट्सको विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २०११ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । अल ऐन का साथै हफित, हिली, विदा बिन साउद र ओएसिस सांस्कृतिक क्षेत्रहरू पनि विश्व सम्पदा क्षेत्र मा पर्दछन् ।[४]
जलवायु[सम्पादन गर्नुहोस्]
अल ऐनमा गर्मी जलवायु छ । घमाइलो-नीलो आकाश वर्षभरि आशा गर्न सकिन्छ । जुन देखि सेप्टेम्बर महिना सम्म सामान्यतया अत्यन्तै गर्मी र आर्द्र हुन्छ । यस समयमा अधिकतम ३८ डिग्री सेल्सियस (१०० डिग्री फारेनहाइट) तापमान हुन्छ । नोभेम्बर देखि मार्च सम्म मध्यम तापमानमा हल्का चिसो मौसम हुन्छ । यो अवधिका केहि दिनमा घना कुहिरो पनि देखिन्छन् । औसतमा, जनवरी, वर्षको सबैभन्दा जाडो महिना हो र अगस्तमा सबैभन्दा बढी गर्मी हुन्छ । सबैभन्दा जाडो महिना बाहेक यसको औसत मौसम १८.८ डिग्री सेल्सियस (६५.८ डिग्री फरेनहाइट) रहेको हुन्छ ।
अल ऐन अन्तर्राष्ट्रिय विमानस्थल (१९९६-२०१५)को मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
उच्चतम औसत °से (°फे) | २४.३ (७५.७) |
२७.५ (८१.५) |
३१.७ (८९.१) |
३६.५ (९७.७) |
४१.६ (१०६.९) |
४३.९ (१११.०) |
४४.२ (१११.६) |
४४.० (१११.२) |
४१.५ (१०६.७) |
३७.३ (९९.१) |
३०.८ (८७.४) |
२६.४ (७९.५) |
३५.८ (९६.५) |
दैनिक औसत °से (°फे) | १८.७ (६५.७) |
२१.३ (७०.३) |
२४.९ (७६.८) |
२९.५ (८५.१) |
३४.१ (९३.४) |
३६.२ (९७.२) |
३७.५ (९९.५) |
३७.५ (९९.५) |
३४.७ (९४.५) |
३०.७ (८७.३) |
२५.० (७७.०) |
२०.७ (६९.३) |
२९.२ (८४.६) |
न्यूनतम औसत °से (°फे) | १३.१ (५५.६) |
१५.१ (५९.२) |
१८.० (६४.४) |
२२.५ (७२.५) |
२६.५ (७९.७) |
२८.४ (८३.१) |
३०.७ (८७.३) |
३०.९ (८७.६) |
२७.९ (८२.२) |
२४.१ (७५.४) |
१९.३ (६६.७) |
१५.१ (५९.२) |
२२.६ (७२.७) |
स्रोत: मौसमअनलाइन [५] |
चित्रावली[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ अहमद, अनवाद (४ नोभेम्बर २०१४), "अबु धाबीको जनसङ्ख्या आठ वर्षमा दोब्बर", अन्तिम पहुँच २ नोभेम्बर २०१७।
- ↑ "Statistical Report 2014 - 4th Issue.pdf", अन्तिम पहुँच ११ नोभेम्बर २०१७।
- ↑ "Population of Al Ain", अन्तिम पहुँच ११ नोभेम्बर २०१७।
- ↑ "Cultural Sites of Al Ain (Hafit, Hili, Bidaa Bint Saud and Oases Areas)", अन्तिम पहुँच ११ नोभेम्बर २०१७।
- ↑ "Climate Robot: Al Ain Intl. Airport (262m)", अन्तिम पहुँच १८ फेब्रुअरी २०१६।