असंलग्न अभियान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

असंलग्न अभियान कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरूको समूह हो। असंलग्न अभियान भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझिन्छ। यस अभियानमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्।[१]

यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू, बर्माको पहिलो प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाको पहिलो प्रधानमन्त्री सुकार्नो, इजिप्टको दोस्रो राष्ट्रपति गमाल अब्देल नासिर, घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रोज टिटोको अगुवाइमा यो अमियान सुरू भएको थियो।

इतिहास[सम्पादन गर्ने]

दोस्रो विश्वयुद्धपछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा अमेरिका र अर्को सोभियत सङ्घ। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरू अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी युरोप लगायतका मुलुकहरू सोभियत सङ्घको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरूलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसै पृष्ठभूमिमा एक थरी राष्ट्रहरूले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-नेपाल

पञ्चशीलका सिद्धान्तहरू[सम्पादन गर्ने]

  1. अहस्तक्षेप
  2. अनाक्रमण
  3. शान्तिपूर्ण सह - अस्तित्व
  4. एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान गर्नु
  5. आर्थिक तथा सामाजिक, सांस्कृतिक सहयोगको आदान प्रदान गर्नु |

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "NAM Members & Observers". 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.

बाह्य सूत्रहरू[सम्पादन गर्ने]