गमाल अब्देल नासेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गमाल अब्देल नासेर
جمال عبد الناصر
बेलग्रेड, १९६२ मा नासेर
दोस्रो मिश्रका राष्ट्रपति
कार्यकाल
२३ जुन १९५६ – २८ सेप्टेम्बर १९७०
पूर्वाधिकारीमुहमद नागुइब
उतराधिकारीअनवर सादात
३१औं मिश्रका प्रधानमन्त्री
कार्यकाल
१९ जुन १९६७ – २८ सेप्टेम्बर १९७०
राष्ट्रपतिस्वयम्
कार्यकाल
१८ अप्रिल १९५४ – २९ सेप्टेम्बर १९६२
राष्ट्रपतिमुहमद नागुइब
स्वयम्
पूर्वाधिकारीमुहमद नागुइब
उतराधिकारीAli Sabri
कार्यकाल
२५ फेब्रुअरी १९५४ – ८ मार्च १९५४
राष्ट्रपतिमुहमद नागुइब
पूर्वाधिकारीमुहमद नागुइब
उतराधिकारीमुहमद नागुइब
असंलग्न आन्दोलनका महासचिव
कार्यकाल
५ अक्टोबर १९६४ – ८ सेप्टेम्बर १९७०
पूर्वाधिकारीयोसिप ब्रोज तितो
उतराधिकारीKenneth Kaunda
व्यक्तिगत विवरण
जन्म
गमल अब्देल नासेर हुसेन

(१९१८-०१-१५)१५ जनवरी १९१८
अल्क्षेन्द्रीय, मिश्रि सल्तानत (हाल इजिप्ट)
मृत्यु२८ सेप्टेम्बर १९७०(1970-09-28) (उमेर ५२)
कायरो, इजिप्ट
राष्ट्रियताइजिप्ट
राजनीतिक दलअरब सोसलिस्ट युनियन
जीवन साथीताहिया काजेम
सन्तान(हरू)
जीवनवृतिसैन्य अधिकारी
हस्ताक्षर
सैन्य सेवा
निष्ठाइजिप्ट
शाखा/सेवामिश्रि सैनिक
सेवाको वर्षहरू१९३८–१९५२
श्रेणी लेफ्टिनेन्ट कर्णेल
लडाई/युद्धहरू१९४८ अरब-इजरायल युद्ध

गमाल अब्देल नासेर हुसेन (/ˈnɑːsər, ˈnæsər/;[१] अरबी: جمال عبد الناصر حسين, इजिप्टेली अरबी उच्चारण: [ɡæˈmæːl ʕæbdenˈnɑːsˤeɾ ħeˈseːn]; १५ जनवरी १९१८ – २८ सेप्टेम्बर १९७०) मिश्रका दोस्रो राष्ट्रपतिको रूपमा सन् १९५६ देखि आफ्नो मृत्यु नहुन्जेल सन् १९७० सम्म सेवा गरेका थिए। नासेरले सन् १९५२ को राजतन्त्र अन्त्यको नेतृत्व गर्दै सोही वर्ष दुरगामी भूमिसुधारको सुरुवात गरेका थिए। जब सन् १९५४ मा उनको मुस्लिम ब्रदरहुडबाट हत्या प्रयास भयो तब उनले त्यो सङ्गठन दबाउँदै त्यसका प्रमुख मुहमद नागुइबलाई नजरबन्दमा राख्दै सन् १९५६ को जुन महिनामा आधिकारिक रूपमा कार्यकारी राष्ट्रपतिको कार्यभार सम्हालेका थिए।

नासेरले स्वेज नहरको राष्ट्रियकरण गर्दा उत्पन्न स्वेज सङ्कटमा राजनैतिक विजय प्राप्त गरेपछि इजिप्ट र अरब जगतमा उनको लोकप्रियता चुलिएको थियो।

अरब एकताको आह्वान गरेर उनको नेतृत्वमा अरब लिग बनेको थियो।  सन् १९६२ मा नासेरले इजिप्टमा प्रमुख समाजवादी योजना र आधुनिकीकरण सुधारहरूको एक शृङ्खला सुरू गरेका थिए। आफ्नो प्यान-अरबवादको कारणले गर्दा असहमतिको बाबजुद नासेरका समर्थकहरूले धेरै अरब देशहरूमा शक्ति प्राप्त गरेका भएतापनि सन् १९६३ आउँदा आउँदै उनी उत्तरी यमन गृहयुद्धमा संलग्न भएपछि अन्ततः धेरै ठूला अरबी शीत युद्ध भएको थियो। उनको राजनीतिक विरोधीहरूलाई प्रतिबन्ध लगाएपछि सन् १९६५ को मार्चमा उनले दोस्रो राष्ट्रपति कार्यकाल शुरु गरेका थिए। सन् १९६७ को छ दिने युद्धमा इजरायलीले इजिप्टलाई हराएपछि नासेरले आफ्नो पदबाट राजिनामा दिएका थिए तर लोकप्रिय प्रदर्शन पछि उनको पुनरुत्थानको लागि उनी राष्ट्रपति भएर फर्किएका थिए। सन् १९६८ सम्म उनी आफैले प्रधानमन्त्री नियुक्त गर्दै गुमाएको क्षेत्र पुन: प्राप्त गर्न वार अफ आर्बिट्रेसन सुरु गरेका थिए।

सन् १९७० को अरब लिग शिखर सम्मेलनको समापन पछि नासेरलाई हृदयाघात भयो र उनको मृत्यु भएको थियो। कायरो उनको अन्त्येष्टिमा पचास लाख शोकाकुल मानिसको उपस्थिति रहेको थियो र अरब विश्वभर शोक व्यक्त भएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

स्वेज नहरको राष्ट्रियकरण[सम्पादन गर्नुहोस्]

२६ जुलाई १९५६ मा अलेक्जेद्रियामा सम्बोधन गर्दै नासेरले मिश्री सेनालाई स्वेज नहर नियन्त्रण गर्न र नहरको राष्ट्रियकरण कार्वान्ययन गर्न आदेश दिएका थिए। [२] उनले राष्ट्रियकरण कानुन प्रकाशित भएको स्वेज नहरको सबै सम्पत्ति रोक्का भएको र सबै सेयरधनीहरूलाई पेरिस स्टक एक्सचेन्जको अन्तिम मूल्य अनुसारको पैसा चुक्ता गरिने घोषणा गरेका थिए।[३] सोही दिन मिश्रले इजरायली जहाजहरूलाई बन्द गरेको थियो।[४]

स्वेज सङ्कट[सम्पादन गर्नुहोस्]

Movietone newsreels reporting Nasser's nationalization of the Suez Canal and both domestic and Western reactions

फ्रान्स र संयुक्त अधिराज्य, स्वेज कनाल कम्पनीका सबैभन्दा ठूला सेयरधनीहरू, ले इजिप्टेली सरकार द्वारा गरिएको स्वेज नहरको राष्ट्रियकरणलाई उनीहरू प्रति भएको अर्को एक शत्रुतापूर्ण कदमको रुपमा लिए। नासेर नहरको राष्ट्रियकरण गर्दा अन्तराष्ट्रिय सङ्कट सुरु हुने बारे परिचित थिए र उनी दुई देशबाट सैन्य हस्तक्षेप हुने सम्भावना ८०% रहेको विश्वास गर्थे।[५] नासेरले उनीहरूले दाबी खारेज गरे,[६] र उनले यो विश्वास गरेका थिए कि बेलायत कम्तिमा उनको घोषणा पछिको दुई महिनाको लागि सैन्य हस्तक्षेप गर्ने स्थितिमा छैन, र इजरायलको कदमलाइ "असम्भव" भन्दै उनले खारेज गरेका थिए।[७] अक्टोबरको सुरुवातमा, संयुक्त राष्ट्र सुरक्षा परिषद्मा नहरको राष्ट्रियकरणको विषयमा बैठक भयो र इजिप्टले विदेशी जहाजलाई आवतजावत दिएसम्म नहरमाथि नियन्त्रण गर्नु इजिप्ट अधिकार रहेको घोषणापत्र स्वीकार गर्यो।[८] हेकलका अनुसार, यो सम्झौता पछी, "नासेरले आक्रमणको खतराको सम्भावना १०% मा झरेको अनुमान गरेका थिए।" त्यसको केही समयपछी, यद्यपि, बेलायत फ्रान्स र इजरायलले स्वेज नहरमा नियन्त्रण गर्न, नहर कब्जा गर्न[९] [१०] र नासेरको सत्ता पल्ताउन[११][११][१२][१३] एक गोप्य सम्झौता गरे।

१९५६ अक्टोबर २९ मा. इजरायली बलले सिनाइ प्रायद्विप पार गरी इजितेली सेनाको पोस्टमा आक्रमण गर्यो र आफ्नो लक्ष तर्फा अघि बढ्यो। दुई दिन पछी, बेलायती र फ्रेन्च प्लेनले नहर क्षेत्रमा रहेको इजिप्टेली हवाईअड्डामा बमबर्षा सुरु गर्यो ।[१४] नासेरले सैन्य उच्च कमाण्डलाई सिनाइबाट नहरको रक्षाको लागि फिर्ता हुन आदेश दिए।[१५] त्यो भन्दा पनि, उनलाई इजरायली फौज, बेलायत र फ्रेन्चको सामना गर्न आर्मर्ड कर्पको परिचालन गरे, सिनाइमा रहेको इजिप्टेली आर्मरसंग सम्पर्क विच्छेद हुने र उनीहरूलाई त्रीपक्षीय सेनाले नष्ट पार्ने डर थियो ।[१५] आमेरले कडा असहमती जनाए, र इजिप्टेली ट्यांकले इजरायलको सामना गर्ने बताए ।[१५] अमेरको कुरा नोबेम्बर ३ मा सहि साबित भयो।[१५] नासेरले नहरको प्रवेशद्वारमा जहाजलाई डुबाएर नहरमा आवतजावत बन्द गर्न पनि आदेश दिए।[१४]

इजिप्टेली फौजलाई फिर्ता हुन दिएको आदेशको बाबजुद, करिब २ हजार इजिप्टेली सेना इजरायली बलसंगको भिडन्तमा मारिए,[१६] र केहि ५,००० इजिप्टेली सैनिकहरू इजरायली सेनाद्वारा बन्दी बनाइए।[१५] आमेर र सलाह सलिमले युद्धबिरामको लागि अनुरोध गर्ने प्रस्ताव गरे, सलिमले अझै नासेरलाई आफै ब्रिटिस फौजको सामु आत्मसमर्पण गर्न सिफारिस गरे। [९] नासेरले अमेर र सलिम दुवैलाई गाली गरे र भने,"कोही पनि आत्मसमर्पण गर्दैनन्"।"[१४] नासेरले सैन्य कामांड सम्हाले। इजरायली फौजले सिनाइ कब्जा गरे पनि, नासेरको प्रतिष्ठामा घर र अरब जगतमा कुनै आँच आएको थिएन।[१७] इजिप्टेली सेनाको निराशाजनक प्रदर्शनको कारण, नासेरले नागरिक स्वयंसेवकलाई ४ लाख राइफल वितरण गर्न अनुमति दिए र इजिप्ट भर सयौं मिलिसिया बने, जसमा अधिकांशको नेतृत्व नासेरका राजनैतिक प्रतिद्वन्द्वीले गरेका थिए।[१८]

अमेरिकी आइजनहावर प्रशासनले त्रीप्रक्षीय आक्रमणको निन्दा गर्यो, र संयुक्त राष्ट्रसंघ प्रस्तावको समर्थन गरी त्रिपक्षीय सेना फिर्ता हुनु पर्ने र संयुक्त राष्ट्रसंघीय आपतकालीन फौज सिनाइ परिचालन गरिनुपर्ने माग गर्यो ।[१९] नासेरले आइजनहावरको प्रसंसा गरे, उनले यसलाई "त्रिपक्षीय षडयन्त्र" रोक्न "सनैभंदा ठूलो र निर्णायक भूमिका" भएको बताए ।" [२०] डिसेम्बरको अन्त्यसम्ममा, बेलायती र फ्रेन्च फौज पूर्णरुपमा इजिप्टेली भूभाग बाट फिर्ता भए,[१९] भने इजरायलले आफ्नो सेनाको फिर्ती १९५७ मार्चमा पुरा गर्यो र सबै इजिप्टेली युद्ध बन्दीलाई रिहा गर्यो।[१६][२१] स्वेज सङ्कटको नतिजास्वरूप, नासेरले बसाइ तथा नागरिकताको लागि कडा कानुन नियम ल्याए, यसको ठूलो ब्रिटिस तथा फ्रेन्च राष्ट्रियता र बिदेशी राष्ट्रियता भएका यहुदीहरूलाई भयो।[२२] २५,००० यहुदीहरू, यहुदी समुदायका लगभग आधा जनसंख्या, १९५६ मा इजिप्ट छाडेर इजरायल, युरोप, अमेरिका र दक्षिण अमेरिका तिर लागे ।.[२३][२४]

लडाई सकिएपछी, आमेरले नासेरमाथि अनावस्यक युद्ध भड्काएको आरोप लागाए र नतिजाको लागि सेनामाथि आरोप लगाए।[२५] ८ अप्रिलमा, नहर पुन सुचारु भयो,[२६] र नासेरलाई अपदस्त गर्ने आक्रमणको उद्देश्य असफल भएपछि नासेरको राजनैतिक समर्थन निकै बढ्यो। ब्रिटिस कुतानीतिज्ञ एन्थोनी नटिङ ले यो सङ्कटले इजिप्टको राष्ट्रपतिको रुपमा "नासेरलाई पूर्ण रुपमा स्थापित" गरेको दाबी गरे।[९]

राष्ट्रिय बडापत्र र दोस्रो कार्यकाल[सम्पादन गर्नुहोस्]

छ दिने युद्ध[सम्पादन गर्नुहोस्]

सन् १९६७ को मे महिनाको मध्यमा सोभियत सङ्घले नासेरलाई सिरियामा इजरायलको सम्भावित आक्रमणको चेतावनी दिएको थियो यद्यपि चिफ अफ स्टाफ मोहमद फावजीले यो चेतावानीलाई "आधारहीन" बताएका थिए।[२७][२८]

जुन ५ को बिहान इजरायली वायु सेनाले मिश्रको वायु सेवाको विमान नष्ट गरेको थियो। यो आक्रमणमा मिश्री वायु सेना लगभग पूर्णरूपमा नष्ट भएको थियो। सोही दिनमा इजरेली आर्मड युनिटले इजिपोसियन डिफेन्स लाइन तोडेर एल-आरिस सहर कब्जा गरेको थियो। [२९] अर्को दिन आमेरले मिश्री फौजलाई सिनाइबाट तुरुन्त फिर्ता हुन आदेश दिए—युद्धमा इजिप्टको ठूलो क्षति यसैको कारणले भएको थियो।[३०] इजरायलले तत्कालै इजिप्टबाट सिनाइ र गाजा पट्टि, जोर्डनबाट पश्चिमी तट र सिरियाबाट गोलन हाइट्स कब्जा गरेको थियो।

राजिनामा[सम्पादन गर्नुहोस्]

A crowd of people, many waving. One person is holding up a portrait of a man
नासेरको राजीनामाको विरोध गर्दै मिश्री प्रदर्शनकारीहरू, सन् १९६७

मैले एउटा निर्णय लिएको छु जसको लागि मलाई तपाईंहरूको सहयोग चाहिन्छ। मैले सबै औपचारिक ओहोदा र राजनैतिक भूमिकाबाट पूर्णरूपमा बाहिरिने निर्णय गरेको छु र अन्य साधारण नागरिक जस्तै आफ्नो कर्तव्य पालना गर्नेछु। यो शोकको समय होइन, कदम चाल्ने समय हो। ... मेरो पूर्ण हृदय तपाईंहरूसँग छ र तपाईंहरूको हृदय पनि म सँगै रहोस्। भगवान हाम्रो साथमा रहुन्। हाम्रो हृदयमा आशा, प्रकाश, र मार्गदर्शन रहोस्।

जुन ९ को नासेरको राजीनामा सम्बोधन[३१]

युद्धको पहिलो चार दिनसम्म सर्वसाधणहरूले अरब रेडियो स्टेसनबाट अरब विजयको बनावटी समाचार सुनेका थिए।[३१] जुन ९ मा नासेर टेलिभिजनमा देखिँदै मिश्रका नागरिकलाई देशको पराजयको बारेमा जानकारी दिएका थिए।[३१][३२] उनले पछि सोही दिन टेलिभिजनमा आफ्नो राजिनामा घोषणा गरेका नासेरले राष्ट्रपतिका सबै अधिकारहरू उप-राष्ट्रपति जाकारिया मोहिदीनलाई सुम्पिएका थिए।[३२]

मिश्र र अरब जगत् भरिनै उनको राजिनामा अस्वीकार गरी प्रदर्शन गर्न लाखौँ मानिसहरू सडकमा आएका थिए[३३] उनीहरूले "गमाल, हामी तिम्रा सैनिक हौँ।" भन्ने नारा लगाएका थिए।[३४] नासेरले अर्को दिन आफ्नो निर्णय फिर्ता लिएका थिए।[३४]

जुलाई ११ का दिन नासेरले आमेरप्रति बफादारहरूको विरोधको बाबजुद आमेरको ठाउँमा मोहमद फाउजीलाई जनरल कमान्डर बनाएका थिए।[३५][३६] ६०० जना सैनिक मुख्यालयमतर्फ अघि बढ्दै आमेरलाई पुनर्स्थापना गर्न माग गरेका थिए। [३७] त्यसको प्रतिक्रियामा नासेरले ३० जना बफादारहरूलाई बर्खास्त गरेेेेका थिए।[३७] आमेर र उनका समर्थकहरूले २७ अगस्टका दिन सत्ता पल्टाउने योजना बनाएका थिए[३८] नासेरलाई उनीहरूको गतिविधिबारे चेतावनी दिइएको थियो। थुप्रैपटक निमन्त्रणा दिएपछि आमेर नासेरसँग उनको घरमा अगस्ट २४ मा भेट गर्न सहमत भएका थिए।[३८] नासेरले आमेरलाई कु को प्रयास गरेको आरोप लगाए जसलाई उनले गिरफ्तार हुनु अगाडी अस्वीकार गरेका थिए। सेप्टेम्बर १४ का दिन आमेरले आत्महत्या गरेका थिए। [३९] आमेरसँग तिक्ततापूर्ण सम्बन्ध भएपनि नासेरले "आफूसँग नजिकको मानिस"लाई गुमाएको बताएका थिए।[४०] त्यसपछि नासेरले ससस्त्र बललाई राजनीति रहित बनाउने आमेरप्रति बफादार दर्जनौँ उच्च सैन्य तथा गुप्तचर अधिकारीको गिरफ्तारी प्रक्रिया सुरु गरेका थिए[३९]

राष्ट्रपतिकालको अन्तिम वर्ष[सम्पादन गर्नुहोस्]

आन्तरिक सुधार तथा सरकार परिवर्तन[सम्पादन गर्नुहोस्]

सन् १९६७ जुन १९ का दिन नासेरले आफैलाई प्रधानमन्त्री र सशस्त्र बलको अतिरिक्त भूमिकामा नियुक्त गरेका थिए।[४१] सन् १९६७ को युद्धमा वायु सेना अधिकारीको लापरबाही प्रति मजदुर तथा विद्यार्थी आन्दोलनको आह्वान स्वरूप उनले सन् १९६८ फेब्रुअरीमा ठूलो राजनैतिक सुधार गरेका थिए।[४२][४३] यी प्रदर्शन र आन्दोलन उनले सत्ता सम्हाले यताकै ठूलो थियो। यसको प्रतिक्रिया स्वरूप उनले आफ्नो संसदबाट अधिकांश सैन्य अधिकारीलाई हटाएर ८ जना गैर सैन्य नागरिक व्यक्तिलाई अरब समाजवादी सङ्घको उच्च सदस्यमा नियुक्त गरेका थिए।[४४][४५] ३ मार्चका दिन नासेरले मिश्रको गुप्तचरलाई आन्तरिक भन्दा पनि बाह्य सूचना सङ्कलनमा केन्द्रित हुन निर्देशन दिँदै मुखाबरत राज्यको अन्त्य भएको घोषणा गरेका थिए।[४५]

३० मार्चका दिन नासेरले नागरिक स्वतन्त्रता, वृहत् संसदीय स्वतन्त्रता[४३] घोषणापत्र र सरकारबाट भ्रष्टाचार मुक्त गर्ने अभियानको घोषणा गरेका थिए।[४३][४४] मे महिनामा भएको जनमत सङ्ग्रहबाट यी उपायहरू स्वीकृत भएपछि अरब सोसलिस्कोट सङ्घ सर्वोच्च कार्यकारी समितिको चुनाव भएको थियो। [४३] पर्यवेक्षकहरूले यो घोषणापत्रले राजनीतिक दमनबाट उदारीकरण तर्फ उन्मुख भएको बताएतापनि यसका धेरै बाचा अधुरै रहेका थिए।[४४]

सन् १९६९ मा नासेरले सादत र हुसेन अल-सफेईलाई आफ्नो उप-राष्ट्रपति नियुक्त गरेका थिए।[४६] सन् १९७० को मध्यमा नासेरले सादतको स्थानमा बग्दादीलाई ल्याउने बारे विचार गरेका थिए। [४७]

आलोचना[सम्पादन गर्नुहोस्]

नासेरको आलोचकहरूले उनको तानाशाही प्रवृत्ति र मानव अधिकारको उल्लङ्घन गरेको भनेर आलोचना गर्छन्।

मृत्यु र अन्त्येस्टी[सम्पादन गर्नुहोस्]

Throngs of people marching in a thoroughfare that is adjacent to a body of water
कायरोमा भएको नासेरको अन्त्येष्टिमा ५० लाख शोकाकुलहरूको उपस्थिति थियो, सन् १९७० अक्टोबर १

सन् १९७० सेप्टेम्बर २८ का दिन अरब लिगको शिखर सम्मेलन सकिँदा नासेरलाई हृदयघात भएको थियो। उनलाई तुरुन्तै उनको घरमा लगिएपछि उनका चिकित्सकहरूले उनको स्वस्थ्य परिक्षण गरेका थिए। बेलुकी ६ बजेको आसपासमा ५२ वर्षको उमेरमा नासेरको मृत्यु भएको थियो।[४८] हेकल, सादत र नासेरकी पत्नी ताहिया उनको मृत्यु शैयामा थिए।[४९] उनका चिकित्सकहरूका अनुसार नासेरको मृत्यु आर्टरियोस्क्लेरोसिस, भेरिकोस भेन र लामो समय देखिको मधुमेहको जटिलताका कारण भएको थियो। नासेर निकै धुम्रपान गर्थे र उनको परिवारमा मुटुरोगको इतिहास लामै थियो। उनका दुई भाइहरूको सोही अवस्थामा ५० को दशकमा मृत्यु भएको थियो।[५०] उनलाई त्यसअघि सन् १९६६ र सन् १९६९ सेप्टेम्बरमा हृदयघात भएको थियो।

नासेरको मृत्यु भएको घोषणा भएपछि थुप्रै अरबीहरू शोकमा डुबेका थिए। [४९] नासेरको अन्त्येष्टि अक्टोबर १ मा भएको थियो जसमा कम्तीमा ५० लाख शोकाकुलहरूको उपस्थिति रहेको थियो।[५१][५२] उनको शव यात्रामा साउदी राजा फैसल बाहेक सबै राष्ट्रप्रमुखहरूको उपस्थिति थियो।[५३] राजा हुसेन र आराफात सार्वजनिक रुपमा रोए र लिबियाका मुअम्मर गद्दाफी भावुक भएर दुई पटक बेहोस भएका थिए।[५१] उनको शव यात्रामा सोभियत प्रधानमन्त्री अलेक्सी कोसिजिन र फ्रान्सेली प्रधानमन्त्री जाक चबान देल्मस सहित केही गैर अरबी अतिथिको उपस्थिति रहेको थियो। [५१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nasser". Random House Webster's Unabridged Dictionary.
  2. Kissinger 1994, p. 530
  3. BBC On This Day, 1956: Egypt seizes Suez Canal
  4. "1956: Egypt Seizes Suez Canal", BBC, २६ जुलाई १९५६, अन्तिम पहुँच ४ मार्च २००७ 
  5. Rogan 2011, p. 299
  6. Nasser 1956 speech mocking the media and the British denunciation of him (in Egyptian Arabic, Youtube)
  7. Heikal 1973, p. 91
  8. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  9. ९.० ९.१ ९.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Jankowski68
  10. Shlaim, Avi (१९९७), "The Protocol of Sèvres,1956: Anatomy of a War Plot", International Affairs 73:3: 509–530, अन्तिम पहुँच ६ अक्टोबर २००९ 
  11. ११.० ११.१ Dawisha 2009, p. 179
  12. Jankowski 2001, p. 66
  13. Kandil 2012, p. 47
  14. १४.० १४.१ १४.२ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  15. १५.० १५.१ १५.२ १५.३ १५.४ Shemesh & Troen 1990, p. 116
  16. १६.० १६.१ Bidwell 1998, p. 398
  17. Dekmejian 1971, p. 46
  18. Alexander 2005, p. 94
  19. १९.० १९.१ Yaqub 2004, p. 51
  20. Dawisha 2009, p. 180
  21. "Establishment of UNEF (United Nations Emergency Force)", United Nations, अन्तिम पहुँच २९ जुलाई २०१० 
  22. Beinin 2005, p. 87
  23. Michael M. Laskier (१९९५), "Egyptian Jewry under the Nasser Regime, 1956–70", Historical Society of Jews from Egypt, मूलबाट २५ जनवरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण १९ मार्च २०१७ मिति
  24. Nasser refutes Jewish accusations of expulsion or mistreatment वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१० मिति in the Southern Israelite (Jewish) Newspaper, 1957
  25. Kandil 2012, p. 50
  26. Aburish 2004, p. 123
  27. Aburish 2004, p. 252
  28. Kandil 2012, p. 76
  29. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  30. Kandil 2012, p. 82
  31. ३१.० ३१.१ ३१.२ Aburish 2004, p. 262
  32. ३२.० ३२.१ Bidwell 1998, p. 276
  33. Kandil 2012, p. 84
  34. ३४.० ३४.१ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  35. Kandil 2012, p. 85
  36. Nutting 1972, p. 430
  37. ३७.० ३७.१ Kandil 2012, p. 87
  38. ३८.० ३८.१ Kandil 2012, p. 88
  39. ३९.० ३९.१ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  40. Aburish 2004, p. 277
  41. Aburish 2004, p. 276
  42. Brownlee 2007, p. 88
  43. ४३.० ४३.१ ४३.२ ४३.३ Farid 1996, p. 97
  44. ४४.० ४४.१ ४४.२ Brownlee 2007, p. 89
  45. ४५.० ४५.१ Kandil 2012, p. 92
  46. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  47. Aburish 2004, p. 304
  48. Nutting 1972, p. 476
  49. ४९.० ४९.१ Aburish 2004, p. 310
  50. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Daigle115
  51. ५१.० ५१.१ ५१.२ Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  52. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named TIME
  53. Weston 2008, p. 203

उद्दरण त्रुटी: <ref> tag with name "Wistrich1985p188" defined in <references> is not used in prior text.

उद्दरण त्रुटी: <ref> tag with name "Parker1993p79" defined in <references> is not used in prior text.