स्वेज नहर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वेज नहर
{{{alt}}}
पृथ्वी कक्ष देखि स्वेज नहर
वास्तविक धनी स्वेज नहर कम्पनी
निर्माण थालनी २५ अप्रिल १८५९
निर्माण सम्पन्न नोबेम्बर १८६९
ऋण पुन यो अझै अवस्थित रहेको छ
ताल्चा
अवस्था खुल्ला
नेविगेशन अधिकार स्वेज नहर प्राधिकरण

स्वेज नहर (अरबी: قناة السويس Qanāt al-Sūwais) इजिप्टमा अवस्थित भुमध्य सागरलाल सागरलाई जोड्ने मानव निर्मित जहाजी नहर हो । निर्माण को १० वर्ष पछि,१७ नोभेम्बर, १८६९ मा खुला गरिएको थियो । यसले जहाजलाई युरोपदक्षिण एसिया बीच यात्रा गर्न अनुमति दिन्छ।

फ्रेन्च कम्पनीले सन् १८५९बाट बनाउन थालेको यो नहर सन् १८६९बाट प्रयोगमा आउन थालेको हो । यो नहर  भू–मध्य सागरको जलमार्ग र संसारकै सबैभन्दा ठूलो व्यापारिक रुट भयो ।

त्यतिखेर औद्योगिक क्रान्ति (१७६० देखि १८४० बीच युरोप अझ विशेष गरेर बेलायतमा तीब्र गतिमा भएको उद्योगको विकासको सम्पूर्ण परिघटना) युरोपमा मात्रै भएको हुनाले युरोपमा निर्माण भएका सम्पूर्ण सामानहरू एसिया, पूर्वी अफ्रिका र उत्तर अफ्रिकाका केही देशहरूमा बेच्नका लागि यही मार्गबाट लगिन्थ्यो । त्यति बेलादेखि नै यो प्रमुख रुट रहेको छ । यसलाई नियन्त्रण गर्नका लागि खास गरी पहिले ब्रिटेन र अहिले आएर पश्चिम युरोपेली राष्ट्रहरू लागि परेका छन् ।

[१]

स्वेज संकट[सम्पादन गर्नुहोस्]

Nasser announces the nationalisation of the canal (Universal Newsreel, 30 July 1956).
Port Said, at the entrance to the Suez Canal from the Mediterranean.

२६ जुलाई १९५६ मा अलेक्जेद्रिया मा सबोधन गर्दै नासेरले इजिप्टको सेनालाई स्वेज नहर नियन्त्रण गर्न र नहरको राष्ट्रियकरण कार्वान्ययन गर्न आदेश दिए। [२] उनले राष्ट्रियकरण कानुन प्रकाशित भएको, स्वेज नहरको सबै सम्पत्ति रोक्का भएको, र सबै शेयरधनीहरूलाई पेरिस स्टक एक्सचेन्जको अन्तिम मूल्य अनुसार को पैसा चुक्ता गरिने घोषणा गरे।[३] त्यहि दिन, इजिप्टले इजरायली जहाजहरूलाई बन्द गरियो ।[४]

सन १९५६मा पहिले इजराइल तथा पछि ब्रिटेनफ्रान्सद्वारा मिस्र माथि गरिएको आक्रमणलाई स्वेज संकट (Suez Crisis) भनिन्छ। यो आक्रमण स्वेज नहर माथि पश्चिमी देशको नियन्त्रण पुनः स्थापित गर्न तथा मिस्रको राष्ट्रपति गमाल अब्देल नासेरलाई सत्ताबाट हटाउने उद्देश्यले गरिएको थियो। युद्ध शुरू भए पछि संयुक्त राज्य अमेरिका, सोभियत सङ्घ र राष्ट्र संघले यसमा राजनयिक हस्तक्षेप गरे र आक्रमणकारी देश पछि हट्नको लागि बाध्य भए।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: ३०°४२′१८″उ॰ ३२°२०′३९″पू॰ / ३०.७०५००°N ३२.३४४१७°E / 30.70500; 32.34417

  1. http://www.ratopati.com/story/53861
  2. Script error: The function "harvard_citation_no_bracket" does not exist.
  3. BBC On This Day, 1956: Egypt seizes Suez Canal
  4. "1956: Egypt Seizes Suez Canal", BBC, २६ जुलाई १९५६, अन्तिम पहुँच ४ मार्च २००७