रातो सागर
रातो सागर | |
---|---|
![]() | |
भौगोलिक निर्देशांक | २२°उ॰ ३८°पू॰ / २२°N ३८°Eनिर्देशाङ्कहरू: २२°उ॰ ३८°पू॰ / २२°N ३८°E |
अधिकतम लम्बाई | २,२५० किमी (१,४०० माइल) |
अधिकतम चौडाई | ३५५ किमी (२२१ माइल) |
सतहको क्षेत्रफल | ४,३८,००० किमी२ (१,६९,००० वर्ग माइल) |
औसत गहिराई | ४९० मी (१,६१० फिट) |
अधिक गहिराई | २,२११ मी (७,२५४ फिट) |
पानीको आयतन | २,३३,००० किमी3 (५६,००० घन माइल) |
This video over the south-eastern Mediterranean Sea and down the coastline of the Red Sea was taken by the crew of Expedition २९ on board the International Space Station.
लाल सागर (अङ्ग्रेजी: Red Sea) हिन्द महासागरमा नुनिलो पानीको एउटा खाडी अथवा ताल हो। यो अफ्रिका अनि एसिया महादेशको मध्यमा स्थित छ। यो सागरको सिमाना दक्षिणमा बेबल मंदेब अनि अदेनको खाडी (Gulf of Aden) सँग छ। उत्तरमा सिनै प्रायद्वीप (Sinai Peninsula), अकाबाको खाडी र स्वेजको खाडी (स्वेज नहरको नेतृत्व गर्ने) छ।
लाल सागरको सतहको क्षेत्रफल अनुमानतः ४३८,००० वर्ग किमी (१६९,१०० वर्ग मी) छ[१][२]। यसको लम्बाई लगभग २२५० किमी (१३९८ मी) छ र धेरै फराकिलो भएको ठाउँको चौडाई ३५५ कि.मी. (२२०.६ मी) छ। यसको अधिकतम गहिराई २२११ मी (७२५५ फीट) मध्यमा छ, र यसको औसत गहिराई ४९० मी (१,६०८ फीट) छ[३]।