हिन्द महासागर
हिन्द महासागर | |
---|---|
![]() हिन्द महासागरको क्षेत्र | |
स्थान | दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पश्चिम् एसिया, उत्तरपूर्वी अफ्रिका, पूर्वी अफ्रिका, दक्षिण अफ्रिका र अस्ट्रेलिया |
निर्देशाङ्क | २०°द॰ ८०°पू॰ / २०°S ८०°Eनिर्देशाङ्कहरू: २०°द॰ ८०°पू॰ / २०°S ८०°E |
प्रकार | महासागर |
अधिकतम चौडाइ | ६,२०० माइल (१०,००० किमी) |
सतहको क्षेत्रफल | ७,०५,६०,००० किमी२ (२,७२,४०,००० वर्ग माइल) |
औसत गहिराइ | ३,७४१ मी (१२,२७४ फिट) |
अधिकतम गहिराइ | ७,९०६ मी (२५,९३८ फिट) |
हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ ।
संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरूमा यसलाई हिन्दू महासागर भनिएको छ । वैश्विक रूपले परस्पर जोडिएका समुद्रहरुका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरूमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलङ्का र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।
सन्दर्भ समाग्री[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा हिन्द महासागर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |