मौरिसस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मौरिटियस गणतान्त्र

Republic of Mauritius
Republik Moris
République de Maurice
मौरिटियसको झण्डा
झण्डा
मौरिटियसको निशाना छाप
निशाना छाप
आदर्श वाक्य: हिन्द महासागरको सितारा अनि कुञ्जि "Stella Clavisque Maris Indici"  (Latin)
"Star and Key of the Indian Ocean"
राष्ट्रिय गान: मातृभूमि Motherland
मौरिटियस
राजधानीपोर्ट लुईस
आधिकारिक भाषाहरूअङ्ग्रेजी
अन्य भाषाहरूमौरिटियन क्रुअल, फ्रान्सेली, अङ्ग्रेजी
रैथाने(हरू)मौरिटियन
सरकारसंबैधानिक गणतान्त्रिक
सर अनिरुद्द जगनाथ
नविन रामगुलाम
स्वतन्त्र 
• तारिख
१२ मार्च १९६८
• गणतन्त्र घोषित
१२ मार्च १९९२
क्षेत्रफल
• जम्मा
२,०४० किमी (७९० वर्ग माइल) (१७ औं)
• पानी (%)
०.०५
जनसङ्ख्या
• २००८ अनुमानित
१,२८८,००० (१५१ औँ)
• २००० जनगणना
१,१७९,१३७
• घनत्व
६३१.४ /किमी2 (१,६३५.३ /वर्ग माइल) (18th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००९ लगत
• जम्मा
$१५.२७३ बिलियन
मुद्रामौरिटियन रूपैयाँ
• ग्रीष्मकालिन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+४
टेलिफोन कोड२३०
इन्टरनेट डोमेन.mu

मौरिटियस गणतन्त्र (अङ्ग्रेजी: Republic of Mauritius, फ्रान्सेली: République de Maurice), अफ्रीकी महाद्वीप तटको दक्षिणपश्चिममा लगभग ९०० किलोमीटरको दूरीमा हिन्द महासागरमा र मेडागास्करको पूर्वमा स्थित एक द्वीपीय देश हो। मौरिटियस द्वीपको अतिरिक्त यस गणराज्यमा, सेंट ब्रेंडन, रड्रीगजअगालेगा द्वीप पनि शामिल छन. दक्षिणपश्चिममा २००० किलोमीटरमा स्थित फ्रांसीसी रीयूनियन द्वीप र ५७० किलोमीटर उत्तर पूर्वमा स्थित रड्रीगज द्वीप सङ्गै मौरिटियस मस्कारेने द्वीप समूहको भाग छ। मौरिटियसको संस्कृति, मिश्रित संस्कृति छ, किन भनें पहिला यो फ्रान्सको आधीन थियो तथा पछि ब्रिटिश स्वामित्वमा आयो। मौरिटियस द्वीप विलुप्त भै सकेको डोडो पक्षीको अन्तिम र एकमात्र घरको रूपमा पनि विख्यात छ।

इतिहास[सम्पादन गर्ने]

मौरिटियसको सबै भन्दा पुरानो अभिलेख लगभग १० औँ शताब्दीको शुरुवातको छ जुन द्रविड ( तमिल ) र औस्ट्रोनेशी नाविकहरूको सन्दंर्भबाट आउद छ। पोर्चुगली नाविकहरू पहिला पहिला यहाँ १५०७मा आये र उन्हिहरूले यस निर्जन द्वीपमा एक यात्रा अड्डा स्थापित गरे र फेरी यस द्वीपलाई छोडेर गई हाले। सन् १५९८ मा हलैंडको तीन पोत जुन मसला द्वीप (स्पाइस आइलैंड)को यात्रामा निकलेको थियो एक चक्रवातको समयमा रास्ता भुलेर यहाँ पुगी हाले। उन्हिहरूले यस द्वीपको नाम आफ्नो नासाओको युवराज मौरिसको सम्मानमा मौरिटियस राखि दिये। सन् १६३८ मा, डचहरूले यहाँ पहिलो स्थायी बस्ती बसाए। चक्रवात भएको कठोर जलवायु परिस्थिति र बस्तीलाई हुने लगातार नुक्सानले गर्दा डचहरूले केही दशकपछि यस द्वीपलाई छाडी दिये। फ्रान्स, जसलाई पहिलेदेखि नै यसको पडोसी आइल बरबोन (अब रीयूनियन) द्वीपमाथि नियन्त्रण थियो सन् १७१५ मा मौरिटियसमाथि कब्जा गर्‍यो र यसको नाम बदलिएर – आइल दे फ्रान्स (फ्रांसको द्वीप) राखियो। फ्रांसको शासन हुदा, यो द्वीप एक समृद्ध अर्थव्यवस्थाको रूपमा विकसित भयो जुन चीनी उत्पादनमा आधारित थियो। यो आर्थिक परिवर्तन गवर्नर (राज्यपाल) फ्रेङ्कएस माहे दे लेबर्डनाइस द्वारा शुरू गरियो।

ग्रेट ब्रिटेनसित आफ्नो कयौँ सैन्य सङ्घर्षहरूको समयमा, फ्रांसले गैरकानुनी घोषित जलदस्युहरू "कोर्सेर्स" लाई शरण दियो, जुन धरै ब्रिटिश जहाजहरू, जुनमा मूल्यवान व्यापारको माल लादिएको हुन्थ्यो लाई उनिहरूको भारत र ब्रिटेनको मध्य हुने यात्राहरूको समयमा लूटथे। सन् १८०३-१८१५ समयमा भएको नेपोलियन युद्धमा ब्रिटिश यस द्वीपमाथि नियन्त्रण पाउनमा सफल भए। ग्रांड पोर्टको लडाई जीतेपछि, जुनकि नेपोलियनको ब्रिटिशहरूमाथि एकमात्र समुद्री विजय थियो, फ्रांसीसी, तीन महीनापछि, केप मैलह्युर (Malheureux)मा ब्रिटेनसित हारी हाले। उन्हिहरूले औपचारिक रूपले ३ डिसेम्बर १८१०को दिन केही शर्तहरू साथ समर्पण गरिदियो, यो शर्तहरू थियोकि, द्वीपमाथि फ्रांसीसी भाषाको प्रयोग जारी रहने छ र आपराधिक मामिलाहरूमा नागरिकहरूमाथि फ्रांसको कानुन लागू हुने छ। ब्रिटिश शासनको अन्तर्गत, यस द्वीपको नाम बदलिएर फेरी मौरिटियस गरि दिईयेको थियो।

सन् १९६५ मा, ब्रिटेन (यूनाइटेड किङ्गडम)ले छागोस द्वीपसमूहलाई मरीशसदेखि अलग गरि दिईयो। उनिहरूले यस्तो ब्रिटिश हिन्द महासागर क्षेत्र स्थापित गर्नलाई गर्‍यो जसलाई उनिले सामरिक महत्वको द्वीपहरूको प्रयोग संयुक्त राज्य अमेरिका साथ रक्षा सहयोगको विभिन्न प्रयोजनहरूको लागि गर्न सके। हालाँकि मौरिटियसको तत्कालीन सरकार उनको यस बातबाट सहमत थिए तर पछिको सरकारहरूले उनको यस बातको अन्तरराष्ट्रिय कानुन तहत अवैध बताईयेको छ[तथ्य वांछित] र यस द्वीप समूहहरूमाथि आफ्नो अधिकार देखायेको छ. उनको यस दावालाई, संयुक्त राष्ट्रद्वारा पनि मान्यता दिईयेको छ[तथ्य वांछित]

मौरिटियसले १९६८ मा स्वतन्त्रता प्राप्त गर्‍यो र देश राष्ट्रमंडल अन्तर्गत, सन् १९९२मा एक गणतन्त्र बन्यो। मौरिटियस एक स्थिर लोकतन्त्र हो जहाँ नियमित रूपले स्वतन्त्र चुनाव हुन्छ र मानवाधिकारहरूको मामिलामा पनि देशको छवि राम्रो छ, यसले गर्दा यहाँ धेरै विदेशी निवेश भएको छ र यो देश अफ्रीकामा सबैभन्दा धेरै प्रति व्यक्ति आय भएको देशहरू मध्ये एउटा हो।

राजनीति[सम्पादन गर्ने]

मौरिटियस एक संसदीय लोकतन्त्र हो जसको संरचना ब्रिटेनको संसदीय प्रणालीमा आधारित छ। राज्यको प्रमुख राष्ट्रपति हुन्छ जसको कार्यकाल पाँच वर्षको हुन्छ र उसको चुनाव राष्ट्रिय सभा, मौरिटियसको एकसदनीय संसदले गर्छ। राष्ट्रिय सभा (नेशनल असेंबली)को ६२ सदस्य जनता द्वारा चुनिन्छन् जबकि चारदेखि आठ सदस्यहरूको नियुक्ति चुनावमा हारेको "श्रेष्ठ पराजित" उम्मीदवारहरूको बीचबाट जातीय अल्पसङ्ख्यकहरूको प्रतिनिधित्व गर्नको लागि तब गरिन्छ जब यस समुदायहरूलाई चुनावबाट उचित प्रतिनिधित्व मिल्दैन। प्रधानमन्त्री र मन्त्री परिषद सरकारको नेतृत्व गर्छन। सरकार पांच साले आधारमा निर्वाचित हन्छ। सबैभन्दा हालको साधारण चुनाव ३ जुलाई २००५ मा मुख्य भूमिको सबै २० निर्वाचन क्षेत्रहरूसितै रड्रीगज द्वीपको निर्वाचन क्षेत्रमा पनि गराईयेको थियो।

जिल्ला र अधीन क्षेत्रहरू[सम्पादन गर्ने]

मरीशस के जिले

मौरिटियस द्वीप नौ जिल्लाहरूमा विभाजित छन:

  1. ब्लैक रिवर (राजधानी: बैम्बस)
  2. फ्लाक (राजधानी: सेन्टर दे फ्लाक)
  3. ग्रांड पोर्ट (राजधानी: माहेबर्ग)
  4. मोका (राजधानी: क्वार्टियर मिलिटायरे)
  5. पैम्प्लेमूजेस (राजधानी: ट्रिओलेट)
  6. प्लाईनेस् विल्हेम्स (राजधानी: रोज हिल/ क्यूरेपाईप)
  7. पोर्ट लुई ( मरीशसको राजधानी)
  8. रिवियेरे दु रेम्पार्त (राजधानी: मापाउ)
  9. सवान्ने (राजधानी: सूलेक )

अधीन क्षेत्र[सम्पादन गर्ने]

  • रड्रीगज, द्वीप जुन मौरिटियसको उत्तर पूर्वमा ५६० किलोमीटरमा स्थित छ, जस्लाई अक्टूबर २००२मा आंशिक स्वायत्ता प्रदान गरियो, स्वायत्ता पाउनु भन्दा पहिले यो मौरिटियसको १० औँ प्रशासनिक जिल्ला थियो।
  • अगालेगा, मौरिटियसको उत्तरमा ९३३ किलोमीटरमा दुई स्यानो टापू छन्।
  • कार्गादोस काराजोस शोआल्स, जस्लाई सेंट ब्रेन्डन द्वीपको नामबाट पनि चिनिन्छ। मौरिटियसको उत्तरमा ४०२ किलोमीटरमा स्थित छ।

मौरिटियसको अन्य क्षेत्र[सम्पादन गर्ने]

मौरिटियस निम्न क्षेत्रहरूमाथि पनि अधिकार देखाउछ:

भूगोल[सम्पादन गर्ने]

मौरिटियसको नक्सा

मौरिटियस मास्कारेने द्वीप समूहको हिस्सा हो। यस द्वीप समूहको श्रृङ्खला त्यो अन्त:समुद्री ज्वालामुखीय विस्फोटहरूको कारण बनियेको छ जुन अब सक्रिय छैनन। यो ज्वालामुखीय विस्फोट अफ्रीकी प्लेटको रीयूनियन तप्तबिन्दुको मास्तिर सरकिदै जानुको कारण भयेको थियो। मौरिटियस द्वीप एक केन्द्रीय पठारको चारै तिर बनियेको छ, जसको उच्चतम चोटी पितोन डे ला पेतित रिवियेरे नोएरे ८२८ मीटर (२७१७ फुट) अग्लो छ र यसको दक्षिणमा स्थित छ। पठारको आसपास, मूल गर्त फेरि पनि पहाडहरूदेखि अलग्गै देखन्छ।

स्थानीय जलवायु उष्णकटिबन्धीय छ, जुन दक्षिणपूर्वको हावाहरू द्वारा संशोधित हुन्छ। यहाँ मईदेखि नोभेम्बर सम्म शुष्क जाडो पर्छ र नवम्बरदेखि मई सम्म मौसम तातो, आद्र, र गीलो गर्मीको हुन्छ। विरोधी-चक्रवात देशलाई मईदेखि सितंबरको समयमा प्रभावित गर्छ। चक्रवातहरूको समय नवंबर-अप्रिल हुन्छ। हौलैंडा (१९९४) र दीना (२००२) पछिल्लो दुई चक्रवात हुन जसले द्वीपलाई सबै भन्दा धेरै प्रभावित गरेको छ।

उत्तरपश्चिममा स्थित पोर्ट लुई यस द्वीपको राजधानी र सबै भन्दा ठूलो शहर हो। अन्य महत्वपूर्ण शहरहरूमा क्यूरेपाइप, वकोआस, फीनिक्स, कुआर्ते बोर्नेस, रोज हिलबीयू-बासिन शामिल छन्।

यो द्वीप आफ्नो प्राकृतिक सुन्दरताको लागि जानिन्छ। उदाहरणको लागि, लेखक मार्क ट्वेन,ले आफ्नो निजी यात्रा वृतान्त ‘फलइङ्ग द एक्वेटर’मा लेखेको छन कि " मरिशसलाई देखेर तपाईंलाई विचार आउछ पहिले मौरिटियस बन्यो र त्यसपछि स्वर्ग, स्वग त मौरिटियसको एक नकल मात्र हो।”

अर्थव्यवस्था[सम्पादन गर्ने]

मौरिटियसको राजधानी पोर्ट लुईको एउटा विहङ्गम दृश्य.

सन् १९६८ मा आजादीको पछिदेखि, मौरिटियस एक निम्न आय वाला, कृषि उत्पादन आधारित अर्थव्यवस्थाले विकसित भएर एक विविधतापूर्ण मध्यम आय वाला अर्थव्यवस्थामा परिवर्तित भयो जसमा तिब्र गतिमा बढदै गाको औद्योगिक, वित्तीय, र पर्यटन क्षेत्र शामिल छन . अधिकांश अवधिमा वार्षिक वृद्धि दर, ५% देखि ६% को बीच दर्ज गरिएको छ। यो दर बढदै गाको जीवन प्रत्याशा, घटदै गाको शिशु मृत्यु दरबुनियादी ढांचामा सुधारबाट परिलक्षित हुन्छ।

सन् २००५ मा, अनुमानित १०१५५ अमरीकी डलर, क्रयशक्ति समता ( पीपीपी ),को साथ मौरिटियस अफ्रीकामा प्रति व्यक्ति सकल घरेलू उत्पादको हिसाबले सातौँ स्थानमा छ, यसभन्दा अगाडि छन रीयूनियन (१९२३३ अमरीकी डलर, वास्तविक विनिमय दरहरूमा), सेशल्स ( १३८८७ अमरीकी डलर, पीपीपी पर) , गैबन (१२७४२ अमरीकी डलर, पीपीपी पर), बोत्सवाना (१२०५७ अमरीकी डालर पीपीपी पर), भूमध्य रेखीय गिनी ( ११९९९ अमरीकी डलर, पीपीपी पर), र लीबिया ( १०७२७ अमरीकी डलर, पीपीपी पर)।

अर्थव्यवस्था मुख्यतः गन्ना बगान, पर्यटन, कपडा, र सेवा क्षेत्रमा निर्भर छ, तर अन्य क्षेत्रहरूमा पनि तिव्र विकास हुँदैछन। मौरिटियस, लीबिया र सेशल्स मात्र तीन यस्तो अफ्रीकी देश छन जसको दर्जा " मानव विकास सूचकाङ्क”को हिसाबले ‘उच्च’ छ। (रीयूनियनलाई फ्रांसको हिस्सा मानदै, संयुक्त राष्ट्रले मानव विकास सूचकाङ्कको वरीयता श्रेणीमा सूचीबद्ध गरेको छैन)

गन्ना ९०% कृषि योग्य भूमिमा उत्पादित हुन्छ र जसले कुल निर्यात आयको २५% प्राप्त हुन्छ। तर १९९९ मा पडेको भयङ्कर सूखाले उँखुको खेति नराम्ररी क्षतिग्रस्त भयेको थियो। सरकारको विकास योजनाहरू विदेशी निवेशमा आधारित छ। मौरिटियसले ९००० देखि अधिक अपतटीय संस्थाहरूलाई आकर्षित गरेको छ जसको उद्देश्य भारत र दक्षिण अफ्रीका सँग व्यापार गर्नु हो जबकि एकलै बैङ्किङ्ग क्षेत्रमा निवेश १ अरब डलरदेखि अधिक पुगेको छ। दिसम्बर २००४ मा बेरोजगारीको दर ७.६% थियो। फ्रान्स देशको सबैभन्दा ठूलो व्यापारिक साझीदार हो जसको यस देशको साथ न मात्र निकट संबन्ध छन, बल्कि त्यो यसलाई विभिन्न रूपमा प्राविधीक सहायता प्रदान गर्छ।

स्थानीय निवासीहरूलाई कम कीमतमा आयात गरने सुविधा दिनु र धेरै पर्यटकहरू जुन फिलहाल दुबईसिङ्गापुर जान्छन, लाई आकर्षित गर्नको लागि मौरिटियसले अघिलो चार सालमा एक शुल्क मुक्त (ड्यूटी फ्री) द्वीप बनने दिशामा प्रयासरत छ। कतिपय उत्पादहरूमा ड्यूटी (शुल्क) समाप्त गरि दिएको छ र १८५० भन्दा धेरै उत्पादहरूमा जसमा कपडा, भोजन, गहना, छायाङ्कन (फोटोग्राफिक) उपकरण, श्रव्य दृश्य उपकरण र प्रकाश व्यवस्थाको उपकरणहरू सम्मिलित छनबाट शुल्क घटायेको छ। यस अतिरिक्त, नयाँ व्यावसायिक अवसरहरूलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक सुधारहरूलाई पनि लागू गरिएको छ. हालैमा, २००७-२००८को बजटमा वित्त मन्त्री राम सीताननले कम्पनी (कार्पोरेट) करलाई घटायेर १५% कर गरेको छ[तथ्य वांछित]। ब्रिटिश अमेरिकी इंवेस्टमेंट कम्पनी मौरिटियसमा मर्सिडीज बेंज ,पीजो, मित्सुबिशी र साब कारहरूको बिक्रीको प्रतिनिधित्व गर्छ।

ए डी बी नेटवर्कको योजना पूरै मौरिटियसमा मान्छेहरूलाई वायरलेस इंटरनेट प्रदान गर्ने हो, अहिले सम्म यो द्वीपको ६०% क्षेत्र र ७०% जनसङ्ख्या सम्म पुगि सकेको छ।

जनसाँख्यिकी[सम्पादन गर्ने]

मौरिटियसको समाज विभिन्न जातीय समूहहरूको मानिषहरूद्वारा मिलेर बनेको छ। गणराज्यको अधिकांश जनताहरू भारत, अफ्रीका, फ्रान्स, ब्रिटेन, अस्ट्रेलिया आदि निवासीहरूको वंशज हुन। धेरैजना मिश्रित जातीय मूलको छन्।

भाषा[सम्पादन गर्ने]

मौरिटियसको आधिकारिक भाषा अङ्ग्रेजी हो, त्यसैले सरकारका सारा प्रशासनिक कामकाज अङ्ग्रेजीमै हुन्छ। शिक्षा प्रणालीमा अङ्ग्रेजी सँग फ्रांसीसी पनि प्रयोग हुन्छ। फ्रांसीसी भाषा हालाँकि, मीडियाको मुख्य भाषा हो चाहे प्रसारण होस कि मुद्रण यस बाहेक व्यापार र उद्योग जगतको मामिलाहरूमा पनि मुख्यत: फ्रांसीसी नै प्रयोगमा आउँछ। सबै भन्दा व्यापक रूपमा देशमा मौरिटियन क्रेयोल भाषा बोलिन्छ। हिन्दी पनि एउटा ठूलो वर्गद्वारा बोलिन्छ र समझिन्छ।

धर्म[सम्पादन गर्ने]

मौरिटियसमा विभिन्न धर्मका मान्छेहरू बसो बास गर्छन जसमा प्रमुख छन हिन्दू धर्म (५२%), ईसाई धर्म (२७%) र इस्लाम धर्म (१४.४%)। एउटा ठूलो सङ्ख्या नास्तिकहरूको पनि छ।

संस्कृति[सम्पादन गर्ने]

मरीशस

मौरिटियसलाई स्वादिष्ट खानाको लागि पनि चिनिन्छ, जहाँ भारतीय, चीनी, क्रेयोल र यूरोपियन खानाहरूको मिश्रण छ। यस द्वीपमा रम का उत्पादन ठूलो पैमानामा हुन्छ। १६३८ मा डचहरूले मौरिटियसलाई सब भन्दा पहिले उखु सँग परिचित गरायो। डचहरू उखुको खेती मुख्यतः अरक ( रमको एक पूर्व प्रकार)को उत्पादनको लागि गर्थे। तर फ्रान्स र ब्रिटेन शासनको समयमा यहाँ उँखुको खेतीलाई ठूलो पैमानामा गरियो जसले यस द्वीपको आर्थिक विकासमा धेरै योगदान पुर्यायो।[तथ्य वांछित] पियरे चार्ल्स फ्रेङ्कोएज हरेल पहिलो व्यक्ति थियो जसले १८५० मा मौरिटियसमा रमको स्थानीय आसवनको प्रस्ताव गर्‍यो।