रातो सागर
स्वरूप
रातो सागर | |
---|---|
भौगोलिक निर्देशांक | २२°उ ३८°पू / 22°N 38°E |
अधिकतम लम्बाई | २,२५० किमी (१,४०० माइल) |
अधिकतम चौडाई | ३५५ किमी (२२१ माइल) |
सतहको क्षेत्रफल | ४,३८,००० किमी२ (१,६९,००० वर्ग माइल) |
औसत गहिराई | ४९० मी (१,६१० फिट) |
अधिक गहिराई | २,२११ मी (७,२५४ फिट) |
पानीको आयतन | २,३३,००० किमी3 (५६,००० घन माइल) |
लाल सागर (अङ्ग्रेजी: Red Sea) हिन्द महासागरमा नुनिलो पानीको एउटा खाडी अथवा ताल हो। यो अफ्रिका अनि एसिया महादेशको मध्यमा स्थित छ। यो सागरको सिमाना दक्षिणमा बेबल मंदेब अनि अदेनको खाडी (Gulf of Aden) सँग छ। उत्तरमा सिनै प्रायद्वीप (Sinai Peninsula), अकाबाको खाडी र स्वेजको खाडी (स्वेज नहरको नेतृत्व गर्ने) छ।
लाल सागरको सतहको क्षेत्रफल अनुमानतः ४३८,००० वर्ग किमी (१६९,१०० वर्ग मी) छ[१][२]। यसको लम्बाई लगभग २२५० किमी (१३९८ मी) छ र धेरै फराकिलो भएको ठाउँको चौडाई ३५५ कि.मी. (२२०.६ मी) छ। यसको अधिकतम गहिराई २२११ मी (७२५५ फीट) मध्यमा छ, र यसको औसत गहिराई ४९० मी (१,६०८ फीट) छ[३]।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "The Red Sea", अन्तिम पहुँच ६ जनवरी २००९। वेब्याक मेसिन अभिलेखिकरण ७ जनवरी २०१६ मिति
- ↑ "Red Sea" (PDF), मूलबाट २५ फेब्रुअरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २००९।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ Robert Dinwiddie: Ocean_ The World's Last Wilderness Revealed. Dorling Kindersley, London 2008, p. 452