सामग्रीमा जानुहोस्

असंलग्न आन्दोलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
असंलग्न आन्दोलन
Map of the world indicating members and observers of the Non-Aligned Movement
  सदस्य राष्ट्रहरू
  पर्यवेक्षक राष्ट्रहरू
समन्वय ब्यूरोसंयुक्त राष्ट्र संघको मुख्यालय
न्यूयोर्क शहर,न्यूयोर्क
[]
सदस्यता[]
  • १२१ सदस्य राष्ट्रहरू
  • १८ पर्यवेक्षक राष्ट्रहरू
  • १० अन्तर्राष्ट्रिय संस्थाहरू
नेताहरू
 प्रमुख निर्णय-
लिने निकाय
असंलग्न देशहरूका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरूको सम्मेलन[]
 अध्यक्षता
युगान्डा Uganda
 Chair[]
योवेरी मुसेभेनी, युगान्डाका राष्ट्रपति,
स्थापनाबेलग्रेड, युगोस्लाभिया
1 सेप्टेम्बर 1961; ६४ वर्ष पहिले (1961-०९-01) असंलग्न देशहरूका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरूको सम्मेलनको रूपमा
वेबसाइट
https://nam.go.ug/

असंलग्न अभियान कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरूको समूह हो। असंलग्न अभियान भन्नाले कुनै एक राष्ट्रले अर्को राष्ट्रसँग, उसको सैनिक कार्यवाही र उसको गतिविधि आदिसँग सरोकार नराख्ने, तटस्थ बस्ने र त्यसका गतिविधिमा संलग्नै नहुने नीति भन्ने बुझिन्छ। यस अभियानमा हाल १२० देश सदस्य र १७ देश पर्यवेक्षक सदस्य रहेका छन्।[]

यो आन्दोलन सन् १९६१ मा बेलग्रेडमा स्थापना भएको हो। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू, बर्माको पहिलो प्रधानमन्त्री ऊ नू, इन्डोनेसियाको पहिलो प्रधानमन्त्री सुकार्नो, इजिप्टको दोस्रो राष्ट्रपति गमाल अब्देल नासिर, घानाको पहिलो राष्ट्रपति क्वामे क्रुमा र युगोस्लाभियाको राष्ट्रपति जोसिप ब्रोज टिटोको अगुवाइमा यो अमियान सुरू भएको थियो।

दोस्रो विश्वयुद्धपछि विश्वमा दुई अतिमहाशक्तिको उदय भयो: एउटा अमेरिका र अर्को सोभियत सङ्घ। त्यसपछि कतिपय पूर्वी राष्ट्रहरू अमेरिकाको कट्टर समर्थन गर्दै त्यसकै लहरमा उभिए भने कतिपय पूर्वी युरोप लगायतका मुलुकहरू सोभियत सङ्घको पक्षमा खुलेरै संलग्न भए। यसबाट अन्य कतिपय राष्ट्रहरूलाई एउटा महाशक्तिको पक्षमा लाग्ने पर्ने अन्यथा 'वल्लो घाट न पल्लो तीर' हुने परिस्थिति सिर्जना भयो। यसै पृष्ठभूमिमा एक थरी राष्ट्रहरूले यी दुवै महाशक्तिका पछि नलागी छुट्टै सङ्गठनको निर्माण गरे। त्यसै आन्दोलनको नाम असंलग्न आन्दोलन हो, त्यसले लिएको नीतिको नाम असंलग्न परराष्ट्र नीति हो र त्यसको एक सक्रिय सदस्य हो-नेपाल

पञ्चशीलका सिद्धान्तहरू

[सम्पादन गर्नुहोस्]
  1. अहस्तक्षेप
  2. अनाक्रमण
  3. शान्तिपूर्ण सह - अस्तित्व
  4. एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति सम्मान गर्नु
  5. आर्थिक तथा सामाजिक, सांस्कृतिक सहयोगको आदान प्रदान गर्नु |

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Coordinating Bureau of the Non-Aligned Countries | UIA Yearbook Profile | Union of International Associations", uia.org, मूलबाट १८ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०२०
  2. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "NAM members" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "organizational" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. "18th Summit of Heads of State and Government of Non-Aligned Movement gets underway in Baku", www.chinadaily.com.cn, मूलबाट २६ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१९
  5. "NAM Members & Observers" अभिलेखिकरण २०१४-०२-०८ वेब्याक मेसिन. 16th Summit of the Non-Aligned Movement, Tehran, 26–31 August 2012. Retrieved 24 August 2012.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]