सामग्रीमा जानुहोस्

सुकार्नो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुकार्नो
इन्डोनेसियाका प्रथम राष्ट्रपति
कार्यकाल
सन् १९४५ अगस्ट १८  १९६७ मार्च १२
प्रधानमन्त्रीसुतान स्जाहरिर
अमिर स्जारिदुद्दिन
मोहम्मद हट्टा
अब्दुल हलिम
मुहमद नत्सिर
सोइकिमान विर्जोसान्द्जोजो
विलोपो
अलि सस्त्रोअमिद्जोजो
बुर्हानुद्दिन हराहाप
जुआन्दा कार्तिविद्जाजा
उपराष्ट्रपतिMohammad Hatta (1945–1956)
पूर्वाधिकारीओहोदा स्थापित
उतराधिकारीसुहार्तो

Deprecated parameter primeministerDeprecated parameter vicepresident

सुकार्नो [] (/sˈkɑːrn/;[] जन्म कुस्नो सोस्रोदिहार्दजो, ढाँचा:IPA-jv; १९०१ जुन ६ - १९७० जुन २१)[] इन्डोनेसियाका प्रथम राष्ट्रपति थिए। उनको कार्यकाल सन् १९४५ देखि सन् १९६७ सम्म थियो।

उनी इन्डोनेसियाको स्वतन्त्रता आन्दोलनको नेता हुन्। उनले देशको मूल संसदीय प्रणालीलाई एक सत्ताधारी 'गाइडेड डेमोक्रेसी'को पक्षमा मिलाए र सेनाको नेताविरुद्ध कम्युनिस्टलाई सन्तुलन बनाउने प्रयास गरेका थिए।

उनले सोभियत सङ्घ र चीनको सहयोगमा साम्राज्यवाद विरोधी शृङ्खलाबद्द आक्रमक विदेश नीति अङ्गिकार गरेका थिए। उनी इन्डोनेसिया कम्युनिष्ट पार्टीमा आस्था राख्थे। सन् १९६५ मा इन्डोनेसिया कम्युनिष्ट पार्टीका सदस्य र यसमा सहानुभूति राख्नेहरू माथि व्यापक नरसंहार र दमन भएको थियो। यस अभियान अन्तर्गत ५ लाख देखि १० लाख सम्मको हत्या भएको थियो। सन् १९६७ मा उनकै एक जनरलले उनलाई नजरबन्द गरि उनको स्थान लिएका थिए। घरमा नजरबन्द रहेकै अवस्थामा सन् १९७० मा उनको मृत्यु भएको थियो।

  1. Also written as Soekarno.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]