सामग्रीमा जानुहोस्

कोरियाली युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Korean War Montage 2

कोरियाली युद्ध (दक्षिण कोरियामा Hangul: 한국전쟁; Hanja: 韓國戰爭; RR: Hanguk Jeonjaeng, "कोरियाली युद्ध"; उत्तर कोरियामा चोसङ्गुल: 조국해방전쟁; Hancha: 祖國解放戰爭; MR: Choguk haebang chŏnjaeng, "पितृभुमी स्वतन्त्रता युद्ध"; २५ जुन १९५० – २७ जुलाई १९५३) उत्तर कोरिया (चीनसोभियत सङ्घको सहायतामा) र दक्षिण कोरिया (संयुक्त राष्ट्र विशेषतः अमेरिकाको सहायतामा) बीच भएको एक युद्ध थियो।[] यो युद्ध उत्तर कोरियाले दक्षिण कोरिया माथि आक्रमण गरेपछि सन् १९५० जुन २५ का दिन सुरु भएको थियो। [][][][] यो शीत युद्ध कालमा लडिएको पहिलो महत्त्वपूर्ण युद्ध थियो। यो युद्ध अन्तमा बिना निर्णय नै समाप्त भएतापनि जन क्षति तथा तनाव धेरै बढेर गएको थियो।

दोस्रो विश्व युद्ध पछि सोभियत सङ्घ र अमेरिकाले कोरियालाई सन् १०४५ अगस्ट १५ का दिन जापानको उपनिवेश नियन्त्रणबाट मुक्त गरेको थियो। जापानको आत्मसमर्पणसँगै युद्धको अन्त्य पछि ३८औँ अक्षांंश उत्तरमा कोरियाको विभाजन भएको थियो। सोभियत सङ्घले उत्तर तर्फको हिस्सा नियन्त्रण गर्दा अमेरिकाले दक्षिण तर्फको हिस्सा लिएको थियो। सन् १९४८ मा ३८औँ समान्तरलाई सिमा मानेर दुई सार्वभौम राष्ट्रको स्थापना भएपछि शीत युद्धको भुराजनैतिक तनाव सुरु भएको थियो। उत्तरमा किम इल-सुङको नेतृत्वमा समाजवादी राज्यको स्थापना भएको थियो भने दक्षिणमा कम्युनिस्ट विरोधी पूँजीवादी राज्यको स्थापना भएको थियो। नवनिर्मित दुवै राष्ट्रका सरकारले सम्पूर्ण कोरियाको वैधानिक सरकार आफूलाई नै दावी गरेपछि कुनै सरकारले पनि सिमालाई स्थायी मान्न तयार भएका थिएनन्

उत्तर कोरियाली सेना सिमा पार गर्दै सन् १९५० जुन २५ का दिन दक्षिण कोरियामा छिरेपछि कोरियाली द्वन्द्व युद्धमा परिणत भएको थियो।[] युद्धको सुरुवातमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आफ्नो सेनाको गठन गर्दै कोरियामा तैनाथ गरेको थियो[] जसको उद्देश्य उत्तर कोरियाको आक्रमणलाई रोक्नु थियो।[][] संयुक्त राष्ट्रका २१ राष्ट्रले संयुक्त राष्ट्रको सेनामा योगदान दिएका थिए त्यसमा ९० प्रतिशत हिस्सा अमेरिकाको थियो।[१०]

२७ जुलाई १९५३ मा कोरियाली युद्धविराम सम्झौतामा हस्ताक्षरसँगै युद्ध समाप्त भयो। यसले कैदीहरूको आदानप्रदान सम्भव बनायो र पानमुन्जोममा संयुक्त सुरक्षा क्षेत्रको साथ अग्रपंक्तिमा ४ किलोमिटर चौडा निसैन्यीकृत क्षेत्र सिर्जना गर्‍यो। यस द्वन्द्वले लगभग दस लाख सैन्य मृत्यु र अनुमानित १५ लाख देखि ३० लाख नागरिकको मृत्यु भयो। युद्ध अपराधहरूमा दक्षिण कोरियाद्वारा कथित कम्युनिस्टहरूको सामूहिक हत्या, उत्तर कोरियाद्वारा सियोल राष्ट्रिय विश्वविद्यालय अस्पताल नरसंहार, र संयुक्त राष्ट्रको सेनाद्वारा उत्तर कोरियामा कार्पेट बमबारी समावेश छ। उत्तर कोरिया इतिहासमा सबैभन्दा धेरै बमबारी भएको देशहरू मध्ये एक बन्यो।[११] कुनै शान्ति सन्धिमा हस्ताक्षर गरिएको छैन; कोरियाली द्वन्द्व स्थिर द्वन्द्व नै रहेको छ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Li, Xiaobing (२०१८), The Cold War in East Asia, Abingdon, Oxon: Routledge, आइएसबिएन 978-1-138-65179-1
  2. Millett (PHD), Allan, "Korean War", britannica.com, मूलबाट २४ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०१६
  3. "Korean War", History.com, History Channel, मूलबाट २० अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अप्रिल २०१६
  4. Cumings 2005, पृष्ठ. 247–53.
  5. Stueck 2002, पृष्ठ 71.
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; "Devine 2007 819-821" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  7. United Nations Security Council Resolution 83
  8. United Nations Security Council Resolution 82
  9. Derek W. Bowett, United Nations Forces: A Legal Study of United Nations Practice, Stevens, London, 1964, pp. 29–60
  10. Pembroke, Michael (२०१८), Korea: Where the American Century Began, Hardie Grant Books, पृ: १४१।
  11. Fisher, Max (२०१५-०८-०३), "Americans have forgotten what we did to North Korea", Vox (अङ्ग्रेजीमा), मूलबाट ७ अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-१८